
बीसौँ शताब्दीको उत्तरार्ध र खासगरि एक्काईसौँ शताब्दीमा संसारका धेरैभन्दा धेरै प्रतिभाशाली मानिसहरू प्रविधिको क्षेत्रमा गएको मानिन्छ । एक्काईसौँ शताब्दीको सुरूदेखि नै नेपालमा पनि थुप्रै प्रतिभाशाली मानिसहरू आइटी क्षेत्रमा लागेका छन् ।
आइटी क्षेत्रमा जति अवसर छ, त्योभन्दा बढी प्रतिस्पर्धा । फलस्वरूप यो क्षेत्रमा विभिन्न थरिका फ्याकल्टीहरूको विभाजन भएको छ र विभिन्न विश्वविद्यालयहरूले धेरैभन्दा धेरै उत्कृष्ट फ्याकल्टीहरुको विकल्प दिएर धेरैभन्दा धेरै विद्यार्थीलाई आकर्षण गर्ने प्रयास गरिरहेको छ ।
यस्तो गर्दा विद्यार्थीहरूलाई नै धेरै सजिलो भएको छ किनकि उनीहरू आफ्नो क्षमता, सीप, स्वभाव, सम्भावना इत्यादीको मूल्याङ्कन गरेर वा विज्ञहरूमार्फत् सल्लाह लिएर आफ्नो लागी जे फाइदा हुन्छ वा आफूले जे गर्न सक्छु जस्तो लाग्छ, त्यो फ्याकल्टी छान्न सक्छन् ।
हुन त पछिल्लो दशकमा विश्वविद्यालयको सङ्ख्यामा पनि बढोत्तरी भएको छ तर हामी यहाँ चर्चित् विश्वविद्यालयहरूले प्रदान गरिरहेका आइटी अन्तर्गतका चर्चित ब्याचलर डिग्रीहरूबारे तपाईँलाई जानकारी दिदैछौँ ।
त्रिभुवन विश्वविद्यालय

१. बि. ई. इन कम्प्युटर ईन्जिनियरिङ्
पोखरा विश्वविद्यालय

१. ब्याचलर अफ कम्प्युटर एप्लिकेइशन (BCA)
२. ब्याचलर अफ कम्प्युटर ईन्जिनियरिङ् (BE Computer)
३. ब्याचलर अफ ईन्जिनियरिङ् इन इन्फर्मेशन टेक्नोलोजी (BEIT)
४. ब्याचलर अफ सफ्टवेयर ईन्जिनियरिङ् (BE Software Engineering)
काठमाण्डु विश्वविद्यालय

१. ब्याचलर अफ ईन्जिनियरिङ (कम्प्युटर ईन्जिनियरिङ्)
२. ब्याचलर अफ सायन्स (कम्प्युटर सायन्स)
३. ब्याचलर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स
पूर्वाञ्चल विश्वविद्यालय

१. ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ् (BCE)
२. ब्याचलर अफ कम्प्युटर एप्लिकेइशन (BCA)
३. ब्याचलर अफ कम्प्युटर एप्लिकेइशन (B.C.A)
४. ब्याचलर अफ कम्प्युटर एप्लिकेइशन (Honours)