३५ हजार मुनिका १० उत्कृष्ट मोबाइल फोनहरु (२०२३)

best phone under 35000

अहिलेको मोबाइल मार्केटलाई बुझ्ने हो भने मोबाइलहरु बिचको प्रतिस्पर्धा निकै बढेको छ। सस्तो देखि महँगाे सबै मुल्य सेग्मेन्टको लागि अहिले ठुलो प्रतिस्पर्धा हुने गरेको छ। 

प्रतिस्पर्धा बढेको कारणले ठिक्क मुल्य सेग्मेन्टमा अहिले निकै उत्कृष्ट मोबाइल फोनहरु आउन थालेका छन्। प्रत्येक मुल्य सेग्मेन्टको लागि अहिले मार्केटमा धेरै थरी ब्रान्डका मोबाइलहरु पाउन सकिन्छ। ती मध्ये कुनै राम्रा मोबाइल हुन्छन् भने कुनै त्यति राम्रा हुँदैनन् या मुल्य अनुसारको फिचरहरु निकै कम हुने गर्दछ।

३५ हजार मुनिको मुल्यमा पनि धेरै मोबाइलहरु भेट्न सकिन्छ। यस आर्टिकलमा ३५ हजार भन्दा मुनिको मुल्यमा पाइने १० उत्कृष्ट मोबाइल फोनहरुको जानकारी दिइएको छ।  

३५ हजार मुनिका १० उत्कृष्ट मोबाइल फोनहरु (सारांश)

मोबाइलमुल्य 
Vivo Y53s 4Gरु. ३०,९९९ (८/१२८)
Honor X8aरु. ३०,४९० (८/१२८)
Oppo F19 Proरु. ३५,९९० (८/१२८)*
Samsung Galaxy F42 5Gरु. ३१,९९९ (६/१२८)
रु. ३४,९९९ (८/१२८)
Redmi Note 11 Pro 4G
रु. ३३,९९९ (६/१२८)
रु. ३५,९९९ (८/१२८)*
Redmi Note 11sरु. ३०,९९९ (६/१२८)
रु. ३२,९९९ (८/१२८)
Realme 9रु. ३१,९९९ (६/१२८)
रु. ३३,४९९ (८/१२८)
Samsung Galaxy M33 5Gरु. ३३,९९९ (६/१२८)
रु. ३५,९९९ (८/१२८)*
Poco X3 Proरु. ३१,९९९ (६/१२८)
रु. ३४,९९९ (८/१२८)
रु. ३६,९९९ (८/२५६)*
Redmi Note 10 Pro (Max)रु. २९,९९९ (६/६४)
रु. ३३,९९९ (६/१२८)
रु. ३६,९९९ (८/१२८)*

Vivo Y53s 4G

vivo y53s

यस लिस्टमा पहिलो मोबाइल फोन रहेको छ Vivo Y53s 4G। यस मोबाइलको मुख्य फिचरहरु अन्तर्गत ६.५८ इन्चको FHD+ IPS LCD डिस्प्ले, Mediatek Helio G80 प्रोसेसर, २.० गिगाहर्ट्जमा क्लक गरिएको अक्टा कोर सिपियु, ६४ मेगापिक्सल मेन क्यामेरा सहितको ट्रिपल क्यामेरा सेटप, साइड फिङ्गरप्रिन्ट स्क्यानर, ५००० एमएएच ब्याट्रि, ३३ वाट चार्जिङ आदि पर्दछन्।

यस मुल्यको लागि यस मोबाइलमा रहेको Helio G80 चिपसेट त्यति राम्रो छैन। यस चिपसेटले दैनिकी कार्यहरु धान्न केहि अप्ठ्यारो नहुने भएतापनि बढी प्रोसेसिङ चाहिने कार्यहरु गर्न यो मोबाइल त्यति राम्रो छैन। यस मुल्यको लागि ६० हर्ट्जको स्क्रिन रिफ्रेस रेट पनि त्यति आकर्षक कुरा हैन।

