टेक्नो ब्रान्डको नयाँ इन्ट्री-लेवल स्मार्टफोन “टेक्नो स्पार्क गो” नेपालमा उपलब्ध

Tecno Spark Go Price in Nepal

चिनियाँ स्मार्टफोन निर्माता टेक्नो मोबाइलले आफ्नो नयाँ इन्ट्री-लेवल स्मार्टफोन “स्पार्क गो” नेपाली बजारमा लन्च गरेको छ। यस लेखमा हामी उक्त मोबाइलको विशेषता, डिस्प्ले डिजाइन, पर्फमेन्स, लगायत नेपालमा पर्ने मूल्यको (Tecno Spark Go Price in Nepal) बारेमा कुरा गर्ने छौ।

टेक्नो स्पार्क गो’ विस्तृतमा:

यस स्मार्टफोनको डिस्प्ले र डिजाइनको कुरा गर्नु पर्दा, यहाँ तपाइले छड्के प्याटर्न भएको स्टाइलिस टेक्स्चर डिजाइन सँगै पछाडि स्क्वायर आकारको क्यामेरा आइल्याण्ड र फिंगरप्रिन्ट सेन्सर देख्न सक्नु हुन्छ। साथै अगाडि डिस्प्लेमा ७२० x १६१२ पिक्सल रिजोल्युसन र ४८० निट्स ब्राइटनेसको साथ ६.६ इन्च एलसीडी प्यानल पाउन सकिन्छ। 

यस्तै यसको उचाइ जम्मा १६३.८६ एमएम रहेको छ भने, चौडाइ र मोटाइ क्रमशः ७५.५१ एमएम र ८.९ एमएम रहेको छ। यससँगै स्मार्टफोनमा ब्ल्याक, ब्लु र पर्पल गरि तीनओटा कलर अपशनहरु पनि दिएको छ। 

त्यस्तै पछाडि क्यामेरामा, हामीले १३ मेगापिक्सलको प्राइमरी लेन्सको साथमा “एआई क्यामेरा” र डुअल फ्ल्यास सहितको डुअल क्यामेरा सेटअप पाउँछौँ। साथै फ्रन्ट साइडमा भिडिओ कल र सेल्फीको लागि वाटरड्रप नचमा ५ मेगापिक्सलको सेल्फी क्यामेरा पनि पाउन सक्छौ। 

पर्फमेन्सकाे लागि भने स्मार्टफोनमा मीडियाटेक हेलियो ए२२ प्रोसेसर जडान गरिएको छ। यो प्रोसेसर १२ एनएम फेब्रिकेसन प्रक्रिया प्रयोग गरेर निर्माण गरिएको क्वाड-कोर भएको इन्ट्री-लेवल चिपसेट हो। यससँगै फोनमा ४ जीबी र्याम दिएको छ र यसलाई भर्चुअल र्याम मार्फत थप ३ जीबी बढाउन पनि सकिन्छ। साथै स्टोरेजमा ६४ जीबी पाउछौ भने स्टोरेज बढाउन माइक्रोएसडी कार्ड स्लट पनि रहेको छ। 

यस्तैगरि फोनमा अपरेटिङ सिस्टममा एन्ड्रोइड १२ र युजर इन्टरफेसको लागि भने हाइओएस १२ पाउन सकिन्छ। ब्याट्रीमा भने यहाँ १० वाट वायर्ड चार्जिङ सपोर्टको साथ ५०००mAh ब्याट्री जडान गरिएको छ। यसबाहेक फोनमा वाइफाइ २.४GHz , ब्लुटुथ भी५.०, ३.५ एमएम हेडफोन ज्याक, फिङ्गरप्रिन्ट सेन्सर जस्ता अन्य थुप्रै फिचरहरू पनि समावेश गरिएको छ। 

“टेक्नो स्पार्क गो” को बिशेषता (Specifications):

डिस्प्ले (Display)६.६ इन्च एलसीडी प्यानल, ४८० निट्स ब्राइटनेस
रिजोल्युसन(Resolution)७२० x १६१२ पिक्सल (HD+)
प्रोसेसर (Processor)मीडियाटेक हेलियो ए२२ (१२ एनएम)
ओएस र युआई (OS and UI)एनड्रोइड १२ (HiOS 12)
क्यामेरा (Camera)१३ मेगापिक्सल एआइ डुअल क्यामेरा
फ्रन्ट क्यामेरा (Front Camera)५ मेगापिक्सल 
मेमोरी र स्टोरेज (Memory and Storage)४ जीबी + ३ जिबि र्याम, ६४ जीबी स्टोरेज (माइक्रोएसडी कार्ड)
ब्याट्रि र चार्जिङ (Battery and Charging)५०००mAh ब्याट्रि, १०वाट वायर्ड चार्जिङ 
अन्य फिचर (Other Features)वाइफाइ २.४GHz , ब्लुटुथ भी५.०, ३.५ एमएम हेडफोन ज्याक, फिंगरप्रिन्ट सेन्सर 
कलर अपशन (Color Options)ब्ल्याक, ब्लु, पर्पल

मूल्य र उपलब्धता (Tecno Spark Go Price in Nepal and Availability)

“टेक्नो स्पार्क गो” को मूल्य नेपालमा रु ११,९९० तोकिएको छ भने यसलाई तपाइले विभिन्न ई–कमर्स साइट र नेपालका आधिकारिक स्टोरहरूबाट किन्न सक्नुहुन्छ।

टेक्नो स्पार्क गोनेपालमा मुल्य (Tecno Spark Go Price in Nepal)
४/६४ जीबी रु ११,९९०

यो पनि पढ्नुहोस्ः

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.