र्यापिड सेक्युरिटि रेस्पोन्स के हो ? 

RAPID SECURITY RESPONSE

एप्पलले सन् २०२२ मै iOS 16 को रिलिजसँगै र्यापिड सेक्युरिटि रेस्पोन्स (Rapid Security Response) को घोषणा गरेको थियो तर iOS को बिटा भर्जन नचलाउनेहरुले सन् २०२३ को मे महिनादेखि मात्रै यो फिचर देख्न थालेका हुन् र यसको चर्चा धेरै प्रयोगकर्तामाझ बढ्न थालेको हो । 

पहिलोपटक र्यापिड सेक्युरिटि रेस्पोन्स आइफोनहरुमा उपलब्ध थियो तर यो प्ल्याटफर्म पछि iOS 16.4.1, iPadOS 16.4.1 र macOS 13.3.1 चल्ने सबै एप्पल डिभाइसहरुमा उपलब्ध गराइएको थियो । यिभन्दा तल्लो भर्जनहरु तपाईँले यदी चलाइरहनुभएको छ भने चाहीँ यो फिचर डाउनलोड गर्ने सुविधा उपलब्ध छैन । 

र्यापिड अपरेटिङ सिस्टमको मूख्य उद्देश्य भनेको चाहीँ एप्पल डिभाइसमा अपरेटिङ सिस्टम परिवर्तन भएसँगै खासगरी zero-day exploits जस्ता कार्यक्षमता र सुरक्षाजस्ता मामिलालाई सम्बोधन गर्ने गरी स-साना अपडेटहरु उपलब्ध गर्नु हो । 

र्यापिड सेक्युरिटि रेस्पोन्स अपडेटहरु अपरेटिङ सिस्टमको जस्ता ठूला अपडेटहरुभन्दा निकै साना हुन्छन् जसको लागी तपाईँले आफ्नो डिभाइस रिस्टार्ट पनि गर्नु पर्दैन । सन् २०२३ को अप्रिलमा रिलिज भएको सफारी सेक्युरिटि फिक्स जस्ता सेक्युरिटि अपडेटहरु पनि भविष्यमा तपाईँले यही र्यापिड सेक्युरिटि रेस्पोन्समै पाउनुहुन्छ । 

हुन त र्यापिड सेक्युरिटि रेस्पोन्समा iOS 16.4.1 जस्ता अपरेटिङ सिस्टमकै जस्तो कुराहरु लेखिएको हुन्छ तर यसमा चाहीँ रेस्पोन्स अपडेट भर्जनको सूचकको पूरकको रुपमा लेखिएको हुन्छ । जस्तै आइफोनको लागी पहिलोपटक रिलिज गरिएको र्यापिड सेक्युरिटि रेस्पोन्स iOS 16.4.1 (a) थियो । 

यो पनि पढ्नुस्: किन आइफोनलाई सुरक्षाको हिसाबले राम्रो मानिन्छ ?

र्यापिड सेक्युरिटि रेस्पोन्सले कस्तो समस्या समाधान गर्छ ?

परम्परागत रूपमा, Apple ले iOS, iPadOS, वा macOS सफ्टवेयर अपडेटहरू भित्र सुरक्षा प्याचहरू वितरण गरेको छ। यो प्रभावकारी छ, तर आंशिक रूपमा, प्रत्येक प्रयोगकर्ताले आफ्नो सिस्टमलाई समयमै अपडेट गर्दैन किनभने पूर्ण सफ्टवेयर अपडेटहरूले केही समय लिन्छन्।

यसलाई स्वचालित रूपमा साना सुरक्षा प्याचहरू डाउनलोड र इन्स्टल गर्न सम्भव बनाउनुले छिटो वितरणको लागि सहज बनाउँछ र यसको मतलब प्रयोगकर्ताहरूले सुरक्षित रहनको लागि पूर्ण OS अपग्रेड इन्स्टल गर्न आवश्यक पर्दैन।

संक्षेपमा, र्‍यापिड सेक्युरिटी रेस्पोन्सले इकोसिस्टमलाई अलि बढी सुरक्षित राख्दै डिभाइसको सुरक्षालाई धेरै सरल र कम विघटनकारी बनाउँछ।

र्यापिड सेक्युरिटि रेस्पोन्स किन प्रयोग गर्ने?

