टेक्नोलोजिकल डिभाइसहरु समय अनुसार परिवर्तन हुँदै आएका छन् र भइरख्ने नै छन्। धेरै पर जानै पर्दैन आफ्नो स्मार्टफोन नै हेर्नुस् न, कुनै बेलामा नोकियाको कलर बिनाको फोनलाई सराहनीय ठानिन्थ्याे भने अहिले स्क्रिनटच फोनहरु सबैका हातमा छन्।
स्मार्टफोन मात्र होइन जुन टेक्नोलिजिकल डिभाइस उठाएर हेर्नुहोस् सबैमा ठूलो परिवर्तन पाउनुहुनेछ। टेलिभिजन पनि यसबाट पछि पर्न सकेन। पहिले र अहिले दाँज्ने हो भने झन् पातला, झन् डिस्प्ले राम्रा भएका र झन् धेरै सुविधा भएका टेलिभिजनहरु अहिले बजारमा पाइनेछन्।
अहिले बजारमा टेलिभिजन हेर्न जानुहोस् टेलिभिजनको प्रकार सुनेर नै दोधारमा परिन्छ कुन टेलिभिजन लिउँ भनेर। OLED टेलिभिजन, LED टेलिभिजन र LCD टेलिभिजन तपाईँहरुले हाल मार्केटमा पाउनुहुनेछ। कुन टेलिभिजन राम्रो छ त भनेर थााहा नपाई मार्केटमा भित्रिनु भयो भने नराम्रो टेलिभिजन पनि किन्न सकिन्छ।
यस आर्टिकलमा विभिन्न थरिका टेलिभिजनहरुको प्रविधि र यिनीहरुमा हुने फरक दर्शाउन खोजिएको छ। आउनुहोस् विभिन्न थरिका टेलिभिजनहरु बारे केही जानी राखौँ।
LCD टेलिभिजन
एलसिडि (LCD) लिक्विड क्रिस्टल डिस्प्लेको छोटो रुप हो। यस्तो टेलिभिजनमा लिक्विड क्रिस्टल टेक्नोलोजि प्रयोग गरिने हुँदा यसलाई एलसिडि टेलिभिजन नामाकरण गरिएको हो। लिक्विड क्रिस्टल डिस्प्ले एउटा फ्लाट प्यानल हो जुनले स्थिति अनुसार लाइटलाई या त पास हुन दिन्छ या त रोक्छ।
एलसिडि प्यानल एउटा प्यासिभ प्यानल हुने भएकोले यसले इमेज, भिडियो देखाउन आफैँ लाइट उत्पादन गर्दैन तर कुनै सोर्सबाट आउने लाइटलाई यसले रोक्ने र पास गर्न सक्छ। पार्ट्सहरुको कुरा गर्ने हो भने यसमा ब्याकलाइट प्यानल (backlight panel), पोलराइजर सहितको ग्लास फिल्टर (polarized glass filter), इलेक्ट्रोड्स (electrodes), लिक्विड क्रिस्टल (liquid crystal) र कलर फिल्टर (color filter) समावेश गरिएको हुन्छ।
कसरी काम गर्छ त LCD टेलिभिजन ?
एउटा LCD स्क्रिनमा पिक्सलहरुको स-साना सेग्मेन्टहरु रहेका छन्। यिनै पिक्सलहरुको सहयोगमा टेलिभिजनबाट उत्पादन भएको इन्फरमेसन हामी भिडियोको रुपमा हेर्छौँ।
जब एलसिडि प्यानलमा भोल्टेज पास हुन्छ, यसमा ब्याकलाइट उत्पादन हुन्छ जुन पछाडिबाट भर्टिकल ग्लास पोलराइजर हुँदै लिक्विड क्रिस्टलमा आइपुग्छ। ब्याकलाइटको लागि यहाँ कोल्ड क्याथोड फ्लोरेसेन्ट लाइटको (cold cathode fluorescent light) प्रयोग गरिएको हुन्छ जुन एउटा वाइट लाइट (white light) सोर्स हो। यो लाइट लिक्विड क्रिस्टल प्यानल सम्म पुग्छ।
लिक्विडमा यहाँ ट्विस्टेड नेमाटिक्स लिक्विड क्रिस्टल (twisted nematic liquid crystal) को प्रयोग गरिएको हुन्छ। इलेक्ट्रोडमा दिइएको सिग्नलको सहयोगमा लिक्विड क्रिस्टलहरु ९० डिग्रिमा रोटेट गराइन्छ। लिक्विड क्रिस्टलको रोटेसनको सहयोगमा केहि ठाउँबाट लाइट पास गरिन्छ भने केहि ठाउँमा लाइट ब्लक गरिन्छ।
