एप्पलको कम्प्युटरमा इन्टेल देखि आफ्नै सिलिकन सम्म! कस्तो छ परिवर्तन ?

Intel chip to apple silicon

सन् २००६ बाट एप्पल (Apple) र इन्टेल (Intel) को सहयात्रा सुरु भएको हो। सन् २००६ मा एप्पलले पहिलो पटक इन्टेल प्रोसेसर समावेश भएको म्याकिन्टोस (Macintosh) कम्प्युटर या म्याकबुक रिलिज गरेको थियो। एप्पल र इन्टेलले १५ वर्षको सहयात्रा तय गरेका छन्।

१५ वर्षको सहयात्रा पछि सन् २०२० मा एप्पलले इन्टेलसँगको सम्बन्ध विच्छेद गर्दै म्याक कम्प्युटरहरुमा एप्पलको आफ्नै M1 चिप समावेश गर्ने निर्णय गरेको थियो। सन् २०२० को वर्ल्डवाइड डेभलपर्स कन्फेरेन्समा एप्पलले म्याक कम्प्युटरहरुमा इन्टेलको बदलामा एप्पलले तयार गरेको M1 सिलिकन चिपसेट समावेश गर्ने घोषणा गरेको थियो।  

एप्पलको सिलिकन चिप एआरएम (ARM) टेक्नोलोजिमा आधारित छ जुन इन्टेल चिपको x86 टेक्नोलोजी भन्दा धेरै फरक छ। ARM मुख्यतया मोबाइल डिभाइसहरुको लागि तयार पारिएको टेक्नोलोजि हो र यो ल्यापटपको चिपसेट भन्दा बढी इनर्जि एफिसियन्ट (energy efficient) हुने गर्दछ। बढी इनर्जि एफिसियन्ट हुनु भन्नाले कम इनर्जि खपत गर्नु हो। त्यसैले ल्यापटप भन्दा मोबाइल डिभाइसहरुमा ब्याट्रि धेरै समयसम्म टिक्छ। 

सोहि ARM टेक्नोलोजि एप्पलले म्याक कम्प्युटरहरुमा पनि समावेश गर्ने भएको छ। यसको अर्थ चार्जिङबाट पर रहेर पनि म्याक कम्प्युटरलाई इन्टेल प्रोसेसर प्रयोग गर्ने कम्प्युटर भन्दा केहि घन्टा बढि चलाउन सकिन्छ।

यो मात्र कारण होइन एप्पलले इन्टेलसँगको समन्वय अन्त्य गरेको। यस बाहेक अन्य केही कारणहरु पनि छन् जसले गर्दा एप्पलले इन्टेलको साथ छोडेको हो। आउनुहोस् हेरौँ।

एप्पलले इन्टेलसँगको समन्वय अन्त्य गर्नुका कारण

एप्पलले इन्टेलसँगको समन्वय अन्त्य गर्नुको कारणहरु निम्नलिखित छन्।

एप्पले आफ्ना डिभाइसहरुको कोर टेक्नोलोजिलाई आफ्नै अधीनमा लिन खोज्नुः

एप्पल कम्प्युटर मार्केट सेयरको आधारमा चौँथो स्थानमा रहेको छ। यस आधारमा आफ्नो कोर टेक्नोलोजिलाई पनि एकिकृत गर्न सक्नु एप्पलको एउटा मुख्य फोकस नै हो।

एप्पलका सिइओ टिम कुक (Tim Cook) ले समय-समयमा भन्ने गर्नुभएको छ, “कम्पनीको प्रोडक्टहरु पछाडि रहने मुख्य टेक्नोलोजिमा कन्ट्रोल कायम गर्न सक्नु नै हाम्रो दिर्घकालीन रणनीति हो।” यस आधारमा कम्पनीले म्याक कम्प्युटरहरुको लागि आफ्नै M1 चिप उत्पादन गर्ने भएको छ। 

