क्यामेरा छैन? यसरी पनि बनाउन सकिन्छ युट्युब भिडियो!

make youtube video without camera

इन्टरनेट युजर्सहरुमा यस्ता धेरै हुनुहोला जो फेसबुक चलाउनु हुन्न, कोहिले टिक्टक चलाउनु हुन्न, कोहि यस्तै अन्य सोसल मिडिया चलाउनु हुन्न।  तर लगभग सबै इन्टरनेट युजर्सहरुले युट्युब भने चलाउनु हुन्छ।  रमाइलोको लागि, समाचारको लागि तथा पढाई सम्बन्धी कुराहरु खोज्नको लागि दिनहुँ अरबौँको संख्यामा हामी युट्युब चलाउछौँ । 

भिडियो  बनाउन र सेयर गर्नको लागि विश्वमा नै प्रचलित युट्युबमा दिनहुँ लाखौँ तथा करोडौँको संख्यामा नयाँ नयाँ भिडियोहरु अपलोड भईरहेका हुन्छन्। यसरी आफु पनि एउटा भिडियो युट्युबमा हालौँ भन्ने सोच उत्पन्न हुन सक्छ। 

कोहिले हाल्न त मन लाग्यो तर क्यमेरा छैन भनी सोच्नुभयेको छ अथवा  फेरि कोहिलाई भने अनुहार देखाउन आँट आएन या अनुहार नदेखाई भिडियो अपलोड गर्न मन लागेको छ र अब के पो गर्ने होला भनी सोच्नु भयेको छ भने यसमा केहि चिन्ता नलिनुहोस् , यसैको उपायहरुको बारेमा तल परिचर्चा गरियेको छ। 

यस्ता तरिकाहरु निकै किसिमका छन् र तपाईँहरु कस्तो किसिमको भिडियो बनाउँदै हुनुहुन्छ त भन्ने कुरामा भर पर्छन्।  जस्तै भिडियोहरु पनि मोटिभेसनल कोट्समात्र भयेको छोटो भिडियो (२०-३० सेकेन्डको)हुन सक्छ , त्यस्तै  आवाज नै नभयेको र आवाजले भन्न खोजेको सबै कुरा टेक्स्टले नै जनाउने भिडियो अथवा आवाज र फोटोहरुको संकलन गरी तयार तरीने किसिमका हुन सक्छन्। यसरी अलग किसिमका भिडियो बनाउँदा अलगै तरिका अपनाउनु पर्ने हुन्छ। 

आउनुहोस् केहि तरिकाहरु बारेमा छलफल गरौँ।  

सर्ट भिडियोज

यदि तपाईँहरु मोटिभेसनल कोट्स भएको भिडियो कन्टेन्ट बनाउन खोज्दै हुनुहुन्छ भने यसको लागि निम्न उल्लेखित यि तीन तरिकाबाट स-साना भिडियोहरु तयार पार्न सक्नुहुनेछ ः- 

Ripl

यो एउटा एप्लीकेसन हो जुनमा तपाईँहरुले आफुलाई मन लागेको कोट्स अथवा केहि सानो कन्टेन्ट लेखि त्यसलाई फोटो जसरी नराखि मन लागेको एफेक्ट हालेर सानो भिडियो जस्तो निर्माण गर्न सक्नुहुनेछ।   

चलाउन सजिलो र धेरै कुरा केहि नगर्नु पर्ने यो एप्लीकेसन प्रयोग गर्नलाई तपाईँहरुले आफ्नो गूगलको सर्च बारमा Ripl टाईप गरी सर्चमा आएको पहिलो लिंकमा थिच्नुपर्ने हुन्छ। आफ्नो फेसबुक वा गूगलबाट साइन अप भयेपछि तपाईँहरुले यो एप्लीकेसन चलाउन पाउनुहुनेछ। 

यहाँ हजुरहरुले धेरै फोटोहरुबाट आफुलाई मन पर्ने फोटो छानी त्यसमा टेक्स्ट लेखेर आफुले चाहेको एनिमेसन थपी सेभ गर्न सक्नुहुनेछ। 

यसको तपाईँहरुले मोबाइल एप पनि डाउनलोड गर्न सक्नुहुनेछ।

Legend

यो एउटा मोबाइल एप्लीकेसन हो। Ripl जस्तै काम गर्न सजिलो र चलाउन उस्तै प्रक्रिया भएको यो एपमा तपाईँहरुले मन चाहेको टेक्स्ट हालेर त्यसलाई एफेक्ट थप्न पाउनुहुनेछ। 

यो एप Ripl जस्तै भये तापनि नयाँ-नयाँ एफेक्टहरु भयेकोले यो एप अझ बढी राम्रो ठहरिन्छ। 

