नेपाली पात्रो: विस्तृत बिबरण र प्रयोग गर्ने तरिका [ विस्तृतमा ] सम्पादन

nepali patro

“नेपाली पात्रो” को बारेमा त हामी पक्कै पनि अवगत नै छौँ। यो नेपालको लागि निर्मित भएको नेपाली पात्रो समावेश गर्ने अ्याप हो। हाम्रो पात्रो नेपाली जनतालाई ध्यानमा राखेर तयार पारिएको एउटा क्यालेन्डर अ्याप हो जुनमा नेपाली क्यालेन्डर, राषिफल र न्युज जस्ता सामान्य फिचरहरुको साथ लञ्च गरिएको थियो। 

तर यसमा नयाँ अपडेटहरु सँग नयाँ फिचरहरु थपिने क्रम पनि बढ्दै गएका छन्। यो नराम्रो कुरा हैन तर यसो हुनाले धेरै युजरहरुलाई यति धेरै फिचरहरु समावेश भएर अ्याप एक्सपेरियन्स रमाइलो नलाग्न सक्छ। यसको युजर इन्टरफेस बाहेक पनि यसलाई अन्य कारणले मन नपराउने युजरहरु पनि कैयौँ हुनुहुन्छ होला।

नेपाली पात्रो 

नेपाली पात्रो पनि नेपाली जनतालाई नजरमा राखेर निर्माण गरिएको नेपाली क्यालेन्डर अ्याप हो। यो अ्याप सुरुमा नेपाली क्यालेन्डरलाई फोकस गरेर निर्माण गराइए तापनि यस अ्यापको अपडेटहरुसँग यसमा समावेश गरिएका फिचरहरुमा पनि बृद्धि भएको छ।

यस अ्यापमा बिक्रम संवत र AD (एडि) क्यालेन्डर गरी तीन प्रकारका क्यालेन्डर भेट्न सकिन्छ। यस बाहेक न्युज, राशिफल, बिक्रम संवतलाई एडिमा र एडिलाई बिक्रम संवतमा रुपान्तरण, कुण्डली, फोरेक्स, युनिट कन्भर्टर, रियालिटि सो, म्युजिक भिडियो र फिल्म, ट्रेलर, रिलिज डेट लगायत भिडियो कन्टेन्ट, ब्लग्स जस्ता फिचरहरु पनि यस अ्यापमा समावेश गरिएका छन्।

यसको युजर इन्टरफेस सरल छ र यसको फिचरहरु पनि धेरै छन् जुन धेरै कामको लागि प्रयोग गर्न सकिन्छ। प्ले स्टोरको तथ्याङ्क अनुसार यसलाई ५० लाख भन्दा बढी युजरहरुले डाउनलोड गर्नुभएको छ भने प्ले स्टोरमा यो #5 top free in productivity स्थानमा रहेको छ।

नेपाली पात्रो डाउनलोड र स्टार्टअप

यो अ्याप एन्ड्रोइड र आइओएस दुवै प्लाटफर्ममा उपलब्ध छ। एन्ड्रोइडको अ्याप स्टोर र आइओएसको प्ले स्टोरबाट तपाईंहरुले नेपाली पात्रो अ्याप डाउनलोड गर्न सक्नुहुनेछ। 

अ्याप डाउनलोड गर्नुभएपछि यो प्रयोग गर्नको लागि तपाईंहरुले प्राथमिकता या Preference सेट गर्नुपर्ने हुन्छ जसको बारेमा यहाँ जानकारी दिइएको छ।

प्राथमिकता सेट गर्ने

नेपाली पात्रो मोबाइलमा डाउनलोड गरेपछि पहिलो पटक यो अ्याप खोल्दा प्राथमिकता सेट गर्नुपर्ने हुन्छ। Preferences पेजबाट तपाईहरुले प्राथमिकता सेट गर्न सक्नुहुनेछ। अ्याप डाउनलोड गरेपछि प्रथम पटक अ्याप खोल्दा सुरुमै Preferences पेज खुल्नेछ। 

