अल्फागो – – गो गेममा मान्छे विरूध्द एआइ

alpha go ai

हामीले देख्न सक्ने ब्रह्माण्डमा अनुमानित १०^८० वटा अणुहरु रहेका छन् । तर चेस खेलमा सम्भावित १०^१२० कदमहरु हुन्छन् । त्यो भन्दा पनि बढि कदमहरु “गो” नामक खेलमा हुन्छ २.१×१०^१७० कदमहरु ।

गो गेम खासरी चीन, जापान, कोरिया जस्ता पूर्वी एशियाली देशहरुमा निकै चर्चित र प्रतिष्ठित छ । चीनमा त अझ कुलीन कलाप्रेमीहरुमाझ यसलाई चार प्रतिष्ठित कलामध्येमा गनिन्छ । गो खेलबाहेक अन्य तीन कला चाहीँ सङ्गीत, साहित्य र चित्रकला हुन् । चीनमा गो खेल करिब २५०० वर्ष पहिलेदेखि नै खेलिदै आइएको छ ।

सन् २०१६ को अध्ययन अनुसार साँढे चार करोडभन्दा बढि मानिसलाई गो खेल खेल्न आउने र २ करोडभन्दा बढिले सक्रिय रुपमा खेल्ने गरेका छन् । कोरियामा मात्रै ६० लाखभन्दा बढिले यो खेल्छन् । बाँकि मूख्यत: चीन र जापानमा छन् । संसारका अन्य देशहरुमा पनि खास समूहहरुमा यो लोकप्रिय छ । 

अल्फागो पूरा डक्युमेन्ट्री

गो गेमका नियमहरु निकै नै सरल छन् तर यो साह्रै जटिल खेल पनि हो, चेसभन्दा बढि किन पनि भने यसमा चेसको भन्दा कता हो कता धेरै सम्भावित कदमहरु हुन्छन् भने यो बुझ्न ज्यादै गाह्रो पनि मानिन्छ । 

सामान्यतया यसमा १९×१९ ग्रीड लाइनको एउटा बोर्ड हुन्छ । यो भन्दा सानो बोर्डहरू पनि हुन्छन् , सुरुमा खेल्नको लागी । अनि खेल खेल्छन् चेसमा जस्तै दुई खेलाडीले । यसमा चाहीँ कालो र सेतो गोलाकार सयौँ गोटिहरु हुन्छन् जुन प्रयोग गरेर जतिसक्दो धेरै क्षेत्र कब्जा गर्नुपर्ने हुन्छ । 

खेलको जटिलता अनुसार कुनै पक्षले पहिल्यै हार मान्न पनि सक्छ र खेल छाड्न पनि सक्छ । यसका “असीमित” कदमहरु हुने भएकाले निकै सोच्नुपर्ने र दिमाग साह्रै धेरै लगाउन पर्ने खालको हुन्छ ।

अब हामी “अल्फागो” नामक फिल्ममा जाऔँ । त्यो भन्दा अगाडी तपाईँलाई संसारका विश्वविख्यात चेसखेलाडी गेरी क्यास्पारोभलाई डीप ब्लु नामक सुपरकम्प्युटर वा एआइले हराइदिएको घटना सम्झायो भने यो फिल्मको बारेमा बुझाउन सजिलो हुन्छ । यसमा पनि अल्फागो नामक एआइले गो गेमका संसारकै सर्वोत्कृष्ट खेलाडिलाई हराउँछ ।

अमेरिकामा गूगलको स्वामित्वमा रहेको डिपमाइन्ड टेक्नोलोजीले अल्फागो नामक यस्तो एआइ बनाउँछ जसले गो गेमका प्रख्यात खेलाडीहरुले चाल्ने विभिन्न कदमहरुबाट आफैले खेल्न सिक्छ । तिनीहरुबाट मात्रै हैन, थुप्रै-थुप्रै खेलाडीका कदमहरुबाट यसले आफूलाई तिखार्छ । 

त्यसपछि डिपमाइन्ड टेक्नोलोजीले यो खेलका केही प्रख्यात खेलाडीहरुलाई बोलाएर खेल खेल्न लगाउँछ । सबैभन्दा पहिले यसले चिनियाँ गो युरोपियन चम्याम्पियन फ्यान हुइलाइ बोलाएर खेल्न लगाउँछ । अल्फागोले एकैपटकमा हुइलाई हराइदिन्छ । 

त्यसपछिका दिनहरुमा हुइले त्यो कम्पनीमा अल्फागोको थप विकास गर्नको लागी आफूले सकेको योगदानहरु दिन थाल्छन् । अल्फागो अझै तिखारिएपछि अर्का गो युरोपियन च्याम्पियन, जसले लगातार १६ पटक जितेका थिए, कोरियाली खेलाडी ली सेडोललाई बोलाउँछ ।

एआइ विरूध्द सेडोललाई बोलाउनुको तात्पर्य चाहीँ डिपमाइन्ड टेक्नोलोजीले आफ्नो एआइको क्षमता जाँच्नको लागी हो । सेडोलले एकचोटी मात्रै खेल्दैनन् , पाँचचोटी सम्म खेल्छन्। पूरा गेमको भिडियो खिचिएको हुन्छ र खासगरी प्रविधि जगत र गो गेममा चासो राख्ने संसारभरका मानिसहरुको लागी यो ठूलै घटना हुन्छ । 

जब एआइले सेडोललाई हराउँछ, तब केही पत्रकार र प्राविधिकहरुको लागी त्यो निकै हर्षोल्लासको समय हुन्छ तर अरुको अगाडी देखाउँदैनन् किनकी सेडोलको निराशाको अगाडी उनीहरुको हिम्मत आउँदैन । आखिर त्यो कम्पनीका प्रोग्रामरहरुले मानिसलाई गो गेममा जित्नकै लागी नै यो एआइ बनाएका थिए । 

एआइले विश्वविख्यात गो गेमका च्याम्पियन ली सेडोललाई पाँचै पटक हराउँछ कि कुनै बेला आफैले पनि हार्छ ? त्यो अहिलेको लागी रहष्यमै छाडिदिउँ । डक्युमेन्ट्रि हेर्न त्यति मजा नआउला फेरी । 

तर यो फिल्म त्यो रहष्य भन्दा पनि एआइले यस्ता कुराहरुमा कसरी लगातार मानिसलाई जितिरहेको छ भन्नेबारे जान्नको लागी यो काम लाग्छ । 

एआइ एउटा खतरा हुन्छ वा मानिसको साधक ? सौभाग्यवश एआइ मानिसको खतरा हुनसक्ने चिन्ता धेरैले गर्न थालेको र चर्चाको विषय भएको वर्षौँ भैसकेको छ । 

गो गेम मोबाइल अ्यापको रुपमा पाइन थालेको धेरै भैसकेको छ र तपाईँले पनि खेल्नुभएको होला । यो डक्युमेन्ट्रि चाहीँ एआइ र मानिसबीचको लडाईँ कम्तीमा गो गेममा कस्तो हुँदो रैछ भनेर हेर्न चाखलाग्दो छ । 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.