यि ५ वेबसाइटहरू जसले सजिलै तपाईँले चाहेको जस्तै फोटो बनाइदिन्छ!

5 Best AI Graphics Tools

हामी सबैलाई थाहा छ कि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले धेरै क्षेत्रका जाxगिरहरू खाइदिएको छ । तर यसले हाम्रो जीवनलाई निकै सजिलो पनि बनाइदिएको छ ।

एआईले अहिले आफै विभिन्न थरिका फोटो, आर्ट, भिडियो इत्यादी बनाउने मामिलामा तहल्का मच्चाइरहेको छ । यसले फोटो र कला क्षेत्रमा लागेर जिविकोपार्जन गरिरहेकाहरुको आयस्रोत धरापमा पारिदिएको छ ।

तर तपाईँ-हामी, जो यस क्षेत्रमा छैनौँ, तर बेलाबेलामा रमाइलोको लागी वा कुनै कामको सिलसिलामा राम्रा फोटोहरू बनाउने रहर छ अनि कलाको सीप छैन भने अब हामीलाई धेरै फाईदा भएको छ ।

एआईमार्फत् अब हामीले सजिलै असङ्ख्य फोटो वा आर्ट बनाउन सक्छौँ । कतिपय त मान्छेले बनाएको भन्दा कता हो कता राम्रा हुन्छन् ।

यहाँ हामी त्यस्ता ५ वेबसाईटहरूको बारेमा चर्चा गर्दैछौँ ।

फोटोर (Fotor)

Fotor Photo Editor Website

हरेक दिन दशवटा फोटो सित्तैमा बनाउन दिने यो वेबसाइट अहिले दशौँ लाख मानिसहरूले चलाईरहेका छन् । यो प्रयोग गर्न धेरै नै सजिलो छ । 

यसमा तपाईँले आफूले चाहेको जस्तो फोटो बनाउन सोही अनुसारको शब्दहरू (text) लेख्नुपर्छ । अब यसले केही सेकेण्ड भित्रै आकर्षक फोटोहरू बनाइदिन्छ । 

यसमा तपाईँले हेर्दै साँच्चिकै जस्तो लाग्ने मुखाकृति (realistic face images), थ्री-डी (3D), एनिमे पात्रहरू, पेन्टिङ्स वा अन्य डिजिटल आर्टहरू पनि बनाउन सक्नुहुन्छ । 

यसले निकै छिटो फोटो बनाउने मात्र हैन, text-to-image र image-to-image दुइथरि कन्भर्जन मोड्युलहरू पनि (conversion module) हुन्छन् । अनि नौ थरि कन्भर्जन स्टाइलहरू पनि छान्न सक्नुहुन्छ । 

फोटोर मा जानुस

नाइटक्याफे (Nightcafe)

NightCafe Graphics Website

एआइ आर्ट जेनेरेटरको क्षेत्रमा नाईटक्याफे अहिले ठुलै नाम हो। अन्य जेनेरेटरको भन्दा बेग्लै यसमा एल्गोरिदम र अप्शनहरू छान्नुपर्छ । तैपनि यो सामान्य मानिसको लागी चलाउन धेरै सजिलो छ ।

यसमा Text to Image र Style Transfer गरि जम्मा दुइटा कन्भर्जन मोड्युलहरू छन् । अघिल्लोमा चाहेको जस्तो टेक्स्ट टाइप गर्नुस् , नाइटक्याफेले सोही अनुसारको इमेजहरू जेनेरेट गरिदिन्छ ।

स्टाइल ट्रान्सफरको हकमा चाहीँ तपाईँले कुनै फोटो अपलोड गर्नुपर्ने हुन्छ र यसले आफै संसारका बहुचर्चित क्लासिक पेन्टिङ्स वा आर्टको शैलीमा परिवर्तन गरिदिन्छ । 

दिनको ५ वटा इमेज सित्तैमा बनाउन दिने यो वेबसाइट क्रेडिट सिस्टममा आधारित छ । तपाईँले जति धेरै क्रेडिट कमाउनु भयो, त्यति नेै धेरै इमेज बनाउन सक्नुहुन्छ । र त्यो क्रेडिट कमाउन तपाईँ त्यहाँका कम्युनिटिहरूमा सहभागी हुनुपर्छ ।

नाइटक्याफेमा जानुस

ड्रीम बाइ वोम्बो (Dream by Wombo)

