च्याटजिपिटिको रचनात्मक प्रयोग कहाँ गर्न सकिन्छ ?

Real world application of ChatGPT (1)

च्याटजिपिटि एउटा आर्टिफिसियल इन्टेलिजेन्स टेक्नोलोजी हो जसमा धेरै रोजगारहरू प्रतिस्थापन गर्ने क्षमता छ। यसको सीमितताहरूको बावजुद पनि यसले यस्ता कामहरूगर्न सक्छ जुन ठ्याक्क मान्छेले गर्ने जस्तै वा अझ कतिपय मामिलामा त मान्छेको भन्दा पनि राम्रो हुन्छ ।

आजकाल विश्वभरका विज्ञहरू चिन्तित छन् कि च्याटजिपिटिको लोकप्रियता र प्रयोगले धेरै राम्रो तलब खाइरहेका कामदारहरूलाई गम्भीर रूपमा असर गर्न सक्छ।

च्याटजिपिटि विशेष गरी डिजिटल सहायक (digital assistant) र च्याटबटहरूको प्रयोगको लागि विकसित गरिएको थियो। अन्य च्याटबटहरूको तुलनामा च्याटजिपिटिले कुराकानीमा पहिले नै भनिएको कुरा छान्न सक्छ र यदि यसले कुनै गल्ती गर्यो भने आफैलाई सच्याउँछ।

कष्टोमर सर्भिस

च्याटजिपिटि लाई कुराकानीको सन्दर्भमा मान्छेले जस्तो प्रतिक्रियाहरू दिन प्रयोग गरिन्छ। यसले ग्राहक सेवाहरूको लागि च्याटबटहरू र भर्चुअल सहायकहरू (virtual assistants) निर्माण गर्नको लागि  प्रभावकारि भूमिका खेल्छ।

फोर्ब्सका अनुसार, मेटा, क्यानभा, र शपिफाइ जस्ता धेरै कम्पनीहरूले उनीहरूको ग्राहक सेवा च्याटबट प्रणालीहरूमा च्याटजीपीटीलाई प्रयोग गर्ने प्रविधि प्रयोग गर्न थालिसकेका छन्।

अनुवाद गर्दा

च्याटजिपिटि लाई भाषा अनुवाद जस्ता विशिष्ट कार्यमा राम्रोसँग प्रयोग गर्न सकिन्छ । यसलाई एउटा भाषाबाट अर्को भाषामा अनुवाद गर्न धेरै हदसम्म उपर्युक्त मान्न थालिएको छ। 

सारांश जान्नुपर्दा

च्याटजिपिटिले कुनै पाठ वा अनुच्छेद इत्यादीको सारांश प्रदान गर्न सक्छ । यसलाई स्वचालित रूपमा लामो कागजात (documents) वा लेखहरू (writings) को संक्षिप्त रूप निकाल्न प्रयोग गर्न सकिन्छ। 

जस्तै तपाईँले महाभारतको कुनै अध्याय टाइप गरेर त्यसको सारांश दिन आग्रह गर्नुभयो भने यसले तपाईँले भनेकै जति शब्दहरूमा सारांश लेखिदिन्छ ।

कन्टेन्ट/कपि राइटिङ 

विज्ञापन, टेक्निकल राइटिङ, कपि राइटिङ, पत्रकारिता र कन्टेन्ट क्रिएट गर्ने लगायतका कुनै पनि कामहरू च्याटजिपिटिको माध्यममार्फत् सजिलै गर्न सकिन्छ । च्याटजिपिटिले पेजमा आधारित डाटा राम्रोसँग पढ्न, लेख्न र बुझ्न सक्छ।

“भाषामा आधारित डाटा र जानकारी (information) को ठूलो मात्राको विश्लेषण र व्याख्या गर्नु च्याटजिपिटिको लागी निकै सजिलो काम हो । अनि यसले आफैबाट र प्रयोगकर्ताबाट लगातार सिक्ने र थप प्रगति गर्ने पनि गर्छ । 

