“कर्भ डिस्प्ले” भएको मोटोरोलाको नया फोन “मोटो एज ४०” नेपालमा छिटै आउदै

Moto Edge 40 Price in Nepal

मोटोरोलाको नया फोन मोटो एज ४० नेपालमा पनि अब छिटै आउने अपेक्षा गरिएको छ। इन्डियामा यहि मे २३ २०२३ मा लन्च भएको उक्त फोन २०२३ को सबैभन्दा हाइप गरिएको मिडरेंज फोनहरू मध्ये एक हो। यस आर्टिकलमा हामी तपाइलाई यसको डिस्प्ले, प्रोससर लगायत सम्पूर्ण बिशेषता र नेपालमा पर्ने मूल्य (Moto Edge 40 Price in Nepal) को बारेमा बताउने छौ।   

‘मोटो एज ४०’: विस्तृतमा

एज ४० र एज ४० प्रो मोटोरोलाको नया एज लाइनअप हो जसमा कर्भ डिस्प्ले देख्न पाउछौ। यी दुवै फोन हेर्दा उस्तै देखिएनी पछाडीको क्यामेराको भागमा भने थोरै भिन्नता देख्न सकिन छ। एज ४० मा प्राइमेरि क्यामेरा मोड्युल सेकेण्डरी क्यामेरा भन्दा थोरै ठुलो छ। त्यस बाहेक फोन नेबुला ग्रीन, लुनार ब्लू र एक्लिप्स ब्ल्याक गरि तिन ओटा कलर अपशनमा पाउनु हुन्छ। 

त्यस्तै स्मार्टफोनको आगाडी ६.५५ इन्चको P-OLED डिस्प्ले संगै १४४ हर्ज़को रिफ्रेस रेट, ३६० हर्ज़ सम्मको टच स्यम्प्लिंग रेट, १२०० निटस ब्राइटनेस जस्ता फिचरहरु दिएको छ। त्यस माथि यहाँ IP68 रेटिंग दिएको छ, जसले गर्दा फोन पनि र धुलोबाट बिग्रिन्छ कि भनेर डरै राख्नु पर्दैन।

४ न्यानोमिटर फेब्रिकेसन प्रक्रियामा निर्मित अक्टा-कोर प्रोसेसर भएको ‘Mediatek Dimensity 8020’ चिप्सेट एज ४० मा प्रयोग भएको छ।  यो चिपसेटमा हाई परफॉर्मेंस टास्कको लागि २.६० गिगाहर्ट्जमा क्लक गरिएको चारवटा Cortex-A78 कोर र एफिसेन्सीको लागि २.० गिगाहर्ट्जमा क्लक गरिएको चारवटा Cortex-A55 कोरहरू समावेश छन्। त्यस्ता यहाँ उक्त चिपसेट संगै ८ जीबी र्याम र २५६ जीबीको UFS 3.1 इंटरनल स्टोरेज पाउनु हुन्छ। अपरेटिङ सिस्टमको लागि यहाँ Android 13 समावेश गरिएको छ र यसलाई My UX 5.0 युजर इन्टरफेसले सपोर्ट गरेको छ। 

क्यामेराको कुरा गर्दा यहाँ तपाईँहरुले डुवल क्यामेरा सेटप पाउनुहुनेछ। ५० मेगापिक्सलसंगै Omni-directional PDAF र OIS जस्ता फिचर भएको प्राइमेरी क्यामेरा र १३ मेगापिक्सलसंगै को एउटा अल्ट्रा-वाइड सेकन्डरी क्यामेरा र फ्रंटमा भने ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा प्राप्त गर्नुहुनेछ। यसैसंगै स्मार्टफोनमा 68W वायर्ड फास्ट चार्जिङ र 15W वायरलेस चार्जिङसहितको 4400mAh ठुलो ब्याट्री दिएको छ।  

यो पनि पढ्नुहोस्ः

मोटोरोला एज ४० को बिशेषता (Specifications):

डिस्प्ले (Display)६.५५ इन्च FHD+ P-OLED, १४४ हर्ज़ रिफ्रेस रेट, HDR 10+, DCI-P3, 8-bit color depth, १२०० निटस ब्राइटनेस
रिजोलुशन (Resolution)१०८० x २४०० पिक्सेल, २०:९ रेसिओ, ~४०२ पीपीआइ डेनसिटि
प्रोसेसर (Processor)MediaTek Dimensity 8020 5G (6nm)
ओएस र युआई (OS and UI)Android 13 मा आधारित My UX 5.0 
ब्याक क्यामेरा (Back Camera)प्राइमेरि क्यामेरा: ५० मेगापिक्सल (OIS), f/१.४ (वाइड)
अल्ट्रा-वाइड: १३ मेगापिक्सल, f/२.२, १२०˚ (अल्ट्रा-वाइड)
फ्रन्ट क्यामेरा (Front Camera)३२ मेगापिक्सल, f/२.४ (वाइड) 
मेमोरी र स्टोरेज (Memory and Storage)८ जीबी LPDDR4X र्याम र २५६ जीबी UFS 3.1 स्टोरेज 
ब्याट्रि र चार्जिङ (Battery and Charging)4400mAh ब्याट्रि, ६८W चर्जिङ्ग 
कलर अपशन (Color Options)नेबुला ग्रीन, लुनार ब्लू, Eclipse ब्ल्याक

नेपालमा मूल्य र उपलब्धता (Moto Edge 40 Price in Nepal and Availability)

मोटो एज ४० को ५ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको भेरियन्टको इन्डियामा आधिकारिक मूल्य ₹. २९,९९९ रहेको छ। नेपालमा लन्च हुदा यहि भेरियन्टको मूल्य रु. ५३,९९९ हुन्न सक्ने अनुमान गर्न सकिन्छ।  

मोटो एज ४० भारतीय मूल्यनेपालमा अपेक्षित मुल्य (Moto Edge 40 Expected Price in Nepal)
८/२५६ जीबी ₹. २९,९९९रु. ५३,९९९

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.