Wombo Photo Generator Website

सित्तैमा जति पनि इमेजहरू बनाउन पाइने भएकाले पनि होला, यसलाई धेरैले सबैभन्दा राम्रो टेक्स्ट-टु-इमेज जेनेरेटर वेबसाईट मान्छन् । जति पनि बनाउन पाइने भएपछि धेरै चलाइन्छ र धेरै नै जानिन्छ पनि । 

यो चलाउने प्रक्रिया माथिको नाइटक्याफेको. जस्तै छ । मात्र तपाईँले आफूले चाहेको जस्तो इमेज बनाउन सोही अनुसारको टेक्स्टहरू कुनै वाक्यमा लेख्नुपर्छ । त्यसपछि ड्रीम बाइ वोम्बोले आफै इमेज जेनेरेट गरिदिन्छ ।

यसको सबैभन्दा राम्रो कुरा भनेको तपाईँले आफूले चाहेको जस्तै इमेज अपलोड गर्न सक्नुहुन्छ ताकि त्यस्तै फो टोसँग मिल्ने खालको इमेज यसले बनाउन सकोस् । यो अप्शनले इमेज अझ मौलिक र सिर्जनशील बनाउन सहयोग गर्छ । 

ड्रीम बाइ वोम्बोमा जानुस

ड्याल ई टु (Dall-E 2)

Dalle E2 AI Photo Website

ओपनएआइले बनाएको यो चर्चित यापले तपाईँलाई केही मिनेटमै साह्रै वास्तविक लाग्ने ईमेजहरु बनाईदिन्छ । त्यसैकारण यसलाई उच्च सम्भावना बोकेको यापको रूपमा हेरिएको छ । 

प्राय:जसो व्यवसायको लागी डिजाइन, लोगो, ब्याकग्राउण्ड, अनेक आइडियाहरू लगायतको लागी यसको प्रयोग बढी गरिन्छ । 

ईमेज ईडिटिङको कुनै ज्ञान नभएकाहरू माझ त यो लोकप्रिय छ नै, व्यवसायिक कलाकारहरूले समेत यसको प्रयोग धेरै गर्ने गर्छन् । 

यसको सबैभन्दा महत्वपूर्ण टूल (tool) चाहीँ धेरै लेयर (layer) हरूमा समेत आफूखूशी पेन्टब्रशको प्रयोग गर्न सकिने फीचर हो जसले तपाईँलाई हाइलाइट गर्ने, छाँयाँ पार्ने (shadow) जस्ता विकल्पहरू छान्न दिन्छ । 

यसमा पनि माथिका अन्य वेबसाइटजस्तै टेक्स्ट टाइप गरेर ईमेज जेनेरेट गर्ने हो तर यसका टन्नै भेराइटिहरूको कारण अरूभन्दा अलि एड्भान्स्ड मानिएको छ। 

ड्याल ई टुमा जानुस

मिडजर्नी (Midjourney)

MidJourney Photo Website

यदी तपाईँ डिस्कोर्ड चलाउनुहुन्छ र सर्भरहरूमा पनि जोडिनुभएको छ भने तपाईँलाई मिडजर्नीको बारेमा थाहै होला । थाहा छैन भने, सर्भरमा गएर यसको सुविधा लिन सक्नुहुन्छ ।

विस्तृत र एड्भान्स्ड क्षमता अनि द्रुत गतिमा आश्चर्यजनक इमेज जेनेरेट गर्न सक्ने टेक्नोलोजीका कारण मिडजर्नीलाई यो क्षेत्रमा निकै प्रयोगपरक र उत्कृष्ट यापहरूमध्येमा गनिन्छ ।

यसको प्रयोग गर्नको लागी तपाईँले डिस्कोर्ड अकाउण्ट खोलेर मिडजर्नीको सर्भरमा जानुपर्छ र डिस्कोर्ड बट कमाण्ड (Discord bot command) टाईप गर्नुपर्छ । त्यो भनेको माथिका वेबसाईटको जस्तै टेक्स्ट हो ।

आफूलाई चाहिएको जे हो, त्यही अनुसारको टेक्स्ट कमाण्ड टाईप गरेपछि यसले छक्कै पार्ने गरि बिलकुलै अनौठा-अनौठा चारवटा ईमेजहरू बनाईदिन्छ जुन डाउनलोड गर्न सकिन्छ । 

मिडजर्नीमा जानुस

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.