एन्ड्रोइड फोनमा समेत स्याटलाइट सेवा।

android satellite phone

गत वर्ष २०२२ को घोषणा अनुसार अब मोबाइल फोनहरुमा पनि अब स्याटलाइट सेवा समावेश गरिँदैछ। हाल मोबाइल फोनमा सञ्चार सम्वभ गराउने भनेको मोबाइल नेटवर्कले मात्र हो। तर स्याटलाइट सेवाको उपस्थितिमा मोबाइल नेटवर्कको उपलब्धता नभएको ठाउँमा पनि सञ्चार सम्वभ हुन्छ। यसले मोबाइल सञ्चारमा एउटा ठूलो टेवा पुर्याउनेछ।

गत वर्ष एपलले ग्लोबलस्टार (Globalstar) कम्पनीसँग स्याटलाइट सेवाको लागि ४५० मिलियन डलरको लिङ्कअप गरेको थियो र २०२२ को सेप्टेम्बरमा एपलले आइफोन १४ को लागि स्याटलाइट सेवाको घोषणा गरेको थियो। यसो हुँदा गत वर्षकै सेप्टेम्बरमा एन्ड्रोइडले पनि स्याटलाइट सेवामा आफ्नो पाइला अगाडि बढायो। 

गूगल एन्ड्रोइडका सिनियर भाइस प्रेसिडेन्ट, हिरोशि लकहाइमर (Hiroshi Lockheimer) ले आउँदो एन्ड्रोइड भर्जनमा अर्थात् एन्ड्रोइड १४ मा स्याटलाइट कनेक्टिभिटि रहने कुराको जानकारी दिँदै सेप्टेम्बर १ मा ट्विटरमा पोस्ट सेयर गर्नुभएको थियो। यो सेवा २०२३ को बिचदेखि अन्तिम सम्ममा रिलिज हुन सक्ने अनुमान गरिएको थियो।

क्वालकम स्न्यापड्रागन र इरिडियम (Qualcomm Snapdragon and Iridium) 

२०२३ जेनेवरीमा युएस चीपमेकर कम्पनि क्वाल्कम (Qualcomm) र ग्लोबल स्याटलाइट कम्युनिकेसन कम्पनी इरिडियम (Iridium) ले प्रिमियम एन्ड्रोइड फोनहरुमा स्याटलाइट कनेक्टिभिटि ल्याउन एउटा समन्वय स्थापना गरेका थिए । क्वालकमको 5G मोडेम सपोर्ट सहितको स्न्यापड्रागन जेन २ (Snapdragon Gen 2) चीपसेट प्रयोग गर्ने मोबाइल डिभाइसहरुमा मात्र स्याटलाइट कनेक्टिभिटि रहने घोषणा क्वालकमले २०२३ जेनेवरीमा गरेको हो।

क्वालकमले रिलिज गरेको एन्ड्रोइड फोनका नामहरु

तर गत हप्ता, अर्थात् फेब्रुवरी २७ देखि मार्च २ सम्म बार्सिलोनामा सञ्चालन भएको मोबाइल वर्ल्ड कङ्ग्रेस (Mobile World Congress, MWC) २०२३ मा क्वाल्कमले यसको स्न्यापड्रागन स्याटलाइट प्लाटफर्म समावेश भएर रिलिज हुने स्मार्टफोनहरुको नाम सार्वजनिक गरेको छ। 

ती ब्रान्डहरुमा मोटोरोला (Motorola), नथिङ्ग (Nothing), अनर (Honor), ओपो (Oppo), भिभो (Vivo) र जायोमि (Xiaomi) पर्दछन् र यिनीहरु सबैले आफ्नो नेक्स्ट जेन स्न्यापड्रागन चीपसेट समावेशित फोनहरुमा स्याटलाइट कनेक्टिभिटिद्वारा दुई तर्फि मेसेजिङको सुविधा पाउनेछन्।

यसको साथै क्वालकमले यसको Snapdragon 4 सिरिज देखि Snapdragon 8 सिरिज सम्मका सबै फोनहरुले स्याटलाइट कनेक्टिभिटिको सुविधा पाउने कुरा खुलाएको छ। त्यसैले लो रेन्ज, मिड रेन्ज र हाई रेन्जका सबै थरिका फोनहरुले पनि स्याटलाइट सेवा पाउने देखिन्छ।

स्न्यापड्रागन स्याटलाइट

२०२३ को जेनुवरीमा स्न्यापड्रागन स्याटलाइटको घोषणा गरिएको थियो। आइफोनको स्याटलाइट सेवाले प्रदान गर्ने इमर्जेन्सि एसओएसको तुलनामा  स्न्यापड्रागन स्याटलाइटले इरिडियम ६६ स्याटलाइटसँगको कनेक्सनमा आधारित हुँदै दुई तर्फि मेसेजिङ सपोर्ट गर्नेछ। 

अहिले हालको लागि भने Snapdragon 8 Gen 2 सपोर्ट गर्ने मोबाइलमा मात्र यो सुविधाले काम गर्नेछ। तर साना रेन्जका चीपसेट सपोर्ट गर्ने डिभाइसका लागि पनि यो उपलब्ध हुन धेरै समय नलाग्ला। 

स्याटलाइट कनेक्टिभिटि सुचारु गर्ने पहिलो एन्ड्रोइड

यता क्वालकमले एन्ड्रोइड फोनहरुको लागि स्याटलाइट कनेक्टिभिटि निकाल्दै छ भन्नुको अर्थ यो हैन कि कुनै एन्ड्रोइड फोनमा स्याटलाइट कनेक्टिभिटि छैन।

मोटोरोला र बुल्लिट (Bullitt) स्याटलाइट ग्रुपले यसमा स्न्यापड्रागन स्याटलाइटलाई पहिले नै माथ गरिसकेका छन् । मोटोरोला डिफाइ २ (Motorola Defy 2) एन्ड्रोइड स्मार्टफोन स्याटलाइट कनेक्टिभिटि सर्भिसको साथ मार्केटमा उपलब्ध भइसकेको छ।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.