घुम्न जाने सोच छ भने यी याप्स काम लाग्न सक्छन् 

Travel APP

यदि तपाईँ घुम्न जाने बारे सोचिरहनु भएको छ भने थुप्रै कुराहरूको बारेमा बुझ्नुपर्ने र त्यसै अनुसारका यात्रासम्बन्धी निर्णयहरु गर्नुपर्ने हुन्छ जुन धेरैलाई झण्झटिलो लाग्न सक्छ ।

मानिसमा नयाँ नयाँ ठाउँ  घुम्ने रहर हुनु स्वभाविक हाे । कहाँ जाने र कुन साधनबाट यत्रा गर्दा सहज हुन्छ र त्यहाँ के कस्ता समस्या आउन सक्छन् भन्ने  जानकारी लिदा यात्रा सहज हुन्छ । यदि हवाइ जहाजबाट यात्रा गर्ने हाे भने कुन जहाजमा कहिले जाने हाे त्यस जहाजकाे टिकट बुक गर्नुपर्छ । विदेशमा जाने हो भने  कुन ठाउँको कुन होटेलमा बस्नु सबैभन्दा राम्रो हुन्छ भन्ने निर्णय गर्नुपर्छ। कुन ठाउँमा होटेल कत्तिका सस्ता वा महङ्ग छन् भन्ने जानकारी लिदा  यात्रामा अनावश्यक रुपमा समय खेर जादैन । यात्रामा जानुभन्दा पहिले यात्रासित सम्बन्धित सम्पूर्ण जानकारी लिएरमात्र यात्रा गर्दा यात्रा सहज र रमणीय बन्न सक्छ ।  

यात्रामा आइपर्ने यस्तै यस्तै खालका समस्याहरू समाधान गर्ने र यात्रालाई सहज बनाइदिने उद्देश्यका साथ ट्राभल एप्स (travel apps) धेरै बनेका छन् । ती मध्ये यहाँ हामीलाई सबैभन्दा राम्रो लागेका एपहरूको बारेमा तपाईँलाई जानकारी दिदैछौँ ।

 यसमा तपाईँले ध्यान दिनुपर्ने कुरा के हो भने यो साह्रै सहयोगी हुँदाहुँदै पनि यसैमार्फत् सबै कामकुरा गर्नु उपर्युक्त नहुन पनि सक्छ । यसले सामान्यतया तपाईँलाई विभिन्न जानकारीहरू, औसत मूल्य, रूटहरू, यात्रा समय इत्यादिको बारेमा थाहा पाउन मद्दत गर्छ जसले तपाईँको निर्णय प्रक्रियालाई सहज बनाउँछ । 

कायाक (Kayak)

Kayak

उडान-मूल्य (flight-price) सर्च इन्जिनको रूपमा चर्चित कायाकले संसारको कुनै पनि ठाउँमा जाने विभिन्न उडान विकल्पहरूको मूल्य निर्धारण गर्न सरल र सुविधाजनक बनाउँछ। तपाईँले यो एपमा प्रस्थान वा आगमनको समय, स्टपहरूको संख्या र अन्य कुराहरू पनि फिल्टर गर्न सक्नुहुन्छ । 

यसरी यसले तपाईंलाई द्रुत, सस्तो र तपाईंको लागि उत्तम उडान छान्नमा निकै छिटो जानकारी दिन्छ । उडान-तुलना गर्ने इन्जिनको रूपमा पनि काम गर्ने यसले यात्रा गर्न सस्तो ठाउँहरू बुक गर्दा कुन यात्रा विकल्पहरू उपलब्ध छन् भनेर निर्धारण गर्न छिटो र सजिलो तरिका प्रदान गर्दछ। 

यदि तपाईँले फ्लाइट ढिला भएको वा रद्द गरेको वा सम्पर्क छुटेको जस्ता समाचारहरू वा समस्याहरूको सामना गर्नुभयो भने यसले तपाईंलाई नयाँ एयरलाइन वा उडान फेला पार्न मद्दत गर्दछ । तपाईं यसमा कार भाडा र होटल मूल्य तोक्न सक्नुहुन्छ। 

