‘अनर ९०’ प्रि-बूकिंग गर्दा एक्काईस हजार पर्ने स्मार्ट वाच जम्मा पाँच हजारमा

Honor 90 5G Price in Nepal

अनरले आफ्नो नयाँ स्मार्टफोन अनर ९० फाईभजी नेपाली बजारमा सार्बजनिक गरेको छ। २०० मेगापिक्सल क्यामेरा,  ६.७ इन्चको एमोलेड डिस्प्ले जस्तो फेचर भएको यो मिड-रेञ्जमा फोनको सम्पूर्ण विशेषता, डिस्प्ले डिजाइन, पर्फमेन्स, लगायत नेपालमा पर्ने मुल्यको (Honor 90 5G Price in Nepal) बारेमा बताउने छौ। 

‘अनर ९० ’ फाईभजी: विस्तृतमा

अनरले यहाँ निकै आकर्षक देखिने डिजाइन दिएको छ। तपाइले यो फोन मिडनाइट ब्ल्याक, फेदर ब्लू, डायमण्ड सिल्भर र एमराल्ड ग्रीनव गरि चारओटा कलर अपशनमा पाउनुहुन्छ। डिस्प्लेमा भने ६.७ इन्चको १२० हर्ज़ रिफ्रेस रेट भएको एमोलेड प्यानल समाबेश गरिएको छ। त्यस्तै ६.७ इन्चको डिस्प्लेमा भने १२०० x २६६४ पिक्सेल रिजोलुशनसंगै ~४३५ पीपीआइ डेनसिटि पनि दिएको छ। १६०० निट्स सम्मको ब्राइटनेस भएको हुदा बाहिर घाममा यो स्मार्टफोन पर्योग गर्दा तेती समस्या हुदैन। यसबाहेक, यो स्मार्टफोनमा ‘3840Hz PWM dimming’ प्रविधि पनि समाबेश गरिएको छ, जसले फोन प्रयोग गर्दा आँखा दुख्ने मुख्य कारण डिस्प्लेको फ्लिकरिङ् कम गर्छ।

यो पनि पढ्नुहोस्ः

क्यामेरामा भने यस फोनमा दुईओटा गोलो आकारको फरक फरक आइ-ल्याण्डमा ट्रिपल ब्याक क्यामेरा सेटप पाउछौ। माथिको भागमा २०० मेगापिक्सलको मुख्य क्यामेरा र १२ मेगापिक्सलको अल्ट्रा-वाइड क्यामेरा रहेको छ भने तलको भागमा २ मेगापिक्सलको देप्थ सेन्सर र एलईडी फ्लाश रहेको छ। त्यस्तै आगाडीको भागमा पन्च होल (punch hole) डिजाइन सहित ५० मेगापिक्सलको सेल्फी क्यामेरा पाउछौ। 

अनर ९०  मा Snapdragon 7 Gen 1 processor को Accelerated Edition समाबेश गरिएको छ। त्यस्तै यहाँ सिंगल प्राइम आर्म Cortex-A710 CPU कोरलाई २.४GHz बाट २.५GHz सम्म बढाइएको छ।  यो फोन १२/१६ जीबी र्याम र २५६/५१२ जीबी स्टोरेज गरि जम्मा दुई ओटा भेरियन्टमा मात्र उपलब्ध छ। 

अपरेटिङ सिस्टममा Android 13 सहित अनरको MagicOS 7.1 युजर इन्टरफेस पाउनु हुन्छ। त्यसबाहेक ५०००mAh को ठुलो ब्याट्रि र  ६६W को फास्ट चर्जिङ्ग समावेश गरेको छ। त्यस्तै सेक्युरिटीका लागि यहाँ अन्डर-डिस्प्ले अप्टिकल फिंगरप्रिन्ट सेन्सर पाउनु हुन्छ।

बिशेषता(Specifications):

डिस्प्ले (Display)६.७ इन्च एमोलेड, १२० हर्ज़ रिफ्रेस रेट, १६०० निटस ब्राइटनेस
रिजोलुशन (Resolution):१२०० x २६६४ पिक्सेल, ~४३५ पीपीआइ डेनसिटि
प्रोसेसर (Processor)Snapdragon 7 Gen 1 (4nm, Accelerated)
ओएस र युआई (OS and UI)Android 13 मा आधारित Honor MagicOS 7.1
ब्याक क्यामेरा (Back Camera)२०० मेगापिक्सल, f/१.९ (वाइड)१२ मेगापिक्सल, f/२.२, ११२˚ (अल्ट्रा-वाइड)२ मेगापिक्सल, f/२.४
फ्रन्ट क्यामेरा (Front Camera)५० मेगापिक्सल, f/२.४, १००˚, (अल्ट्रा-वाइड)
मेमोरी र स्टोरेज (Memory and Storage)१२/१६ जीबी र्याम र २५६/५१२ जीबी स्टोरेज (बढाउन सकिने)
ब्याट्रि र चार्जिङ (Battery and Charging)५०००mAh ब्याट्रि, ६६W चर्जिङ्ग 
कलर अपशन (Color Options)मिडनाइट ब्ल्याक, फेदर ब्लू, डायमण्ड सिल्भर र एमराल्ड ग्रीन

मूल्य र उपलब्धता (Honor 90 5G Price in Nepal and Availability)

अनर ९०  फाइभजीको २५६ र ५१२ स्टोरेज भएको भेरियन्ट अहिले नेपालमा प्रि-बूकिंगको लागि उपलब्ध छ। १२ जीबी र्याम २५६ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य रु. ५८,९९० तोकिएको छ भने १२ जीबी र्याम ५१२ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य रु. ६३,९९० तोकिएको छ। 

कम्पनिले भने प्रि-बूकिंगमा उपोभोगताहरुको लागि आकर्षक अफर पनि राखेको छ। यो फोन प्रि-बूकिंग गर्दा अनरको रु. २१९९० पर्ने स्मार्ट वाच ‘Honor watch 4’ जम्मा रु. ५००० मा खरिद गर्न मिल्ने छ। अनरले यो फोनमा फाइनान्सको सुबिधा पनि दिएको छ। तपाइले माछापुच्छ्रे बैंक, कुमारी बैंक र सनराईज बैंकबाट यो फोन फाइनान्समा खरिद गर्न सक्नु हुन्छ। यो फाइनान्स सुबिधा उपयोग गर्न तपाईसंग क्रेडिट कार्ड अनिवार्य हुन पर्छ। 

अनर ९०  फाईभजीआधिकारिक नेपाली मूल्य (Honor 90 5G Official Price in Nepal)
१२/२५६ जीबीरु. ५८,९९०
१२/५१२ जीबीरु. ६३,९९० 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.