फोनमा गेम खेल्नुहुन्छ? विशेष गरी मोबाइलको के कुराले गेमिङ्ग राम्रो बनाउँछ?

Mobile Phone Gaming

केही वर्ष यताबाट स्मार्टफोन युजर्सहरुमा गेमिङ्गको क्रेज निकै बढेको पाइन्छ । फ्रि फायर र पब्जिको आगमन सँगै युजर्सहरुको गेमिङ्ग प्रतिको लगाव आकासिन थालेको हो । पछिल्लो समयमा कल अफ ड्युटि मानक गेमले पनि उत्तिकै चर्चा पाएको छ ।

अहिले यसरी गेमिङ्गले चर्चा पाएको समयमा स्मार्टफोन युजर्सहरु अरु कुरालाई मध्यनजर गर्दै राम्रो गेमिङ्ग फोन नै किन्न बजारमा उत्रिन्छन् । 

एउटा स्मार्टफोन राम्रो गेमिङ्ग फोनमा परिणत हुन त्यस फोनका केहि स्पेसिफिकेसनहरुको महत्त्वपूर्ण भुमिका रहेको हुन्छ । तीनै स्पेसिफिकेसनहरुको बारेमा तल चर्चा गरिएकाे छ । आउनुहोस् हेरौं:-

प्रोसेसर

राम्रो प्रोसेसर भएन भने राम्रो गेम प्लेको मजा लिन सकिँदैन । राम्रो गेम प्लेको लागि तपाईँहरुको फोन छिटो हुनुपर्ने हुन्छ जुन एउटा राम्रो प्रोसेसर बाहेक सम्भव छैन । 

प्रोसेसर बनाउने कम्पनीहरु धेरै छन् जसमध्ये स्न्यापड्रागन र मिडियाटेक चिपसेटहरु बजारमा सर्वाधिक मात्रामा रुचाइएकाे पाइन्छ ।

राम्रो गेमिङ्गको लागि स्न्यापड्रागनको ७२०जी (Snapdragon 720G) र यो भन्दा माथिका चिपसेट भएको फोनहरु हेर्न सक्नेहुनेछ । यसै गरी मिडियाटेक डिमेन्सिटि ७०० (Mediatek Dimensity 700) र यो भन्दा माथिका चिपसेट भएको फोनहरु खोज्न सक्नुहुनेछ । 

स्टोरेज र मेमोरी

पुराना युएफएस २.०(UFS 2.0) स्टोरेज भन्दा नयाँ निक्लिँदै गएका युएफएस २.१ (UFS 2.1), युएफएस ३.१ (UFS 3.1) र युएफएस ३.२ (UFS 3.2) स्टोरेजले गेम र एपहरु चाँडो लोड गर्न सक्छन् ।

अहिलेका गेमहरुले धेरै मेमोरी कन्ज्युम गर्दछन् । पहिले डाउनलोडको लागि छुट्टै र पछि एडिसनल कुरा पानि डाउनलोड हुने हुँदा, र अहिलेको फोनहरुमा मेमोरी कार्डको लागि ठाउँ नहुने हुँदा कम्तिमा १२८जिबि (128 gb) मेमोरी चाहिने जस्तो देखिन्छ । त्यसैगरी ६ जिबि रेम(6 gb ram) अहिलेको लागि ठिक्क देखिए तापनि गेम र एपहरुको साइज बढ्दै जाने हुँदा ८ जिबि रेम (8 gb ram)भएको फोन किन्नु फलेदाजनक देखिन्छ ।

कुलिङ्ग सिस्टम

हेभि गेम्स खेल्दा मोबाइल केहि समयपछि तातिन थाल्छ । मोबाइल तातिएपछि यसले मोबाइलको पर्फर्मेन्समा असर पर्छ जुनलाई थ्रट्लिङ्ग(Throttling) भनिन्छ । मोबाइल तात्न थालेपछि यसलाई चिसो पार्न फोनभित्र इन-बिल्ट कुलिङ्ग सिस्टम जडान गरिएको हुन्छ ।

