एनसेल र नेपाल टेलिकममा ब्यालेन्स चेक र रिचार्ज गर्ने तरिका फेरियो, अब एउटै कोडले काम गर्ने

Ncell and ntc balance inquiries, recharges, and transfers use the same USD code.

अब फरक/फरक मोबाइल सेवा प्रदायकका प्रयोगकर्ताले ब्यालेन्स चेक, ट्रान्सफर र रिचार्ज गर्नको लागि एउटै सर्ट कोडहरु प्रयोग गर्न पाउने भएका छन् । यस अघि भने प्रयोगकर्ताले ब्यालेन्स चेक, ट्रान्सफर र रिचार्ज गर्नको लागि फरक फरक सर्ट कोड प्रयोग गर्दै आएका थिए । 

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवामा प्रयोग हुने सर्ट कोड र टोल फ्रि व्यवस्थापन सम्बन्धि कार्यविधि, २०७७ जारी गर्दै यो व्यवस्था लागु गरेको थियो। यस  व्यवस्थापन कार्यविधि अनुसार एनसेल र नेपाल टेलिकम दुवै कम्पनिले एउटै यूएसएसडी अर्थात् सर्ट कोड प्रयोग गर्नु पर्ने हुन्छ। जस अन्तर्गत ब्यालेन्स चेक गर्न १४४, ब्यालेन्स ट्रान्सफर गर्न १३३ र रिचार्जका लागि १२२ सर्ट कोड प्रयोग गर्नुपर्ने हुन्छ। 

यो पनि पढ्नुहोस्ः

सेवाप्रदायक अनुसार प्रयोगकर्ताको सहजताको लागि एउटै सर्ट कोडको व्यवस्था गरिएको हो। अब प्रयोगकर्ताहरुले ब्यालेन्स चेक गर्नको लागि यसरी एनसेल र नेपाल टेलिकम दुवैमा *१४४# डायल गरेर ब्यालेन्स चेकजाँच गर्न सक्नु हुन्छ। यस अघिको भने प्रयोगकर्ताहरुले एनसेलमा *९०१# वा *१०१# र नेपाल टेलिकममा *४००# डायल गर्नु पर्थ्याे।

साथै ब्यालेन्स ट्रान्सफर गर्नको लागि एनसेल प्रयोगकर्ताहरुले *१३३* ब्यालेन्स ट्रान्सफर गर्न चाहेको मोबाइल नम्बर*ट्रान्सफर गर्न चाहेको रकम# डायल गरेर ब्यालेन्स ट्रान्सफर गर्न सक्नु हुन्छ भने, नेपाल टेलिकम  प्रयोगकर्ताहरुले *१३३*सेक्युरिटी कोड*ब्यालेन्स ट्रान्सफर गरिने मोबाइल नम्बर*ट्रान्सफर गर्ने रकम# डायल गरेर ब्यालेन्स ट्रान्सफर गर्न सक्नु हुन्छ। 

ब्यालेन्स रिचार्ज गर्नको लागि *१२२*रिचार्ज पिन नम्बर# डायल गरेर सजिलै एनसेल र नेपाल टेलिकम दुवैमा  रिचार्ज गर्न सक्नु हुन्छ। तर यस अघि एनसेलमा *१०२*रिचार्ज पिन नम्बर# र नेपाल टेलिकममा *४१२*रिचार्ज पिन नम्बर#  डायल गर्नु पर्थ्याे । यस विधिबाट पनि केहिँ समय सम्मको लागि प्रयोगकर्ताले ब्यालेन्स रिचार्ज गर्न सक्ने छन्। कार्यविधि अनुसार प्रदायकले प्रयोगमा ल्याएको सर्ट कोडहरु एक वर्ष सम्म मात्र लाघु हुने र एक वर्ष पछि बन्द गरि सबै प्रदायकले एउटै यूएसएसडी अर्थात् सर्ट कोडहरु प्रयोग गर्नु पर्ने हुन्छ। 

यो पनि पढ्नुहोस्ः

सर्ट कोडहरु / यूएसएसडी नम्बर:

सेवासर्ट कोड/यूएसएसडी
ब्यालेन्स चेक*१४४#
ब्यालेन्स ट्रान्सफरएनसेल*१३३*ब्यालेन्स ट्रान्सफर गर्न चाहेको मोबाइल नम्बर*ट्रान्सफर गर्न चाहेको रकम#
नेपाल टेलिकम*१३३*सेक्युरिटी कोड*ब्यालेन्स ट्रान्सफर गरिने मोबाइल नम्बर*ट्रान्सफर गर्ने रकम#
ब्यालेन्स रिचार्ज *१२२*रिचार्ज पिन नम्बर#
  • एनड्रोइड  फोनमा ब्लोटवेयर कसरि हटाउने भनेर हेर्न:

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.