Apple Mac Studio (2023): M2 Max र M2 Ultra अब नेपालमा पनि उपलब्ध

MAC STUDIO IN NEPAL

Apple कम्पनीको ल्यापटप अथवा म्याकबुक (MacBook) र आइफोन (iPhone) बाहेक अन्य ग्याजेटहरु पनि उपलब्ध छन्। यस अन्तर्गत Apple ब्रान्डको कम्प्युटर Apple Mac Studio पनि उत्तिकै चर्चित छ। 

गत वर्षको Apple Mac Studio (2022) ले पनि निकै चर्चा बटुल्न सफल बनेको थियो। हालाकि Apple कम्पनीको Apple Mac Studio (2022) को पब्लिक रिभ्यु (public review) सकारात्मक मात्र थिएन। Apple Mac Studio (2022) पर्फमेन्समा धेरै पावरफुल भएतापनि Apple ले तोके अनुसारको विवरण Apple Mac Studio (2022) ले पूरा गर्न नसकेको र सोचेजस्तो पर्फमेन्स डेलिभर गर्न नसकेको भन्ने धेरै मानिसहरुको भनाइ थियो।

तर यसो हुँदैमा पनि Apple Mac Studio (2022) अहिले सम्मको सबैभन्दा पावरफुल मेसिन हो या पावरफुल मेसिन मध्येमा पर्छ भन्ने कुरामा केहि अन्योलता नहोला। यसै माझ Apple ले Apple MAC Studio (2023) पनि रिलिज गरेको छ जुन हाल नेपालमा पनि उपलब्ध रहेको छ। 

Apple Mac Studio (2023) लाई M2 Max र M2 Ultra चिपको साथ आउँ छ। Apple को अनुसार Apple Mac Studio (2023) सेटको M2 Ultra चिप Apple Mac Studio (2022) को M1 Ultra चिपको तुलनामा २०% बढि पावरफुल छ। यस आर्टिकलमा Apple Mac Studio (2023) को ओभरभ्यु (Overview), यसको विशेषताहरु, मुल्य र उपलब्धता बारेमा जानकारी दिइएका छ।

ओभरभ्यु (Overview) 

फिजिकल डिजाइन (Physical Design)

डिजाइनको कुरा गर्ने हो भने Apple ले Mac Studio M2 वा Mac Studio (2023) मा यसको पूर्वज Mac Studio M1 को तुलनामा खासै बदलाव गरेको छैन। यहाँ पनि तपाईँहरुले Studio M1 को जस्तै क्युबोइड (cuboid) आकार भेट्नुहुनेछ भने यसको डिमेन्सनमा पनि केहि बदलाव गरिएको छैन। यहाँ पनि ७.७ इन्चको एउटै साइजको लम्बाइ र चौडाइ रहेको छ भने ३.७ इन्चको उँचाइ रहेको छ।

 length and width

height

त्यसैगरी यसको वजनमा पनि केहि परिवर्तन भएको छैन। Apple Mac Studio (2023) को M2 Max भेरियन्टको लागि M1 Max जस्तै २.७ किलोको वजन रहेको छ र त्यसैगरी M2 Ultra मा M1 Ultra जस्तै ३.६ किलोको वजन रहेको छ। 

तपाईँहरुले यसको चासिस (chassis) अर्थात् बाहिरी फ्रेमिङ पनि Apple Mac Studio M1 सँग मिल्ने नै पाउनुहुनेछ भने यसको पोर्टहरुमा पनि केहि फरक भेट्नुहुनेछैन। 

प्रोसेसर र मेमोरी (Processor and Memory)

Apple Mac Studio (2023) को यसको पूर्वजको तुलनामा सबैभन्दा ठुलो फरक भनेको यसको चासिस भित्र के छ भन्ने कुरामा फरक पर्छ जस अन्तर्गत चिप, प्रोसेसिङ पावर र मेमोरी जस्ता कुराहरु पर्छन्। Apple Mac Studio (2023) ले दुईवटा चिप अफर गर्दछ- M2 Max र M2 Ultra। Apple ले जानकारी दिए अनुसार M2 Ultra ले M1 Ultra को तुलनामा २०% भन्दा बढी प्रोसेसिङ पावर अफर गर्न सक्छ।

chip and memory

M2 Max चिपले १२ कोर (12 cores core) अफर गर्छ जुन ८ वटा पर्फमेन्स कोर र ४ वटा एफिसियन्सि (efficiency) कोर गरी विभाजन भएका छन्। यसैगरी M2 Max चिपले ३० कोर जिपियु (30 cores GPU), १६ कोर न्युरल इन्जिन (16 core Neural Engine) र ४०० जिबि प्रति सेकेन्ड (400 GB/s) को मेमोरी ब्यान्डविथ (memory bandwidth) पनि अफर गर्छ। यहाँ जिपियुलाई ३८ कोर सम्म कन्फिगर गर्न सकिन्छ।