प्राथमिकता सेटको गर्ने क्रममा युजरहरुलाई भाषा, न्युज अपडेट र थिमको प्राथमिकता सेट गर्न सोधिनेछ। भाषाको लागि English र नेपालीको अपसन दिइएको हुन्छ। यसबाट आफूलाई सरल लाग्ने भाषा सेलेक्ट गर्न सक्नुहुनेछ।

थिमको लागि लाइट थिम र डार्क थिमको अपसन राखिएको छ। तपाईहरुलाई लाइट थिम सरल लाग्छ भने यसलाई केही गर्नु पर्दैन तर डार्क थिम चाहनुहुन्छ भने Dark Theme को छेउमा रहेको बटनमा ट्याप गर्न सक्नुहुनेछ। 

अन्तिम प्राथमिकताको लागि यहाँ News Update को अपसन दिइएको हुन्छ। न्युजहरुको अपडेट चाहनुहुन्छ भने News Update लेखिएको छेउमा रहेको बटनमा ट्याप गर्नुहोस्। न्युज अपडेटमा खासै महत्त्व राख्नुहुन्न भने न्युज अपडेट अफ गर्न सक्नुहुनेछ।

प्राथमिकताहरु सबै सेट गर्नुभएपछि Next मा ट्याप गर्नुहोस्।  यस पछि Skip मा ट्याप गरेर तपाईंहरु यस अ्यापको होम पेजमा प्रवेश गर्न सक्नुहुनेछ।  

नेपाली पात्रो अ्यापकाे ट्याबहरु

नेपाली पात्रो अ्यापको फिचरहरु विस्तृत जानकारी सहित तल उल्लेखित गरिएका छन्। ती फिचरहरु निम्नलिखित छन्।

होम पेज ट्याब

नेपाली पात्रो अ्याप खुल्ने बित्तिकै स्वतः खुल्ने ट्याब भनेको होम पेज ट्याब हो। होम पेज ट्याबले यस ट्याबको होम पेजलाई जनाउँछ जुन यो अ्याप खुल्दाको प्रथम पेज हो। 

तपाईंहरुले यस अ्यापको होम पेजमा प्रवेश गर्ने बित्तिकै क्यालेन्डर अंकित भएको देख्नुहुनेछ। होम पेजमा अंकित भएको क्यालेन्डरमा तपाईंहरुले अहिले चलिरहेको महिनाको क्यालेन्डर अंकित भएको देख्नुहुनेछ। होम पेजको क्यालेन्डरमा उक्त दिनको मिति, बार, तारिख र समय जस्ता कुराहरु देख्नुहुनेछ। यस बाहेक त्यस दिनको सूर्य उदाउने र अस्ताउने समय पनि यहाँ अंकित भएको देखिनेछ।    

क्यालेन्डरकै तल उक्त दिनको तिथि अंकित भएको देख्न सकिनेछ। क्यालेन्डर तल यहाँ Watch Now, Forex, Radio, Kundali, Gold जस्ता फिचरहरुको लागि आइकनहरु देख्न सकिन्छ।  

Watch Now फिचरबाट नेपाली फिल्महरु खरिद गरेर हेर्न सकिन्छ। यसको लागि फेसबुक अकाउन्ट या गूगल अकाउन्ट या इमेलको प्रयोगमा लग-इन गर्नुपर्ने हुन्छ।

Forex फिचरबाट तपाईंहरुले हालको करेन्सी एक्सचेन्ज रेटहरु हेर्न सक्नुहुनेछ। यस फिचरको प्रयोगमा एउटा देशको करेन्सी अर्को देशको करेन्सिमा कन्भर्ट गर्न सकिन्छ। 

Radio फिचरबाट देशको सबै क्षेत्रको रेडियो स्टेसनहरु ट्युन गर्न सकिन्छ। यस बाहेक यस फिचर भित्र अंकित भएको Province ट्याबबाट तपाईँहरुले यसमा प्रदेश अनुसारको रेडियो स्टेसनहरु पनि फिल्टर गर्न सक्नुहुनेछ। 

