गूगल लेन्स के हो ? कसरी प्रयोग गर्ने ? [ मोबाइल र कम्प्युटर दुबैमा ]

Google Lens explained in nepali

गूगल सर्च बारमा वा गूगल अ्यापमा तपाईँले पक्कै पनि क्यामरा जस्तो आइकन देख्नुभएको होला र यो क्लिक गरेर पनि हेर्नुभएको होला । गूगल लेन्स यही नै हो जुन प्रयोग गर्न साह्रै सजिलो पनि छ । 

गूगलले लगातार आफ्ना सेवाहरुमा अपडेट गरिरहेको छ र यो गूगल लेन्समा उसले एआइ, मशिन लर्निङ लगायतका प्रविधिहरुको प्रयोग गरेर नयाँ खालका सुविधाहरु थपेको छ । तपाईँले एकपटक यो सुविधा जानेपछि तपाईँको वेब अनुभवमा ठूलै परिवर्तन आउनेछ ।

गूगल लेन्स के हो ?

गूगल लेन्स गूगल सर्चको एउटा भिज्वल कम्पोनेन्ट हो । सामान्यत: गूगल सर्चमा तपाईँले टेक्स्ट मार्फत् विभिन्न कुराहरु खोज्ने गर्नुहुन्छ तर गूगल लेन्सले चाहिँ इमेज र क्यामरालाई इनपुटको रुपमा लिएर त्यसैलाई आधार बनाएर सर्च गर्दछ ।

भन्न खोजेको, गूगल सर्च बारले टेक्स्टलाई पहिचान गरेर खोजे जस्तै यसले चाहीँ इमेजलाई पहिचान गरेर त्यसै अनुसार सर्च गर्छ । इमेजहरुमा क्युआर कोड, टेक्स्ट लेखिएको इमेज, विरुवा, जनावर, खानेकुरा, डिभाइस, कुनै उत्पादन इत्यादी हुनसक्छ ।

गूगल लेन्समा क्यामरा प्रयोग गरेर तपाईँले कुनै कुरा देखाउनुभयो भने त्यसको बारेमा गूगललाई थाहा भएका कुराहरु बताइदिन्छ । जस्तै तपाईँ विदेशको कुनै रेस्टुरेन्टमा जानुभयो र त्यहाँका खानेकुरामा क्यामरा देखाउनुभयो भने त्यसको बारे गूगलले थुप्रै जानकारीहरु तपाईँलाई दिन्छ ।

गूगल लेन्सले तपाईँलाई इमेजमा लेखिएका विदेशी भाषालाई पनि तपाईँको आफ्नो भाषामा अनुवाद गरिदिन्छ चाहे त्यो गणित शास्त्रका टेक्स्टहरु नै किन नहुन् । 

जस्तै तपाईँ चीनको कुनै शहरमा जानुभयो र त्यहाँ लेखिएका अनेक चिनियाँ साइनबोर्ड बुझ्न सक्नुभएन भने क्यामराको प्रयोग गरेर गूगललाई देखाउनुभयो भने यसले तपाईँलको भाषामा अनुवाद गरेर बुझाइदिन्छ । 

त्यस्तै कुनै इमेजमा लेखिएका कुराहरु सबै आफै टाइप गरिरहन पनि पर्दैन, त्यो काम अब यसैले क्षणभरमै गरिदिन्छ । तपाईँलाई कुनै किराले टोक्यो भने गूगललाई देखाइदिनुस्, यसले सबै कुरा भनिदिन्छ ।

छोटकरीमा भन्नुपर्दा, अब गूगलको प्रयोग केबल टेक्स्ट टाइप गर्न जानेकाले मात्रै हैन, इमेजकै भरमा असाक्षर मानिसहरुले समेत भरपुर फाइदा लिन सक्छन् । साक्षर मानिसले झनै बढि सदुपयोग गर्न सक्ने भए । 

मोबाइलमा गूगल लेन्स कसरी प्रयोग गर्ने ?

मोबाइलमा गूगल लेन्स प्रयोग गर्न सबैभन्दा पहिले तपाईँले गूगल अ्याप खोल्नुपर्छ । त्यसको सर्च बारमा रहेको रङ्गीचङ्गी क्यामरा आइकनमा क्लिक गर्नुस् । 
Mobile Google Lense

तपाइँले क्यामराको प्रयोग गरेर आफूले चाहेका कुराहरू खिचेर गर्न सक्नुहुन्छ ।  
Camera Icon Google Lense

अब तपाईँले Translate, Text, Search, Shopping, Homework, Dining लगायतका विभिन्न कार्यहरु छान्न सक्नुहुन्छ ।क्यामरा प्रयोग गर्नको लागी तपाईँले माथिको क्यामरा आइकनमा क्लिक गर्नुपर्छ । त्यसपछि Open camera मा क्लिक गरेपछि क्यामरा खुल्छ र आफुले चाहेको कुरा खिचेर गूगललाई देखाउनको लागी गोलो सर्च आइकनमा क्लिक गर्नुस् । 
Open Camera Google Lense

जस्तै यहाँ कुनै डटपेनको फोटो खिचिएको छ । त्यसको लागी सर्च आइकनमा ट्याप गर्नुस् । 
Mobile Camera Google Lense

क्यामरा मात्रै हैन, तपाईँले आफुले पहिल्यै खिचेर राखेका इमेजहरु अपलोड गरेर पनि सर्च गर्न सक्नुहुन्छ । त्यसको लागी तपाईँले गूगल लेन्स सर्चभन्दा तलका Screenshot र Images लेखिएका बारहरुमा गएर चाहिएको इमेज छान्न सक्नुहुन्छ । 
Select Images Google Lense

मोबाइलमा गूगल लेन्स प्रयोग गर्ने भनेको यसरी नै हो । ज्यादै सजिलो छ । 

कम्प्युटरमा गूगल लेन्स कसरी प्रयोग गर्ने ?

कम्प्युटरमा गूगल लेन्स प्रयोग गर्नको लागी सबैभन्दा पहिले गूगल सर्च बारमा गएर दायाँपट्टिको रङ्गीचङ्गी क्यामरा आइकनमा क्लिक गर्नुस् । 
Google Camera icon

त्यसपछि इमेज अपलोड गर्ने तीनवटा विकल्पहरु तपाईँले देख्नुहुन्छ । पहिलो त सिधै फोटो तानेर (drag-and-drop) हाल्ने, दोस्रो डिभाइसबाट फोटो ब्राउज गर्ने र तेस्रो भनेको फोटोको लिङ्क कपि गरेर पेष्ट गर्ने ।
File Upload Google Lense

अब तपाईँले या त इमेजमा भएको टेक्स्ट छान्न सक्नुहुन्छ वा उस्तै खालका फोटो देख्न सक्नुहुन्छ वा यो फोटोको स्रोत थाहा पाउनको लागी Find the image source (फोटोको स्रोत खोज्नुहोस्) मा क्लिक गरेर हेर्न सक्नुहुन्छ । 
Search Images Google Lense

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.