६४ मेगापिक्सल भएको “इन्फिनिक्स नोट ३०” नेपालमा सार्वजनिक

Infinix Note 30 Price in Nepal

इन्फिनिक्सले आफ्नो नयाँ बजेट स्मार्टफोन नोट ३० नेपाली बजारमा सार्वजनिक गरेको छ । ६७ मेगपिक्सल क्यामेरा, मिडियाटेकको हेलियो जी९९ प्रोसेसर जस्ता फिचर भएको यो फोनको सम्पूर्ण विशेषता, डिस्प्ले डिजाइन, पर्फमेन्स, लगायत नेपालमा पर्ने मुल्यको (Infinix Note 30 Price in Nepal) बारेमा बताउने छौँ।

“इन्फिनिक्स नोट ३०” विस्तृतमा :

डिजाइनको बारेमा कुरा गर्दा, फोनको पछाडिको भागमा आकर्षक लुक्स दिएको छ र बजेट स्मार्टफोन भएको हुदा यहाँ सामान्य प्लास्टिक फ्रेम प्रयोग भएको छ। त्यस्तै फोनमा ओब्सिडियन ब्ल्याक, इन्टरस्टेलर ब्लू, सनसेट गोल्ड गरी तिनओटा कलर अपशन दिएको छ। साथै डिस्प्लेमा तपाइले ६.७८ इन्च फुल एचडी आईपीएस एलसीडी स्क्रीन, १२० हर्ज़को रिफ्रेस रेट र ५८० निट्स सम्मको ब्राइटनेस जस्ता फिचरहरु पाउनु हुन्छ। 

यस्तै फोनमा मिडियाटेक हेलियो जी९९ प्रोसेसर जडान गरिएको छ, जुन ६ न्यानोमिटर फेब्रिकेसन प्रक्रियामा निर्मित अक्टा-कोर भएको प्रोसेसर हो। यो ४जी सिलिकन चिपसेटले पर्फमेन्सकाे लागि २.२ गिगाहर्ट्जमा क्लक गरिएको दुइओटा Cortex-A76 र एफिसेन्सीको लागि २.० गिगाहर्ट्जमा क्लक गरिएको छ ओटा  Cortex-A510 अफर गर्दछ। 

यस बाहेक फोनमा एनड्रोइड १३ को ओएस सहित “XOS 13” युजर इन्टरफेस र जिपियु तर्फ Mali-G57 MP2 ग्राफिक्स प्रोसेसर समावेश भएको छ। जसले गर्दा फोनमा राम्रो गेमिङ एक्सपिरियन्स पाउन सकिन्छ। यससंगै यहाँ ८ जीबी र्याम र २५६ जीबी स्टोरेज पनि दिएको छ।

स्मार्टफोनको क्यामेराको कुरा गर्दा, तपाइले फोनमा ट्रिपल क्यामेरा सेटअप पाउनु हुन्छ, ६४ मेगापिक्सलको मुख्य लेन्स, २ मेगापिक्सलको देप्थ सेन्सर र QVGA सेन्सर, साथै अगाडी एलईडी फ्ल्यास सहितको १६ मेगपिक्सलको फ्रन्ट क्यामेरा पाउनु हुन्छ। 

यो पनि पढ्नुहोस्ः

यससंगै फोनमा ४५ वाट फास्ट चार्जिङ सपोर्टसंगै ५०००mAh को ब्याट्रि जडान गरिएको छ। जुन बजेट स्मार्टफोनहरुमा कमै देख्न पाइन्छ। यस्तै फोनमा वाईफाई, ब्लुटुथ, युएसबी टाइप-सी पोर्ट, डुअल स्टेरियो स्पिकर र माइक्रोएसडी कार्ड स्लट र ३.५ एमएम अडियो ज्याक जस्ता अन्य फिचरहरु पनि समाबेश गरिएको छ। 

इन्फिनिक्स नोट ३० को बिशेषता:

डिस्प्ले (Display)६.७८ इन्च आईपीएस एलसीडी डिस्प्ले, १२० हर्ज़ रिफ्रेस रेट
रिजोल्युसन(Resolution)१९२० x १८०० पिक्सल, ~३९६ पीपीआइ डेनसिटि
प्रोसेसर (Processor)मीडियाटेक हेलियो जी९९ ४जी  (६ एनएम)
ओएस र युआई (OS and UI)एनड्रोइड १३ (XOS 13)
क्यामेरा (Camera)६४ मेगापिक्सल, f/१.७ (वाइड)
२ मेगपिक्सल, f/२.४ (देप्थ)
QVGA सेन्सर
फ्रन्ट क्यामेरा (Front Camera)१६ मेगापिक्सल, f/२.० (वाइड)
मेमोरी र स्टोरेज (Memory and Storage)८ जीबी र्याम, २५६ जीबी स्टोरेज
ब्याट्रि र चार्जिङ (Battery and Charging)५०००mAh ब्याट्रि, ४५ वाट वायर्ड चार्जिङ
सिक्योरिटी (Security)साइड माउंटेड फिंगरप्रिन्ट सेन्सर
कलर अपशन (Color Options)ओब्सिडियन ब्ल्याक, इन्टरस्टेलर ब्लू, सनसेट गोल्ड

मूल्य र उपलब्धता (Infinix Note 30 Price in Nepal and Availability)

इन्फिनिक्स नोट ३० को ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको भेरियन्टको नेपाली आधिकारिक मूल्य रु २३,९९९ रहेको छ।  उक्त फोनलाई तपाईले इन्फिनिक्सको आधिकारिक स्टोरहरू अथवा विभिन्न ई-कमर्स साइटबाट खरिद गर्न सक्नु हुन्छ।     

इन्फिनिक्स नोट ३०नेपालमा मुल्य (Infinix Note 30 Price in Nepal)
८/२५६ जीबी रु २३,९९९ 

यो पनि पढ्नुहोस्ः

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.