अर्को तिर M2 Ultra चिपले २४ कोर (24 cores core) अफर गर्छ जुन १६ वटा पर्फमेन्स कोर र ८ वटा एफिसियन्सि (efficiency) कोर गरी विभाजन भएका छन्। यसको साथै यस चिपले ६० कोर जिपियु (60 cores GPU) र ३२ कोर न्युरल इन्जिन (32 core Neural Engine) र ८०० जिबि प्रति सेकेन्ड (800 GB/s) को मेमोरी ब्यान्डविथ पनि अफर गर्छ। यहाँ जिपियुलाई ७६ कोर सम्म कन्फिगर गर्न सकिन्छ।

मेमोरीको कुरा गर्ने हो भने M2 Max चिप भेरियन्टले ३२ जिबि एकीकृत मेमोरी (32 GB unified memory) अफर गर्छ र ६४ जिबि सम्म कन्फिगर गर्न सकिन्छ भने यसले ५१२ जिबि SSD स्टोरेज अफर गर्छ जुनलाई १ टिबि/ २ टिबि/ ४ टिबि/ ८ टिबिमा कन्फिगर गर्न सकिन्छ। त्यसैगरी M2 Ultra चिप भेरियन्टले ६४ जिबि एकीकृत मेमोरी अफर गर्छ जुनलाई १९२ जिबिसम्म कन्फिगर गर्न सकिन्छ भने यसमा १ टिबि SSD स्टोरेज समावेश गरिएको छ जुनलाई २ टिबि/ ४ टिबि/ ८ टिबिमा कन्फिगर गर्न सकिन्छ।

यदि M2 Max र M2 Ultra को विवरणहरु हेर्ने हो भने M2 Ultra को स्पेसिफिकेसन M2 Max को तुलनामा ठ्याक्कै डबल भएको देखिन्छ किनकि M2 Ultra चिपमा दुईवटा M2 Max चिप जोडिएको हुन्छ। 

पोर्ट तथा कनेक्सन (Ports and Connections)

माथि पनि यसको कुरा आइसकेको छ तर तपाईँहरुले Apple Mac Studio (2023) मा Mac Studio 2022 सँग मिल्ने पोर्टहरु पाउनुहुनेछ। M2 Max र M2 Ultra भेरियन्ट दुवैमा पछाडिका पोर्टहरुमा केहि भिन्नता पाउनुहुनेछैन।

पछाडिको भागमा यहाँ तपाईँहरुले चारवटा ठन्डरबोल्ट (Thunderbolt) पोर्टहरु भेट्नुहुनेछ जस अन्तर्गत 40 Gb/s सम्मको Thunderbolt 4 पोर्ट, एउटा डिस्प्ले पोर्ट, 40 Gb/s सम्मको USB 4 पोर्ट र 10 Gb/s सम्मको एउटा USB 3.1 Gen 2 पोर्ट समावेश गरिएको छ।

यस बाहेक यहाँ तपाईँहरुले 5 Gb/s सम्मको दुईवटा USB-A पोर्ट, एउटा HDMI पोर्ट, 1 Gb/2.5 Gb/5 Gb/10 Gb सम्म सपोर्ट गर्ने एउटा इथरनेट पोर्ट र एउटा ३.५ मिलिमिटरको हेडफोन ज्याक र एउटा पावर ज्याक गरी जम्मा १० वटा कनेक्सन पोर्टहरु भेट्न सक्नुहुनेछ।

