मीडियाटेक हेलियो जी८५ चिपसेटको साथ “ओप्पो ए१८” नेपालमा उपलब्ध

Oppo A18 Price in Nepal

चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ओप्पोले फेरी पनि आफ्नो नयाँ स्मार्टफोन “ओप्पो ए१८” नेपाली बजारमा लन्च गरेको छ। यस लेखमा हामी तपाइलाई ओप्पो ए१८ को विशेषता, डिस्प्ले डिजाइन, पर्फमेन्स, लगायत नेपालमा पर्ने मूल्यको (Oppo A18 Price in Nepal) बारेमा बताउने छौ।

“ओप्पो ए१८” बिस्तृतमा:

ओप्पो ए१८ को डिजाइन र डिस्प्ले देखि सुरु गर्दा, यो फोनको डिजाइन ओप्पो ए१७ सँग मिल्दोजुल्दो देखिन्छ। यहाँ तपाइले ओप्पो ए१७ मा जस्तै प्लास्टिक फ्रेम, ग्लोसी प्लास्टिक प्याक र अगाडि वाटरड्रप-नोच स्क्रिनको साथ समान डिजाइन पाउनुहुनेछ। यस्तै ओप्पोले दुईवटा कलर अपशनहरु पनि दिएको छ, ग्लोइंग ब्लू र ग्लोइंग ब्ल्याक।

यससँगै फोनमा ९० हर्ज़ रिफ्रेस रेट भएको ६.५६ इन्चको HD+ एलसीडी डिस्प्ले समावेश गरिएको छ। साथै यस डिस्प्लेले १००% DCI-P३ र १००% sRGB कलर गामट पनि सपोर्ट गर्दछ। 

क्यामेराको कुरा गर्दा, स्मार्टफोनको पछाडि f/२.० एपर्चर र अटोफोकसको साथ ८ मेगापिक्सलको प्राथमिक क्यामेरा र २ मेगापिक्सलको मोनोक्रोम सेन्सर गरि डुअल क्यामेरा सेटअप पाउन सकिन्छ। साथै अगाडि, सेल्फी र भिडियो कलहरूको लागि ५ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ। 

यत्सैगरि पर्फमेन्सकाे लागि फोनमा मीडियाटेक हेलियो जी८५ चिपसेट जडान भएको छ। यो १२ एनएम फेब्रिकेसन प्रक्रिया प्रयोग गरेर निर्माण गरिएको चिपसेटले २.० गिगाहर्ट्जमा क्लक गरिएको दुईवटा काेर्टेक्स-ए७५ 5 कोर र १.८ गिगाहर्ट्जमा क्लक गरिएको छवटा काेर्टेक्स-ए५५ कोरहरू अफर गर्दछ। 

यस्तै ग्राफिक्स ह्यान्डलिंगको लागि माली-G५२ MP२ GPU समावेश भएको छ भने स्मार्टफोनमा ४ जीबी र्याम र १२८ जीबी eMMC५.१ इन्टरनल स्टोरेज पाउन सक्छौ। यसबाहेक फोनमा अपरेटिङ सिस्टममा एन्ड्रोइड १३ र युजर इन्टरफेसको लागि भने कलरओएस १३.१ दिएको छ। 

ब्याट्रीको सन्दर्भमा, यस स्मार्टफोनमा ५०००mAh को ब्याट्री जडान गरिएको छ तर ओप्पोले आधिकारिक रुपमा अहिले सम्म यसको चार्जिङको स्पीड भने खुलाएको छैन। यसबाहेक स्मार्टफोनमा वाइफाइ ५ , ब्लुटुथ भी५.३, ३.५ एमएम हेडफोन ज्याक, USB टाइप-C पोर्टहरू र साइड-माउन्ट गरिएको फिंगरप्रिन्ट स्क्यानर जस्ता अन्य थुप्रै फिचरहरू उपलब्ध गराएको छ।

“ओप्पो ए१८” को बिशेषता (Specifications):

डिस्प्ले (Display)६.५६ इन्च एलसीडी प्यानल, ९० हर्ज़ रिफ्रेस रेट
रिजोल्युसन(Resolution)७२० x १६१२ पिक्सल (HD+)
प्रोसेसर (Processor)मीडियाटेक हेलियो जी८५ (१२ एनएम)
ओएस र युआई (OS and UI)एनड्रोइड १३ (ColorOS 13.1)
क्यामेरा (Camera)८ मेगापिक्सल, f/२.० 
२ मेगापिक्सल,  f/२.४ 
फ्रन्ट क्यामेरा (Front Camera)५ मेगापिक्सल 
मेमोरी र स्टोरेज (Memory and Storage)४ जिबि र्याम, १२८ जीबी स्टोरेज 
ब्याट्रि र चार्जिङ (Battery and Charging)५०००mAh ब्याट्रि
अन्य फिचर (Other Features)वाइफाइ ५ , ब्लुटुथ भी५.३, ३.५ एमएम हेडफोन ज्याक, फिंगरप्रिन्ट सेन्सर 
कलर अपशन (Color Options)ब्ल्याक, ब्लु

मूल्य र उपलब्धता (Oppo A18 Price in Nepal and Availability)

नेपालमा ओप्पो ए१८ को ४ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य रु. १५,९९९ रहेको छ। यसलाई तपाइले दराज जस्ता अनलाइन प्लेटफर्महरू वा ओप्पोको आधिकारिक स्टोर मार्फत किन्न सक्नु हुन्छ। 

ओप्पो ए१८नेपालमा मुल्य (Oppo A18 Price in Nepal)
४/१२८ जीबी रु १५,९९९

यो पनि पढ्नुहोस्ः

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.