यस मोबाइलको समग्र फिचरहरु यस प्रकार रहेका छन्।

स्क्रिन डिस्प्ले (Screen Display)६.५८ इन्च IPS LCD डिस्प्ले प्यानल, FHD+ (2408x1080p) रेजोल्युसन, ६० हर्ट्ज रिफ्रेस रेट, १२० हर्ट्ज टच स्याम्प्लिङ रेट
चिपसेट (Chipset)Mediatek Helio G80 (12 nm)
सिपियु (CPU)/ जिपियु (GPU)Octa-Core@ 2.0 GHz/ Mali-G52 MC2
ओएस / युआइ (OS/UI)Android 11 / Funtouch OS 11.1 
ब्याक क्यामेरा (Back Camera)ट्रिपल क्यामेरा सेटप (64 MP f/1.79 EIS प्राइमेरी क्यामेरा, 2 MP f/2.4 म्याक्रो क्यामेरा, 2 MP f/2.4 मोनोक्रोम क्यामेरा)
फ्रन्ट क्यामेरा (Front Camera)16 MP f/2.0 सिङ्गल सेल्फि क्यामेरा
मेमोरी र स्टोरेज (Memory & Storage)८ जिबि LPDDR4X RAM र १२८ जिबि इन्टर्नल मेमोरी
डेडिकेटेड मेमोरी कार्ड स्लट
eMMC स्टोरेज
कनेक्टिभिटि (Connectivity)Wi-Fi 802.11 a/b/g/n/ac, डुवल ब्यान्ड, Wi-Fi Direct, Bluetooth 5.0, USB Type C 2.0, OTG, FM Radio, 4G
ब्याट्रि र चार्जिङ (Battery and Charging)5000 mAh ब्याट्रि, ३३ वाट फास्ट चार्जिङ सपोर्ट
अन्य फिचर (Other Features)डुवल सिम (न्यानो सिम), साइड फिङ्गरप्रिन्ट स्क्यानर, 3.5 mm हेडफोन ज्याक
मुल्य (Price)रु. ३०,९९९ (८/१२८)

Honor X8a

honor x8a

यस लिस्टमा अर्को नाम रहेको छ Honor X8a। यस मोबाइलको मुख्य फिचरहरु अन्तर्गत यसको उत्कृष्ट डिजाइन, ६.७ इन्चको FHD+ LTPS LCD डिस्प्ले प्यानल, ९० हर्ट्जको स्क्रिन रिफ्रेस रेट, Mediatek Helio G88 प्रोसेसर, २.० गिगाहर्ट्जमा क्लक गरिएको अक्टा कोर सिपियु, १०० मेगापिक्सल मेन क्यामेरा सहितको ट्रिपल ब्याक क्यामेरा सेटप, ४५०० एमएएच ब्याट्रि, २२.५ वाटको चार्जिङ आदि पर्दछन्।

यस मुल्य सेग्मेन्टको लागि Helio G88 प्रोसेसर त्यति उत्कृष्ट छैन भने यसको क्लक स्पिड पनि कम नै रहेको छ। यस कारणले तपाईँहरुले यसमा दिनहुँ कार्यहरु गर्न सक्नु भएतापनि पावरफुल प्रोसेसिङ स्पिड आवश्यक पर्ने गेमहरु र एप्लिकेसन चलाउन यो मोबाइल त्यति राम्रो हुने छैन।

LCD डिस्प्लेमा सिमित भएर पनि तपाईँहरुले यसमा ९० हर्ट्जको स्क्रिन रिफ्रेस रेट मात्र पाउनुहुनेछ भने मेमोरी कार्ड स्लट र इयरफोन ज्याक यहाँ उपलब्ध छैन।

यस मोबाइलको समग्र फिचरहरु यस प्रकार रहेका छन्।  

स्क्रिन डिस्प्ले (Screen Display)६.७ इन्च LTPS LCD डिस्प्ले प्यानल, FHD+ (2388x1080p) रेजोल्युसन, ९० हर्ट्ज रिफ्रेस रेट
चिपसेट (Chipset)Mediatek Helio G88 (12 nm)
सिपियु (CPU)/ जिपियु (GPU)Octa-Core@ 2.0 GHz/ Mali-G52 MC2
ओएस/ युआइ (OS/UI)Android 12/ Magic UI 6.1
ब्याक क्यामेरा (Back Camera)ट्रिपल क्यामेरा सेटप (100 MP f/1.9 OIS प्राइमेरी, 5 MP f/2.2 अल्ट्रावाइड तथा डेप्थ क्यामेरा, 2 MP f/2.4 म्याक्रो क्यामेरा)
फ्रन्ट क्यामेरा (Front Camera)16 MP f/2.45 सिङ्गल सेल्फि क्यामेरा
मेमोरी र स्टोरेज (Memory & Storage)६/८ जिबि RAM र १२८ जिबि इन्टर्नल मेमोरी
मेमोरी कार्ड स्लट छैन (बढाउन नसकिने)
कनेक्टिभिटि (Connectivity)Wi-Fi 802.11 a/b/g/n/ac, डुवल ब्यान्ड, Wi-Fi Direct, Bluetooth 5.1, USB Type C 2.0, OTG, 4G
ब्याट्रि र चार्जिङ (Battery and Charging)4500 mAh ब्याट्रि, २२.५ वाट फास्ट चार्जिङ सपोर्ट
अन्य फिचर (Other Features)डुवल सिम (न्यानो सिम), साइड फिङ्गरप्रिन्ट रिडर
मुल्य (Price)रु. ३०,४९० (८/१२८)

Oppo F19 Pro

oppo f19 pro

यस मुल्य सेग्मेन्टको लागि Oppo F19 Pro अर्को राम्रो मोबाइल फोन रहेको छ। यस मोबाइल फोनको मुख्य फिचरहरु अन्तर्गत ६.४३ इन्चको FHD+ Super Amoled पन्च होल डिस्प्ले, इन डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर, Mediatek Helio P95 प्रोसेसर, २.२ गिगाहर्ट्जमा क्लक गरिएको अक्टा कोर सिपियु, ४८ मेगापिक्सल मेन क्यामेरा सहितको क्वाडक क्यामेरा सेटप, ४३१० एमएएच ब्याट्रि, ३० वाट चार्जिङ आदि पर्दछन्।