back ports

दुईवटा चिप भेरियन्टहरुको लागि पछाडिका पोर्टहरु एउटै रहेतापनि अगाडि भने दुई भेरियन्टबिच थोरे भिन्नता छ। M2 Max चिप भेरियन्टको लागि तपाईँहरुले अगाडिको भागमा 10Gb/s सम्मको दुईवटा USB-C पोर्ट र एउटा SDXC (UHS-II) कार्ड स्लट भेट्नुहुनेछ भने M2 Ultra को खण्डमा 40Gb/s सम्मको दुईवटा Thunderbolt 4 पोर्ट र एउटा SDXC (UHS-II) कार्ड स्लट भेट्नुहुनेछ गरी जम्मा ३ वटा पोर्टहरु भेट्नसक्नुहुनेछ।    

front ports

Apple Mac Studio (2023) को विशेषताहरु

डिमेन्सन तथा वजन (Dimensions and Weight)७.७ x ७.७ x ३.७ इन्च (लम्बाइ x चौडाइ x उँचाइ)२.७ किलो (M2 Max)/ ३.६ किलो (M2 Ultra)
प्रोसेसर (Processor)M2 Max: १२ कोर सिपियु, ३०/३८ कोर जिपियु , १६ कोर न्युरल इन्जिन (Neural Engine)
M2 Ultra: २४ कोर सिपियु, ६०/७६ कोर जिपियु, ३२ कोर न्युरल इन्जिन (Neural Engine)
अपरेटिङ सिस्टम (Operating System/ OS)macOS 
मेमोरी (Memory)M2 Max: ३२ जिबि एकीकृत मेमोरी (३० कोर जिपियु भेरियन्टलाई ६४ जिबि सम्म र ३८ जिबि जिपियु भेरियन्टलाई ९६ जिबि सम्म कन्फिगर गर्न सकिने)
M2 Ultra: ६४ जिबि एकीकृत मेमोरी (६० कोर जिपियु भेरियन्टलाई १२८ जिबि सम्म र ७६ जिबि जिपियु भेरियन्टलाई १९२ जिबि सम्म कन्फिगर गर्न सकिने)
स्टोरेज (Storage)M2 Max: ५१२ जिबि SSD स्टोरेज (१/२/४/८ टिबिसम्म कन्फिगर गर्न सकिने)
M2 Ultra: १ टिबि SSD स्टोरेज (२/४/८ टिबिसम्म कन्फिगर गर्न सकिने)
पोर्ट र कनेक्सन (Ports and Connections)पछाडिको पोर्टः ४x Thunderbolt (Thunderbolt, डिस्प्ले, USB 4, USB 3.1 Gen 2) पोर्ट , २x USB-A पोर्ट, १x HDMI पोर्ट,  १x इथरनेट पोर्ट, १x ३.५ मिलिमिटर हेडफोन ज्याक, १x पावर ज्याक
M2 Max (अगाडिको पोर्ट): २x USB-C पोर्ट, १x SDXC (UHS-II) कार्ड स्लट
M2 Ultra (अगाडिको पोर्ट): २x Thunderbolt 4 पोर्ट, १x SDXC (UHS-II) कार्ड स्लट
कनेक्टिभिटि (Connectivity)Wi-Fi 6E (802.11ax), Bluetooth 5.3, Ethernet@ 10 Gb
रङ (Color)सिल्भर (Silver)

मुल्य र उपलब्धता (Price and Availability)

Apple Mac Studio (2023) नेपालमा प्रि-अर्डरको लागि उपलब्ध भइसकेको छ। ३२ जिबि एकिकृत मेमोरी र ५१२ जिबि SSD सहितको M2 Max भेरियन्टको मुल्य रु. ३,३०,००० बाट सुरु हुन्छ भने ठ्याक्कै डबल स्पेसिफिकेसन भएको M2 Ultra भर्जन तपाईँहरुले झन्डै दुई गुना मुल्य रु. ६,५५,००० मा पाउन सक्नुहुनेछ। Oliz Store, Hukut लगायत अन्य आधिकारिक विक्रेताबाट तपाईँहरुले Apple Mac Studio (2023) खरीद गर्न सक्नुहुनेछ।

Apple Mac Studio (2023) भेरियन्टमुल्य (Price)
M2 Max (१२ कोर सिपियु, ३० कोर जिपियु), ३२ जिबि एकीकृत मेमोरी, ५१२ जिबि SSD स्टोरेजरु. ३,३०,०००
M2 Ultra (२४ कोर सिपियु, ६० कोर जिपियु), ६४ जिबि एकीकृत मेमोरी, १ टिबि SSD स्टोरेजरु. ६,५५,०००

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.