आकर्षक डिजाइन, ६ जीबी र्यामका साथ Vivo Y27 4G स्मार्टफोन नेपाली बजारमा

Vivo Y27 4G Price in Nepal Specifications Availability Where to buy

भिभोले नेपाली मार्केट छिट्टै आफ्नो नया मिड-रेन्ज स्मार्टफोन Vivo Y27 4G लन्च गर्ने भएको छ । निक्कै आकर्षक डिजाइन भएको यो फोन जुलाईमा इंडियामा सार्वजनिक गरिएको थियो भने कम्पनीले यो स्मार्टफोन नेपालमा लन्च गरेको छ। यो आर्टिकलमा हामी भिभो वाई २७ फोरजी को नेपालमा पर्ने मूल्य (Vivo Y27 4G Price in Nepal) र विशेषता को बारेमा कुरा गर्ने छौ । 

भिभो वाई २७ फोरजी विस्तृतमा

स्मार्टफोनको डिजाइनको कुरा गर्दा, भिभोले यहाँ निक्कै आकर्षक देखिने प्लास्टिक ब्याक प्यानल युज गरेको  छ । ब्याक क्यामेराका लागि तपाइले यहाँ दुई वोटा कटआउट पनि पाउनुहुन्छ जहाँ ५० मेगापिक्सेलको मुख्य क्यामेरा र २ मेगापिक्सेलको डेप्थ सेन्सर छ । सेल्फ़िका लागि भने कम्पनीले ८ मेगापिक्सेलको क्यामेरा दिएको छ ।

Vivo-Y27-4G-Design

यो पनि पढ्नुहोस्ः

त्यस्तै, भिभो वाई २७ ४जीमा ९० हर्ज रिफ्रेस रेट भएको ६.६४ इन्च आईपीएस एलसीडी डिस्प्ले दिएको छ । स्मार्टफोनको सम्पुर्ण कार्य धान्नका लागि तपाइले यहाँ मिडियाटेकको हेलियो जी८० प्रोसेसर पाउनु हुन्छ । यो प्रोसेसरले दैनिक क्रियाकलाप र मिडियम सेटिंग मा पब्जी जस्ता ग्याम खेल्नका लागि पर्याप्त हुन्छ । तर, निक्कै ह्यावी काम गर्नका लागि भने यो प्रोसेसर त्यति राम्रो विकल्प भने होइन । 

स्मार्टफोन को अरु विशेषता को बारेमा कुरा गर्दा तपाइले यहाँ ५०००mAh को ब्याट्री सहित ४४ वाट को फास्ट चर्गिंग पाउनु हुन्छ । कम्पनीका अनुसार फोन १५ मिनेटमै ३० प्रतिशत चार्ज हुन्छ ।

यो पनि पढ्नुहोस्ः

मूल्य र उपलब्धता (Vivo Y27 4G Price in Nepal and Availability)

भिभो वाई २७ ४जी फोनको ६/१२८ जीबीको मूल्य नेपालमा रू २३,९९९  तोकिएको छ । यो फोन तपाइले आफ्नो नजिकै को मोबईल पसलमा गएर किन्न सक्नु हुन्छ ।

भिभो वाई २७ फोरजी नेपालि मूल्य
६/१२८ जीबी रू २३,९९९ 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.