एप्पलले आफ्नो M1 लाइनअपको साथ चिप उद्योगलाई कसरी परिवर्तन गर्यो?

Apple M1 vs Intel

सन् २०२० मा M1 (एम वान) चिप निकालेपछि एप्पलले इन्टेल चिपसेट प्रयोग गर्न छाड्यो । योभन्दा अगाडी एप्पल र इन्टेल प्रविधि जगतका सबैभन्दा घनिष्ठ गठबन्धनमा थिए । सन् २००५ देखि नै आइप्याडदेखि आइफोनसम्ममा इन्टेल कोर प्रोसेसरको प्रयोग गरिएको थियो । 

सन् २०२० मा एप्पलले एम वान चिप ल्याएपछि यसले समग्र सिस्टम आर्किटेक्चरलाई सरलीकरण गर्ने र एप्पल डिभाइसहरूमा पावर खपत घटाउने लक्ष्य लियो । यो सँगै इन्टेललाई ठूलै धक्का लाग्यो । 

हामी यो लेखमा एम वान चिप के हो ? यो कत्तिको छिटो चल्छ ? यो पछाडी कस्तो प्रविधिको प्रयोग गरिएको छ ? इन्टेल र एम वान बीच के फरक छ ? जस्ता कुराहरूबारे सरल भाषामा सङक्षिप्त चर्चा गर्नेछौँ । 

एम वान (M1) चिप के हो ?

एम वान एप्पलले निकालेको पहिलो प्रोसेसर चिप हो जसमा ६४-बिट क्वाड कोर प्रोसेसर हुन्छ । साथै यसमा चारवटा हाइ-पर्फमेन्स कोर र चारवटा हाइ-एफिसियन्सि कोर भएको आर्म आर्किटेक्चर हुन्छ । 

यसको बेस फ्रिक्वेन्सी २.० गिगाहर्ज र अधिकतम टर्बो फ्रिक्वेन्सी चाहिँ ३.२ गिगाहर्ज हुन्छ ।इन्टेलभन्दा एम वान छिटो र बलियो हुने बताइन्छ । 

पहिलेका प्रोसेसरहरूमा विभिन्न कामहरूको लागी छुट्टाछुट्टै कम्पोनेन्टहरूको प्रयोग गरिन्थ्यो तर एम वान मा पूरै चिपमै सिस्टम हुन्छ । अर्थात् जुनसुकै कामले पनि पूरै चिपको प्रयोग गर्ने गर्छ जसकारण नै यस्तो काम सबभन्दा राम्रो हुन्छ । 

यसले सबैथोक एकैपटक गर्नुपर्ने भएकोले १६ वटा प्रोसेसर हुन्छ । यति धेरै कोर हुनुको कारण छिटो काम गर्न भन्दा पनि धेरै काम गर्न हो । चारवटा कोरले ज्यादै जटिल हिसाब गर्छ भने चारवटाले सामान्य काम गर्छ । अनि बाँकि ८ वटाले ग्राफिक्स प्रोसेसिङको काम गर्छ । 

म्याकको सोलिड स्टेट ड्राइभमा डेटा ट्राफिक गर्नको लागी यसमा बिल्ट-इन स्टोरेज कन्ट्रोलर हुन्छ । साथै अन्य विविध प्रोसेसर, कन्ट्रोलर र सेन्सरहरू हुन्छ जसले इन्क्रिप्शन, इमेज प्रोसेसिङ लगायतका कामहरू गर्छ।

एम वान चिपले ५-नानोमिटर प्रोडक्सन प्रोसेसको प्रयोग गर्छ । यसले एआइ टास्कहरू सम्पन्न गर्नको लागी १६ वटा प्रोसेसिङ कोर भएको न्युरल ईन्जिन हुन्छ । 

एम वान (M1) चिप कत्तिको छिटो चल्छ ?

एप्पलले दाबी गरे अनुसार नै एम वान चिप पहिलेका एप्पल डिभाइसहरू वा भनौँ इन्टेल प्रयोग गरिएका डिभाइसहरू भन्दा छिटो चल्छ । 

एम वान चिपमा ३.५ गुणा छिटो चल्ने ८-कोर सिपियु र ६ गुणा छिटो चल्ने ८-कोर जिपियु छ । यसले प्रोसेसरको कार्यक्षमता र सामर्थ्य ह्वात्तै बढाउँछ । यसैकारण डिभाइसको ब्याट्रि पनि लामो समयसम्म टिक्छ ।

एम वान चिप अनेकौँ खालका पेरिफेरल र एक्सेसरिजहरूसँग कम्प्याटिबल हुन्छ । 

यसमा पहिलेका प्रोसेसरभन्दा ६.५ गुणा छिटो मशिन लर्निङ क्षमता हुन्छ किनकी यसमा शक्तिशाली न्युरल ईन्जिन राखिएको हुन्छ जुन भिडियो एडिटिङ र गेमिङको लागी प्रयोग हुन्छ । 

एम वान चिपले ३.९ गुणा छिटो भिडियो प्रोसेसिङ र ७.१ गुणा छिटो इमेज प्रोसेसिङको काम गर्छ । 

इन्टेल (Intel) र एम वान (M1) चिप बीच के-के फरक छन् ?

एम वान चिप र इन्टेलको मूख्य फरक भनेको एम वान आर्म (ARM) आर्किटेक्चरमा आधारित भएर बनेको हुन्छ जुन स्मार्टफोन र मोबाइल जस्ता हल्का र पावर एफिसिएन्ट डिभाइसहरूको लागी उपयोगी हुन्छ । साथै ज्यादा तात्ने समस्या पनि यसले कम गर्छ । 

एम वान मूलत: मोबाइल डिभाइसको चिप भएकाले म्याकमा पनि यो प्रयोग हुँदा iOS अ्यापहरू र सफ्टवेयरहरू नै म्याकमा पनि कम्प्याटिबल हुन्छ जसकारण डेस्कटप र मोबाइकल बीचको दुरी थप घटेको आभास प्रयोगकर्तालाई हुन्छ । इन्टेलमा यस्तो सुविधा छैन । 

इन्टेलभन्दा एम वान चिप विभिन्न मामिलामा कत्तिको छिटो हुन्छ त माथि नै चर्चा गरिसकियो । एप्पलका आधुनिक म्याकबुक प्रो जस्ता डिभाइसहरूमा सदुपयोग गरिएको न्युरल ईन्जिनको कारण यसका मानकिय संचालन प्रक्रिया निकै छिटो हुन्छ । 

गेमहरू प्राय: जसो इन्टेलकै लागी भनेर बनाइने भएकाले म्याकमा गेम खेल्न चाहिँ तपाईँलाई थुप्रै सीमितताहरू र समस्याहरू छन् । निकै कम गेमहरू मात्रै म्याकको लागी अप्टिमाइज्ड हुन्छन् । 

मूल्य पनि अर्को फरक हो । तपाईँले एम वान चिप युक्त एप्पल डिभाइस किन्नुभयो भने तपाईँले पर्फेक्ट टेक्नोलोजी किन्नुभएको हुन्छ अर्थात् धेरै कुराहरू तपाईँले त्यत्तिकै चलाउनुपर्छ वा त्यो सुविधा पाउनुहुन्छ । तर इन्टेल युक्त पिसि किन्नुभयो भने चाहिँ विभिन्न उपकरणहरू तपाईँले फेर्न पनि सक्नुहुन्छ । 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.