इन्टेल र ए.एम.डि ल्यापटपमा खास के कुराको फरक हुन्छन् त ?

Intel Vs. AMD

मेस्सी कि रोनाल्डो? भन्ने विषयको जसरी फुटबलमा दशकौँदेखि बहस हुँदै आईरहेको छ, ठिक त्यस्तै बहस प्रविधिको क्षेत्रमा इन्टेल कि ए.एम.डि? भन्ने विषयको छ ।

कम्प्युटरको क्षेत्रमा दुबैले सुरूदेखि नै x86 platform को लागी उल्लेखनीय योगदान पुर्याएका थिए जसमै टेकेर आजसम्म पनि प्रोसेसर (processor) हरूको उत्पादन हुन्छ ।

तर एकताका ए.एम.डिले 64-bit processor बनाएर तहल्का मच्चाइदिएको थियो र इन्टेललाई माथ गरिदियो । ए.एम.डिले संसारमै पहिलोपटक dual-core processor बनाएर इन्टेललाई धेरै नै पछाडि धेकेलिदियो ।

यद्यपि, इन्टेलले core i5 र core i7 बनाउन थालेपछि चाहीँ ए.एम.डी फेरी पछाडी पर्यो । यो उहिल्यैको इतिहास हो । एक्काइसौँ शताब्दिमा पनि यी दुईबीच तीव्र प्रतिस्पर्धा छ ।

तर तिनको इतिहासबारे भन्दा पनि फरकहरूबारे हामी यहाँ चर्चा गर्दैछौँ ।

मूल्य

मूल्यको कुरा गर्दा लामो समयदेखि ए.एम.डि नै सस्तो छ इन्टेलभन्दा । यो कुरा सस्तो, ठिक्क वा निकै महङ्गो ल्यापटप सबैमा लागु हुन्छ । 

यसको कारण भनेको ए.एम.डिले उहिल्यैदेखि सस्तो खोज्ने उपभोक्ताहरूलाई लक्षित गरेर उत्पादन गर्नु हो । यद्यपि ए.एम.डिले विगत दुई वर्षभित्र तीव्र प्रगति गरेको छ र प्रविधिमा थुप्रै मामिलामा इन्टेललाई उछिनेको छ ।

पछिल्ला ए.एम.डिका केही प्रिमियम ल्यापटपहरू जस्तै Threadripper, AMD Ryzen 9, AMD Ruzen 7 इत्यादी उस्तै तुलना गर्न सकिने इन्टेलका प्रिमियम ल्यापटपहरू जस्तै, क्रमश: Xeon W, Intel Core i9, Intel Core i7 भन्दा महङ्गा भएका छन् ।

प्राविधिक फरकहरू

इन्टेलए.एम.डि
१. ए.एम.डिको भन्दा कम कार्यक्षमता हुन्छ ।१. इन्टेलको भन्दा बढी कार्यक्षमता हुन्छ । 
२. 14nm Clock Speed Boost मा प्रयोग गर्दा तात्न थाल्छ । २. यसको लिथोग्राफी (lithography) सानो भएकोले इन्टेलजस्तो तात्दैन । अलि चिसै भैरहन्छ । 
३. यसको IPC (Rocket Lake) ए.एम.डिको AMD (Zen 3) भन्दा तल्लो स्तरको हुन्छ । ३. यसको IPC (Zen 3) इन्टेलको Intel (Rocket Lake) भन्दा उच्च स्तरको हुन्छ । 
४. यसको clock speed 5GHZ भन्दा पनि बढी हुन्छ ।४. यसको clock speed ले 5GHZ छुन्छ तर फलस्वरूप तात्न थाल्छ ।
५. यसको प्राय: सबै Core i Series CPU हरूमा iGPU हुन्छ । ५. यसको चाहीँ AMD APU series मा मात्र iGPU हुन्छ । तर इन्टेलको भन्दा GPU performance बढी हुन्छ ।
६. यसको मल्टिप्रोसेसिङ् केपेबिलिटि (multiprocessing capability) 4 sockets/28 cores हुन्छ । ६. यसको चाहीँ 8 sockets/128 cores हुन्छ । 
७. प्राय: चर्चित इन्टेल प्रोसेसरहरू i3, i5, i7, i9 हुन् ।७. प्राय: चर्चित ए.एम.डि प्रोसेसरहरू Ryzen 3, Ryzen 5, Ryzen 7, Ryzen 9 र Threadripper हुन् । 
८. ए.एम.डिको भन्दा यसको Driver support राम्रो छ ।८. इन्टेलको जस्तो यसको राम्रो Driver support छैन जसकारण सजिलै अपडेट गर्न सकिदैन ।
९. NVIDIA graphics card ले इन्टेलमा धेरै नै राम्रोसँग काम गर्छ ।९. NVIDIA graphics card ले इन्टेलमा जस्तो राम्रो काम गर्न सक्दैन ।
१०. इन्टेल प्रोसेसरले ए.एम.डिको भन्दा कम पावर खान्छ ।१०. ए.एम.डि प्रोसेसरले इन्टेलको भन्दा धेरै पावर खान्छ ।
११. इन्टेलको स्पिड धेरै हुने भएकोले यो गेम खेल्न र भिडियो ईडिट गर्न बढी उपयोगी हुन्छ ।११. इन्टेलको भन्दा कम स्पिड तर राम्रो ग्राफिक्स भएकाले गेम हेर्दा वा फिल्म हेर्दा यो बढी राम्रो हुन्छ । 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.