एप्पलले सन् २०१० देखि आइफोन, आइप्याड आदिको लागि A series चिपहरु निर्माण गर्दै आएको छ भने अब यहि टेक्नोलोजि एप्पलले म्याक कम्प्युटरहरुमा पनि समावेश गर्न खोजेको छ। अर्को कुरा भनेको आफ्नै कन्ट्रोलमा हुँदा एप्पलले त्यति नै राम्ररी चिपलाई म्याक कम्प्युटरमा एकिकृत गर्न सक्छ।

एप्पल आफैँले मोबाइल चिपसेट पनि कन्ट्रोल गरी डिभाइसमा एकिकृत गर्ने हुँदा अहिले आइफोनलाई टक्कर दिने अन्य मोबाइलहरु भेट्न गार्हो पर्छ भने म्याक कम्प्युटरको लागि पनि यस्तै हुने अनुमान गर्न सकिन्छ। एप्पलको यो रणनीतिले काम पनि गर्दै छ र अहिले यसको व्रषेनी रुपमा मार्केट सेयर बढ्दै गएको छ।

इन्टेल चिप म्यानुफ्याक्चरिङमा पछि पर्नुः

एप्पलले इन्टेललाई पछि छोड्नुको अर्को कारण भनेको इन्टेलले पछिल्लो समयमा चिप म्यानुफ्याकचरिङमा विकाश नदेखाउनु हो। एपलको भनाई अनुसार M1 प्रोसेसरले ५-न्यानोमिटर ट्रान्जिस्टर (5-nanometer transistor) प्रयोग गर्दछ। 

मोबाइल चिपको ५ न्यानोमिटर टेक्नोलोजी अहिलेको अग्रणी टेक्नोलोजि हो र बजारमा थोरै मात्र यस्ता प्रोडक्टहरु छन् जसले यसको प्रयोग गर्छन्। चिप स्पेसमा जति धेरै ट्रान्जिस्टर फिट गर्न सकियो चिप त्यति नै बढी एफिसियन्ट हुन्छ। इन्टेलले २०२० सम्म १० न्यानोमिटर ट्रान्जिस्टरको प्रयोग गर्दथ्यो।

त्यही प्राइस रेन्जमा एप्पलले ५ न्यानोमिटर ट्रान्जिस्टर टेक्नोलोजी प्रदान गराउने भयो जहाँ इन्टेल १० न्यानोमिटर टेक्नोलोजीमा नै अड्किरहेको थियो। एप्पलले इन्टेललाई पछि छोड्नुको अर्को कारण यो हो। अहिलेको समयमा भने  इन्टेलले पनि ५ न्यानोमिटर ट्रान्जिस्टर टेक्नोलोजीको प्रयोग गर्दछ।

M1 प्रोसेसर म्याक कम्प्युटरमा के परिवर्तन छ त ?

प्रोसेसर परिवर्तनले पक्कै केही परिवर्तन आएको छ। म्याक कम्प्युटरमा इन्टेल र एप्पलको M1 प्रोसेसरको समावेशितामा कुन-कुन कुरामा परिवर्तन आएको छ त ? आउनुहोस् हेरौँ।

पर्फमेन्स (Performance)

जुनै डिभाइस बुझ्नलाई पनि पहिले त्यसको पर्फमेन्स कस्तो छ भनेर हेरिन्छ। निकै लामो समय सम्म इन्टेल सबैभन्दा राम्रो प्रोसेसरको रुपमा रहेको थियो। २०२० को सुरुवात तिर यो बदलियो जब AMD ले Ryzen 4000 series चिपसेट रिलिज गर्यो जुनले इन्टेलको dual 10 Gen प्रोसेसरलाई निकै ठाउँमा माथ दियो।

AMD को Ryzen पस्चातै एप्पलको M1 प्रोसेसरले इन्टेललाई झन् पछाडि धकेल्यो। M1 प्रोसेसरले बेन्चमार्क टेस्टमा इन्टेल भन्दा धेरै राम्रो प्रदर्शन दिएको थियो। रोजेटा २ (Rosetta 2) ट्रान्सलेसन लेयर मार्फत सफ्टवेयर रन हुँदा पनि यसले निकै राम्रो पर्फमेन्स दिएको थियो।