धेरै समयसम्म गेमिङ्ग गर्न राम्रो कुलिङ्ग सिस्टम भएको फोन लिनु पर्छ ।

स्क्रिन डिस्प्ले र स्क्रिन रेजोल्युसन

मोबाइल स्क्रिनको डिस्प्लेले पनि गेमिङ्ग एक्स्पेरियन्समा उति नै प्रभाव पारिरहेको हुन्छ । स्क्रिन डिस्प्ले अन्तर्गत एमोलेड(Amoled) डिस्प्ले, आइपिएस एलसिडि (IPS LCD) डिस्प्ले तथा ओलेड (OLED) डिस्प्ले राहेका हुन्छन् ।

आइपिएस एलसिडि डिस्प्ले भन्दा एमोलेड डिस्प्लेमा कलरहरु अझै बढी निखारिएर, अझै बढी खुलेर आउँछन् जसले भिडियो र गेमिङ्गमा छुट्टै एक्स्पेरियन्स प्रदान गर्छ । 

त्यसैले गेमिङ्गका लागि आइपिएस एलसिडि डिस्प्ले भन्दा एमोलेड डिस्प्ले या ओलेड डिस्प्ले भएका फोनहरु राम्रा मानिन्छन् ।

स्क्रिन रेजोल्युसनको लागि १०८० पि (1080p) रेजोल्युसन नै स्तरिय मानिन्छ ।

रिफ्रेस रेट र टच स्याम्प्लिङ्ग रेट

रिफ्रेस रेटले फलोनको स्क्रिनले ईमेजलाई एक सेकेनडमा कति पटक रिफ्रेस गर्न सक्छ भन्ने कुराको जानकारी दिन्छ र यो हर्ट्ज (Hz) मा नापिन्छ। 

जति धेरै रिफ्रेस रेट हुन्छ त्यति नै ईमेज कम ब्लर हुन्छ र त्यति नै राम्रो क्वालिटिको देखिन्छ। जस्तै ६० हर्ट्ज रिफ्रेस रेट भएको स्क्रिनले एक सेकेन्डमा ६० पटक सम्म स्क्रिन रिफ्रेस गर्न सकछ भने ९० हर्ट्ज रिफ्रेस रेट भएको स्क्रिनले ९० पटक।

सोहि कारण धेरै रिफ्रेस रेट हुँदा गेममा ग्लिचहरु पनि देखिँदैनन् र गेमिङ्गको आनन्द लिन सकिन्छ। ९० हर्ट्ज र १२० हर्ट्ज रिफ्रेस रेट भएको फोनमा राम्रो गेमप्लेको अनुभव लिन सकिन्छ ।   

टच स्याम्प्लिङ्ग रेटले तपाइँले डिस्प्ले स्क्रिनमा टच गर्दा खेलहरूमा कति चाँडो त्यस्को प्रतिक्रिया आउँछ भनेर जनाउँछ । १८० हर्ट्ज र माथिका टच स्याम्प्लिङ्ग रेट भएको फोन लिनु राम्रो मानिन्छ।

ब्याट्रि र चार्जिङ्ग

गेम खेल्दा धेरै बेरसम्म खेल्न पाउँ भन्ने चाहना सबैको हुन्छ । यसको लागि फोनको ब्याट्रि क्यापासिटिको महत्त्व देखिन्छ। अहिलेका हेभि गेमहरुले धेरै चार्ज खाने गर्छन् र थोरै ब्याट्रि क्यापासिटि भएका फोनहरुको चार्ज सकिन कति बेर पनि लाग्दैन। 

यस कारणले अहिले ४५०० एम्एएच (4500 mAh) वा सो भन्दा बढी ब्याट्रि भएको फोन लिनु राम्रो हुन्छ ।

ब्याट्रिसँगै एउटा फास्ट चार्जर छ भने छोटो ब्रेक पछाडि नै फेरि गेमिङ्ग एक्सपेरियन्सको मजा लिन सकिन्छ। हुन त प्राय जसो अहिले फास्ट चार्जरहरु नै पाइने हुँदा यसमा चिन्ता लिनुपर्ने कुरा देखिँदैन। 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.