“X” मा रिब्रान्ड गरे एलन मस्कले ट्वीटरको लोगो: के भन्दैछन् प्रयोगकर्ता

Elon musk Rebrand Twiter with X

ट्विटरका मालिक एलन मस्कले सोमबार आधिकारिक रूपमा कम्पनीको प्रसिद्ध चराको लोगोलाई “X” मा परिवर्तन गरेका छन्। उनले यस अघि पनि आफ्नो ट्वीटहरु मार्फत ट्वीटर  रि-ब्रान्ड गर्न सक्ने कुराहरुलाइ लिएर संकेत दिईरहेका थिए । 

अहिले मस्कले ट्वीटरलाई रि-ब्रान्ड गरिसकेपछि आफ्नो ट्विटर अकाउन्टमा “X” को नया लोगोलाई प्रोफाइल पिक्चर राखेका छन्। यस्तै यहि सोमबार, मस्कले San Francisco मा रहेको ट्विटर कार्यालय भवनमा प्रक्षेपित विशाल X को फोटोमा “Our headquarters tonight.” भन्ने क्यप्शन राखेर ट्वीट गरेका थिए।

उनि संगै हालै ट्वीटरको CEO बनेकी linda Yaccarino ले पनि आफ्नो ट्वीटर अकाउन्टमा ट्वीट गरेर अब ट्विटर X मा परिवर्तन भएको जानकारी दिएकी हुन् । उनले ट्वीटरमा भइरहेको नयाँ परिवर्तनप्रति निकै सकारात्मक रहेको र यो ट्वीटरको लागि एउटा सुनौलो अवसर भएको बताएकी छन् । 

मस्क र X 

मस्कले ट्वीटरलाई मिनी ब्लग्सहरु लेखेर सेयर गर्ने मात्र नभई यसलाई “everything app” मा परिवर्तन गर्न चाहेको बताएका छन्। यहि चाहना पूरा गर्न उनले ट्विटरलाई आफ्नो X Corp नामक शेल कम्पनीसँग मर्ज पनि गरेका थिए। 

मस्क र X अक्षरको पुरानो सम्बन्ध पनि रहेको छ। उनले १९९९ मा सुरु गरेको आफ्नो पहिलो अनलाइन बैंकिङ प्लेटफर्मको नाम पनि x.com राखेका थिए। यो कम्पनि पछि PayPal मा मर्ज भएको थियो तर अहले भने उनले X.com domain paypal संग खरिद गरी सकेका छन्। 

उनीसँग X.com डोमेन नामको पनि स्वामित्व छ, जुन अब ट्विटरमा रिडिरेक्ट हुँने बनाएका छन्। अर्थात X.com भनेर कसैले Search गर्दा ट्विटर खुल्छ। 

मस्कले आफ्नो कम्पनीको नाममा X अक्षर राखेको भने यो पहिलो पटक हैन। मस्कले आफ्नो अरु कम्पनी जस्तै spaceX, XAI हरुमा पनि X अक्षरको प्रयोग गरेका छन्। त्यस्तै मस्क र ग्रिम्सले आफ्नो पहिलो सन्तान को नाम X Æ A-12 मस्क राखेका छन् यसरी पनि उनको X अक्षर प्रतिको लगाव थाहा पाउन सकिन्छ। 

X  के हो ?

X एलनका लागि एउटा अक्षर मात्र नभएर everything app को भिजन रहेको छ। उनि चिनियामा प्रयोग गरिने WeChat एप जस्तै सम्पूर्ण कामहरु एकै एयापबाट गर्न मिल्ने खालको एप बनाउन चाहनछन् । चिनमा प्राय मनिष आफ्नो दिनानु दिनका सम्पूर्ण कामहरु जस्तै किनमेल, बिल भुक्तानी, म्यासेज आदि कामहरुको लागि WeChat को प्रयोग गर्छन। 

सोहि WeChat एप बाट प्रेरणा लिएर मस्कले everything app बनाउन खोजेका हुन्। 

मस्कले पनि ट्वीटरमा WeChat जस्तै भुक्तानी कार्यक्षमता एकीकृत गर्न चाहेको कुराहरु बताउदै आएका छन्।मस्क आफ्नो एयापमा वित्त सेवा,म्यासेज,अडियो, भिडिओ लगायत सम्पूर्ण कुराहरुलाई समाबेश गर्न चाहन्छन्। 

अर्थात् प्रयोगकर्ताहरुले उनको everything app प्रयोग गरिसकेपछि प्रयोगकर्ताहरु आफ्नो सम्पूर्ण काम सोहि एयापबाट गर्न सक्नेछन्। यसो हुदा प्रयोगकर्ताहरुले आफ्नो मोबाईलमा विभिन्न एयापहरु राखी रहनु पर्दैन। 

प्रयोगकर्ताहरुको  प्रतिक्रिया

मस्कले गत वर्षको अन्त्यमा ४४ अर्ब डलरमा प्लेटफर्म किनेका थिए । त्यस लगत्तै उनीले ट्विटरमा साना-साना परिवर्तन गरिरहेका छन् । तर यो भने उनले अहिलेसम्म गरेको सबैभन्दा ठूलो परिवर्तन हो। मस्कले गरेका अधिकांश निर्णयहरू विवादास्पद हुने गरेका छन्। त्यसैले यो निर्णय पनि विवादास्पद नहोला भन्न सकिन्न ।

उनले गरेका थुप्रै निर्णयहरु जस्तै $8-प्रति-महिना सदस्यता सेवा,भेरीफाईड अकाउन्टहरू मात्र “फर यु” मा रिकमेंड  हुने, प्रयोगकर्ताहरूले सिमित सामग्री मात्र हेर्न पाउने र  बट्स हटाउने आदि कुराहरुलाई लिएर लामो समयबाट ट्विटर प्रयोग गर्दै आएका प्रयोगकर्ताहरुले रुचाएका छैनन्। सोहि कुरालाई  ट्वीटर प्रयोगकर्ताहरूले व्यंग्यात्मक रुपमा ट्वीट गरेका छन्। 

यो नया परिवर्तनको बरेमा पर्ख्यत युटुबर Marques Brownlee ले “I’m still gonna call it Twitter” (म अझै यसलाई ट्वीटर भन्नेछु) ट्वीट गरेका छन्। उक्त ट्वीटमा एलन मस्कले पनि “Not for long” (लामो समयको लागि होइन) भनेर जवाफ दिएका छन्। यस बिषयमा तपाईको विचार के छ हामीलाई तल कमेन्ट गर्नु होला।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.