यस मुल्यको लागि यहाँ प्रयोग भएको Helio P95 प्रोसेसर त्यति राम्रो छैन। यस आधारमा तपाईँहरुलाई ठुलो पर्फमेन्सका कार्यहरु गर्न केहि कठिनायी परेतापनि दिनानुदिनका कार्यहरु गर्न केहि अप्ठ्यारो पर्ने छैन।

यस लिस्टमा यो पहिलो मोबाइल फोन हो जुनले इन डिस्प्ले फिङ्गरप्रिन्ट अप्टिकल रिडर प्रदान गर्छ। यस मोबाइलको समग्र फिचरहरु यस प्रकार रहेको छ।

स्क्रिन डिस्प्ले (Screen Display)६.४३ इन्च Super Amoled डिस्प्ले प्यानल, FHD+ (2400x1080p) रेजोल्युसन, ६० हर्ट्ज रिफ्रेस रेट, १८० हर्ट्ज गेमिङ टच स्याम्प्लिङ रेट, ८०० निट्सको अधिकतम ब्राइटनेस
चिपसेट (Chipset)Mediatek Helio P95 (12 nm)
सिपियु (CPU)/ जिपियु (GPU)Octa-Core@ 2.2 GHz/ IMG 9XM-HP8 970MHz (PowerVR GM9446)
ओएस/ युआइ (OS/UI)Android 11/ ColorOS 11.1 
ब्याक क्यामेरा (Back Camera)क्वाड क्यामेरा सेटप (48 MP f/1.7 EIS प्राइमेरी, 8 MP f/2.2 FOV 1190 अल्ट्रावाइड क्यामेरा, 2 MP f/2.4 म्याक्रो क्यामेरा, 2 MP f/2.4 मोनो क्यामेरा)
फ्रन्ट क्यामेरा (Front Camera)32 MP f/2.4 सिङ्गल सेल्फि क्यामेरा, EIS
मेमोरी र स्टोरेज (Memory & Storage)८ जिबि LPDDR4X RAM र १२८/२५६ जिबि इन्टर्नल मेमोरी
डेडिकेटेड मेमोरी कार्ड स्लट
UFS 2.1 स्टोरेज
कनेक्टिभिटि (Connectivity)Wi-Fi (2.4 GHz, 5.1 GHz, 5.8 GHz), Bluetooth 5.1, USB Type C, OTG, 4G
ब्याट्रि र चार्जिङ (Battery and Charging)4310 mAh ब्याट्रि, ३० वाट VOOC चार्जिङ 
अन्य फिचर (Other Features)डुवल सिम (न्यानो सिम), इन-डिस्प्ले अप्टिकल फिङ्गरप्रिन्ट स्क्यानर, 3.5 mm हेडफोन ज्याक
मुल्य (Price)रु. ३५,९९० (८/१२८)*

Samsung Galaxy F42 5G

samsung galaxy f42

यस मुल्य सेग्मेन्टको लागि Samsung Galaxy F42 5G एउटा राम्रो मोबाइल फोन हो। यस मोबाइलको मुख्य फिचरहरु अन्तर्गत ६.६ इन्चको FHD+ TFT LCD वाटरड्रप नच डिस्प्ले, ९० हर्ट्ज स्क्रिन रिफ्रेस रेट, Mediatek Dimensity 700 चिपसेट, २.२ गिगाहर्ट्जमा क्लक गरिएको अक्टा कोर सिपियु, ६४ मेगापिक्सल मेन क्यामेरा सहितको ट्रिपल ब्याक क्यामेरा सेटप, साइड फिङ्गरप्रिन्ट स्क्यानर, ५००० एमएएच ब्याट्रि, १५ वाट चार्जिङ आदि पर्दछन्।

सामसङले यस फोनमा पनि यस ब्रान्डका अन्य फोनहरु झैँ इन्फिनिटि-भि नच (Infinity-V notch) को प्रयोग गरेको छ भने यस मुल्यको लागि यसको तलको बेजल (bezel) पनि निकै ठुलो रहेको छ। यस बाहेक यहाँ AMOLED डिस्प्ले उपलब्ध छैन भने चार्जिङ पनि १५ वाटमा मात्र सिमित छ।