कोड डिबग (code debug) गर्न

च्याटजिपिटि कोड डिबगिङको लागि पनि प्रयोग गर्न सकिन्छ:

कोड सजेस्चन (code suggestion) हरू क्रिएट गर्दै वा एरर (error) वा चाहिएको आउटकम (desired outcome) बारेका कन्डिशनहरू लेखेर कोड त्रुटिहरू (code errors) ठीक गर्न सकिन्छ ।

कोड डेभलपरलाई कोडले कसरी काम गर्छ र बगहरू पहिचान (identify) गर्न मद्दत गर्न सक्छ भनेर जान्नको लागी चाहिने सामान्य भाषाका शब्दहरू लेख्न सकिन्छ ।

परीक्षण केसहरू (test cases) क्रिएट गर्दै तुरुन्तै स्पष्ट नहुन सक्ने बगहरू (bugs) पहिचान गर्न मद्दत गर्न सक्छ । .

च्याटजिपिटि राम्रो डिबगिङ्ग साथी (debugging companion) हुन सक्छ; यसले बगको व्याख्या मात्र गर्दैन, समाधान र त्यसको व्याख्या पनि गर्दछ ।

सर्च ईन्जिन

सर्च इन्जिन मार्केटमा गुगलसँग लगभग कसैले जित्न सक्दैन । तर च्याटजिपिटि आएपछि गुगलका लगानीकर्तालाई समेत निद्रा लाग्न छाडेको छ । 

न्युयोर्क टाइम्सको भर्खरको अन्तर्वार्ताका अनुसार, गुगलको व्यवस्थापन टोली च्याटजिपिटिले आफ्नो प्रभुत्व र सर्च इन्जिनको रूपमा बजार साझेदारीलाई चुनौती दिन सक्ने सम्भावनाका कारण उच्च सतर्कतामा रहेको बताइएको छ।

त्यसकारण अब गुगलले आफ्नो सर्च इन्जिनमा च्याटजिपिटिजस्तै एआइको प्रयोग गर्ने रणनीतिमा पुगिसकेको खबर पनि आइसकेको छ ।

बजारको अनुसन्धान र विश्लेषण

च्याटजिपिटि डाटा विश्लेषण गर्न र परिणामहरू (consequences) भविष्यवाणी गर्न माहिर छ। त्यसकारण बजार अनुसन्धान विश्लेषकहरू च्याटजिपिटिले ल्याउने परिवर्तन देखेर गम्भीर रूपमा चिन्तित हुन सक्छन्।

च्याटजिपिटि  डाटा सङ्कलन गर्न, त्यो डाटा भित्रको ट्रेन्ड पहिचान गर्न, र त्यसपछि तिनीहरूले प्रभावकारी मार्केटिङ अभियान डिजाइन गर्न वा विज्ञापन कहाँ राख्ने निर्णय गर्न साह्रै उपयोगी छ।

एप डेभलप गर्न

सामाजिक सञ्जालमा हेर्दा, कतिपयले च्याटजिपिटिलाई एप बनाउनको लागि कोड सोधे, र अच्चम्म त के भने, यसले साँच्चिकै बनाइदियो ! 

च्याटजिपिटिले कोडको उदाहरण पनि दियो जुन एक विशेष कामको लागि प्रयोग गर्न सकिन्छ। 

यसले एप डेभलपको लागि सामान्य सुझावहरू पनि दिन्छ; यद्यपि तपाईँले यसमा केही थपथाप वा काँटछाँट गरेर र टेष्ट गरेर मात्र प्रयोग गर्नुपर्छ ।

ईमेल वा लेटर लेख्न

ChatGPT ले इमेलहरू र जस्तो पनि लेटरहरू रचना गर्न सक्छ। 

कतिपयले च्याटजिपिटिलाई रेडिमेड इमेलहरू कम्पोज गर्न भनेका थिए र लगभग भनेकै जस्ता इमेलहरू वा लेटरहरू पनि यसले लेखिदियो। 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.