पास भएको लाइट कलर फिल्टरमा गएर ठोकिन्छ र यहाँबाट ग्लास फिल्टरबाट टेलिभिजन स्क्रिनमा कलर देखिन्छ। कलर पास भएको ठाउँमा टिभि स्क्रिनमा कलर देकिन्छ भने कलर पास नभएको ठाउँमा टिभि स्क्रिनमा कालो देखिन्छ। यसरी LCD डिस्प्ले काम गर्छ।
अनगिन्ती रुपमा यहाँ पिक्सलहरु हुन्छन्। हरेक पिक्सलमा कलर इन्फर्मेसन पुग्दा मात्र अन्त्यमा भिडियोमा परिणत हुन्छन्।
LED टेलिभिजन
LED र LCD अलग प्रकारका टेक्नोलोजी हुन् भन्ने सोचाइ हाम्रो छ जुन गलत हो। LED टेलिभिजन पनि LCD टेलिभिजनकै टेक्नोलोजिमा काम गर्दछ। अर्थात् यसको मुख्य टेक्नोलोजिको रुपमा यसले लिक्विड क्रिस्टल नै प्रयोग गरेको हुन्छ। LED लाई LCD को अप्ग्रेडेड भर्जन मानिन्छ।
दुईवटा टेक्नोलोजिमा फरक कहाँ पर्छ भन्दा LCD मा लाइट सोर्सको रुपमा फ्लोरेसेन्ट लाइटको प्रयोग गरिन्थ्यो भने LED स्क्रिनको लागि लाइट सोर्सको रुपमा लाइट एमिटिङ डायड (Light Emitting Diode) को प्रयोग गरिएको हुन्छ।
LED टेलिभिजनहरु एज लिट (edge lit) र डिरेक्ट ब्याकलिट (direct backlit) गरि दुई प्रकारका हुन्छन्। एज-लिट टेलिभिजन स्क्रिनहरु बाहिरी एजबाट लाइट गराइन्छ भने डिरेक्ट ब्याक-लिट टेलिभिजनहरुमा LED सोर्स स्क्रिनको पछाडि राखिएको हुन्छ।
LCD टेक्नोलोजिमा आधारित हुने हुँदा यसलाई LED LCD पनि भनिन्छ।
OLED टेलिभिजन
OLED अर्ग्यानिक लाइट एमिटिङ डायडको छोटो रुप हो। OLED डिस्प्लेले पनि LED डिस्प्लेको टेक्नोलोजिलाई नै फलो गर्छ तर फरक तरिकामा। LED डिस्प्लेको लागि एउटा ब्याकलाइट सेटप चाहिन्थ्यो भने OLED प्यानलले आफैँ लाइट उत्पादन गर्न सक्छ। यसको लागि OLED डायडहरुको प्रयोग गरिन्छ।
OLED डायडमा ६ वटा अलग लेयरहरु हुन्छन् जुनमा दुईवटा लेयरले अर्ग्यानिक विशेषता मेनटेन गरेका हुन्छन्। यो टेक्नोलोजिले कार्बन जस्तो अर्ग्यानिक मटररियल प्रयोग गर्दछ ताकि करेन्ट पास हुँदा यसमा लाइट उत्पादन होस्। करेन्ट पास हुँदा एउटै डायडले लाइट र कलर दुवै उत्पादन गर्दछ। लाइट उत्पादन गर्न यसमा ब्याकलाइटको आवश्यकता नपर्ने हुँदा OLED टेलिभिजनहरु पातला हुने गर्दछन्।
LED LCD र OLED डिस्प्लेमा के फरक छ त ?
LED LCD मा ब्याकलाइट र लिक्विड क्रिस्टलको प्रयोग गरिएको हुन्छ भने OLED मा अर्ग्यानिक डायडको प्रयोग गरिएको हुन्छ। प्रविधिमा मुख्य भिन्नता हुँदा यसको डिस्प्ले रिजल्टमा पनि भिन्न हुन्छ। LED LCD भन्दा OLED का अन्य भिन्नताहरु यसप्रकार रहेका छन्।
साइज (Size)
LCD LED प्यानल जस्तो OLED मा ब्याकलाइटको प्रयोग नहुँने हुँदा OLED डिस्प्ले LED LCD को तुलनामा पातलो हुन्छ।
ब्राइटनेस (Brightness)
ब्राइटनेसलाई निट्स(nits) मा मेजर गरिन्छ। ब्राइटनेसको तुलना गर्ने हो भने OLED डिस्प्ले भन्दा LED LCD डिस्प्लेमा ब्राइटनेस बढी हुन्छ। LED LCD मा ब्याकलाइट प्रयोग गरिने हुँदा यसले OLED को तुलनामा धेरै ब्राइटनेस दिन्छ।
यस्तो हुँदा OLED ब्राइटनेस कम छ भन्न खोजेको हैन। तर यसको आफैँ उत्पादन हुन सक्ने लाइट ब्याकलाइटको तुलानामा केही पछि पर्छ। तुलनात्मक रुपमा भने यो LED LCD भन्दा कम ब्राइट हुन्छ।