यस अ्यापको रेडियो फिचरबाट तपाईंहरुले कुनै पनि रेडियो स्टेसन इयरफोन बिना नै सुन्न सक्नुहुन्छ। अहिलेका मोबाइलहरुमा इयरफोन ज्याक र रेडियो फिचर हराइरहेका हुनाले नेपाली पात्रोले रेडियो सुन्न एउटा राम्रो प्लाटफर्मको रुपमा देखिन्छ।

Radio आइकनको छेउमा रहेको Kundali फिचरको प्रयोगमा आफ्नो नाम, जन्म मिति, जन्म समय र जन्म लोकेसन जस्ता जानकारी लेखी आफ्नो कुण्डली पनि हेर्न सकिन्छ। फिचरबाट तपाईंहरुले गूरुहरुबाट परामर्श पनि लिन सक्नुहुनेछ जसको लागि रेजिस्टर गर्नुपर्ने हुन्छ।

यहाँ अंकित Gold फिचरको प्रयोग गरेर तपाईंहरुले सुन र चाँदीको दैनिक मूल्य हेर्न सक्नुहुनेछ भने अगाडिका दिनमा कति मुल्य रहेको थियो भन्ने कुरा पनि यहाँबाट थाहा पाउन सक्नुहुनेछ।       

होम पेजमा तल तिर स्क्रोल गर्नुभयो भने यहाँ न्युज, म्युजिक, रियालिटि सो आदिको भिडियो कन्टेन्ट देख्न सक्नुहुनेछ भने ब्लग्स (blogs) कन्टेन्ट र क्यालेन्डरका मुख्य इभेन्ट या मुख्य दिनहरु पनि यहाँ भेट्न सकिनेछ। 

राशिफल ट्याब

यसको नाम अनुसार राशिफल ट्याबबाट आफ्नो राशिफल हेर्न सकिनेछ। यसको फाइदा भनेको तपाईंहरुले मोबाइलमा नै आफ्नो दैनिक राशिफल हेर्न सक्नुहुनेछ र यसको लागि पत्रिका नै चाहिन्छ भन्ने छैन र दैनिक रुपमा बिहानै टेलिभिजनमा हेर्नुपर्छ भन्ने छैन। 

राशिफल ट्याबबाट तपाईंहरुले दिनमा जुनसुकै बेला पनि आफ्नो फ्रि समयमा राशिफल हेर्न सक्नुहुनेछ। यसको लागि आफ्नो मोबाइल स्क्रिनको तल रहेको Rashifal ट्याबमा ट्याप गर्नुहोस्।

राशिफल स्वतः मेष राशिको लागि सेट गरिएको हुनाले तपाईंहरुले राशिफल ट्याबमा क्लिक गर्नुभएपछि मेष राशिको लागि राशिफल देखिनेछ। राशिफल पेजको तल एउटा स्पिन व्हिल रहेको छ जहाँबाट तपाईँहरुले यो व्हिल घुमाएर आफ्नो राशिको लागि राशिफल हेर्न सक्नुहुनेछ।

यस बाहेक यहाँ दैनिक, साप्ताहिक, मासिक, वार्षिक गरी चार थरीको समयावधिको लागि तपाईंहरुले राशिफल चेक गर्न सक्नुहुनेछ। यसको लागि राशिफल पेजमा माथितिर Daily, Weekly, Monthly र Yearly गरी चार अपसनहरु राखिएको हुन्छ।

यस पेजमा माथिल्लो दायाँ कुनामा सानो प्ले बटन पनि राखिएको छ जुनमा ट्याप गर्नुभयो भने राशिफलको अडियो पनि सुन्न सकिन्छ। 

क्यालेन्डर ट्याब

नेपाली पात्रो अ्याप भित्रको क्यालेन्डर ट्याबबाट क्यालेन्डर चेक गर्न सकिनेछ। यसको डिजाइन भित्ते क्यालेन्डरको फर्म्याटमा हुन्छ। क्यालेन्डरमा ठुलाे साइजको अंकले नेपाली मिति जनाउँछ भने त्यसको तल रहने साना साइजको अंकले एडि या अङ्ग्रेजी तारिख जनाउँछ।  

