५० मेगापिक्सल क्यामेरा भएको “ओप्पो ए५८” नेपालमा खरिदको लागि उपलब्ध

Oppo A58 Price in Nepal

ओप्पोले केहि महिना अघि मात्र भारतमा आफ्नो मिड-रेन्ज स्मार्टफोन ओप्पो ए५८ लन्च गरेको थियो। अहिले यहि फोन नेपालमा पनि आधिकारिक रुपमा खरिदको लागि उपलब्ध भएको छ। आज यस लेखमा भने हामी तपाईलाई उक्त फोनको सम्पूर्ण विशेषता, डिस्प्ले डिजाइन, पर्फमेन्स, लगायत नेपालमा पर्न सक्ने मुल्यको (Oppo A58 Price in Nepal) बारेमा बताउने छौ।

‘ओप्पो ए५८’ विस्तृतमा:

स्मार्टफोनको डिजाइनको कुरा गर्दा, फोनमा ग्लोविङ सिल्क डिजाईन सहित  लक्जरियस सिल्क-स्याटीन टेक्सचर दिएको छ। फोनमा ब्ल्याक र ग्रीन गरी जम्मा दुइओटा कलर अपशन समावेश गरिएको छ। यस्तै अगाडी डिस्प्ले तर्फ पंच-होल डिजाईन कटआउट संगै ६.७२ इन्च आईपीएस एलसीडी स्क्रीन, फुल एचडि प्लस रिजोलुसन र ६८० निट्स सम्मको ब्राइटनेस जस्ता फिचरहरु अफर गरिएको छ । साथै फोन जम्मा ६० हर्ट्जको रिफ्रेस रेट र IPX4 रेटिङको साथ आउँछ। 

क्यामेरामा भने डुअल क्यामेरा सेटअप देख्न सकिन्छ, जसमा f/१.८ एपर्चरका साथ ५० मेगपिक्सलको मुख्य क्यामेरा र f/२.४ एपर्चरका साथ २ मेगापिक्सलको डेप्थ सेन्सर जडान भएको छ। फोनमा सेल्फी र भिडियो कलहरूको लागि अगाडी  f/२.० एपर्चरका साथ ८ मेगपिक्सलको फ्रन्ट क्यामेरा समावेश गरिएको छ। 

यो पनि पढ्नुहोस्ः

त्यस्तै पर्फमेन्स तिर भने कम्पनिले फोनमा मिडियाटेकको हेलियो जी८५४ प्रोसेसर प्रयोग गरेको छ। यो १२ न्यानोमिटर फेब्रिकेसन प्रक्रियामा निर्मित अक्टा-कोर भएको प्रोसेसर हो र यो चिपसेटले २.० गिगाहर्ट्जमा क्लक गरिएको दुईओटा कर्टेक्स-ए७५ कोर र १.८ गिगाहर्ट्जमा क्लक गरिएको छओटा कोर्टेक्स-ए५५ कोर अफर गर्दछ । ग्राफिक्स ह्यान्डलिंगको लागि फोनमा माली-जि५२ जिपियु समावेश गरिएको छ। 

फोनको अन्य फिचरको कुरा गर्दा, तपाइले यहाँ अपरेटिङ सिस्टममा एनड्रोइड १३ र युजर इन्टरफेसको लागि भने कलर ओएस १३.१ संगै  ६ जीबी र्याम र १२८ जीबीको स्टोराज पाउनु हुन्छ । साथै फोनमा ३३ वाट वायर्ड चार्जिङ सपोर्ट भएको ५०००mAh ब्याट्रि जडान गरिएको छ। यसबाहेक तपाईले फेस अनलक, फिंगरप्रिन्ट सेन्सर, USB टाइप-सी पोर्ट,  वाईफाई ५ जस्ता अन्य धेरै फिचरहरु पाउन सक्नुहुन्छ। 

ओप्पो ए५८ को बिशेषता:

डिस्प्ले (Display)६.७२ इन्च आईपीएस एलसीडी डिस्प्ले, ६८० निट्स ब्राइटनेस
रिजोल्युसन(Resolution)१०८० x २४०० पिक्सल, ~३९२ पीपीआइ डेनसिटि
प्रोसेसर (Processor)मीडियाटेक हेलियो जी८५ ४जी  (१२ एनएम)
ओएस र युआई (OS and UI)एनड्रोइड १३ (ColorOS 13.1)
क्यामेरा (Camera)५० मेगापिक्सल, f/१.८ (वाइड)
२ मेगपिक्सल, f/२.४ (देप्थ)
फ्रन्ट क्यामेरा (Front Camera)८ मेगापिक्सल, f/२.० (वाइड)
मेमोरी र स्टोरेज (Memory and Storage)६ जीबी र्याम, १२८ जीबी स्टोरेज
ब्याट्रि र चार्जिङ (Battery and Charging)५०००mAh ब्याट्रि, ३३ वाट वायर्ड चार्जिङ
सिक्योरिटी (Security)फेस अनलक, फिंगरप्रिन्ट सेन्सर
कलर अपशन (Color Options)ब्ल्याक, ग्रीन

मूल्य र उपलब्धता (Oppo A58 Price in Nepal and Availability)

ओप्पो ए५८ को नेपालमा आधिकारिक खरिद मूल्य रु २४,९९९ रहेको छ। उक्त फोनलाई तपाईले आधिकारिक स्टोरहरू अथवा दराज जस्तो ई-कमर्स साइटबाट खरिद गर्न सक्नु हुन्छ।     

ओप्पो ए५८नेपालमा मुल्य (Oppo A58 Price in Nepal)
६/१२८ जीबी रु २४,९९९ 

यो पनि पढ्नुहोस्ः

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.