शाओमीले हालै चिनमा गरेको शाओमी लन्च २०२३ इभेन्ट्समा मिक्स फोल्ड ३, प्याड ६ म्याक्स , र ब्यान्ड ८ प्रो जस्ता प्रोडक्टसंगै बायो-इन्सपायर्ड क्वार्डड्रप रोबोट, “साइबरडग-२” पनि अनावरण गरेको छ। उक्त रोबोट २०२१ मा रिलीज गरिएको “साइबरडग” भन्दा अझै एडवांस र इन्टेलिजेन्ट हुने बताइएको छ भने जीवित बस्तु जस्तै प्रतिक्रिया पनि दिन सक्छ।
यसको शरीरको डिजाइन हेर्दा डोबरम्यान कुकुरसंग मिल्न जान्छ। टाउकोको दुवै छेउमा भएको साना कान र यसको शरीरको बनावटले गर्दा, यो अघिल्लो पुस्ताको तुलनामा हेर्दा वास्तविक कुकुर जस्तो देखिन्छ। त्यस्तै, जम्मा ८.९ किलो तौल र ३६.७ सेन्टिमिटर उचाई भएको यो साइबर डग २ आफ्नो पछिल्लो पुस्ताको साइबर डग भन्दा पनि सानो र हलुका छ।
यो पनि पढ्नुहोस्ः
- एक लाख पैँसट्ठी हजारमा शाओमीको नयाँ फोल्डेबल फोन सार्वजनिक, के के छ विशेषता?
- “कर्भ डिस्प्ले” भएको मोटोरोलाको नया फोन “मोटो एज ४०” नेपालमा छिटै आउदै
- ‘पोको एमसिक्स प्रो’ फाइभजी स्मार्टफोन सार्वजनिक, यस्ता छन् विशेषता
शाओमीले यस रोबोटमा आफैले विकास गरेको साइबरगियर माइक्रो-एक्चुएटर प्रबिधि समाबेश गरेको छ। यी एक्चुएटरहरूले रोबोटलाई स्थिर हुनका साथै थप फुर्तिलो अनि अफ्ठ्यारो ठाउँहरुमा हिन्न र ब्याकफ्लिपहरू जस्ता कार्य प्रदर्शन गर्न सक्षम बनाउँदछ। त्यस बाहेक रोबोटमा भएको फ्युजन सेन्सिङ र डिसिजन मेकिङ्ग सिस्टम जस्त्तो एडभान्स प्रबिधिले गर्दा रोबोटले इशाराबाट अन्तरक्रिया गर्ने, आवाजबाट नियन्त्रण हुने, अवरोधबाट जोगिने र अनुहार पहिचान गर्ने जस्तो फिचर पनि समर्थन गर्दछ।
साइबरडग २ लाई शाओमीले सकेसम्म ओपनसोर्समा आधारित भएर डिजाइन गर्ने प्रयास गरेको छ। अर्थात् शाओमीले डेभलपरहरुलाइ आकर्षित गर्ने योजनाको साथ यहाँ पूर्ण रुपमा कस्टमाइज गर्न मिल्ने सुबिधा दिएको हुन् । यो रोबोटको मूल्य भने चिनियाँ युआन १२,९९९ राखेको छ जसलाई नेपाली दुई लाख चालीस हजार पर्न जान्छ। यो रोबोट प्रविधि प्रेमी र ओपनसोर्स भएको हुदा डेभलपरहरुको लागि उत्तम हुनेछ।
- एनड्रोइड फोनमा ब्लोटवेयर कसरि हटाउने भनेर हेर्न: