Tecno Spark 7T – विवरण, नेपाली मुल्य र उपलब्धता

tecno spark 7t

Infinix ब्रान्ड सँगै Tecno ब्रान्डका मोबाइल फोनहरु पनि बिस्तारै चर्चित हुने क्रम बढ्दो छ। यी दुवै ब्रान्डको खासियत भनेको यी दुवै ब्रान्डले कम बजेट सेग्मेन्टको लागि राम्रा मोबाइल फोनहरु उत्पादन गर्ने गरेका छन् र रियलमी र रेड्मी जस्ता ब्रान्डहरुलाई पनि चुनौती दिने गरेका छन्।

केहि अगाडि पनि Infinix ब्रान्डका Infinix HOT 30iInfinix SMART 7 Plus गरी दुईवटा मोबाइल फोनहरु नेपालमा प्रवेश गरेका थिए। तर Tecno ब्रान्डका नयाँ फोनहरु पनि नेपाल भित्रिने क्रम जारी नै छ।

यस आर्टिकलमा भने हामीले Tecno Spark 7T मोबाइल फोनको बारेमा चर्चा गरेका छौँ। सोहि फोन हामीले नेपालमा २० हजार मुनिका १० उत्कृष्ट मोबाइल फोनहरु भन्ने आर्टिकलमा पनि समावेश गरेका थियौँ। यस आर्टिकलमा यस मोबाइलको सामान्य ओभरभ्यु (General Overview), मुल्य र उपलब्धताको बारेमा विस्तृत जानकारी दिइएको छ।

Tecno Spark 7T को विशेषताहरु

डिमेन्सन र वजन (Dimension and Weight)१६४.८२ x ७६.०५ x ९.५२ मिलिमिटर
डिस्प्ले (Display)६.५२ इन्च IPS LCD डिस्प्ले प्यानल, डट नच स्क्रिन, HD+ (1600x720p) रेजोल्युसन
प्रोसेसर (Processor)Mediatek Helio G35
सिपियु र जिपियु (CPU and GPU)Octa-core@2.3 GHz CPU, PowerVR GE8320 GPU
ओएस र युआई (OS and UI)Android 11, HiOS 7.6 UI
ब्याक क्यामेरा (Back Camera)डुवल क्यामेरा सेटप (48 MP AI मेन क्यामेरा, सेकन्डरी क्यामेरा, क्वाड फ्लास)
फ्रन्ट क्यामेरा (Front Camera)8 MP सेल्फि क्यामेरा, डुवल फ्लास
मेमोरी र स्टोरेज (Memory and Storage)४ जिबि RAM मेमोरी र ६४/१२८ जिबि इन्टर्नल मेमोरी छुट्टै मेमोरी कार्ड स्लट उपलब्धeMMC 5.1 स्टोरेज 
ब्याट्रि र चार्जिङ (Battery and Charging)6000 mAh ब्याट्रि
अन्य फिचरहरु (Other Features)डुवल सिम (न्यानो सिम), ब्याक फिङ्गरप्रिन्ट रिडर, 4G नेटवर्क कनेक्टिभिटि, सिङ्गल स्पिकर, ३.५ मिलिमटर हेडफोन ज्याक

बिल्ड र डिजाइन (Build and Design)

डिजाइनको कुरा गर्ने हो भने यस मोबाइलको डिजाइन धेरै सरल छ। त्यसैले यो कसैलाई ठिक लाग्छ सक्छ त कसैलाई नराम्रो। यस मोबाइल फोनको समग्र बिल्ड क्वालिटिको कुरा गर्ने हो भने यहाँ तपाईँहरुले अगाडिको भागमा ग्लास, छेउको लागि प्लास्टिक फ्रेम र पछाडिको भागमा प्लास्टिक बिल्ड पाउनुहुनेछ। 

यहाँ अगाडिको भागमा डट नच स्क्रिन डिस्प्ले रहेको छ भने पछाडिको भागमा दुईवटा क्यामेरा मोड्युल (module) समावेश गरिएको छ। यसको पछाडि रहेको प्लास्टिक फ्रेममा तपाईँहरुले 3D स्ट्राइप डिजाइन भेट्नुहुनेछ जसमाथि ठुलो अक्षरमा Tecno SPARK लेखिएको देख्नुहुनेछ जुन मोबाइलको कलरसँगै मिसिएको हुन्छ। 

यस बाहेक यस मोबाइलको पछाडिको फ्रेममा क्यामेरा मोड्युलको दायाँ साइडमा फिङ्गरप्रिन्ट स्क्यानर अवस्थित रहेको छ। यस मोबाइलको कलर भेरियन्टको कुरा गर्ने हो भने यो मोबाइल जिवेल ब्लु (jewel blue), नेबुला ओरेन्ज (nebula orange) र म्याग्नेट ब्लाक (magnet black) गरी तीनवटा कलर भेरियन्टमा उपलब्ध छ।

डिस्प्ले (Display)

यस मोबाइलमा ६.५ इन्चको IPS LCD डिस्प्ले समावेश गरिएको छ जुनले HD+ रेजोल्युसन अफर गर्छ। यस मोबाइलको प्राइस रेन्जको लागि AMOLED डिस्प्ले पाउन गार्है छ जस कारण यसको लागि IPS LCD स्क्रिन निकै राम्रो छ। तर यस सेग्मेन्टको लागि FHD डिस्प्ले समावेश गर्न सकिन्थ्यो।

