Infinix HOT 30i मोबाइल फोन अब नेपालमा भित्रियो – विवरण, मुल्य र उपलब्धता

infinix hot 30 i nepal

Infinix ले कम बजेट सेग्मेन्टको लागि राम्रो मोबाइल फोनहरु उत्पादन गर्ने गरेको छ। २५ हजारको सेरोफेरोमा र यो भन्दा कम मुल्यको लागि Infinix को मोबाइल सेटहरुमा मुल्य अनुसार राम्रो विशेषताहरु समावेश गरिने फोन मध्येमा पर्दछन्।

यस्तोमा Infinix ब्रान्डकाे Infinix HOT 30i मोबाइल फोन १५ हजार भन्दा कम मुल्यको लागि नेपाली मोबाइल मार्केटमा भित्रिएको छ। अन्तर्राष्ट्रिय मार्केटमा मार्च ३१, २०२३ मा रिलिज भएको यो स्मार्टफोन हाल नेपाली मोबाइल मार्केटमा प्रवेश गरेको छ।

अन्तर्राष्ट्रिय मार्केटको लागि निर्मित यस मोबाइल सेटको तुलनामा नेपालमा उपलब्ध हुने यस मोबाइल सेटको भेरियन्टमा केहि भिन्नताहरु रहेका छन्। यस आर्टिकलमा नेपालको लागि यस मोबाइलको विवरण, मुल्य र उपलब्धता बारेमा चर्चा गरिएको छ।

यो पनि पढ्नुहोस्ः 

मोबाइलको ओभरभ्यु (Mobile Overview)

बिल्ड र डिजाइन (Build and Design)

यसको डिजाइन निकै नै आकर्षक रहेको छ। यस मोबाइल फोनको समग्र बिल्ड क्वालिटिको कुरा गर्ने हो भने यहाँ तपाईँहरुले अगाडिको भागमा ग्लास, छेउको लागि प्लास्टिक फ्रेम र पछाडिको भागमा प्लास्टिक बिल्ड पाउनुहुनेछ। 

यस बाहेक यहाँ अगाडिको भागमा सेल्फि क्यामेरालाई वाटर ड्रप नचले घेरेको छ भने पछाडिको भागमा दुईवटा क्यामेरा मोड्युल (module) समावेश गरिएको छ। यसको पछाडि पट्टिको डायमण्ड स्ट्राइप (diamond stripe) डिजाइन निकै नै आकर्षक देखिन्छ।

infinix hot 30i body

डिस्प्ले (Display)

यस मोबाइलमा ६.६ इन्चको IPS LCD डिस्प्ले समावेश गरिएको छ जुनले HD+ रेजोल्युसन अफर गर्छ भने यहाँ तपाईँहरुले ९० हर्ट्जको स्क्रिन रिफ्रेस रेट पाउन सक्नुहुनेछ। यसको साथै तपाईँहरुले यस फोनमा ५०० निट्स (500 nits) को स्क्रिन ब्राइटनेस पाउन सक्नुहुनेछ जसले गर्दा तपाईँहरुले घाममा मोबाइल फोन चलाउन त्यति असहजता महसुस हुने छैन। १५ हजार भन्दा कम मुल्य पर्ने जस्तो सेटको लागि पनि यी फिचरहरु निकै नै राम्रा फिचरहरु हुन्।

infinix hot 30i display

पर्फमेन्स र मेमोरी (Performance and Memory)

यस मोबाइल फोनमा तपाईँहरुले Mediatek Helio G35 प्रोसेसर या चिपसेट पाउनुहुनेछ जुन यस बजेट सेग्मेन्टको लागि पनि त्यति राम्रो चिपसेट हैन। यस मोबाइल फोनको कुनै नकारात्मक पक्ष भनेको यहि नै हो। यस बजेट सेग्मेन्टमा सबै क्षेत्रमा राम्रो फिचरहरु भएको मोबाइल फोन पाउन गार्है छ। यस फोनमा भने पर्फमेन्सको क्षेत्रमा सम्झौता गरिएको छ।

हालाकि यस मुल्य सेग्मेन्टको लागि यो सबैभन्दा राम्रो चिपसेट नहोला तर यस चिपसेटमा दैनिकी कार्यहरु गर्न तपाईँहरुलाई केहि अप्ठ्यारो हुने छैन। १२ न्यानोमिटर (12nm) फेब्रिकेसनबाट तयार पारिएको यो 4G चिपसेटले चारवटा Cortex-A53@2.3 GHz कोर र अर्को चारवटा Cortex-A53@1.8 GHz कोर गरी ८ वटा कोर अर्थात् अक्टा कोर सिपियु अफर गर्छ। जिपियुको लागि यहाँ PowerVR GE8320 GPU भेट्न सकिन्छ।

मेमोरीको कुरा गर्ने हो भने यहाँ तपाईँहरुले अधिकतम रुपमा ८ जिबि RAM र १२८ जिबि इन्टर्नल स्टोरेज भेट्नुहुनेछ जुनलाई १ टिबिसम्म अपग्रेड गर्न सकिनेछ। यहाँ तपाईँहरुले ८ जिबि RAM मेमोरीलाई पनि ४ जिबिसम्म भर्चुवल एक्सपान्ड (virtual expand) गर्न सक्नुहुनेछ।

अपरेटिङ सिस्टमको कुरा गर्ने हो भने यस मोबाइल फोनमा तपाईँहरुले Android 12 भेट्नुहुनेछ र यसलाई XOS 12 युजर इन्टरफेसले सपोर्ट गरेको छ।

क्यामेरा (Camera)