यस मोबाइलको समग्र फिचरहरु यस प्रकार रहेका छन्।

स्क्रिन डिस्प्ले (Screen Display)६.६ इन्च TFT LCD डिस्प्ले, FHD+ (2408x1080p) रेजोल्युसन, ९० हर्ट्ज रिफ्रेस रेट
चिपसेट (Chipset)Mediatek Dimensity 700 (7 nm)
सिपियु (CPU)/ जिपियु (GPU)Octa-Core@ 2.2 GHz/ Mali-G57 MC2
ओएस/ युआइ (OS/UI)Android 11/ One UI 3.1 
ब्याक क्यामेरा (Back Camera)ट्रिपल क्यामेरा सेटप (64 MP f/1.8 प्राइमेरी, 5 MP f/2.2 FOV 1150 अल्ट्रावाइड क्यामेरा, 2 MP f/2.4 डेप्थ क्यामेरा)
फ्रन्ट क्यामेरा (Front Camera)8 MP f/2.0 सिङ्गल सेल्फि क्यामेरा
मेमोरी र स्टोरेज (Memory & Storage)६/८ जिबि LPDDR4X र्याम र १२८ जिबि इन्टर्नल मेमोरी
छुट्टै मेमोरी कार्ड स्लट उपलब्ध (१ टिबिसम्म बढाउन सकिने)
eMMC 5.1 स्टोरेज
कनेक्टिभिटि (Connectivity)Wi-Fi 802.11 a/b/g/n/ac, dual band, Wi-Fi Direct, Bluetooth 5.0, USB Type C 2.0, OTG, 5G
ब्याट्रि र चार्जिङ (Battery and Charging)5000 mAh ब्याट्रि, १५ वाट फास्ट चार्जिङ 
अन्य फिचर (Other Features)डुवल सिम (न्यानो सिम), साइड फिङ्गरप्रिन्ट स्क्यानर, 3.5 mm हेडफोन ज्याक
मुल्य (Price)रु. ३१,९९९ (६/१२८)
रु. ३४,९९९ (८/१२८)

Redmi Note 11 Pro 4G

redmi note 11 pro 4g

यस मुल्य सेग्मेन्टमा अर्को उत्कृष्ट फोन रहेको छ Redmi Note 11 Pro 4G। यस मोबाइलको मुख्य फिचरहरु अन्तर्गत ६.६७ इन्चको FHD+ AMOLED डट डिस्प्ले, १२० हर्ट्जको स्क्रिन रिफ्रेस रेट, Mediatek Helio G96 प्रोसेसर, २.०५ गिगाहर्ट्जमा क्लक गरिएको अक्टा कोर सिपियु, १०८ मेगापिक्सलको मेन क्यामेरा सहितको क्वाड क्यामेरा सेटप, साइड फिङ्गरप्रिन्ट सेन्सर, स्टेरियो स्पिकर, Hi-Res अडियो, Corning Gorilla Glass 5 प्रोटेक्सन,  IP53 धुलो तथा स्प्लास प्रोटेक्सन, ५००० एमएएच ब्याट्रि, ६७ वाटको चार्जिङ आदि पर्दछन्।

Helio G96 प्रोसेसर र २.०५ गिगाहर्ट्जमा क्लक गरिएको सिपियुले गर्दा यो मोबाइल थोरै पछाडि पर्छ भने यस बाहेक यो मोबाइलको अन्य फिचरहरु सबै राम्रा रहेका छन्।

यस मोबाइलको समग्र फिचरहरु यस प्रकार रहेका छन्।

स्क्रिन डिस्प्ले (Screen Display)६.६७ इन्च AMOLED डट डिस्प्ले, FHD+ (2400x1080p) रेजोल्युसन, १२० हर्ट्ज स्क्रिन रिफ्रेस रेट, ३६० हर्ट्ज टच स्याम्प्लिङ रेट, Corning Gorilla Glass 5 प्रोटेक्सन, १२०० निट्स ब्राइटनेस
सिम (SIM)हाइब्रिड डुवल सिम (न्यानो सिम)
चिपसेट (Chipset)Mediatek Helio G96 4G (12 nm)
सिपियु (CPU)Octa-Core (2×2.05 GHz Cortex A76 + 6×2.0 GHz Cortex A55)
जिपियु (GPU)Mali-G57 MC2
ओएस/ युआइ (OS/UI)Android 11/ MIUI 13 
ब्याक क्यामेरा (Back Camera)क्वाड क्यामेरा सेटप (108 MP f/1.9 प्राइमेरी क्यामेरा , 8 MP f/2.2 FOV 1180 अल्ट्रावाइड क्यामेरा, 2 MP f/2.4 म्याक्रो क्यामेरा, 2 MP f/2.4 डेप्थ क्यामेरा)
फ्रन्ट क्यामेरा (Front Camera)16 MP f/2.4 सिङ्गल सेल्फि क्यामेरा
मेमोरी र स्टोरेज (Memory & Storage)६/८ जिबि LPDDR4X RAM र ६४/१२८ जिबि इन्टर्नल मेमोरी
हाइब्रिड मेमोरी कार्ड स्लट (१ टिबिसम्म बढाउन सकिने)
UFS 2.2 स्टोरेज
सेक्युरिटि (Security)साइड फिङ्गरप्रिन्ट स्क्यानर, फेस अनलक
अडियो (Audio)3.5 mm हेडफोन ज्याक, स्टेरियो स्पिकर, Hi-Res Audio
कनेक्टिभिटि (Connectivity)Wi-Fi 802.11 b/g/n/ac, dual band, Wi-Fi Direct, Bluetooth 5.1, USB Type C 2.0, OTG, 4G
सेन्सर (Sensor) IR Blaster, Electronic Compass, Accelerometer, Gyroscope, Proximity Sensor, Ambient Light Sensor
ब्याट्रि र चार्जिङ (Battery and Charging)5000 mAh ब्याट्रि, ६७ वाट टर्बो चार्जिङ (६७ वाटको चार्जिङ अड्याप्टर)
मुल्य (Price)रु. ३३,९९९ (६/१२८)
रु. ३५,९९९ (८/१२८)*

