मिभीले नेपालमा ४ ओटा नया प्रोडक्ट ल्याउदै: यस्ता छन् मूल्य र विषेशता

MIVI products price in nepal

अरू भारतीय ब्रान्ड जस्तै मिभीले पनि नेपालमा आफ्नो व्यापार विस्तार गरिरहेको छ। नेपालमा ठूलो अवसर देखेको मिभीले आफ्नो थुप्रै अडियो प्रोडक्ट जस्तै हेडफोन, स्पिकर र एअरफोनहरू बिक्री गर्दै आइरहेको छ। मिबी आफ्नो उच्च गुणस्तर उत्पादन र किफायती मूल्यको लागी एकदमै प्रख्यात छ। छोटो समयमा नै  यो ब्रान्डले नेपालमा आफ्नो बलियो उपस्थिति बनाउन सफल भएको छ भने उपभोक्तामा पनि धेरै लोकप्रिय भईसकेको छ। 

नेपाली बजारमा प्रवेश गरेको २ बर्ष बितिसक्दा सम्म मिभीले आफ्नो थुप्रै अडियो प्रोडक्ट लन्च गरिसकेको छ र त्यस्तै फेरी पनि आफ्नो नयाँ प्रोडक्टहरू लन्च गर्ने तयारीमा छ। आज हामी यो आर्टिकलमा मिभीले लन्च गर्न गईरहेको नया अडियो एस्सेसोरीजहरुको मूल्यका साथै तिनीहरूका विशेषताहरूको बारेमा चर्चा गर्ने छौ।

मिभी अडियो एस्सेसोरीज (Mivi Audio Accessories)नेपाली मूल्य  (Price in Nepal) 
Mivi A850 Duopodsरु. 3,399
Mivi K5 Duopodsरु. 2,699
Mivi R70 Soundbar ( 70 Watts )रु. 9,499
Mivi R320 Soundbar ( 320 Watts)रु. 31,999

 MIVI K5 Duopods

यसै हप्ता मिभीले K5 Duopods नेपालमा लन्च गर्दै छ। उक्त एअरबड्सको विषेशताको बारेमा कुरा गर्दा, यसमा १३ एमएम इलेक्ट्रोप्लेटेड ड्राइभर्स (Electroplated Drivers), AI ENC न्वईज क्यान्सिलेसन (Noise Cancellation) र कनेक्टिभिटिको लागि ब्लुतुथ भर्जन ५.३ प्रयोग गरिएको छ। स्विफ्ट चार्जिंग फिचर भएको उक्त एअरबड्सले दश मिनेट चार्ज गर्दा पाँच सय मिनेट सम्मको प्ले टाईम प्रदान गर्छ। यस एअरबड्समा 50 मिलि सेकेंड लो ल्याटेन्सी मोड (Low latency mode) भएकाले गेम खेल्दा आवाज ढिलो हुने समस्या हुदैन। यसको खरिद मुल्य रु.२ हजार ६ सय ९९ रहेको छ। 

  • ड्राइभर (Drivers): 13mm Electroplated Drivers
  • न्वईज क्यान्सिलेसन (Noise Cancellation): Dual Mic – Artificial Intelligence enabled ENC 
  • कनेक्टिभिटि (Connectivity): Bluetooth 5.3
  • वायरलेस रेन्ज (Wireless Range): 10 meter
  • आईपी रेटिंग (IP Rating): IPX4 Sweat and Water Resistant 
  • ब्याट्रि लाइफ (Battery Life): 50 Hours of Playtime with case
  • चार्जिङ इन्टरफेस (Charging Interface): USB Type-C 
  • नेपाली मूल्य (Price in Nepal): Rs. 2699

MIVI A850 Duopods

K5 Duopods संगै मिविले A850 Duopods TWS एअरबड्स पनि नेपालमा सार्वजानिक गर्दै छ। यसमा पनि १३ एमएम इलेक्ट्रोप्लेटेड ड्राइभर्स (Electroplated Drivers) र AI ENC न्वईज क्यान्सिलेसन (Environment Noise Cancellation) उपलव्ध छ। कनेक्टिभिटिको लागि ब्लुटुथ भर्जन ५.३ प्रयोग गरिएकोले प्रयोगकर्ताहरुले यसमा स्थिर कनेक्टिभिटि पाउने छन् । यसमा डुअल कनेक्सन मोडको सुबिधा पनि दिएको छ। IPX4 IP rating भएको यो एअरबड्स पसिना र पानी बाट जोगाई राख्नु पर्दैन । यसमा ५० घण्टा सम्म को ब्याट्री ब्याकअप भएकोले यो लामो समयको लागि प्रयोग गर्न मिल्छ र यसको खरिद मुल्य रु.३ हजार ३ सय ९९ रहेको छ।