क्यामेरा सेग्मेन्टको कुरा गर्ने हो भने यहाँ पछाडिको भागमा तपाईँहरुले ५० मेगापिक्सल सहितको डुवल क्यामेरा सेटप पाउनुहुनेछ भने अगाडिको लागि यहाँ ५ मेगापिक्सलको सिङ्गल सेल्फि क्यामेरा भेट्न सकिन्छ।

infinix hot 30i camera modules

ब्याट्रि र अन्य स्पेसिफिकेसन (Battery and Other Specifications)

ब्याट्रिको कुरा गर्दा यहाँ 5000mAh पावरको ब्याट्रि समावेश गरिएको छ त्यसैले तपाईँहरुले ब्याट्रि सकिने चिन्ता लिनु पर्दैन। यो ब्याट्रि चार्ज गर्न भने यहाँ १० वाट (10 watt) चार्जिङ सपोर्ट उपलब्ध रहेको छ।

यस मोबाइलको सबै भन्दा राम्रो स्पेसिफिकेसन यसको साइड फिङ्गरप्रिन्ट रिडर हो किनकी यो मुल्य सेग्मेन्टमा या तपाईँहरुले कुनै फिङ्गरप्रिन्ट पाउनुहुन्न या पाउनुभयो भने पनि ब्याक फिङ्गरप्रिन्ट रिडर मात्र पाउनुहुनेछ। त्यसैले यस मुल्यको लागि साइड फिङ्गरप्रिन्ट रिडर पाउनु भनेको यस मोबाइल फोनको एउटा ठुलो सकरात्मक पक्ष हो।

कनेक्टिभिटिको लागि यहाँ तपाईँहरुले 4G नेटवर्क कनेक्सन सपोर्ट पाउनुहुनेछ भने अन्य कनेक्टिभिटिको लागि Wi-Fi 5, Bluetooth 5.0, USB Type-C कनेक्टिभिटि, रेडियो आदि पनि पाउन सक्नुहुनेछ। यहाँ सिम कार्डको लागि तपाईँहरुले दुईवटा न्यानो सिम कार्ड स्लट भेट्नुहुनेछ र एक्सटर्नल मेमोरी कार्डको लागि छुट्टै मेमोरी कार्ड स्लट पनि भेट्नुहुनेछ। 

अडियोको कुरा गर्ने हो भने यहाँ तपाईँहरुले एउटा सिङ्गल बटम स्पिकर पाउनुहुनेछ भने वायर्ड इयरफोनको लागि ३.५ मिलिमिटर हेडफोन ज्याक पनि यहाँ समावेश गरिएको छ।

Infinix HOT 30i को विशेषताहरु

डिमेन्सन र वजन (Dimension and Weight)१६४ x ७५.७५ x ८.४ मिलिमिटर, १९१ ग्राम
डिस्प्ले (Display)६.६ इन्च IPS LCD डिस्प्ले प्यानल, HD+ रेजोल्युसन,  ९० हर्ट्ज स्क्रिन रिफ्रेस रेट, ५०० निट्स अधिकतम ब्राइटनेस
प्रोसेसर (Processor)Mediatek Helio G37
सिपियु र जिपियु (CPU and GPU)Octa-core@2.3 GHz CPU, PowerVR GE8320 GPU
ओएस र युआई (OS and UI)Android 12, XOS 12 UI
ब्याक क्यामेरा (Back Camera)डुवल क्यामेरा सेटप (50 MP मेन क्यामेरा, सेकन्डरी क्यामेरा)
फ्रन्ट क्यामेरा (Front Camera)5 MP सिङ्गल सेल्फि क्यामेरा
मेमोरी र स्टोरेज (Memory and Storage)४/८ जिबि RAM मेमोरी र ६४/१२८ जिबि इन्टर्नल मेमोरी 
१ टिबिसम्म स्टोरेज बढाउन सकिने
ब्याट्रि र चार्जिङ (Battery and Charging)5000 mAh ब्याट्रि, १० वाट चार्जिङ सपोर्ट
अन्य फिचरहरु (Other Features)डुवल सिम (न्यानो सिम), साइड फिङ्गरप्रिन्ट रिडर, 4G नेटवर्क कनेक्टिभिटि, सिङ्गल स्पिकर, ३.५ मिलिमटर हेडफोन ज्याक, पान्डा ग्लास प्रोटेक्सन

मुल्य र उपलब्धता (Price and Availability)

यस फोनको ४/६४ जिबि बेस भेरियन्टलाई रु. १४,४९९ मुल्य अंकित गरिएको छ भने यसको ८/१२८ जिबिको माथिल्लो भेरियन्टलाई रु. १६,९९९ मुल्य तोकिएको छ। दराज (Daraz), हुकुट (Hukut) या अन्य आधिकारिक विक्रेताहरु मार्फत् तपाईँहरुले यो मोबाइल फोन खरीद गर्न सक्नुहुनेछ।

मोबाइल भेरियन्ट मुल्य
४ जिबि RAM र ६४ जिबि स्टोरेजरु. १४,४९९
८ जिबि RAM र १२८ जिबि स्टोरेजरु. १६,९९९

समग्रमा यो मोबाइल फोन यस बजेट सेग्मेन्टको लागि निकै नै राम्रो फोन हो। १५ हजार मुनिको मुल्य सेग्मेन्टको लागि यतिको आकर्षक फिचरहरु भएको फोन भेट्न गार्है छ। यसको प्रोसेसिङ क्षेत्रलाई मात्र थोरै मध्यनजर गर्न सकियो भने यो मोबाइल धेरै उत्कृष्ट फोन हो।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.