बार कोड र क्युआर कोड दुवै मेसिन रिडेबल कोडहरु हुन् जुनमा इन्फरमेसनहरु स्टोर गरिएका हुन्छन्। दुवैको युज आफ्नै ठाउँमा छ र दुवै उत्तिकै चर्चित छन्। बार कोड त पहिले देखि नै युजमा छ भने क्युआर कोड बारकोड भन्दा निकै पछि चल्तीमा आएको हो।
बारकोड र क्युआर कोड बारेमा धेरै कुरा थाहा नभए पनि हामीलाई यतिसम्म थाहा छ कि बारकोड क्यु आर कोड भन्दा अगाडि डेभलप भएको हो। बारकोड हामीले धेरै ठाउँमा देख्न सक्छौँ। केही कुरा किन्न तपाईँहरु सुपरमार्केट जानुभयो भने त्यहाँ हरेक खाद्दान्न वा प्रडक्टको पछाडि बार कोड देख्न सकिन्छ। त्यस्तै प्याकेज्ड कार्टुनको बाहिर हामी बारकोड देख्न सक्छौँ। त्यसैगरी स्कुल, कलेज तथा युनिभर्सिटिका लाइब्रेरीमा राखिने किताबहरुमा या स्टुडेन्ट आइडिमा, सरकारी आइडिमा पनि बारकोडको प्रयोग गरिन्छ।
बारकोडसँग बरु हामी अपरिचित छौँ होला तर क्यु आर कोडसँग हामी पककै अपरिचित छैनौँ। बजारमा केही सपिङ गर्न जानुभयो भने अहिले क्युआर सिस्टमबाट पेमेन्ट गर्ने चलन छ। यो बाहेक मोबाइलमा वाईफाई कनेक्ट गर्दा आजभोलि वाईफाईको क्युआर कोड स्क्यान गरेर कनेक्ट गर्ने चलन छ। यसै गरी मोबाइलमा फाइलहरु ट्रान्सफर गर्दा सेयरिङ प्लाटफर्ममा, बैंक ब्यालेन्सको अनलाईन ट्रान्सफर तथा अन्य धेरै कुराको लागि क्युआर कोडको युज बढेको छ।
बारकोड र क्युआर बारेमा केही सामान्य जानकारी थाहा पाइराखौँ।
बारकोड (Barcode)
सन् १९५२ मा बारकोडको इन्भेन्सन गरिएको थियो। मोर्स कोड माथि आधारित भएर बारकोडको निर्माण गरिएको थियो। मोर्स कोडको डट र ड्यासलाई बढाएर बारकोडमा पातला तथा मोटा बारहरुको युज गरिएको छ। इन्भेन्सनको २० वर्ष पश्चात मात्र बारकोड कमर्सियल सफलता पाएको थियो।
बारकोड एउटा स्क्वायर वा रेक्ट्याङ्गल सेपको इमेज हो र यो मोटा तथा पातला काला भर्टिकल बारहरु, वाइट स्पेस र नम्बरहरुले निर्माण गरिएको हुन्छ। यसका साथै बारकोडमा भएका बारहरु हाइटमा पनि फरक पर्ने हुन्छन्। यसरी बारकोडमा युज भएको बार, वाइट स्पेस र नम्बरको कम्बिनेसनले एउटा स्पेसिफिक प्रोडक्ट तथा त्यस प्रोडक्टको जानकारी थाहा पाउन सकिन्छ।
यसका साथै प्रोडक्टहरु ट्राक गर्न पनि बारकोड महत्त्वपूर्ण छ। बारकोडले धेरै कम्पनीहरुमा त्यहाँको अकाउन्टिङ प्रोसेस मेनटेन गर्न सघाउँछ। बारकोड रिड गर्नलाई बारकोड रिडरको आवश्यकता पर्छ जुन एउटा अप्टिकल रिडर हो। बारकोडको सेल्स प्रोसेसमा कैयौँ फाइदाहरु हुन्छ जस अन्तर्गत राम्रो एक्युरेसि, डेटको जानकारी, इन्भेन्टरी कन्ट्रोलमा सुधार आदि पर्दछन्।
इमेजः बारकोड
बारकोड दुई प्रकारका हुन्छन्। एउटा हुन्छ वान-डिमेन्सनल अर्थात १डि(1D) बारकोड। अर्काे हुन्छ टु-डिमेन्सनल अर्थात् २डि (2D) बारकोड। क्युआर कोडलाई 2D बारकोड भनेर पनि चिनिन्छ।
क्युआर कोड (QR Code)