यसमा समावेश गरिएको क्यालेन्डर पाञ्चाङ्गमा आधारित हुने हुनाले यसमा तिथिहरु पनि प्राय मिलेको ने हुन्छ। नेपाली पात्रो तिथिको लागि भित्ते क्यालेन्डर भन्दा पनि विश्चासिलो हुने गरेको पाइन्छ। 

होम पेजमा देखिने क्यालेन्डरमा तपाईंहरुले अहिले चलिरहेको महिना मात्र अंकित भएको देख्नुहुनेछ र त्यहाँ उक्त दिनको जानकारी मात्र समावेश गरिएको हुन्छ।

तर अन्य दिनहरुको लागि जानकारी होम पेजको क्यालेन्डरबाट हेर्न सकिँदैन। अन्य दिनहरुको जानकारी क्यालेन्डर ट्याबबाट मात्र हेर्न सकिन्छ। यसको लागि तपाईँहरुले होम पेजमा अंकित भएको क्यालेन्डरमा ट्याप गर्न सक्नुहुनेछ भने आफ्नो मोबाइल स्क्रिनको तल देखिने Calendar ट्याबमा पनि ट्याप गर्न सक्नुहुनेछ।

यहाँ होम पेजमा देखिने क्यालेन्डर सरहको डिजाइन रहेको छ आजको दिनको मितिलाई हरियो रङले हाइलाइट गरिएको हुन्छ। सोहि दिनको तिथि र यस दिनको केहि महत्त्वपूर्ण घटना क्यालेन्डरको तल लेखिएको हुन्छ।

यहाँ तपाईंहरुले अहिले चलिरहेको महिनाको लागि मात्र नभएर अन्य महिनाको लागि पनि क्यालेन्डर पल्टाउन सक्नुहुनेछ। यसको लागि क्यालेन्डरको माथि रहेको भन्दा ठूलो (greater than) र भन्दा सानो (less than) चिह्नमा ट्याप गरेर यसो गर्न सकिन्छ। 

यसो गर्नुको बदलामा तपाईंहरुले क्यालेन्डरको माथि रहेको ड्रप डाउन मेनुबाट बिक्रम सम्बत र इस्वि सम्बत क्यालेन्डर प्रकारको लागि जतिसुकै साल र जुनसुकै मितिको लागि पनि क्यालेन्डर खोज्न सक्नुहुनेछ।

न्युज ट्याब 

न्युज ट्याबबाट तपाईंहरुले अहिलेको समयमा चलिरहेको न्युजहरु हेर्न सक्नुहुनेछ। न्युज ट्याबमा ट्याप गरेपछि तपाईंहरु स्वतः Latest सेक्सनमा प्रवेश गर्नुहुनेछ। यस सेक्सन भित्र तपाईंहरुले Trending subjects भन्ने हेडिङ देख्नुहुनेछ जहाँ Prime Minister, Province, Earthquake, Microfinance, Stock Market र अन्य धेरै विषयहरु रहेका छन्। 

यहाँबाट तपाईंहरुले आफूलाई मन लागेको विषयमा न्युज पढ्न सक्नुहुनेछ। Latest सेक्सनमा तपाईंहरुले तल तिर स्क्रोल गर्नुभयो भने तपाईंहरुले गत दुई-तीन दिन सम्मको Top 10 news अंकित भएको देख्नुहुनेछ। यहाँबाट दुई-तीन दिन भित्रका मुख्य १० न्युजहरु पनि तपाईंहरुले पढ्न सक्नुहुनेछ।

यस पेजमा माथितिर सर्च बारको तल तपाईंहरुले न्युज सेक्सन देख्नुहुनेछ जहाँ Latest बाहेक Politics, Sports, Technology, Entertainment, World लगायत अन्य न्युज सेक्सन रहेका हुन्छन् जहाँबाट तपाईंहरुले आफूलाई मन पर्ने न्युज सेक्सनको न्युज हरु हेर्न सक्नुहुनेछ।  

यस बाहेक मोबाइल स्क्रिनको तल तिर तपाईंहरू Trending र Notification ट्याबहरु भेट्नुहुनेछ जुनबाट पनि न्युजहरु पढ्न सक्नुहुनेछ।

