प्रि-बूकिंगका लागि उपलब्ध अल्टिमा वाच म्याजिक प्रो

Watch Magic Pro Price in Nepal

अल्टिमाले छिट्टै आफ्नो दुईओटा नयाँ स्मार्टवाच वाच म्याजिक प्रो र वाच सर्कल नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ। यस लेखमा भने हामी तपाईलाई वाच म्याजिक प्रो को विशेषता, डिस्प्ले डिजाइन, पर्फमेन्स, लगायत नेपालमा पर्ने मुल्यको (Watch Magic Pro Price in Nepal) बारेमा कुरा गर्नेछौ। 

वाच म्याजिक प्रो विस्तृतमा:

वाच म्याजिक प्रो को डिस्प्लेको कुरा गर्दा, यहाँ ३२० x ३८६ पिक्सेलको रिजोल्युसनको साथ ५०० निट्स सम्मको ब्राइटनेस भएको ठूलो १.९६-इन्च अल्ट्रा भी यु स्मूथ एचडी डिस्प्ले दिएको छ। जसमा सजिलै र स्पष्टसंग  नोटिफिकेन लगाएत अन्य डेटाहरु घडीको स्क्रीनमा हेर्न मिल्ने छ। 

यस्तै घडीमा प्रयोगकर्ताले छुट्याउन मिल्ने सिलिकन र स्टेनलेस स्टिल रिस्ट स्ट्र्याप पनि पाउनु हुने छ। साथै यो घडी ब्ल्याक, सिल्भर र पिंक गरी तिनओटा कलर अपशनहरुमा आउछ। त्यस्तै धुलो र पानीबाट जोगाउनको लागि कम्पनिले आईपी ६८ को रेटिङ् पनि दिएको छ ।

त्यस्तै यहाँ हेल्थ ट्र्याकिङको लागि टियानी हेग्जिन HX3605 सेन्सर जडान गरिएको छ, जसबाट SpO2 र अक्सिजन स्तरहरू लगायत विभिन्न स्वास्थ्य संग सम्बन्धित कुराहरुको निगरानी गर्न सकिन्छ। साथै १०० भन्दा बढी स्पोर्ट्स मोडहरूबाट कसरतहरू गर्न र आफ्नो फिटनेसको समग्र विश्लेषणहरु हेर्न पनि सक्नु हुन्छ। 

त्यसैगरि यस घडीमा बिल्ट-इन माइक्रोफोन र स्पिकर जडान भएको छ, जसको सहायताले ब्लुटुथ कलिङ सुविधाको फाइदा लिन्न सकिन्छ। यसबाहेक यसमा बोलेर विभिन्न कार्यहरू नियन्त्रण गर्न एआई भ्वाइस असिस्टेन पनि सुबिधा रहेको छ। 

साथै घडीबाट म्युजिक प्लेब्याक नियन्त्रण गर्ने, क्यामेराको रिमोटको रूपमा काम गर्ने, फोन एपहरूबाट सूचनाहरू सिंक गर्ने, रिमाइन्डरहरू सेट गर्ने जस्ता थुप्रै कामहरु गर्न सकिन्छ। यससंगै वाच म्याजिक प्रो को ब्याट्रि लाइफको कुरा गर्दा, तपाइले यसमा २३०mAh को ब्याट्रि पाउनु हुन्छ र बूस्ट चार्ज फिचरको सहायताले १० मिनेटमा दिन भरिलाई पुग्ने चार्ज गर्न सक्नु हुन्छ। 

वाच म्याजिक प्रो को बिशेषता:

डिस्प्ले (Display)1.96″ UltraVU HD Display, 2.5D Curved Glass, ५०० निट्स ब्राइटनेस
Builtप्रेमियम जिङ्क एलोय फ्रेम, सिलिकोन र स्टेनलेस स्टिल  रिस्त स्ट्राप 
आईपी रेटिंग (IP Rating)आइपी ६८
कनेक्टिभिटि (Connectivity)ब्लुटुथ V५.३
हेल्थ फिचर (Health Features)हार्ट रेट, spO2, स्लिप मोनीटरिंग, फिमेल हेल्थ ट्रयाकिङ्, स्ट्रेस मोनीटरिंग, मल्टीपल स्पोर्ट्स मोड, ड्रिंगकिङ्ग वाटर 
Sports mode१००+
एप्प (Companion App)DaFit App
ब्याट्रि लाइफ (Battery Life)२३०mAh
कलर (Color) ब्ल्याक, सिल्भर र पिङ्क 

मूल्य (Watch Magic Pro Price in Nepal and Availability)

अल्टिमाले वाच सर्कल जस्तै वाच म्याजिक प्रो पनि यहि असोज १७ गते बाट आधिकारिक रुपमा खरिदको लागि उपलब्ध गराउने भएको छ तर यो असोज १४-१६ गते सम्म प्रि-बूकिंगको लागि उपलब्ध हुने भएको छ, जहाँ तपाइले यो घडी जम्मा रु. २,९९९ मा खरिद गर्न सक्नु हुन्छ। यस स्मार्टवाचको आधिकारिक मूल्य भने रु. ४,९९९ तोकिएको छ। 

यो वाच तपाईले अल्टिमाको वेबसाइट वा दराज जस्तो विभिन्न ई-कमर्स साइटबाट प्राप्त गर्न सक्नु हुनेछ भने अफलाइन स्टोर हुकुट वा निओ स्टोरबाट पनि खरिद गर्न सक्नु हुन्छ। 

स्मार्ट वाच अफर मूल्य ( Offer Price )नेपालमा आधिकारिक मुल्य (Watch Circle Pro Price in Nepal)
वाच म्याजिक प्रोरु. २,९९९रु. ४,९९९

यो पनि पढ्नुहोस्ः

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.