सन् २०२३ मा हामीले सामना गर्ने सबैभन्दा ठूला चुनौतिहरूमध्ये डिभाइसको सुरक्षा कायम राख्ने नै हो। राष्ट्रहरुबीच प्रतिष्पर्धा तीव्र हुँदै जाँदा प्ल्याटफर्म सुरक्षामा प्रवेश गर्ने प्रयासहरू निकै बढ्दछ र सेक्युरिटि प्याचहरु डाउनलोड नगरिएका डिभाइसहरुमा त्यो हुनसक्ने खतरा ज्यादा हुन्छ ।

त्यो पवित्रता जोगाउन, एप्पलले आफ्नो ग्राहकहरूबाट धेरै समय वा ध्यानको आवश्यकता बिना सुरक्षा प्याच वितरणलाई छिटो गर्न सक्ने स्थितिमा पुग्न चाहन्छ। यो पनि आपतकालीन प्रतिक्रियाहरू द्रुत रूपमा वितरण गर्न थप सुरुचिपूर्ण तरिका खोज्न चाहन्छ।

यो राम्रो अभ्यास मात्र हो।  पोर्टफोलियो रणनीतिका उपाध्यक्ष जाम्फको माइकल कोभिङटनले भनेका छन् ,”प्रयोगकर्ताहरू सुरक्षा समाधानको हिस्सा हुनुपर्दछ, र यसले अपरेटिङ सिस्टम वा अ्याप्लिकेशनहरूमा कार्य गर्ने अपडेटहरू समावेश गर्दछ।”

द्रुत सुरक्षा प्रतिक्रियाको अर्थ हामी सबैले समयसापेक्ष रूपमा सुरक्षा प्याचहरू प्राप्त गर्नुपर्छ, र इन्स्टलेशनहरूले धेरै कम समय लिनुपर्दछ। यसले नयाँ पहिचान गरिएका कमजोरीहरू विरुद्ध प्लेटफर्म-स्तरको न्युनीकरणका लागि द्रुत उपचारात्मक मार्ग पनि प्रदान गर्नुपर्छ।

आइफोन वा आइप्याडमा र्यापिड सेक्युरिटि रेस्पोन्स कसरी इनेबल गर्ने ?

आइफोन वा आपइप्याड दुबैमा र्यापिड सेक्युरिटि रेस्पोन्स इनेबल गर्ने तरिका उस्तै छ । त्यसको लागी तलका कदमहरु क्रमश: अपनाउनुस् ।

१. तपाईँको आइफोन वा आइप्याडको Settings > General अ्यापमा जानुस् । 
Settings General

२. त्यसपछि Software Update मा जानुस् ।
iPhone Software Update

३. अब Automatic Updates मा ट्याप गर्नुस् ।
Tap Automatic Update

४. अब तपाईँ Security Response & System Files को साइडमा भएको टगल (Toggle) अन गर्नुस् ।
Security Response System Files

यसरी इनेबल गर्नासाथ तपाईँले आफ्नो डिभाइसमा र्यापिड सेक्युरिटि रेस्पोन्सका अपडेटहरु पाउनुहुन्छ । यसलाई डिसेबल (disable) गर्ने उपाय भनेको टगललाई अफ गर्ने हो । 

म्याकमा र्यापिड सेक्युरिटि रेस्पोन्स कसरी इनेबल गर्ने ?

म्याकमा यो फिचर इनेबल गर्ने उपाय पनि एकदमै सजिलो छ । तलका कदमहरू क्रमश: फलो गर्नुस् ।

१. तपाईँको म्याकको System Settings खोल्नुस् । 
System Settings

२. General > Software Update मा जानुस् । 

General Software Update

३. Automatic updates को साइडमा भएको “i” बटनमा क्लिक गर्नुस् । 

४.  Install Security Responses and system files को साइडको टगल बटन अन गर्नुस् । 

Install Security Responses and system files

यसमा पनि यि सबै गरेपछि तपाईँको म्याकमा र्यापिड सेक्युरिटि रेस्पोन्स इनेबल हुन्छ । तर यसलाई फेरि डिसेबल गर्न चाहनुहुन्छ भने टगल बटन अफ गर्नुस् । 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.