Redmi Note 11s

redmi note 11s

यस मुल्य सेग्मेन्टमा अर्को उत्कृष्ट फोन रहेको छ Redmi Note 11S। यस मोबाइलको मुख्य फिचरहरु अन्तर्गत ६.४३ इन्चको FHD+ AMOLED डट डिस्प्ले, ९० हर्ट्जको स्क्रिन रिफ्रेस रेट, Mediatek Helio G96 प्रोसेसर, २.०५ गिगाहर्ट्जमा क्लक गरिएको अक्टा कोर सिपियु, १०८ मेगापिक्सलको मेन क्यामेरा सहितको क्वाड क्यामेरा सेटप, साइड फिङ्गरप्रिन्ट सेन्सर, स्टेरियो स्पिकर, Hi-Res अडियो, Corning Gorilla Glass 3 प्रोटेक्सन, IP53 (धुलो तथा स्प्लास) प्रोटेक्सन, ५००० एमएएच ब्याट्रि, ३३ वाटको चार्जिङ आदि पर्दछन्।

Helio G96 प्रोसेसर र २.०५ गिगाहर्ट्जको क्लक स्पिड मात्र यस फोनका केहि थोरै पछि पर्ने फिचरहरु भएतापनि मुल्यको हिसाबले यसलाई मध्यनजर गर्न पनि सकिन्छ। यस मुल्यको लागि यो निकै राम्रो फोन रहेको छ।

यस मोबाइलको समग्र फिचरहरु यस प्रकार रहेका छन्।

स्क्रिन डिस्प्ले (Screen Display)६.४३ इन्च AMOLED डट डिस्प्ले, FHD+ (2400x1080p) रेजोल्युसन, ९० हर्ट्ज स्क्रिन रिफ्रेस रेट, १८० हर्ट्ज टच स्याम्प्लिङ रेट, Corning Gorilla Glass 3 प्रोटेक्सन, १००० निट्स ब्राइटनेस
चिपसेट (Chipset)Mediatek Helio G96 (12 nm)
सिपियु (CPU)/ जिपियु (GPU)Octa-Core@ 2.05 GHz/ Mali-G57 MC2
ओएस/ युआइ (OS/UI)Android 11/ MIUI 13 
ब्याक क्यामेरा (Back Camera)क्वाड क्यामेरा सेटप (108 MP f/1.9 Samsung HM2 प्राइमेरी, 8 MP f/2.2 FOV 1180 अल्ट्रावाइड क्यामेरा, 2 MP f/2.4 म्याक्रो क्यामेरा, 2 MP f/2.4 डेप्थ क्यामेरा)
फ्रन्ट क्यामेरा (Front Camera)16 MP f/2.4 सिङ्गल सेल्फि क्यामेरा
मेमोरी र स्टोरेज (Memory & Storage)६/८ जिबि LPDDR4X RAM र ६४/१२८ जिबि इन्टर्नल मेमोरी
छुट्टै मेमोरी कार्ड स्लट उपलब्ध (१ टिबिसम्म बढाउन सकिने)
UFS 2.2 स्टोरेज
कनेक्टिभिटि (Connectivity)Wi-Fi 802.11 a/b/g/n/ac, dual band, Wi-Fi Direct, Bluetooth 5.0, USB Type C 2.0, OTG, 4G
ब्याट्रि र चार्जिङ (Battery and Charging)5000 mAh ब्याट्रि, ३३ वाट फास्ट चार्जिङ (३३ वाटको चार्जिङ अड्याप्टर)
अन्य फिचर (Other Features)डुवल सिम (न्यानो सिम), साइड फिङ्गरप्रिन्ट स्क्यानर, 3.5 mm हेडफोन ज्याक, स्टेरियो स्पिकर
मुल्य (Price)रु. ३०,९९९ (६/१२८)
रु. ३२,९९९ (८/१२८)

Realme 9

realme 9

यस मुल्य सेग्मेन्टको Realme 9 अर्को एउटा उत्कृष्ट मोबाइल फोन हो। यस फोनको मुख्य फिचरहरु अन्तर्गत ६.४ इन्चको Super AMOLED डिस्प्ले, ९० हर्ट्ज स्क्रिन रिफ्रेस रेट, Corning Gorilla ग्लास प्रोटेक्सन, इन डिस्प्ले फिङ्गरप्रिन्स स्क्यानर, Snapdragon 680 प्रोसेसर, २.४ गिगाहर्ट्जमा क्लक गरिएको अक्टा कोर सिपियु,  १०८ मेगापिक्सल मेन क्यामेरा सहितको ट्रिपल क्यामेरा सेटप, Hi-Res अडियो, ५००० एमएएच ब्याट्रि, ३३ वाटको चार्जिङ आदि पर्दछ।