कन्ट्रास्ट रेसियो (Contrast Ratio)
कन्ट्रास्ट रेसियो भन्नाले स्क्रिनको वाइट्स र स्क्रिनको ब्लाक्समा हुने ब्राइटनेसको अनुपात हो। OLED स्क्रिनमा कालो भागमाबाट अन्यथा कुनै लाइटहरु बाहिर निक्लिने नहुँदा LED LCD डिस्प्ले भन्दा OLED डिस्प्लेको उच्च कन्ट्रास्ट रेसियो रहेको छ।
ब्लाक लेभल (Black Level)
एक साइडमा कलर हुन्छ भने अर्को साइडमा ब्लाक लेभल। टेलिभिजन स्क्रिनले कालो भागहरुलाई कतिसम्म कालो देखाउन सक्छ भन्ने कुराको रिप्रिजेन्टेसन हो ब्लाक लेभल।
अँध्यारोमा LED LCD स्क्रिनलाई हेर्नुभयो भने जति कालो हुनुपर्ने हो त्यति कालो देखिँदैन। यसको ब्याकलाइटले गर्दा कालो भागबाट पनि लाइट निक्लिरहेको हुन्छ। तर OLED मा यस्तो हुँदैन। प्रत्येक पिक्सललाई अन र अफ गर्न सक्ने हुँदा OLED ले कालो भागको लागि पूर्णरुपमा पिक्सललाई अफ गर्दछ र यसले गर्दा लाइटको सानो मात्रा पनि बाहिर निस्कँदैन।
त्यसैले ब्लाक लेभलको तुलनामा OLED डिस्प्ले LED LCD डिस्प्लेको तुलनामा राम्रो हुन्छ।
भिव्यिङ अ्याङ्गल (Viewing Angles)
यो एउटा यस्तो फिल्ड हो जहाँ LED LCD प्यानल OLED को तुलनामा निकै पछाडि पर्छ। LCD प्यानलमा टिभिको अगाडिबाट साइडतिर सर्नुहोस् यसको पिक्चर क्वालिटिमा बदलाव देख्नुहुनेछ। जति सेन्टर भन्दा पर जानुभयो त्यति नै कन्ट्रास्ट र कलर घटेको पाउनुहुनेछ। यसकारणले ठुलो ग्रुपमा टेलिभिजन हेर्नु छ भने LED LCD प्यानलमा रमाइलो अनुभव हुने छैन।
अर्को तिर OLED मा यस्तो केहि फरक भेट्नु हुनेछैन। साइडबाट त्यतिनै क्वालिटि भेट्नुहुनेछ जति जति टिभिको अगाडिबाट भेट्नुहुन्थ्यो। त्यसैले भिव्यिङ अ्याङ्गल OLED ले धेरै अफर गर्दछ।
कलर (Color)
OLED ले यसको ब्राइटनेसमा कलर स्याचुरेसन (color saturation) लाई स्थिर राख्ने बाहेक बढि खुलेको कलर र राम्रो कलर रिप्रोडक्सनमा आफ्नो अग्रसरता यथावत राखेको थियो।
तर अहिले LED ले क्वान्टम डटको प्रयोगमा ब्लाक लाइटमा आफ्नो क्वालिटि बढाएको हुँदा अहिले LED प्यानल पनि कलर स्पेसमा पछि पर्दैन।
हाई डाइन्यामिक रेन्ज (High Dynamic Range) र वाइड कलर ग्यामुट (Wide Color Gamut) फिचरहरु दुवैमा उपलब्ध रहेको छ।
रेस्पोन्स टाइम (Response Time)
रेस्पोन्स टाइम भनेको कुनै पिक्सलले आफ्नो स्टेट (state) परिवर्तन गर्न लाग्ने समय हो। स्टेट अन्तर्गत ब्राइटनेस र कलर पर्दछन्। OLED मा एउटै डायडले कलर र लाइट दुवै प्रदान गर्ने हुँदा यसमा ब्राइटनेस परिवर्तन र कलर परिवर्तन हुन धेरै समय लाग्दैन। यस कारण OLED मा रेस्पोन्स टाइम छिटो हुने गरेको छ।
अन्त्यमा,
तपाईँहरु टेलिभिजन किन्न जानु अगाडि मुख्य कुरा बजेटको आउँछ। बजेट कन्सिडरेसनको कुरा आयो भने यसमा LCD टेलिभिजन नै सस्तो पर्न आउँछ। तर बजेटलाई साइडमा राखेर समग्र विशेषताहरु हेर्नुभयो भने यसमा OLED उपयुक्त रोजाइ हो।
टेलिभिजनको कन्ट्रास्ट रेसियो, ब्लाक लेभल, भिव्यिङ अ्याङ्गल, कलर रिप्रोडक्सन र रेस्पोन्स टाइमलाई ध्यानमा राख्ने हो भने OLED नै राम्रो चोइस हुन जान्छ।