अति उपयोगी हुन सक्छन् यी ५ फ्री आइफोन अ्यापहरू

5-best-iphone-apps

एप्पलको एप स्टोरमा झण्डै बीस लाख एपहरू छन् र तीमध्ये सित्तैमा उपलब्ध अ्यापहरूले ठिकै हिस्सा ओगटेका छन् । डाउनलोड गर्न लायकका अ्यापहरूको सङ्ख्या सानो अंशमा मात्र छ । त्यसमाथि राम्रो, उपयोगी तर फ्री अर्थात् सित्तैमा उपलब्ध एपहरू पाउन गाह्रै छ ।

हामीले यहाँ आइफोनमा तपाईंलाई उपयोगी हुने राम्रो प्रशंसा पाएका ५ अ्यापहरूको बारेमा बताउँदैछौँ । यिनीहरूको बारेमा तपाईंलाई आजसम्म थाहा नभएको पनि हुनसक्छ वा हुन पनि सक्छ । थाहा नभएको वा डाउनलोड नगर्नुभएको भए एकपटक गर्नुस् , तपाईलाई त्यसको उपयोगीताले छाड्नै मन नलाग्ने बनाउन सक्छ । 

अप एहेड (Up Ahead: Countdown Widgets)

अप एहेडले तपाईलाई आफ्नो जिन्दगीका महत्वपूर्ण कुराहरू सम्झाउने काम गर्छ । हुन त आइफोनको क्यालेण्डर एपमै यस्तो खालको फिचर नभएको हैन तर अप एहेड धेरै कुरामा उत्कृष्ट छ । 

यसमा तीनवटा घटना (event) वा कार्यक्रम राख्न मिल्छ र हरेकमा तपाईले चाहेकै नाम, मिति, आइकन र रङ हाल्न मिल्छ । यदि यो एपले कुनै शब्द खुट्यायो भने यसले तपाईलाई ब्याकग्राउण्डमा प्याट्टर्न (background pattern) राख्नको लागि आह्वान समेत गर्छ। 

त्यसपछि ती घटनाहरू तपाईँले पछ्याउन मिल्ने गरी रङ्गीन टाइमलाइनको रुपमा देखापर्छ र त्यसलाई तपाईँले विजेट (widget) को रूपमा होमस्क्रीनमा पनि राख्न सक्नुहुन्छ । 

पैसा तिर्नुभयो भने त झन् जति पनि घटनाहरू र धेरै आइटमहरू विजेटमा राख्न सक्नुहुन्छ । पैसा तिरे पनि र नतिरे पनि यो अप एहेड अ्याप तपाईलाई चाहिने महत्वपूर्ण अ्याप हो ।

डबलटेक (DoubleTake)

डबलटेकले तपाईंको एउटै आइफोनमा भएका क्यामराहरूलाई एकैचोटी वा सँगसँगै प्रयोग गर्न मिल्ने सुविधा दिएर फोनलाई धेरै क्यामरा भएको स्टुडियोजस्तो बनाइदिन्छ। 

XS/XR वा त्योभन्दा नयाँ आइफोनहरू, जसमा यो एप चल्छ, मा एउटै कुरालाई दुइटा फोकल लेन्थ (focal length) मा पनि खिच्न सक्नुहुन्छ । साथै अगाडि र पछाडिका क्यामराहरूमध्यै एउटाबाट फोटो र अर्कोबाट प्रतिक्रिया क्याप्चर पनि गर्न सक्नुहुन्छ । 

डिफल्टमा चाहिँ यसले “डिस्क्रीट” सेटअप गरेको हुन्छ जसमा तपाईंले पिक्चर-इन-पिक्चर (picture-in-picture) प्रयोग गर्न सक्नुहुन्छ र यसले दुईटा छुट्टाछुट्टै भिडयो सेभ गरेर पछि छुट्टै एडिट गर्न मिल्छ । 

तर तपाईंले मूख्य भिडियोमा PiP shot लाई बर्न (burn) पनि गर्न सक्नुहुन्छ वा ५०/५० को स्प्लिट स्क्रीन (split screen) पनि प्रयोग गर्न सक्नुहुन्छ । 

तर यसमा केही सीमितता पनि छन् । जस्तै 4k stream दुइटा क्यामरामा एकैचोटी गर्दाखेरी आइफोन पग्लिने डर हुन्छ जसकारण यसले 1080p को भिडियो निकाल्न सक्दैन । जे भए पनि डबलटेक तपाईंले डाउनलोड गर्नुपर्ने उपयोगी एप हो ।

