राउटरमा भनिएको 2.4 Ghz र 5 Ghz भनेको के हो?

2.4 vs 5 Ghz wifi

अहिलेको समयमा विकट ग्रामीण क्षेत्र बाहेक इन्टरनेटको पहुँच बाँकी सबै ठाउँमा पुगेको छ। घरमा इन्टरनेट जोड्दा राउटरको आवश्यकता पर्छ। राउटर मार्फत् हामी दुई तरिकाबाट डिभाइसमा इन्टरनेट कनेक्सन गर्न सक्छौँ। 

पहिलो तरिका भनेको ल्यान वायर(LAN Wire) अर्थात् इथरनेट केबल (Ethernet Cable) युज गरेर हो। तर इथरनेट केबलको प्रचलन अहिले कम हुँदै छ। नयाँ मोडलका ल्यापटपहरुमा इथरनेट पोर्ट नै राख्न छोडिएको छ।

दोस्रो तरिका हो वायरलेस कनेक्सन। अहिलेका डिभाइसहरुमा इथरनेट पोर्ट नहुनु भनेको डिभाइसहरु वायर्ड कनेक्सनबाट वायरलेस कनेक्सन तिर सर्दै गएका छन् भनेर जनाउनु हो। यसरी डिभाइसहरु वायरको बिना पनि इन्टरनेट कनेक्सन गर्न सकिन्छ । त्यही वायरलेस कनेक्सनको एउटा रुप हो वाइफाइ कनेक्सन पनि। 

अहिले हामीले मोबाइलमा वाइफाइ कनेक्सन सर्च गर्दा एकै राउटरको युजरनेम दुई तरिकाबाट लेखिएको देख्न सक्छौँ। एउटामा युजरनेमको पछाडि 2.4 जोडिएको हुन्छ भने अर्कोमा युजरनेम पछाडि 5.0 लेखिएको हुन्छ।

तपाईँहरुले आफ्नो रोउटरमा गएर हेर्नुभयो भने राउटरको बत्ती बल्ने ठाउँमा WLAN2.4G तथा WLAN 5G लेखिएको देख्नुहुनेछ। के रहेछ यो 2.4G र 5G भनेको भन्ने कुराको जिज्ञासा कतिको मनमा रहेको हुन्छ। यस आर्टिकलमा सोही श विषयको बारेमा केही जानकारी दिइएको छ।     

के महत्त्व छ 2.4Ghz र 5Ghz को?

वास्तवमा राउटरमा देखिने 2.4G र 5G ले 2.4Ghz र 5Ghz जनाउँछ। राउटरले रेडियो फ्रिक्वेन्सि मार्फत् वायरलेस इन्टरनेट कनेक्सन प्रदान गर्दछ। 

यी दुई नम्बरले राउटरले वाइफाइ कनेक्सन ट्रान्समिट गर्नलाई प्रयोग गर्ने दुईवटा अलग रेडियो ब्यान्ड (radio band) वा रेडियो फ्रिक्वेन्सिलाई (radio frequency) लाई जनाउँछन्। फ्रिक्वेन्सि लाई हर्ट्जमा रिप्रिजेन्ट गरिन्छ। त्यसैले 2.4Ghz र 5Ghz ले क्रमश 2.4 गिगाहर्टज र 5 गिगाहर्टज फ्रिक्वेन्सि जनाउँछन्।

यी दुईवटा फ्रिक्वेन्सि ब्यान्डको आ-आफ्नै विशेषता रहेको छ। तर यी दुईको मुख्य फरक पर्ने ठाउँ हो- रेन्ज र स्पिड।

2.4 Ghz

जति थोरै फ्रिक्वेन्सि हुन्छ, त्यति नै त्यसको ठोस वस्तुमा प्रवेश गर्ने क्षमता वा त्यसको पेनिट्रेटिङ पावर (penetrating power) बढि हुन्छ। यो एउटा साइन्टिफिक फ्याक्ट नै हो। त्यसैले 2.4 Ghz ले अवश्य पनि ठोस वस्तुहरुलाई बढि पेनिट्रेट गर्न सक्छ। वाइफाइको लागि ठोस वस्तु भनेको घरको भित्ता मान्न सकिन्छ। यस कारणले यसको रेन्ज ठूलो हुन्छ। त्यसैले राउटरबाट टाढा रहेर पनि तपाईँहरुले इन्टरनेट चलाउन सक्नुहुनेछ।