काम र छुट्टीमा यात्रा गरिरहेका योजनाकारहरूका लागि यो एक उत्तम ट्राभल एपहरू मध्ये एक हो भन्ने तपाईँलाई जरूर लाग्छ किनभने यसले एक सुविधाजनक स्थानमा यात्रा विकल्पहरू जम्मा गरेर धेरै काम र समय घटाइदिन्छ।

प्याकपोइन्ट (PackPoint)

PackPoint

घुम्न जाँदा के-के प्याक गर्नुपर्ने र कस्ता सामानहरू लानुपर्ने जस्ता झन्झटहरूलाई सरलतामा परिणत गर्ने मूख्य काम यो एपले गर्छ । यसमा तपाईँले कहाँ कहिले कति समयको लागी जाने भन्ने जानकारी हाल्नुपर्छ । त्यसपछि कुनै काम विशेषको लागि जान लागेको हो या निस्फिक्रि घुम्नको लागि हो, त्यो जानकारी पनि दिनुपर्छ ।

अब तपाईँले यसमा तपाईँ त्यहाँ कस्ता-कस्ता गतिविधिहरुमा सामेल हुनुहुन्छ भन्ने जानकारी पनि दिनुपर्छ । तपाईँले दिनुभएका यिनै जानकारीहरूको आधारमा प्याकपोइन्टले तपाईँलाई चाहिन सक्ने सबै कुराहरूको सूची दिन्छ । यो सूची हेरेर आफूलाई नचाहिने सामानहरू हटाउन पनि सक्नुहुन्छ । र आफूलाई प्याक गर्न चाहिने सामान चाहिँ राख्न सक्नुहुन्छ ।

यो चलाउन साह्रै सजिलो छ र तपाईँको विशेष रूचिको ठाउँको आधारमा चाहिने सामानहरूको सूची उपलब्ध गर्छ जुन यात्रामा निस्कनेहरूको लागि ज्यादै सजिलो हुन्छ ।

ट्रिपइट (TripIt)

TripIt

यात्रा कार्यक्रमहरू प्रबन्ध गर्नको लागी ट्रिपइट साह्रै सहयोगी एप हो । यसले थुप्रै जानकारीहरू एकै ठाउँमा ल्याएर यात्रामा निस्किनेहरूको लागी सङ्गठित बनाउँछ । 

यसमा तपाईँले आफ्नो यात्रासम्बन्धी जानकारीहरू इमेल, फोटो, पिडिएफ वा अन्य फर्म्याटमा हाल्नुपर्ने हुन्छ । त्यसपछि यसले तपाईँकै लागि भनेर विशेष यात्रा-वृत्तान्त उपलब्ध गराउँछ जुन तपाईँले अनलाइन वा अफलाइन हेर्न वा आफ्ना साथीहरू वा परिवार, नातागोतासँग शेयर गर्न सक्नुहुन्छ ।

यसले तपाईँको फ्लाइटको समय, होटेल कन्फर्मेशन नम्बर, यात्रा तालिका जस्ता कुराहरूको स्मरण गराइराख्छ । त्यस्तै तपाईँका महत्वपूर्ण यात्राका विवरणहरू, यात्रा योजनाका कार्यक्रमहरू लगायत थुप्रै कुराहरूको रेकर्ड राख्छ जसकारण समय र योजनामा कटिबध्द यात्रीहरूको लागि यो साह्रै भरपर्दो एप प्रमाणित हुन्छ ।

होटेल टुनाइट (HotelTonight)

HotelTonight

घुम्नको लागि जतिसुकै राम्रो योजना बनाए पनि सोचे जस्तो चाहिँ कहिले पनि हुँदैन । आखिर एप र वेबसाइटले  मानिसहरूलाई सकेसम्मआकर्षण  अनि मात्र सहयोग  गर्ने हाे। उत्कृष्ट योजना पनि सोचेजस्तो भएन भने कार्यान्वयन गर्न सकिने तरिकाले छिटाे छिटाे ब्याकअप प्लान (backup plan) बनाउनुपर्ने हुन्छ ।