यस लिस्टमा Oppo F19 Pro बाहेक इन डिस्प्ले फिङ्गरप्रिन्ट फिचर प्रदान गर्ने मोबाइल Realme 9 मात्र हो। यो मोबाइलमा प्रयोग गरिएको Snapdragon 680 चिपसेट यस मुल्यको लागि केहि पछाडि परेको देखिने हुनाले यस मोबाइलले भारी प्रोसेसिङ पावर चाहिने कार्यहरु राम्रो गरी गर्छ भन्न सकिँदैन तर दिनानुदिन कार्यहरुको लागि तपाईँहरुलाई केहि अप्ठ्यारो पर्ने छैन।

यस मोबाइल फोनको समग्र फिचरहरु यस प्रकार रहेका छन्।

स्क्रिन डिस्प्ले (Screen Display)६.४ इन्च Super AMOLED डिस्प्ले, FHD+ (2400x1080p) रेजोल्युसन, ९० हर्ट्ज स्क्रिन रिफ्रेस रेट, ३६० हर्ट्ज टच स्याम्प्लिङ रेट, Corning Gorilla Glass 5 प्रोटेक्सन, १००० निट्स ब्राइटनेस
चिपसेट (Chipset)Snapdragon 680 (6 nm)
सिपियु (CPU)/ जिपियु (GPU) Octa-Core@ 2.4 GHz/ Adreno 610
ओएस/ युआइ (OS/UI)Android 12/ Realme UI 3.0 
ब्याक क्यामेरा (Back Camera)ट्रिपल क्यामेरा सेटप (108 MP f/1.75 प्राइमेरी (Samsung HM6 Sensor), 8 MP f/2.2 FOV 1200 सुपरवाइड क्यामेरा, 2 MP f/2.4 म्याक्रो क्यामेरा)
फ्रन्ट क्यामेरा (Front Camera)16 MP f/2.45 सिङ्गल सेल्फि क्यामेरा
मेमोरी र स्टोरेज (Memory & Storage)६/८ जिबि LPDDR4X RAM र १२८ जिबि इन्टर्नल मेमोरी
छुट्टै मेमोरी कार्ड स्लट उपलब्ध (२५६ जिबिसम्म बढाउन सकिने)
UFS 2.2 स्टोरेज
कनेक्टिभिटि (Connectivity)Wi-Fi 802.11 a/b/g/n/ac, dual band, Wi-Fi Direct, Bluetooth 5.1, USB Type C 2.0, OTG, 4G
ब्याट्रि र चार्जिङ (Battery and Charging)5000 mAh ब्याट्रि, ३३ वाट Dart चार्जिङ 
अन्य फिचर (Other Features)डुवल सिम (न्यानो सिम), इन डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर, 3.5 mm हेडफोन ज्याक
मुल्य (Price)रु. ३१,९९९ (६/१२८)
रु. ३३,४९९ (८/१२८)

Samsung Galaxy M33 5G

samsung galaxy m33 5g

यस लिस्टमा समावेश गरिएको Samsung Galaxy M33 5G यस मुल्य सेग्मेन्टको लागि निकै उत्कृष्ट मोबाइल फोन हो। यस मोबाइलको मुख्य फिचरहरु अन्तर्गत ६.६ इन्चको FHD+ TFT LCD डिस्प्ले, १२० हर्ट्जको स्क्रिन रिफ्रेस रेट, २.४ गिगाहर्ट्जमा क्लक गरिएको ५ न्यानोमिटर अक्टाकोर प्रोसेसर, ५० मेगापिक्सल सहितको क्वाड क्यामेरा सेटप, साइड फिङ्गरप्रिन्ट रिडर, ६००० एमएएच ब्याट्रि, २५ वाटको फास्ट चार्जिङ आदि पर्दछन्। 

सामसङले यस मुल्य मुनिका अन्य डिभाइसहरु जस्तै इन्फिनिटि-भि नच (Infinity-V notch) प्रयोग गरेको छ जुन थोरै पुरानो जस्तो लाग्नेछ भने डिस्प्ले पनि LCD मै सिमित छ। यति दुई कुरा मध्यनजर गर्न सक्नुभयो भने यो धेरै नै उत्कृष्ट मोबाइल फोन रहेको छ।