केही कुरा पाउनलाई केही कुरा गुमाउनु पर्छ भन्ने भनाई जस्तै यसमा पनि रेन्जको बदलामा स्पिडमा गिरावट हुन्छ। त्यसैले 2.4 Ghz मा स्पिड कम हुन्छ।

यसको अर्को नराम्रो पक्ष भनेको 2.4 Ghz मा हुने बढी नेटवर्क इन्टरफेरेन्स र थोरै डाटा रेन्ज हो। अरु डिभाइसहरुले सोही फ्रिक्वेन्सि ब्यान्ड प्रयोग गर्ने हुनाले यसमा नेटवर्क इन्टरफेरेन्सको सम्भावना बढी हुन्छ भने स्पिड कम भएकोले डाटा रेन्ज पनि कम हुन्छ।  

त्यसैले धेरै रेन्ज चाहिएको छ र स्पिडमा कम्प्रमाइज गर्न सकिन्छ भने 2.4 Ghz उपर्युक्त चोइस हुन्छ। राउटरबाट केहि टाढा हुनुहुन्छ भने 2.4 Ghz नै राम्रो हुन्छ। 

5 Ghz

राम्रो पक्षको कुरा गर्ने हो भने 5 Ghz ले राम्रो डाटा रेन्जको साथै राम्रो स्पिड प्रदान गर्छ। यस बाहेक 5 Ghz मा इन्टरफेरेन्सको सम्भावना पनि कम हुन्छ।

अर्को तिर बढी फ्रिक्वेन्सि भएको कारणले 5 Ghz को पेनिट्रेटिङ पावर कम हुन्छ। सो कारणले यसले ठोस वस्तुहरु पेनिट्रेट गर्न सक्दैन। पेनिट्रेसनको सिधा असर रेन्जमा देखिने हुँदा यसको रेन्ज सानो हुन्छ। 5 Ghz मा इन्टरनेट चलाउनलाई तपाईँहरु राउटरको नजिक हुनुपर्दछ।

त्यसैले तपाईँहरुलाई धेरै रेन्ज चाहिँदैन र राम्रो स्पिडमा इन्टरनेट सर्फिङ गर्नु छ भने 5 Ghz नै उपर्युक्त चोइस हो।

अरु के कुरामा ख्याल राख्नुपर्छ 2.4Ghz र 5Ghz प्रयोग गर्न?

स्पिड र रेन्ज 2.4 Ghz तथा 5 Ghz परख्ने प्राथमिक कुरा भए तापनि अन्य कुराहरुमा पनि तपाईँहरुले केही ध्यान पुर्याउनु पर्ने हुन्छ। निम्नलिखित कुराहरुले पनि तपाईँहरुको रोजाइमा फरक पार्न सक्छः

  • डिभाइस कनेक्सनः

    कस्तो डिभाइसहरुमा इन्टरनेट कनेक्सन युज गरिन्छ भन्ने कुराले पनि यसमा फरक पार्छ। कम ब्यान्डविथ खपत गर्ने डिभाएसहरुमा 2.4 Ghz प्रयोग गर्न सकिन्छ भने धेरै ब्यान्डविथ खपत गर्ने डिभाइसहरुमा, उदाहरणको लागि हाइ डेफिनिसन टेलिभिजन जस्ता डिभाइसका लागि 5 Ghz प्रयोग गर्दा राम्रो मानिन्छ।

  • कामको उद्देश्यः

    तपाईँहरु इन्टरनेट सामान्य प्रयोजनको लागि प्रयोग गर्नुहुन्छ भने 2.4 Ghz नै काफी हुन्छ। जस्तै घरमा सोसियल मिडिया चलाउने, युट्युबमा भिडियोहरु हेर्ने जस्ता काम गर्नुहुन्छ जुनले धेरै रिसोर्स खपत गर्दैन भने यसको लागि 2.4 Ghz उपर्युक्त हुन्छ। 

