हाम्रो बारेमा

एकाइसौं सताब्दीमा आइपुग्दा विभिन्न चरण बाट प्रबिधिको विकास हुदै आएको छ। विज्ञान संगै प्रविधिको विकासले मानिसले गर्ने काम स्वचालित हुँदा यस्तो विकासले धेरैको जागिर  गुमाई दिएको पनि छ। फर्केर हेर्दा मेकानिकल युगमा हाते मेसिनको आविष्कार संगै मान्छेले बल लगाएर गर्ने काम मेसिनले खाईदिएको थियो, त्यस्तै अहिले आएर सूचना प्रविधि विकास संगै धेरै जोखिम युक्त, परिशुद्धता ( Precision) चाहिने जस्ता काम र दिमागी काम समेत कम्प्युटर प्रणाली र त्यस्तो प्रणालीमा चल्ने सफ्टवेयर र याप्सले छिटो र छरितो रुपमा गर्न थालिसकेको छ। अहिले आएर कृत्रिम बुद्धिमत्ता ( AI ) ले त झन मानिस जस्तै सोचेर जे खोजेको हो सो अनुसार हामीलाई उत्तर र  सुझावहरू दिन थालिसक्यो।

हुन त पुरानो काम विस्थापित हुदैं गर्दा सूचना प्रविधिमा नयाँ कार्यशैली र पहिले हुदैं नभएको अवसरहरू नथपिएको पनि होइन। परम्परागत कार्य पद्धति वा अवसर घट्दै जानु र अरु नविनतम् अवसर थपिदैं जानुलाइ एउटा परिस्थितिकीय-पद्दति (ecosystem) को रुपमा पनि हेर्न सकिन्छ जसले रोजगारीमा एक किसिमको सन्तुलन पनि बनाएको हुन्छ। तर यस्तो सन्तुलनको लागि हामी पनि समय संगै हाम्रो ज्ञान र विज्ञता बढाउन जरुरी छ।

TechPankti Circle logo

हामी पढ्ने, शिक्षित हुने भनेको नै आफ्नो कामलाई कुशलतापूर्वक गर्न सक्ने बन्नलाई हो भन्दा फरक नपर्ला। अहिलेको  सूचना प्रविधि युगमा सबैजस्तो विधा, ठाउँ, र काममा प्रविधि र संचार को आवस्यकता पर्ने हुदाँ  यसबारे ज्ञान र सूचना लिएर आफुलाई अद्यावधिक गरियो (Updated) गरियो भने हामीले गर्ने काममा सहजता आइ फलस्वरूप कामको राम्रो नतिजा निकाल्न सकिन्छ।

यस्तै कुरा बुझेर टेक पंक्ति मीडिया प्रा.लि. , IT कर्मी र  लगायत अरु इन्जिनियरद्वारा सूचना प्रविधिमा रुचि राख्ने आम नेपाली   र प्रविधि सम्बन्धित ज्ञान लिई आफुलाई नियमित रुपमा अपडेट बनाउनेहरुको लागि स्थापित गरिएको एक अनलाइन मीडिया हो। हामीले यस मिडियाबाट हाम्रो वेबसाइट ( techpankti.com ) र इन्टरनेटका सामाजिक संजाल मार्फत ( @techpankti ) भिडियो, ग्राफिक्स साथै लेखहरु प्रकाशन गरि  प्रविधि र संचारलाई हजुरहरु संग जोड्ने  र  IT सम्बन्धित ज्ञानहरु बाँडने काम गर्ने छौँ र  त्यो पनि नेपाली भाषामा।

हामीलाई हाम्रो फेसबुक, युट्युब, इन्स्टाग्राम , ट्वीटर र टिकटक एकाउन्टमा फलो गरि हामी संग जोडिनु होला।