मोर ट्याब

यहाँ रहेको अन्तिम ट्याब भनेको मोर ट्याब हो। होम पेजमा भएका फिचरहरु प्राय सबै मोर ट्याबमा भेटिन्छन्। यस ट्याब अन्तर्गत Kundali, Radio, Gold/Silver Rates, Foreign Exchange, Blog जस्ता फिचरहरु पर्दछन् जुन होम ट्याबमा पनि भेटिन्थ्यो।

यस बाहेक यस ट्याबमा Date Conversion र  Unit Conversion जस्ता फिचरहरु रहेका छन्। डेट कन्भर्जनको प्रयोगमा विक्रम सम्बतलाई एडिमा वा एडिलाई बिक्रम सम्वतमा कम्भर्ट गर्न मिल्छ भने युनिट कन्भर्जन फिचरको प्रयोगमा एउटा युनिटलाई अर्को युनिटमा कन्भर्ट गर्न सकिन्छ।  

यस ट्याबमा रहेको Suva Saits फिचरको प्रयोग गरेर तपाईंहरुले बिहे, ब्रतबन्ध, पास्नी, रुद्रि, घर सराई लगायत अन्य यस्ता किसिमका सुभ साइतहरुका लागि मिति खोज्न सक्नुहुनेछ। यसै गरी यस ट्याबमा रहेको Government Holidays फिचरको प्रयोगमा तपाईँहरुले हरेक महिनाको सरकारी विदाहरु हेर्न सक्नुहुनेछ। 

यस बाहेक यस ट्याबमा रहेका Become a Member, Jyotish Sewa र My Calendars जस्ता फिचरहरु प्रयोग गर्न साइन-इन गर्नुपर्ने हुन्छ।

सेटिङ्स ट्याब

Settings तपाईँहरुले More ट्याब भित्र भेट्नुहुनेछ। सुरुमा यो अ्याप सेटप गर्दा प्राथमिकता सेट गर्दा थिम सेटप, भाषा सेटप र न्युज नोटिफिकेसन सेटपको फिचरहरु सेटिङ्स भित्र तपाईंहरुले Theme Settings, Language Settings र News Settings ले अंकित भएको देख्नुहुनेछ। 

यति बाहेक तपाईंहरुले यस अ्यापको सेटिङ्सबाट निम्नलिखित कुराहरु परिवर्तन गर्न सक्नुहुनेछ।

नोटिफिकेसन टाइम

सेटिङ्स भित्रको Notification Time Settings बाट टाइमजोन सहित र नोटिफिकेसनको लागि आफूलाई उपयुक्त टाइम सेट गर्न सक्नुहुनेछ।

क्यालेन्डर नोटिफिकेसन

सेटिङ्स भित्र रहेको Calendar Notification Settings अन्तर्गत तपाईंहरुले Sticky Notification अन गर्नुभयो भने तपाईंहरुको मोबाइलको नोटिफिकेसन बारमा क्यालेन्डरको स्टेटस हरबखत बसिरहेको हुन्छ र क्यालेन्डर हेर्न अ्याप खोलिरहनु पर्ने आवश्यकता पर्दैन।  

राशिफल सेटिङ्स

राशिफल सम्बन्धी केही कुराहरु तपाईहरुले Horoscope Settings बाट मिलाउन सक्नुहुन्छ। तपाईंहरुले Horoscope Settings भित्र Horoscope Notification अन गर्नुभएर दैनिक राशिफल अपडेट पाउन सक्नुहुेछ। 

Horoscope Settings भित्र रहेको Default Horoscope को प्रयोगमा तपाईंहरुले राशिफल ट्याब खोज्दा कुन राशिको राशिफल देखिन्छ भन्ने कुरा सेट गर्न सक्नुहुन्छ। माथि राशिफल ट्याबको कुरा गर्दा मेष राशिको राशिफल सुरुमा यहाँ देखिन्छ भन्ने कुरा गरिएको थियो जुन Default Horoscope सेटिङ्सबाट तपाईंहरुले आफ्नो राशिको लागि सेट गर्न सक्नुहुनेछ।

 

  

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.