एडिसन मेल (Edison Mail)

तपाईंका ईमेलहरू निकै छिटो र सजिलै प्रबन्ध गर्ने उद्देश्यले बनाइएको स्मार्ट ईमेल अ्याप हो एडिसन मेल जसमा स्थायी रुपले राखिएका थुप्रै फिचरहरू हुन्छन् ।

यसमा तपाईंले प्रयोग गर्ने टूलहरूमा आफैले चाहेको जस्तो स्वाइप (custom swipe) राख्न, स्मार्ट नोटिफिकेशन सेटअप गर्न, ईमेल पठाएपछि तुरून्तै उल्टाउन (undo गर्न) र एउटै ट्यामा अनसब्सक्राइब (unsubscribe) गर्न सक्नुहुन्छ । 

यो अ्यापको मूख्य फाइदा भनेको प्राय: जुनसुकै मेल प्रदाताका खाताहरूसँग तपाईंले प्रयोग गर्न सक्नुहुन्छ । जस्तै याहु, जिमेल, आउटलुक, आइक्लाउड, हटमेल, एक्सचेन्ज इत्यादि । 

यद्यपि यसको नराम्रो पक्षहरू पनि छन् । जस्तै यो प्रयोग गर्नको लागि तपाईंले यसलाई तपाईंका ईमेलहरू पढ्ने स्वीकृति दिनुपर्छ र यससँग भएका तपाईंका सूचनाहरू तेस्रो पक्षसँग साट्ने सम्भावना पनि त्यत्तिकै हुन्छ । 

डकुमेन्ट्स (Documents: File Manager & Web)

तपाईंको फोनका सम्पूर्ण महत्वपूर्ण फाइलहरू एउटै सेन्ट्रल हब (central hub) बनाउने काम डकुमेन्ट्सले गर्छ । यसले अडियो, भिडियो सहित सबै प्रकारका फाइलहरू ह्यान्डल गर्न सक्छ । साथै स्क्यानर प्रो र स्पार्क जस्ता रियाडल (Readdle) अ्यापहरूसँग पनि मज्जाले काम गर्छ ।

तपाईंले आफ्नो कम्प्युटर, क्लाउड स्टोरेज, नजिकका डिभाइसहरू इत्यादिबाट फाइलहरू इम्पोर्ट गर्न र फोल्डर अनि रङ्गीन ट्यागहरूसँगै प्रबन्ध (म्यानेज) गर्न सक्नुहुन्छ । 

छिट्टै फाइललाई जिप वा अनजिप (zip or unzip) गर्ने, अरूसँग फाइल शेयर गर्ने र आइक्लाउड, ड्रपबक्स, गूगल ड्राइभ वा अन्य क्लाउड अकाउण्टसँग समायोजन पनि यसमा सजिलै गर्न सकिन्छ । साथै यसमा तपाईँले एउटै ठाउँबाट सजिलै फाइलहरू पढ्न, सुन्न, हेर्न वा टिप्पणी गर्न पनि सक्नुहुन्छ । 

डेबिट एण्ड क्रेडिट (Debit & Credit)

डेबिट & क्रेडिट राम्रो र सजिलो बजेट अ्याप हो जसले एउटै सजिलो ठाउँमा तपाईंका आम्दानी-खर्चका विवरणहरू ट्र्याक गर्ने काम गर्छ । साथै यसमा सजिलै विभिन्न खाताहरूमा जान पनि सकिन्छ । 

केही सेकेण्डमै नयाँ कारोबार गर्न, नियमित गइरहने ठाउँहरूको लोकेशन सेभ गर्न, भविष्यका कारोबारहरूको कार्ययोजना तयार पार्न, रिपोर्ट प्राप्त गर्न र तपाईंको खाताका विवरण अन्य प्रयोगकर्ताहरूसँग शेयर गर्न यो अ्याप तपाईं प्रयोग गर्न सक्नुहुन्छ । 

अन्य चर्चित अ्यापहरू जस्तो यसले तपाईँको ब्याङ्क अनलाइन खातासँग कनेक्ट चाहिँ गर्दैन । त्यसकारण यसमा तपाईंका कारोबार र आम्दानी-खर्चका विवरणहरूमा पूर्ण नियन्त्रण राख्न सक्नुहुन्छ । 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.