Infinix SMART 7 Plus अब नेपालमा पनि उपलब्ध – विवरण, मुल्य र उपलब्धता

infinix smart 7 nepal

थोरै बजेट सेग्मेन्टको लागि Infinix ब्रान्डका मोबाइल फोनहरु राम्रो हुने गरेका छन्। १५ देखि २५ हजार मुल्यको सेरोफरोमा Infinix ब्रान्डका मोबाइल सेटहरु सबैभन्दा राम्रो मोबाइल फोनहरुमा हुने गरेको छ।

केहि अगाडि Infinix ब्रान्डकाे Infinix HOT 30i सँगसँगै Infinix SMART 7 Plus पनि हाल नेपाली मोबाइल मार्केटमा भित्रिएको छ। Infinix SMART 7 Plus मोबाइल फोन १३ हजारको सेरोफेरोको लागि राम्रो मोबाइल फोन रहेको छ।

अन्तर्राष्ट्रिय मार्केटमा फेब्रुवरी २२, २०२३ मा रिलिज भएको यो स्मार्टफोन अहिले नेपाली मोबाइल मार्केटमा पनि प्रवेश गरेको छ। यस आर्टिकलमा यस फोनको विवरण, मुल्य र उपलब्धताको बारेमा चर्चा गरिएको छ। 

यो पनि पढ्नुहोस्ः 

ओभरभ्यु (Overview)

बिल्ड र डिजाइन (Build and Design)

यस मोबाइल फोनको समग्र बिल्ड क्वालिटिको कुरा गर्ने हो भने यहाँ तपाईँहरुले अगाडिको भागमा ग्लास, छेउको लागि प्लास्टिक फ्रेम र पछाडिको भागमा प्लास्टिक बिल्ड पाउनुहुनेछ। वजनको कुरा गर्दा यो मोबाइल २०० ग्राम भन्दा बेसि भएको कारणले र  यसको ९.४ मिलिमिटर भन्दा बढी उँचाइ भएको कारणले यो मोबाइल फोन केहि भारी भएको र बाक्लो भएको महसुस हुन सक्छ। 

यहाँ अगाडिको भागमा सेल्फि क्यामेरालाई वाटर ड्रप नचले घेरेको छ भने पछाडिको भागमा दुईवटा क्यामेरा मोड्युल (module) समावेश गरिएको छ। यसको सर्फेस डिजाइनको लागि 3D वेभ स्ट्राइप (wave stripe) डिजाइन प्रयोग गरिएको छ जुन आकर्षक नै देखिन्छ।

infinix smart 7 plus

डिस्प्ले (Display)

यस मोबाइलमा ६.६ इन्चको IPS LCD डिस्प्ले समावेश गरिएको छ जुनले HD+ (1612 x 720p) रेजोल्युसन अफर गर्छ भने यहाँ तपाईँहरुले ६० हर्ट्जको स्क्रिन रिफ्रेस रेट पाउनुहुनेछ। यहाँ तपाईँहरुले ५०० निट्स (500 nits) को अधिकतम स्क्रिन ब्राइटनेस पाउनुहुनेछ जसले गर्दा तपाईँहरुले घाममा फोन चलाउन त्यति असहजता महसुस हुने छैन। यस बाहेक तापईँहरुले यहाँ ८४% स्क्रिन-टु-बडि रेसियो (84% screen-to-body ratio) पाउनुहुनेछ।

infinix smart 7 plus display

पर्फमेन्स र मेमोरी (Performance and Memory)

यस मोबाइल फोनमा तपाईँहरुले अक्टाकोर चिपसेट पाउनुहुनेछ। कुन चिपसेट हो भन्ने विषय बारेमा अझै पनि अन्योलता नै छ र तर यस मोबाइलको मुल्यलाई हेरेर यसमा त्यति राम्रो प्रोसेसर छैन भन्दा कुनै अन्योलता नहोला।

तापनि यसको स्पेसिफिकेसन अनुसार Unisoc SC9863A (28nm) चिपसेट यहाँ प्रयोग गरिएको छ भन्ने एउटा आंकलन गरिएको छ। यस चिपसेटले चारवटा 1.6 GHz को Cortex-A55 र अन्य चारवटा 1.2 GHz को Cortex-A55 कोर गरी अक्टा कोर सिपियु प्रदान गरेको छ।

यस मोबाइल फोनमा तपाईहरुले ४ जिबि RAM मेमोरी भेट्नसक्नुहुनेछ जुनलाई ३ जिबिसम्म भर्चुवल एक्सपान्ड (virtual expand) गर्न सकिन्छ। त्यसैगरी तपाईँहरुले यहाँ ६४ जिबिको डिफल्ट स्टोरेज भेट्नुहुनेछ र यसलाई पनि एक्सटर्नल मेमोरीको साथ बढाउन सकिन्छ।

अपरेटिङ सिस्टमको कुरा गर्ने हो भने यस मोबाइल फोनमा तपाईँहरुले Android 12 भेट्नुहुनेछ र यसलाई XOS युजर इन्टरफेसले सपोर्ट गरेको छ।

क्यामेरा (Camera)