सन् १९९४ मा क्युआर कोड पहिलो पटक जापानमा रिलिज भएको थियो। क्युआर कोड बारकोडको नै एक प्रकार हो। क्युआर कोड ब्लाक एण्ड वाइट स्क्वायरहरुबाट बनेको हुन्छ जुन मेसिन रिडेबल हुन्छ। यो 2D भएको हुनाले यसमा इन्फरमेसनहरु अझै धेरै समावेश गर्न सकिन्छ।
क्युआर कोड, क्विक रेस्पोन्स कोडको संक्षिप्त रुप हो। यसको नाम अनुसार क्युआर कोडले छिटो रेस्पोन्स दिने गर्दछ। यसले छिटो रेस्पोन्स दिने हुँदा यसलाई क्युआर कोड नामाकरण गरिएको हो। क्युआर कोडले प्राइस, क्वान्टिटि तथा प्रोडक्टको इमेज पनि स्टोर गर्न सक्छ। त्यसैले बारकोड भन्दा क्युआर कोडले धेरै मात्रामा इन्फरमेसन स्टोर गर्न सक्छ।
यसलाई एउटै डिभाइसले मात्र नभई धेरै डिजिटल डिभाइसले रिड गर्न सक्छन्। अहिले स्मार्टफोनहरुले पनि क्युआर कोडको स्क्यान गर्न सक्छन्। यो बाहेक कम्प्युटरहरुले पनि क्युआर कोड स्क्यान गर्न सक्छन्। मुख्यतः वेबसाइट लिंकहरु सेयर गर्न, पेमेन्ट गर्न तथा कन्ट्याक्ट इन्फरमेसन सेयर गर्न क्युआर कोड काममा आउँछ।
इमेजः क्युआर कोड
बारकोड र क्युआर कोडको फरक
दुवैको मुख्य काम भनेको इन्फरमेसन स्टोर गर्ने भए तापनि केही कुरामा यी दुई फरक छन्। आउनुहोस् हेरौँ।
विषय | बारकोड | क्युआर कोड |
डाइमेन्सन | बारकोड 1D र 2D गरी दुई तरिकाको हुन्छ। | क्युआर कोडको प्रकार हुँदैन वा यो एकै प्रकारको मात्र हुन्छ। यसलाई 2D बारकोड पनि भनिन्छ। |
बनावट | बारकोड काला बारहरुको सिरिजको साथै वाइट स्पेस तथा नम्बरहरुद्वारा रिप्रिजेन्ट गरिन्छ। | क्यु आर कोड ब्लाक एण्ड वाइट स्क्वायरबाट रिप्रिजेन्ट गरिन्छ। |
इन्फरमेसन स्टोरेज | बारकोड 1D हुने भएकोले यसले होरिजन्टल मात्र गरी एकतर्फी डाटा स्टोर गर्न सक्छ। | क्युआर कोड 2D भएकोले यसमा होरिजन्टल तथा भर्टिकल गरी दुवै तिरबाट डाटा स्टोर गर्न सकिन्छ। |
स्टोरेज क्यापासिटि | बारकोडको बढिमा हुने स्टोरेज क्यापासिटि भनेको १५५६ बाइट्स (1156 bytes) हो। | क्युआर कोडको बढिमा स्टोर गर्ने क्यापासिटि भनेको ३ किलोबाइट या ३ केबि (3KB) हो। |
कस्ट एफेक्टिभ (Cost effective) | बारकोड क्युआर कोडको तुलनामा सस्तो छ। | क्युआर कोड बारकोडको तुलनामा महँगो छ। |
ड्यामेज हुँदा कुन राम्रो | बारकोडमा थोरै खराबी हुँदा पनि यसलाई स्क्यानरले रिड गर्न गार्हो हुन्छ। | क्युआरकोडमा ६०% खराबी हुँदा पनि स्क्यान गर्न सकिन्छ। |
स्क्यानर | बारकोड स्क्यान गर्न बारकोड हप्टिकल क्यार्याक्टर रिडर अर्थात् ओसिआर (OCR) को आवश्यकता पर्छ। | क्युआर कोड स्मार्टफोनको साथै ट्याब्लेट तथा कम्प्युटरबाट पनि स्क्यान गर्न मिल्छ। |
प्रयोग | बारकोड मुख्यतः प्याकेज्ड खाद्यान्नको पछाडि, सरकारी आइडेन्टिटी कार्डमा, इनभेन्टरी कनन्ट्रोल गर्न, लाइब्रेरीमा किताबको काउन्ट राख्न प्रयोग गरिन्छ। | क्युआर कोड मुख्यतः वेबसाइटको लिंक सेयर गर्न, अनलाइन पेमेन्ट गर्न, बैंक ब्यालेन्स ट्रान्सफर गर्न तथा अन्य डिजिटल प्रयोजनका लागि प्रयोग हुन्छ। |