यी यस्ता खालका समस्याको हेक्का तपाईँलाई छ र तपाईँ यस्तोमा सहज हुनुहुन्छ भने होटेल टुनाइटले त्यो समस्या हल गरिदिन्छ । यसमा तपाईँले सिर्फ कहाँ बस्न खोजेको हो, त्यो बताउनुपर्ने हुन्छ । त्यसपछि विभिन्न होटेलका उपलब्ध डील (deal) स्क्रीनमा आउँछ ।

आफूलाई मन परेको डील छान्नुहाेस् र त्यसका विवरणहरू हेर्नुहाेस् । मन परेमा पैसा तिर्ने अप्शनमा गएर होटेल बुक गर्नुहाेस् । यसको राम्रो कुरा के हो भने अन्तिम समयमा तपाईँले निकै सस्तोमा निकै राम्रो कोठा पनि पाउन सक्नुहुन्छ । अनि होटेलका कोठाका फोटोहरू र अन्य ग्राहकहरुले दिएका समीक्षा र रेटिङहरू हेर्न सक्नुहुन्छ ।

सिटीम्यापर (Citymapper)

Citymapper

कुनै पनि शहर गुगल म्यापमा हेर्दै घुम्न ज्यादै गाह्रो हुन्छ किनकी यसले म्याप देखाए पनि त्यहाँको वास्तविक परिस्थितिहरू, जस्तै स्थानीय यातायातका साधनका भाडा, ट्राफिक, छोटो बाटो लगायतका थुप्रै कुराहरू बताउँदैन । यस्तै समस्याहरूको समाधान गर्ने उद्देश्यको साथ आएको एप हो सिटीम्यापर ।

सिटीम्यापरको प्रयोगले तपाईँलाई कुनै पनि शहरमा भएका नयाँ र अपरिचित ठाउँहरू त्यहाँको स्थानीयले जस्तै गरी निकै छिटोछिटो आउजाउ गर्न निकै सहज हुन्छ । यसमा तपाईँले आफू कुन शहरको कुन ठाउँमा जान लागेको हो भन्ने जानकारी हाल्नुपर्ने हुन्छ ।

त्यसपछि सिटीम्यापरले तपाईँलाई कुनै झन्झटबिना सजिलै त्यो ठाउँ कसरी पुग्ने भन्ने ज्यादै सजिलो निर्देशिका (instruction) दिन्छ चाहे तपाईँ हिँडेर जानुस् वा बस वा ट्रेन वा कारमा । यसले तपाईँलाई कुन बाटो सबैभन्दा सजिलो, छिटो र बिना झन्झटिलो हुन्छ भन्ने पनि यात्राभन्दा अगाडि नै भनिदिन्छ । 

आइट्रान्सलेट (iTranslate)

iTranslate

स्मार्टफोनले थुप्रै व्यवसायहरूलाई चौपट पारिदिएको छ र त्यो मध्ये शब्दकोश पनि एक हो । अब एउटा भाषाबाट अर्को भाषामा उल्था गर्न वा कुरा बुझ्नको लागि मोटामोटा शब्दकोशको जरूरत छैन । 

अन्जान र अपरिचित ठाउँहरूमा घुम्दा भाषाले ज्यादै झमेला ल्याउँछ । तर मोटामोटी बुझ्न सकियो भने पनि सुनमा सुगन्ध जस्तो हुन्छ र यात्रा ज्यादै चाखलाग्दो हुन्छ । 

जुनसुकै भाषाबाट जुनसुकै भाषामा उल्था गर्न सक्ने थुप्रै एपहरू छन् जसमध्य हामीले यहाँ आइट्रान्सलेटलाई छनौट गरेका छौँ । यसमा तपाईँले भन्न चाहेको कुरा लेख्नु वा बोल्नुपर्छ । त्यसपछि जुन शहरमा तपाईँ घुम्न जाने हो, त्यहीँको भाषामा उल्था गर्नको लागि ट्याप गर्नुहोस् । 

त्यसपछि जसलाई भन्न चाहेको हो, उसले मोटामोटी त्यो कुरा बुझ्छ जसले तपाईँको यात्रा निकै रोमाञ्चक हुन्छ । तपाईँलाई गाइड पनि चाहिन्न । यसमा १०० भन्दा बढी भाषाहरू समाविष्ट छन् र भाषिका र आवाज समेत तपाईँले छनौट गर्न सक्नुहुन्छ । 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.