च्याट जीपीटी थ्री र फोर! के फरक छ ?

chat gpt4

चार महिना जति अगाडि सार्वजनिक भएको जिपिटि थ्री पनि भनिने च्याटजिपिटि जेनेरेटिभ प्रीट्रेन्ड ट्रान्सफर्मर मोडलको तेस्रो संस्करण हो । प्राकृत भाषामा यसले गर्न सक्ने थुप्रै आश्चर्यजनक कामहरूको लागि यसले व्यापक चर्चा बटुलेको थियो ।

यसकै नयाँ संस्करण जिपिटि फोर केही दिन अघि मात्र सार्वजनिक भएको थियो जसले झन् धेरै चर्चा बटुलिरहेको छ । यसलाई लिएर च्याटजिपिटिका सिईओ स्याम अल्टम्यानले थोरै डर पनि व्यक्त गरेका छन् । 

हामी यो लेखमा विभिन्न पाटोहरूलाई केलाउँदै च्याटजिपिटि थ्री र च्याटजिपिटि फोर बीच केकस्ता फरकहरू छन् भन्ने बारे चर्चा गर्दैछौँ । 

मोडेल साइज

च्याटजिपिटि थ्रीको मोडल साइज १७५ अर्ब प्यारामिटर थियो भने च्याटजिपिटि फोरको त्योभन्दा पनि निकै धेरै रहेको छ । थ्रीको सबैभन्दा ठूलो भेरियन्ट जिपिटि ३.५ टर्बो रहेको थियो भने फोरको जिपिटि फोर मेगा रहेको छ । 

मोडल साइज ठूलो भएको कारण फोरको पाठ बुझ्ने, पाठ सिर्जना गर्ने, समग्र कार्यक्षमता बढाउने क्षमतामा पनि बढोत्तरी भएको छ । फोरले कुनै पनि विषयको सन्दर्भ, मिहिनता र जटिलता सजिलै बुझ्न सक्छ । 

ट्रेनिङ डेटा

च्याटजिपिटि थ्रीको डेटा स्रोतहरू सन् २०२१ को सेप्टेम्बरसम्म उपलब्ध वेब पेज, लेखहरू, किताब लगायत इन्टरनेटमा पाइने सामाग्रीहरू हुन् । तर च्याटजिपिटि फोरको चाहीँ सन् २०२२ सम्म उपलब्ध व्यापक र विशाल मात्राका डेटास्रोतहरू हुन् । 

थ्रीको डेटास्रोत ५७० जिबिको टेक्स्ट डेटास्रोत हो भने फोरको ७६० जिबि रहेको छ । त्यसकारण पनि स्वभावत: यो सूचनाको मामिलामा पहिलेको भन्दा अपडेटेड छ । त्यसकारण थ्रीले कहिलेकाहीँ कुरा गर्दै जाँदा सन्दर्भ र समरूपता पहिचान गर्न सक्थेन तर फोरले त्यस्तो समस्या उल्लेख्य रूपमा सम्बोधन गरेको छ ।

साथै जिपिटि फोरले अलि अस्पष्ट जस्तो लाग्ने प्रश्नहरूलाई समेत स्पष्ट रूपमा बुझ्ने क्षमता राख्छ र झन् धेरै व्याख्या (interpretation) प्रदान गर्छ ।

इन्पुट

च्याटजिपिटिले टेक्स्टलाई मात्रै इन्पुटको रूपमा लिन्थ्यो र बुझ्थ्यो भने च्याटजिपिटि फोरले इमेजलाई समेत लिन्छ, बुझ्छ र सोही अनुसार प्रतिक्रिया दिन्छ । इमेजको यसले सटिक रुपमा पहिचान गर्ने, विश्लेषण गर्ने र यससम्बन्धी सोधिएका प्रश्नहरूको पनि सही उत्तर दिन सक्छ । यो काम थ्रीले गर्न सक्दैनथ्याे। 

जस्तै तपाईंले केही तरकारीको फोटो खिचेर यसमार्फत् के-के परिकार बन्न सक्छ भनेर सोध्नुभयो भने जिपिटिफोरले तुरून्तै तिनीहरूबाट बन्न सक्ने परिकारहरूको सूची दिन्छ । 

सुरक्षा

च्याटजिपिटि थ्री आपत्तिजनक सामाग्री र पूर्वाग्रही उत्तरको लागि बेलाबेला विवादास्पद बनेको थियो । तर फोरले अझै उन्नत रूपमा सुरक्षाका मापदण्ड राखेर असत्य र हानिकारक नतिजाहरूलाई घटाउने दाबी गरेको छ । 

यद्यपि कतिपयले चाहिं त्यसको विपरित जिपिटि फोरको डेटास्रोत धेरै भएकाले यसले थप हानिकारक, भ्रामक र वाहियात नतिजाहरू दिन सक्ने भन्ने जस्ता आशङ्का पनि व्यक्त गरेका छन् । 

कुशल तर्क र कार्यक्षमता

च्याटजिपिटि थ्री आगमनात्मक तर्कप्रणाली (inductive reasoning) र स्मरणमा मात्रै भर पर्थ्यो भने जिपिटि फोर निगमनात्मक तर्कप्रणाली (deductive reasoning) मा पनि भर पर्छ । त्यसकारण यसले झन् धेरै काम गर्न सक्छ तर कहिलेकाहीँ बिलकुलै अनौठो लाग्ने नतिजा पनि प्रदान गर्न सक्छ । 

साथै फोरले सिर्जनशीलता, समस्या समाधान गर्ने कुरामा, विविध तथा नवीन उपायहरू प्रदान गर्ने मामिला इत्यादिमा पहिलेको भन्दा धेरै नै कार्यक्षमता बढाएको छ । 

फाइन ट्युनिङ

च्याटजिपिटिमा फाइन ट्युनिङको लागि सीमित विकल्पहरू थिए र यसको मोडलको कस्टोमाइजेशनको लागी पनि खास विशेषज्ञता चाहिन्थ्यो । तर फोरमा चाहीँ फाइन ट्युनिङको लागि विकसित क्षमताको विकल्प छ । साथै यसका विशेष एपहरूमा सजिलै कस्टोमाइज गर्न सकिने सुविधा पनि छ । 

फाइन ट्युनिङमा भको प्रगतिको कारण डेभलपरहरूले विविध एपहरूलाई सजिलै च्याटजिपिटिकै मोडलको अनुकुल गुने गरी काम गर्न सहज हुन्छ ।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.