  • ड्राइभर (Drivers): 13mm Electroplated Drivers
  • न्वईज क्यान्सिलेसन (Noise Cancellation): AI ENC
  • कनेक्टिभिटि (Connectivity): Bluetooth 5.3, Dual Connection Mode
  • वायरलेस रेन्ज (Wireless Range): 10m
  • आईपी रेटिंग (IP rating): IPX4 Sweat and Water Resistant 
  • ब्याट्रि लाइफ (Battery Life): 50 Hours of Playtime with case
  • चार्जिङ इन्टरफेस (Charging Interface): USB Type-C 
  • नेपाली मूल्य (Price in Nepal): Rs. 3399

 MIVI Fort R70 Soundbar ( 70 Watts )

मिभीले एअरबड्स संगै साउण्डबार पनि यसै हप्ता लन्च गर्ने भएको छ। 70w को आउटपुट र 2.2-च्यानल कन्फिगरेसन भएको यस साउण्डबारमा दुइओटा इन्बिल्ड सब-बुफरहरु पाउन सकिन्छ। कनेक्टिभिटिको लागि यसमा Bluetooth, AUX, USB, and Coaxial Input जस्ता धेरै विकल्पहरु दिएको छ जसले गर्दा प्रयोगकर्ताहरुले आफुलाई पाई पर्ने विकल्प छान्न सक्नेछन्। यस साउण्डबारको मूल्य ९ हजार ४ सय ९९ रुपैया पर्छ।

  • कन्फिगरेसन (Configuration): 2.2 Channel Sound
  • पावर आउटपुट (Power Output): 70W Cinematic Sound
  • फ्रीकेन्सी रेस्पोंस (Frequency Response): 50Hz ~ 20KHz
  • ब्लुतुथ भर्जन(Bluetooth Version): 5
  • वायरलेस रेन्ज (Wireless range): 10m/30 feet
  • इन्पुट/आउटपुट कनेक्टिभिटि (I/O Connectivity): Bluetooth/ Aux/ USB/ Coaxial Input
  • नेपाली मूल्य (Price in Nepal): Rs. 9499

MIVI Fort R320 Soundbar ( 320 Watts)

मिभी R320 साउण्डबारको कुरा गर्दा यसमा 320 watts को आउटपुट र साउण्डबारमा  2.1 च्यानल साउण्ड configuration पाउन सकिन्छ जसले यसमा अडियो सुन्दाको अनुभव लाई अझै सिनेमेटिक गराउन्छ। चलचित्र, समाचार, खेलकुद, संगीत जस्ता EQ मोड भएको यस साउण्डबारमा आफुले चाहेको मोड्समा राखेर sound को मज्जा लिग्न सकिन्छ। यसमा पनि USB, AUX, Optimum, HDMI, ARC or Bluetooth जस्ता भिभिन कनेक्टिभिटि विकल्पहरु दिएको छ र यसको खरिद मुल्य रु.३ हजार १ सय ९९ रहेको छ। 

  • कन्फिगरेसन (Configuration): 2.1 Channel Soundbar
  • पावर आउटपुट (Power Output): 320 Watts Cinematic Sound
  • नम्बर अफ ड्राइभर (No.of Drivers): 4
  • ड्राइभर साईज (Driver Size): 2.25inches
  • ड्राइभर फ्रीकेन्सी रेस्पोंस (Driver Frequency Response): 35-20KHZ
  • ब्लुतुथ भर्जन (Bluetooth Version): 5.0
  • वायरलेस रेन्ज (Wireless Range): 10m/30 feet
  • इन्पुट/आउटपुट कनेक्टिभिटि (I/O Connectivity): USB, AUX, Optimum, HDMI, ARC or Bluetooth
  • नेपाली मूल्य (Price in Nepal): Rs. 31999

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.