युट्युबका कार्यकारी अधिकृत सुसान वोजिकीले राजीनामा दिए; नयाँ सीइओ को त?

New CEO of YouTube

गूगलको पहिलो कर्मचारी हुनुका साथै युट्युबको कार्यकारी अधिकृत रहेकी सुसान वोजिकीले गत बिहीबार आफ्नो पदबाट राजीनामा दिने सूचना आफ्नो ट्विटर मार्फत सार्वजनिक गरेकी छन्। आफ्नो घरको ग्यारेज बाट २५ वर्ष अगाडि सुरु भएको टेक्नोलोजी सँगको यो सफरको अन्त्य गरी सुसानले अब आफ्नो जीवनमा परिवार, स्वास्थ्य र व्यक्तिगत प्रोजेक्टहरुमा ध्यान दिने बताएकी छन्।

९ वर्ष अगाडि युट्युबमा लिडरसिप भएको एउटा टिम बनाउने अठोट लिएर काम गर्न थालेकी सुसानको बिडो अब निल मोहनले थाम्ने भएका छन्। निलसँग १५ वर्ष देखि सँगै काम गरेकाले सुसनले निलको डबल क्लिक एक्विजिशन पद देखि युट्युबको चिफ प्रोडक्ट अफिसर हुँदा सम्मको प्रगति खुद सुसनले देखेको बताएकी छन्। स्ट्यानफर्ड ग्य्राजुएट निलले आफ्नो कार्यकारी अधिकृत हुनु अगाडिको  कार्यकालमा युट्युबको नयाँ प्रोडक्ट लन्च, युट्युब म्युजिक र  युट्युब सर्टस जस्ता प्लेटफर्म बनाए र कम्पनीको विज्ञापन र क्रियेटर प्रोडक्ट्समा उत्पादन व्यवस्थापन, डिजाइन, इन्जिनियरिङ्, र सञ्चालनहरूको निरीक्षण गरे।

 मोहनले माइक्रोसफ्टमा काम गर्नुका साथै माइक्रोसफ्टको बोर्ड मेम्बरमा पनि रहेका छन्।

नील मोहन बारे जान्नै पर्ने कुराहरु:

  • नील मोहनले स्ट्यानफोर्ड विश्वविद्यालयबाट इलेक्ट्रिक इन्जिनियरिङमा स्नातक गरे।
  • मोहन २०१५ मा युट्युबमा प्रमुख उत्पादन अधिकृत नियुक्त भएका थिए।
  • उनले युट्युबर सर्टस्, र संगीत निर्माण गर्न र सदस्यता प्रस्तावहरू प्राप्त गर्नमा धेरै महत्त्वपूर्ण भूमिका खेले।
  • उनले माइक्रोसफ्टसँग पनि काम गरे र स्टिच फिक्स, जेनोमिक्स र बायोटेक्नोलोजी कम्पनीको बोर्डमा मेम्बर थिए।
  • उनी २००७ मा डबल क्लिक एक्विजिशनका साथ गुगलमा सामेल भए।

मोहनलाई डिजिटल विज्ञापनमा धुरन्धर खेलाडीहरू मध्ये एक मानिन्छ। नयाँ सीईओ नियुक्तिको साथ, प्रयोगकर्ताहरूले आउँदै गरेको दिनमा युट्युब प्लेटफर्मबाट कुन चाहिँ नयाँ फिचर र अपडेट आउँछ भनेर प्रतीक्षामा छन्। 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.