के साच्चै नेपाल दूरसञ्चार प्राधिकरणको टेरामोक्स प्रणालीले फोन ट्याप गर्छ त ?

nepal telecommunications authority Teramocs

नेपाल दूरसञ्चार प्राधिकरणले टेरामोक्स नाम गरेको प्रणालीलाई कार्यान्वयन गर्ने योजनामा थियो। यो प्रणाली ग्राहकहरुको सम्पूर्ण कल तथा डाटाहरु मनिटर गर्नको लागि तयार गरिएको हो । तर उक्त योजनालाई अहिलेको लागि भने स्थगित गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले घोषणा गरेका छन्। साउन १५, मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले निकै लामो समय देखि विवादमा रहेको यो प्रणाली तत्कालको लागि कार्यान्वयन हुँदैन भन्ने संकेत दिएका छन् ।

“उपकरण खरिदमा करोडौं खर्च गरे पनि नागरिकको फोन ट्याप गर्ने प्रविधि सञ्चालनमा आउने छैन”, प्रधानमन्त्री दाहालले भने, 

नेपाल दूरसञ्चार प्राधिकरण र टेरामोस्क 

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार यो प्रणालीले दूरसञ्चार सेवाहरू मार्फत हुने अपराधको सम्भावनालाई न्यूनीकरण गर्न सहयोग गर्नुका साथै भ्वाइस र डाटा सेवाहरूमा सुधार  र ग्राहकहरूलाई गुणस्तरीय सेवाहरू प्रदान गर्ने छ। 

टेलिकम कम्पनीहरूको विलिङ विवरणहरू जाँच गर्ने, राजस्वमा भैरहेको चुहावट नियन्त्रण गर्ने, कल बाइपास लगायतका गतिविधिहरू बाट हुने अरबौको क्षतिलाई न्यूनीकरण गर्ने, अपरेटरको नेटवर्क ठिक भएको नभएको हेर्ने र मोबाइल सेवाको गुणस्तर जाँच गर्ने जस्ता उद्देश्यका साथ तीन अर्ब पन्ध्र करोड रुपैया लागतमा सुरु भएको यो प्रणाली पछिल्लो केहिँ समययता प्रयोगकर्ताको फोन ट्यापिङ र इन्टरसेप्सन गर्ने प्रविधिको रूपमा विवादमा आएको छ। 

हुन त प्राधिकरणले लामो समयदेखि दूरसञ्चार सेवालाई अनुगमन गर्न विभिन्न विकल्पहरू खोजि रहेको जस्तो देखिन्छ, यसको उदाहरण हो “MDMS” प्रणाली। MDMS प्रणालीको सुरुवात भएतापनि, उचित कार्यान्वयन भने हुन सकेको छैन। अरबौं रुपैया खर्च गरेर प्रणालीको निर्माण गर्ने तर त्यसलाई सहि रुपमा उपयोग गर्न नसक्ने नेपाल दूरसञ्चार प्राधिकरणको यो एउटा उदाहरण मात्र हो। 

यस्ता थुप्रै परियोजनाहरु छन् जसलाई प्राधिकरणले पूर्ण रुपमा कार्यान्वयन गर्न सकी रहेको छैन। यति धेरै विवादास्पद परियोजनाहरु बीच टेरामोक्स पनि विवादमा आउनु कुनै नौलो कुरा भने हैन, तर के टेरामक्समा लगाएका सबै आरोपहरु साचो हुन् त ? 

यो पनि पढ्नुहोस्ः

टेरामोस्क के हो ?

टेरामोक्स अर्थात् “Telecommunication Traffic Monitoring and Fraud Control System” लाई  सामान्य भाषामा बुझ्नु पर्दा यो एउटा एस्तो प्रणाली हो, जसले दूरसञ्चार सेवामा हुने अपराधिक क्रियाकलाप न्युनिकरण गर्ने तथा सेवा प्रदायकहरुको नेटवर्कबाट हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय कलको मात्रा मापन गरी सेवाको गुणस्तर जााँच गर्दछ। 

टेरामोस्क प्रणालीको मुख्य प्राथमिकता दुरसंचार क्षेत्रमा भइरहेको अनाधिकृत गतिविधिहरू र भ्वाइस अथवा डेटाको गुणस्तर मापन तथा अनुगमनको साथै भ्वाइस अनि डेटाको कुल मात्रा परिक्षण गर्नु हो। त्यसैले यहाँ व्यक्तिको भ्वाइस अथवा डेटा क्याप्चर गर्ने जस्ता कार्य यस प्रणालीको योजना नरहेको नेपाल दूरसञ्चार प्राधिकरणले बताएको छ। 

यसरी सेवा ग्राहीहरुको व्यक्तिगत भ्वाइस अथवा डेटा क्याप्चर गर्ने कानूनी प्रक्रियालाई “ल फुल इन्टरसेप्सन” भनिन्छ । यो ल फुल इन्टरसेप्सन पनि दुइ प्रकारको हुन्छ, एक सेवा ग्राहीहरुको सम्पूर्ण भ्वाइस तथा डेटा नै इन्टरसेप्ट गर्ने र अर्को सेवा ग्राहीहरुको लग रेकर्ड इन्टरसेप्ट गर्ने। 

टेरामोस्कको बिषयमा यसले सेवा ग्राहीहरुको सबै कुराकानीहरु रेकर्ड गर्ने नभएर सेवा ग्राहीहरुको कलको डेटा जस्तै कति खेर कल गर्नु भयो, कति समय कुरा गर्नु भयो जस्ता गतिविधिहरु मात्र रेकर्ड गर्ने प्राधिकरणले जनाएको छ। यी कुराहरुलाई नजीकबाट निहाल्ने हो भने नेपाल दूरसञ्चार प्राधिकरण माथि लागेको आरोप र प्राधिकरणले ल्याउन खोजेको प्रणाली फरक-फरक रहेको छ। 

दुरसंचार क्षेत्रमा भइरहेको अनाधिकृत गतिविधिहरू नियन्त्रण गर्ने जिम्मेवारी राज्यको पनि हो। यसमा राज्यले कस्तो कल डेटा रेकर्ड कसरी गर्ने र उक्त डेटाको संरक्षण कसरी गर्ने जस्ता बिषयमा कडा कानुन बनाएर प्रयोगकर्ताहरूको गोपनियता निश्चित गर्नुपर्ने हुन्छ। 

  • यो हप्ता के के भयो प्रविधिमा भनेर हेर्न :

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.