M1 चिप ARM आर्किटेक्चरमा आधारित छ जुन इन्टेल चिपको x86 आर्किटेक्चर भन्दा अलग छ। त्यसैले इन्टेलले सपोर्ट गर्ने अ्याप्लिकेसनहरु म्याकमा रन गर्नलाई ट्रान्सलेसन लेयसरको आवश्यकता पर्छ। Rosetta 2 म्याकको ट्रान्सलेसन लेयर हो। 

भिडियो प्रोसेसिङ टाइममा र समग्र सिस्टम पर्फमेन्समा M1 चिपले इन्टेललाई माथ दिएको थियो। तर प्रत्येक क्षेत्रमा M1 प्रोसेसरले इन्टेललाई माथ गर्ने भन्ने हैन। इन्टेलको आधारमा गूगल क्रोम र माइक्रोसफ्ट अफिसको प्रयोजनमा इन्टेल चिप M1 चिप भन्दा ३०% छिटो छ भने एआइ टुलको प्रयोजनमा ६ गुना छिटो छ। यस बाहेक एडोब प्रिमियर, लाइटरुम र फोटोसपको केहि फङ्सनमा पनि इन्टेल भन्दा १.७ गुना छिटो छ।   

तर यो कुरा बिर्सिनु भएन कि ओभरल सिस्टम पर्फमेन्समा M1 प्रोसेसरले नै अग्रता राखेको छ। M1 चिपको पर्फमेन्स झन् छिटो हुँदै गएको छ।

ब्याट्रि लाइफ (Battery Life)

M1 चिप ARM आर्किटेक्चरमा आधारित छ जुन मोबाइल फोनको लागि बनाइएको टेक्नोलोजि हो। सोही  टेक्नोलोजी म्याक कम्प्युटरमा समाेवेश गरिएको छ र यसले गर्दा म्याक कम्प्युटरको ब्याट्रि लाइफमा वृद्धि भएको छ।

एप्पलले M1 प्रोडक्टहरुलाई पुराना म्याक प्रोडक्टहरु भन्दा राम्रो भनेको छ तर यो मुख्यतया यसको ब्याट्रि लाइफ र पर्फमेन्सको वृद्धिदरले हो।  M1 प्रोसेसर पहिलो पटक प्रयोग भएको म्याकबुक एयर (Macbook Air) ले एक चार्जमा १५ घन्टाको वेब ब्राउजिङ टाइमको घोषणा गरेको थियो जुन इन्टेल मोडलले अ्याडभर्टाइज गरेको १० देखि ११ घन्टाको ब्याट्रि लाइफ भन्दा ३०% बढी हो। 

सफ्टवेयर कम्प्याटिबिलिटि (Software Compatibility)

M1 चिप ARM आर्किटेक्चरमा आधारित छ जसकारणले यसमा इन्टेल प्रोसेसरको x86 आर्किटेक्चरमा आधारित अ्याप्लिकेसनहरु रन गर्नलाई एउटा एमुलेटर (emulator) या ट्रान्सलेसन लेयर (translation layer) को आवश्यकता पर्छ।

यस ट्रान्सलेटरको नाम Rosetta 2 हो। ट्रान्सलेटर अटोमेटिक काम गर्दछ र एन्ड्रोइड एमुलेटर रन गरेजस्तो यसलाई छुट्टै रन गरिराख्नु पर्दैन। ट्रान्सलेसन एउटा इनर्जि धेरै खपत गर्ने टास्क हो। यस्रो हुँदा यसले धेरै इनर्जि खपत गर्नुपर्ने हो तर Rosetta 2 मा यस्तो हुँदैन। कुनै ठाउँमा त यसले आफ्ना प्रतिस्पर्धीलाई पनि माथ गर्छ र त्यो पनि एमुलेटरको प्रयोगमा।

एमुलेटर भएकोले यो इन्टेलले सपोर्ट गर्ने सफ्टवेयरहरुसँग पनि कम्प्याटिबल हुने गर्दछ।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.