    त्यसैगरी ग्राफिक्स डिजाइन, कोडिङ, गेम स्ट्रिमिङ, भिडियो एडिटिङ जस्ता कामहरुको लागि 5 Ghz चाहिन्छ नै। यस्ता कामले हेभि रिसोर्स खपत गर्ने हुनाले 5 Ghz यसको लागि उपर्युक्त ठानिन्छ।

  • घरको एरियाः

    ठुलो एरियाको लागि रेन्ज धेरै चाहिने हुन्छ। त्यसैले ठूलो घरहरुको लागि 2.4 Ghz युज गर्नु राम्रो हुन्छ। तर सानो एरियाको घर, फ्लाट आदिको लागि 5 Ghz प्रयोग गरी फास्ट इन्टरनेटको मजा लिन सकिन्छ। 

  • डिभाइस कनेक्सनः

    कस्तो डिभाइसहरुमा इन्टरनेट कनेक्सन युज गरिन्छ भन्ने कुराले पनि यसमा फरक पार्छ। कम ब्यान्डविथ खपत गर्ने डिभाएसहरुमा 2.4 Ghz प्रयोग गर्न सकिन्छ भने धेरै ब्यान्डविथ खपत गर्ने डिभाइसहरुमा, उदाहरणको लागि हाइ डेफिनिसन टेलिभिजन जस्ता डिभाइसका लागि 5 Ghz प्रयोग गर्दा राम्रो मानिन्छ।

  • कामको उद्देश्यः

    तपाईँहरु इन्टरनेट सामान्य प्रयोजनको लागि प्रयोग गर्नुहुन्छ भने 2.4 Ghz नै काफी हुन्छ। जस्तै घरमा सोसियल मिडिया चलाउने, युट्युबमा भिडियोहरु हेर्ने जस्ता काम गर्नुहुन्छ जुनले धेरै रिसोर्स खपत गर्दैन भने यसको लागि 2.4 Ghz उपर्युक्त हुन्छ। 

    त्यसैगरी ग्राफिक्स डिजाइन, कोडिङ, गेम स्ट्रिमिङ, भिडियो एडिटिङ जस्ता कामहरुको लागि 5 Ghz चाहिन्छ नै। यस्ता कामले हेभि रिसोर्स खपत गर्ने हुनाले 5 Ghz यसको लागि उपर्युक्त ठानिन्छ।

  • डिभाइस कनेक्सनः

    कस्तो डिभाइसहरुमा इन्टरनेट कनेक्सन युज गरिन्छ भन्ने कुराले पनि यसमा फरक पार्छ। कम ब्यान्डविथ खपत गर्ने डिभाएसहरुमा 2.4 Ghz प्रयोग गर्न सकिन्छ भने धेरै ब्यान्डविथ खपत गर्ने डिभाइसहरुमा, उदाहरणको लागि हाइ डेफिनिसन टेलिभिजन जस्ता डिभाइसका लागि 5 Ghz प्रयोग गर्दा राम्रो मानिन्छ।

  • कामको उद्देश्यः

    तपाईँहरु इन्टरनेट सामान्य प्रयोजनको लागि प्रयोग गर्नुहुन्छ भने 2.4 Ghz नै काफी हुन्छ। जस्तै घरमा सोसियल मिडिया चलाउने, युट्युबमा भिडियोहरु हेर्ने जस्ता काम गर्नुहुन्छ जुनले धेरै रिसोर्स खपत गर्दैन भने यसको लागि 2.4 Ghz उपर्युक्त हुन्छ। 

    त्यसैगरी ग्राफिक्स डिजाइन, कोडिङ, गेम स्ट्रिमिङ, भिडियो एडिटिङ जस्ता कामहरुको लागि 5 Ghz चाहिन्छ नै। यस्ता कामले हेभि रिसोर्स खपत गर्ने हुनाले 5 Ghz यसको लागि उपर्युक्त ठानिन्छ।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.