यस मोबाइलको समग्र फिचरहरु निम्नलिखित छन्।

स्क्रिन डिस्प्ले (Screen Display)६.६ इन्च TFT LCD डिस्प्ले, FHD+ (2408x1080p) रेजोल्युसन, १२० हर्ट्ज स्क्रिन रिफ्रेस रेट
चिपसेट (Chipset)Exynos 1280 (5 nm)
सिपियु (CPU)/ जिपियु (GPU)Octa-Core@ 2.4 Ghz/ Mali-G68
ओएस/ युआइ (OS/UI)Android 12/ One UI 4.1 
ब्याक क्यामेरा (Back Camera)क्वाड क्यामेरा सेटप (50 MP f/1.8 प्राइमेरी, 5 MP f/2.2 FOV 1230 अल्ट्रावाइड क्यामेरा, 2 MP f/2.4 डेप्थ क्यामेरा, 2 MP f/2.4 म्याक्रो क्यामेरा)
फ्रन्ट क्यामेरा (Front Camera)8 MP f/2.2 सिङ्गल सेल्फि क्यामेरा
मेमोरी र स्टोरेज (Memory & Storage)६/८ जिबि LPDDR4X RAM र १२८ जिबि इन्टर्नल मेमोरी
छुट्टै मेमोरी कार्ड स्लट उपलब्ध (१ टिबिसम्म बढाउन सकिने)
UFS 2.2 स्टोरेज
कनेक्टिभिटि (Connectivity)Wi-Fi 802.11 a/b/g/n/ac, dual band, Wi-Fi Direct, Bluetooth 5.1, USB Type C 2.0, OTG, 5G
ब्याट्रि र चार्जिङ (Battery and Charging)6000 mAh ब्याट्रि, २५ वाट फास्ट चार्जिङ 
अन्य फिचर (Other Features)डुवल सिम (न्यानो सिम), साइड फिङ्गरप्रिन्ट स्क्यानर, 3.5 mm हेडफोन ज्याक
मुल्य (Price)रु. ३३,९९९ (६/१२८)
रु. ३५,९९९ (८/१२८)*

Poco X3 Pro

poco x3 pro

Poco X3 Pro यस मुल्य सेग्मेन्टको लागि सबैभन्दा राम्रो फोन मध्येमा पर्दछ। यस बजेट सेग्मेन्टको लागि सबै भन्दा राम्रो गेमिङ फोन Xiaomi Poco X3 हो।

यस फोनको मुख्य फिचरहरु अन्तर्गत ६.६७ इन्चको FHD+ IPS LCD डट डिस्प्ले, १२० हर्ट्ज स्क्रिन रिफ्रेस रेट, Qualcomm Snapdragon 860 प्रोसेसर, २.९६ गिगाहर्ट्जमा क्लक गरिएको अक्टा कोर सिपियु, ४८ मेगापिक्सलको मेन क्यामेरा सहितको क्वाड क्यामेरा सेटप, साइड फिङ्गरप्रिन्ट सेन्सर, स्टेरियो स्पिकर, IP53 धुलो तथा स्प्लास प्रोटेक्सन, Corning Gorilla Glass 6 प्रोटेक्सन, ५१६० एमएएच ब्याट्रि, ३३ वाट चार्जिङ आदि पर्दछन्।

यस फोनमा तपाईँहरुले महँगो मुल्य पर्ने फोनहरुमा मात्र पाइने Snapdragon 860 चिपसेट समावेश गरिएको छ। यस कारणले तपाईँहरुले हेभि पर्फमेन्स आवश्यक पर्ने कार्यहरु पनि आरामले गर्न सक्नुहुनेछ। यस मोबाइलको नराम्रो पक्षमा IPS LCD डिस्प्ले मात्र पर्छ।

यस मोबाइलको समग्र फिचरहरु यस प्रकार रहेका छन्।

स्क्रिन डिस्प्ले (Screen Display)६.६७ इन्च IPS LCD डट डिस्प्ले, HDR10, FHD+ (2400x1080p) रेजोल्युसन, १२० हर्ट्ज स्क्रिन रिफ्रेस रेट, २४० हर्ट्ज टच स्याम्प्लिङ रेट, Corning Gorilla Glass 6 प्रोटेक्सन, ४५० निट्स ब्राइटनेस
चिपसेट (Chipset)Qualcomm Snapdragon 860 (7 nm)
सिपियु (CPU)/ जिपियु (GPU)Octa-Core@2.96 GHz/ Adreno 640
ओएस/ युआइ (OS/ UI)Android 11/ MIUI 12 (Poco)
ब्याक क्यामेरा (Back camera)क्वाड क्यामेरा सेटप (48 MP f/1.79 मेन क्यामेरा , 8 MP f/2.2 FOV 1190 अल्ट्रावाइड क्यामेरा, 2 MP f/2.4 म्याक्रो क्यामेरा, 2 MP f/2.4 डेप्थ क्यामेरा)
फ्रन्ट क्यामेरा (Front Camera)20 MP f/2.2 सिङ्गल सेल्फि क्यामेरा
मेमोरी र स्टोरेज (Memory & Storage)६/८ जिबि LPDDR4X र्याम र १२८्/२५६ जिबि इन्टर्नल मेमोरी
हाइब्रिड मेमोरी कार्ड स्लट उपलब्ध (१ टिबिसम्म बढाउन सकिने)
UFS 3.1 स्टोरेज
कनेक्टिभिटि (Connectivity)Wi-Fi 5, dual band, Wi-Fi Direct, Bluetooth 5.0, USB Type C 2.0, OTG, 4G
ब्याट्रि र चार्जिङ (Battery and Charging)5160 mAh ब्याट्रि, ३३ वाट फास्ट चार्जिङ (३३ वाटको चार्जिङ अड्याप्टर)
अन्य फिचर (Other Features)डुवल हाइब्रिड सिम (न्यानो सिम), साइड फिङ्गरप्रिन्ट स्क्यानर, 3.5 mm हेडफोन ज्याक, स्टेरियो स्पिकर, Hi-Res Audio
मुल्य (Price)रु. ३१,९९९ (६/१२८)
रु. ३४,९९९ (८/१२८)
रु. ३६,९९९ (८/२५६)*

