अल्टिमा अनलाइन मेला: एक को डबल र फ्ल्याट २५% छुट

Ultima Online Mela

अल्टिमाले आफ्नो एक्सचेन्ज मेलाको अत्यधिक सफलता पछि, फेरी पनि “अल्टिमा अनलाइन मेला” नाम गरेको नया क्याम्पेन लाएको छ। यो क्याम्पेनको समय अवधि भने असोज ३ देखि असोज ९ गते सम्म रहने छ। यस्तै क्याम्पेनको मुख्य आकर्षण भनेको, यहाँ तीनवटा डिलहरू उपलब्ध छन्: तपाइले ‘एक को डबल’, ‘डबल को ट्रिपल’ र फ्ल्याट २५% छुट । साथै क्याम्पेनमा भाग लिन तपाई स्टोरमा जानु पर्दैन तपाइले सजिलै अल्टिमाको नयाँ वेबसाइट www.ultima.com.np मा समान खरिद गर्न सक्नु हुन्छ।

‘एक को डबल’ अफर:

यो अफर अन्तर्गत तपाइले अल्टिमाको एटम ५२० र एटम ३२० मध्ये कुनै पनि इयरबडहरू खरिद गर्दा, उही प्रोडक्ट निःशुल्क प्राप्त गर्नुहुनेछ। अफरचाई असोज ३ र ४ गते बिहान ९ बजेदेखि ११ बजे र बेलुका ६ बजेदेखि बेलुका ८ बजेसम्म मात्र २ दिनका लागि उपलब्ध छ । र ध्यान दिनु पर्ने कुरा, तपाइले यो अफर लिनका लागि IMEPay डिजिटल वालेट प्रयोग गरेर भुक्तानी गर्नुपर्छ।

यो पनि पढ्नुहोस्ः

‘डबल को त्रिपल’ अफर:

यस्तै अल्टिमाको अर्को अफर रहेको छ ‘डबल को त्रिपल’, अर्थात् यहाँ तपाइले अल्टिमाको आधिकारिक वेबसाइटबाट कुनै पनि दुईओटा समान प्रोडक्ट खरिद गर्दा एउटा नि:शुल्क प्राप्त गर्न सक्नुहुन्छ। यो अफर असोजको ६ देखि ९ गते सम्म, बिहान ९ बजे देखि ११, दिउँसो १ बजे देखि ३, र बेलुका ६ बजे देखि ८ बजे सम्म गरि तीनओटा विशिष्ट समय स्लटहरूमा प्राप्त गर्न सकिन्छ। साथै अफर लिनको लागि eSewa पर्योग गरेर भुक्तान गर्नु पर्ने हुन्छ। 

सम्पूर्ण सामानमा 25% छुट:

यो क्याम्पेनको अन्तिम अफर अन्तर्गत ग्राहकले क्याम्पेन अवधिभर गरेको प्रत्येक अर्डरमा फ्ल्याट २५ प्रतिशत छुट पाउनेछन्। 

प्रि लन्च अफर !

यसबाहेक असोज १ गते साँझ ५ बजे देखि ८ बजेसम्म अल्टिमाले प्रि लन्च अफर पनि राखेको छ जसमा ‘एक को डबल’ अफर अन्तर्गत तपाइहरुले कहिँ लिमिटेड एडीशन किटहरु खरिद गर्न सक्नु हुन्छ ।

यो पनि पढ्नुहोस्ः

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.