Canva

Ripl र Legend दुवै भन्दा धेरै कार्यहरू गर्न मिल्ने भयेकोले यस्ता प्रकारका भिडियोहरुको लागि Canva सर्हानिय ठानिन्छ।  यसमा तपाईँहरुले थप रुपमा भिडियो र टेक्स्ट नै दुवै एकैचोटि हाल्न पाउनुहुनेछ। साथै फोटो पनि आफुलाई मन लागे अनुसारको रेजोल्युसन भएको खोज्न पाउनुहुनेछ।

Ripl गुगलमा खोज्नुभए जस्तै Canva पनि सोहि पारामा खोज्न सक्नुहुनेछ । 

यसरी यस्ता भिडियोहरु तपाईँहरुले फेसबुक, टिकटक वा युट्युबमा सर्ट्स बनाई पोष्ट गर्न सक्नुहुनेछ।

लंग भिडियोज

यि त भये सर्ट भिडियोका कुरा । अब तपाईँहरु लामो खालको भिडियोहरु बनाउन खोज्दै हुनुहुन्छ भने यो बनाउने तरिकाहरु पनि तल उल्लेखित गरियेका छन् , आउनेहोस् ध्यान दियौँ ः-

लंग भिडियोहरु बनाउनलाई तपाईँहरुलाई केहि कुराहरु चाहिने हुन्छन् जुनले तपाईँहरुको काम सजिलो पार्नमा सहयोग पुर्याउँछन् ।  ती कुराहरुमा स्क्रिन रेकर्डिंग सफ्टवेयर, एउटा सिम्पल युएसबि(USB) माइक, स्टक फुटेज वेबसाइट र एडिटिंग सफ्टवेयर गरी चार थोक पर्दछन्। के कुराले के काम गर्दछ अब बिस्तारमा हेर्नेछौँ। 

स्क्रिन रेकर्डिंग सफ्टवेयर

स्क्रिन रेकर्डिंग सफ्टवेयरले तपाइँहरुको कम्प्यूटर स्क्रिनमा देखिने कुरा क्याप्चर गर्दछ । 

स्क्रिन रेकर्डिङ धेरै कारणहरूका लागि प्रयोग गरिन्छ, जस्तै ट्यूटोरियल सिर्जना गर्न वा वेबिनार क्याप्चर गर्न।

भिडियो बनाउँदा पनि आफुलाई मन लागेको कुरा आफ्नै कम्प्युटरबाट देखाउन यसको प्रयोग गर्न सकिन्छ।

युएसबि(USB) माइक

तपाईँहरुलाई भिडियो बनाउँदा आफ्नै आवाज हाल्न मन लागेको खण्डमा राम्रो क्वालिटिको आवाज रेकर्ड गर्नलाई यो माइक काममा आउँछ। 

स्टक फुटेज वेबसाइट

स्टक फुटेज भनेको भिडियो फुटेज हो जुन अन्य कामको लागि फेरि प्रयोग गर्न सकिन्छ। त्यसैले यस्ता वेबसाइटबाट तपाईँहरुले अरुले बनाइसकेका भिडियो तथा फोटोहरुलाई नै आफुले बनाउन लागेको भिडियोमा प्रयोग गर्न पाउनुहुनेछ।

यस्ता वेबसाइट धेरै हुन्छन् जुनमा कुनै फ्री हुन्छन् भने कुनैमा पैसा तिर्नुपर्ने हुन्छ। फ्री वेबसाइट भन्दा पैसा तिर्नुपर्ने वेबसाइटहरु्मा अझै धेरै सुबिधाहरु रहेका हुन्छन् । एक उदाहरणको लागि envato elements भन्ने वेबसाइटमा भिडियो एफेक्ट्स, म्युजिक, फन्ट्स र अन्य थुप्रै कुराहरुको थप सुबिधा दिइएको हुन्छ। 

यहाँबाट तपाईँहरुले राम्रा-राम्रा भिडियो तथा म्युजिक छानी मोसन पिकचर बनाउन सक्नुहुन्छ। 

एडिटिंग सफ्टवेयर

भिडियोहरु छानीसकेपछि अब एडिटिंग सफ्टवेयरमा एडिट गर्नुपर्ने हुन्छ।

एडिटिंग सफ्टवेयरमा स्टक फुटेज वेबसाइटबाट छानेका फोटो तथा भिडियोलाई जोड्ने, टेक्स्टहरु एडिट गर्ने, टाइटल मिलाउने, ग्राफिक्स मिलाउने, मोसन पिक्चर बनाउने, आवाजलाई भिडियोसँग जोड्ने जस्ता कार्यहरु यहाँ गरिन्छ।

यसरी अन्त्यमा भिडियोको फाइनल प्रोड्क्ट तयार पार्न एडिटिंग सफ्टवेयरको आवश्यकता पर्छ।  

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.