पर्फमेन्स र मेमोरी (Performance and Memory)

यस मोबाइल फोनमा Mediatek Helio G35 चिपसेट समावेश गरिएको छ जुन यस बजेट सेग्मेन्टको लागि पनि त्यति राम्रो चिपसेट भने हैन। मुल्य अनुसार यस फोनको लागि अझै राम्रो प्रोसेसर समावेश गर्न सकिन्थ्यो। 

यस मुल्यको लागि यो चिपसेट त्यति आकर्षक नहोला तर यस प्रोसेसरबाट दैनिक कार्यहरु सम्हाल्न त्यति अप्ठ्यारो पक्कै हुने छैन। यो चिपसेट १२ न्यानोमिटर (12nm) फेब्रिकेसनबाट तयार पारिएको हो। यस चिपसेटले चारवटा Cortex-A53@2.3 GHz कोर र अर्को चारवटा Cortex-A53@1.8 GHz कोर गरी ८ वटा कोर अर्थात् अक्टा कोर सिपियु अफर गर्छ। जिपियुको लागि यहाँ PowerVR GE8320 GPU समावेश गरिएको छ।

मेमोरीको अपसनको लागि यहाँ तपाईँहरुले ४ जिबि RAM र ६४ जिबि इन्टर्नल स्टोरेज भेट्न सक्नुहुनेछ। स्टोरेजको लागि तपाईँहरुले यहाँ थप eMMC 5.1 स्टोरेज सिस्टम भेट्नुहुनेछ। २ वर्ष अगाडि रिलिज भएको हुँदा तपाईँहरुले यसमा Android 11 अपरेटिङ सिस्टम भेट्नुहुनेछ जुनलाई HiOS 7.6 युजर इन्टरफेसले सपोर्ट गरेको छ। 

क्यामेरा (Camera)

क्यामेराको कुरा गर्दाखेरी यहाँ पछाडिको भागमा तपाईँहरुले क्वाड फ्लास सहित ४८ मेगापिक्सल सहितको एआई (AI) डुवल क्यामेरा सेटप पाउनुहुनेछ भने अगाडिको लागि यहाँ डुवल फ्लास सहितको ८ मेगापिक्सलको सिङ्गल सेल्फि क्यामेरा उपलब्ध रहेको छ।

क्यामेरा फिचरको लागि यहाँ तपाईँहरुले स्माइल स्न्यापसट (smile snapshot), भिडियो बोके (video bokeh) लगायत अन्य फिचरहरु भेटिनेछ। भिडियो रेकर्डिङको कुरा गर्ने हो भने यहाँ तपाईँहरुले फ्रन्ट र ब्याक क्यामेराको लागि 1080p सम्मको भिडियो रेकर्डिङको अपसन पाउन सक्नुहुनेछ।

ब्याट्रि र अन्य स्पेसिफिकेसन (Battery and Other Specifications)

ब्याट्रिको लागि यहाँ 6000 mAh को ब्याट्रि समावेश गरिएको छ जसकारण तपाईँहरुले ब्याट्रि सकिने चिन्ता लिनु पर्ने छैन। चार्जिङ सपोर्ट यहाँ नतोकिएतापनि आंकलन अनुसार यो ब्याट्रि चार्ज गर्नलाई यहाँ १० वाट (10 watt) को वायर्ड चार्जिङ सपोर्ट उपलब्ध गराइएको छ।

अडियोको कुरा गर्ने हो भने यहाँ तपाईँहरुले एउटा सिङ्गल स्पिकर पाउनुहुनेछ भने वायर्ड इयरफोनको लागि ३.५ मिलिमिटर हेडफोन ज्याक पनि यहाँ समावेश गरिएको छ।

कनेक्टिभिटिको लागि यहाँ तपाईँहरुले 4G नेटवर्क कनेक्सन सपोर्ट पाउनुहुनेछ भने अन्य कनेक्टिभिटि सपोर्टको लागि Wi-Fi 802.11 b/g/n, Bluetooth, GPS, Micro USB 2.0 चार्जिङ पोर्ट, OTG, रेडियो आदि यहाँ उपलब्ध रहेका छन्। यहाँ सिम कार्डको लागि तपाईँहरुले दुईवटा न्यानो सिम कार्ड स्लट भेट्नुहुनेछ र एक्सटर्नल मेमोरी कार्डको लागि छुट्टै मेमोरी कार्ड स्लट पनि भेट्नुहुनेछ। 

मुल्य र उपलब्धता (Price and Availability)

यस फोनको ४/६४ जिबि भेरियन्टलाई दराज ई-कमर्स वेबसाइटमा रु. १६,९९९ मुल्य अंकित गरिएको छ भने यसको ४/१२८ जिबिको माथिल्लो भेरियन्टलाई दराजमा रु. १७,९९० मुल्य तोकिएको छ। दराज (Daraz) जस्तटा अनलाइन ई-कमर्स प्लाटफर्म र Tecno का आधिकारिक विक्रेताहरु मार्फत् तपाईँहरुले यो मोबाइल फोन खरीद गर्न सक्नुहुनेछ।

मोबाइल भेरियन्ट (Mobile Variant)मुल्य (Price)उपलब्धता (Availability)
४ जिबि RAM र ६४ जिबि स्टोरेजरु. १६,९९९दराज (daraz)
४ जिबि RAM र १२८ जिबि स्टोरेजरु. १७,९९० दराज (daraz)

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.