क्यामेरा सेग्मेन्टको कुरा गर्ने हो भने यहाँ पछाडिको भागमा तपाईँहरुले १३ मेगापिक्सल र एउटा सेकन्डरी क्यामेरा सहितको डुवल क्यामेरा सेटप पाउनुहुनेछ भने अगाडिको लागि यहाँ ५ मेगापिक्सलको सिङ्गल सेल्फि क्यामेरा भेट्न सकिन्छ।

infinix smart 7 plus camera

ब्याट्रि र अन्य स्पेसिफिकेसन (Battery and Other Specifications)

यस मोबाइल फोनको एउटा राम्रो पक्ष भनेको यसको ब्याट्रि हो। ब्याट्रिको कुरा गर्ने हो भने यहाँ 6000mAh ब्याट्रि समावेश गरिएको छ त्यसैले तपाईँहरुले ब्याट्रि सकिने चिन्ता लिनु पर्दैन। तर यो ब्याट्रि चार्ज गर्न यहाँ मात्र १० वाट (10 watt) चार्जिङ सपोर्ट गर्ने टाइप-सि (Type C) वायर्ड चार्जिङ उपलब्ध गराइएको छ जुन यसको नराम्रो पक्षमा पर्छ। 

फिङ्गरप्रिन्ट स्क्यानरको कुरा गर्दा यस मोबाइलमा तपाईँहरुले ब्याक फिङ्गरप्रिन्ट रिडर भेट्नुहुनेछ। कनेक्टिभिटिको लागि यहाँ तपाईँहरुले 4G नेटवर्क कनेक्सन सपोर्ट पाउनुहुनेछ भने अन्य कनेक्टिभिटिको लागि Wi-Fi, Bluetooth 4.2, GPS, रेडियो आदि पाउन सक्नुहुनेछ। यहाँ सिम कार्डको लागि तपाईँहरुले दुईवटा न्यानो सिम कार्ड स्लट भेट्नुहुनेछ र एक्सटर्नल मेमोरी कार्डको लागि छुट्टै मेमोरी कार्ड स्लट पनि भेट्नुहुनेछ। 

अडियोको कुरा गर्ने हो भने यहाँ तपाईँहरुले एउटा सिङ्गल स्पिकर पाउनुहुनेछ भने वायर्ड इयरफोन सपोर्टको लागि ३.५ मिलिमिटर हेडफोन ज्याक पनि यहाँ उपलब्ध रहेको छ।

Infinix HOT 30i को विशेषताहरु

डिमेन्सन र वजन (Dimension and Weight)१६४.२ x ७५.६३ x ९.३७ मिलिमिटर, २०७ ग्राम
डिस्प्ले (Display)६.६ इन्च IPS LCD डिस्प्ले प्यानल, HD+ रेजोल्युसन,  ६० हर्ट्ज स्क्रिन रिफ्रेस रेट, ५०० निट्स अधिकतम ब्राइटनेस
प्रोसेसर (Processor)Unisoc SC9863A (28nm)
सिपियु र जिपियु (CPU and GPU)Octa-core@1.6 GHz CPU, PowerVR GE8322 GPU
ओएस र युआई (OS and UI)Android 12, XOS 12 UI
ब्याक क्यामेरा (Back Camera)डुवल क्यामेरा सेटप (13 MP मेन क्यामेरा, सेकन्डरी क्यामेरा)
फ्रन्ट क्यामेरा (Front Camera)5 MP सिङ्गल सेल्फि क्यामेरा
मेमोरी र स्टोरेज (Memory and Storage)४ जिबि LPDDR4X RAM मेमोरी र ६४ जिबि इन्टर्नल मेमोरी 
स्टोरेज बढाउन सकिने
ब्याट्रि र चार्जिङ (Battery and Charging)6000 mAh ब्याट्रि, १० वाट चार्जिङ सपोर्ट
अन्य फिचरहरु (Other Features)डुवल सिम (न्यानो सिम), ब्याक फिङ्गरप्रिन्ट रिडर, 4G नेटवर्क कनेक्टिभिटि, GPS, Radio, सिङ्गल स्पिकर, ३.५ मिलिमटर हेडफोन ज्याक

मुल्य र उपलब्धता (Price and Availability)

यस फोनको ४ जिबि RAM र ६४ जिबि ROM भेरियन्टको आधिकारिक मुल्य नेपालमा रु. १२,९९९ भनेर अंकित गरिएको छ। दराज (Daraz), हुकुट (Hukut) या अन्य आधिकारिक विक्रेताहरु मार्फत् तपाईँहरुले यो मोबाइल फोन खरीद गर्न सक्नुहुनेछ।

मोबाइल भेरियन्ट (Mobile Variant)मुल्य (Price)
४ जिबि RAM र ६४ जिबि स्टोरेजरु. १२,९९९

समग्रमा यो मोबाइल फोन यस मुल्यको लागि निकै राम्रो फोन हो। यो बजेट सेग्मेन्टमा बिना कुनै फिङ्गरप्रिन्ट भएको मोबाइल सेट भेट्नु कुनै नौलो कुरा हैन भने यसको लागि ब्याक फिङ्गरप्रिन्ट रिडर र ६००० एमएएचको ठुलो ब्याट्रि साइज रहेको छ जुन यस मुल्यको लागि निकै स्तरिय छ। अर्को कुरा भनेको तपाईँहरुले ४ जिबि RAM भएको यो फोन मात्र १३ हजार मुल्यमा भेट्नुहुन्छ जुन आफैँमा एउटा स्तरिय कुरा हो।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.