Redmi Note 10 Pro (Max)

redmi note 10 pro (max)

यस लिस्टमा समावेश गरिएको मोबाइल फोनहरुमा Redmi Note 10 Pro (Max) पनि सबैभन्दा उत्कृष्ट मोबाइल फोन मध्येमा पर्दछ। गेमिङ र पर्फमेन्सको लागि यो फोन सबैभन्दा राम्रो नभए तापनि यो फोन समग्रमा सबैभन्दा राम्रो फोनमा गनिन्छ।

यस मोबाइल फोनको मुख्य फिचरहरु अन्तर्गत ६.६७ इन्चको FHD+ Super AMOLED डिस्प्ले, १२० हर्ट्जको स्क्रिन रिफ्रेस रेट, Qualcomm Snapdragon 732G प्रोसेसर, २.३ गिगाहर्ट्जमा क्लक गरिएको अक्टा कोर सिपियु, Corning Gorilla Glass 5 प्रोटेक्सन, १०८ मेगापिक्सलको क्वाड क्यामेरा सेटप, डुवल स्टेरियो स्पिकर, Hi-Res अडियो, IP53 धुलो तथा स्प्लास प्रोटेक्सन, ५०२० एमएएच ब्याट्रि, ३३ वाट चार्जिङ आदि पर्दछन्।

प्रोसेसरको लागि यहाँ Snapdragon 732G प्रोसेसर रहेको छ जुन आफैँमा एउटा राम्रो प्रोसेसर हो भने क्यामेराको लागि पनि यहाँ १०८ मेगापिक्सलको मेन क्यामेरा समावेश गरिएको छ। क्यामेराको लागि यस लिस्टमा भएका मोबाइल फोनहरु मध्येमा यो फोन सबैभन्दा राम्फोरो न मध्येमा पर्दछ।

यस मोबाइलको समग्र फिचरहरु निम्नलिखित छन्।

स्क्रिन डिस्प्ले (Screen Display)६.६७ इन्च Super AMOLED डट डिस्प्ले, HDR10, FHD+ (2400x1080p) रेजोल्युसन, १२० हर्ट्ज स्क्रिन रिफ्रेस रेट, Corning Gorilla Glass 5 प्रोटेक्सन, १२०० निट्स ब्राइटनेस
चिपसेट (Chipset)Qualcomm Snapdragon 732G (8 nm)
सिपियु (CPU)/ जिपियु (GPU)Octa-Core@2.3 GHz/ Adreno 618
ओएस / युआइ (OS/UI)Android 11 / MIUI 12
ब्याक क्यामेरा (Back Camera)क्वाड क्यामेरा सेटप (108 MP f/1.9 प्राइमेरी , 8 MP FOV 1180 अल्ट्रावाइड क्यामेरा, 5 MP सुपर म्याक्रो क्यामेरा, 2 MP डेप्थ क्यामेरा)
फ्रन्ट क्यामेरा (Front Camera)16 MP f/2.45 सिङ्गल सेल्फि क्यामेरा
मेमोरी र स्टोरेज (Memory & Storage)६/८ जिबि LPDDR4X RAM र ६४/१२८ जिबि इन्टर्नल मेमोरी
छुट्टै मेमोरी कार्ड स्लट उपलब्ध (५१२ जिबिसम्म बढाउन सकिने)
UFS 2.2 स्टोरेज
कनेक्टिभिटि (Connectivity)Wi-Fi 802.11 a/b/g/n/ac, dual band, Wi-Fi Direct, Bluetooth 5.0, USB Type C 2.0, OTG, FM Radio, 4G
ब्याट्रि र चार्जिङ (Battery and Charging)5020 mAh ब्याट्रि, ३३ वाट फास्ट चार्जिङ (३३ वाटको चार्जिङ अड्याप्टर)
अन्य फिचर (Other Features)डुवल सिम (न्यानो सिम), साइड फिङ्गरप्रिन्ट स्क्यानर, 3.5 mm हेडफोन ज्याक, स्टेरियो स्पिकर, Hi-Res Audio
मुल्य (Price)रु. २९,९९९ (६/६४)
रु. ३३,९९९ (६/१२८)
रु. ३६,९९९ (८/१२८)*

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.