२० हजार मुनिका उत्कृष्ट मोबाइल फोनहरु (२०२३) 

Best smartphone under 20000

अहिले मोबाइल मार्केट निकै प्रतिस्पर्धात्मक बनेको छ। पहिलेको तुलनामा अहिले कम मूल्यमा पनि निकै उत्कृष्ट मोबाइल फोनहरु उपलब्ध हुन थालेका छन्। अहिले २० हजार भन्दा थोरै मूल्यमा पनि मार्केटमा निकै फिचरहरु भएका धेरै राम्रा फोनहरु भेट्न सकिन्छ र राम्रा फोनको लागि महँगै फोनहरु खरीद गर्नुपर्ने आवश्यकता अहिले पर्दैन।

हाल २० हजार भन्दा कम दाममा निकै राम्रा फोनहरु उपलब्ध छन्, मात्र मोबाइल फोन रोज्न जान्नुपर्ने खाँचो छ। यस आर्टिकलमा २० हजार भन्दा कम मुल्य पर्ने उत्कृष्ट मोबाइल फोनहरुको जानकारी प्रदान गरिएकाे छ। ती मोबाइलहरु निम्नलिखित छन्।

२० हजार भन्दा मुनिका उत्कृष्ट मोबाइल फोनहरु (सारांश)

मोबाइल मुल्य
Infinix Hot 12 playरु. १६,६९९ (४/६४)*
रु. १७,७९९ (४/१२८)*
Samsung Galaxy A14 4Gरु. २०,९९९ (४/६४)*
Realme Narzo N53रु. १५९९९ (४/६४)*
रु. १८९९९  (६/१२८)*
Poco M5रु. २०,४९९ (४/६४)*
रु. २३,९९९ (६/१२८)*
Benco S1 Proरु. १९,९९९ (८/१२८)*
Redmi 12रु. १७,९९९ (६/१२८)*
रु. २०,९९९ (८/२५६)*

Infinix Hot 12 play

यस सूचीको सुरुमा हामीसँग Infinix Hot 12 Play रहेको छ। यस मोबाईलमा तपाईँहरुले Unisoc T610 प्रोसेसर पाउनुहुनेछ।  क्यामेराको लागि तपाईँहरुले यहाँ १३ मेगापिक्सलको डुअल ब्याक क्यामेरा सेटप र अगाडी पन्च होलमा (punch hole) ८ मेगापिक्सलको एउटा सेल्फि क्यामेरा पाउनु हुन्छ। 

अपरेटिङ सिस्टमको लागि यहाँ Android 12 समावेश गरिएको छ जुनलाई XOS 10 युजर इन्टर्फेसले सपोर्ट गर्दछ। यस मोबाईलमा तपाईँहरुले पछाडि पट्टि फिङ्गरप्रिन्ट स्क्यानर भेट्नुहुनेछ। 

यस मोबाइलको मुख्य आकर्षण भनेको यसको ठुलो ब्याट्री रहेको छ । यहाँ तपाईले 6000 mAh को ब्याट्री पाउनुहुन्छ।यदि तपाईलाइ लामो समयसम्म मोबाइल चलाउनु पर्छ भने यो मोबाईल तपाईको लागि उत्तम विकल्प हुनेछ। 

यहाँ तपाईले ६.८२ इन्चको ठुलो स्क्रिन साईजमा जम्मा 1612 x 720 pixels HD+ Resolution पाउनुहुन्छ, जुन एकदमै थोरै हो। यदि तपाइँ चलचित्र हेर्न वा आफ्नो बढी समय युटुब मा भिडिओ हेरेर बिताउनुहुन्छ भने यो तपाइँको लागि उत्तम विकल्प नहुन सक्छ। राम्रो डिस्प्ले फोनको लागि तपाईंले यो लिस्टबाट अन्य फोन हेर्न सक्नुहुन्छ। 

Infinix Hot 12 Play काे विशेषताहरु

स्क्रिन डिस्प्ले (Screen Display)६.८२ इन्च स्क्रिन, IPS LCD प्यानल, HD+ (1612x720p), पन्च होल (punch hole) डिस्प्ले, ९० हर्ट्ज रिफ्रेसरेट, १८० हर्ट्ज टच स्याम्प्लिङ रेट
चिपसेट (Chipset)UNISOC T610 (12nm)
ओएस/ युआइ (OS/UI)Android 12 / XOS 10
ब्याक क्यामेरा (Back Camera)डुवल क्यामेरा (13 MP f/1.8 प्राइमेरी क्यामेरा र 2 MP एआइ क्यामेरा)
फ्रन्ट क्यामेरा (Front Camera)8 MP सेल्फि क्यामेरा
मेमोरी र स्टोरेज (Memory & Storage)४/६ जिबि RAM र ६४/१२८ जिबि इन्टर्नल मेमोरीछुट्टै मेमोरी कार्ड स्लट उपलब्ध (५१२ जिबिसम्म स्टोरेज बढाउन सकिने) eMMC 5.1 स्टोरेज
कनेक्टिभिटि (Connectivity)Wi-Fi 802.11 a/b/g/n/ac, डुवल ब्यान्ड, Wi-Fi Direct, Bluetooth 5.0, FM Radio, USB Type C, OTG, 4G 
ब्याट्रि र चार्जिङ (Battery & Charging)6000 mAh ब्याट्रि, १० वाट चार्जिङ
अन्य फिचर (Other Features)डुवल सिम (न्यानो सिम), Panda Glass फ्रन्ट प्रोटेक्सन, ब्याक फिङ्गरप्रिन्ट रिडर, ३.५ मिलिमिटर हेडफोन ज्याक
मुल्य (Price)रु. १६,६९९ (४/६४)रु. १७,७९९ (४/१२८)

Samsung Galaxy A14 4G

यस लिस्टको अर्को स्मार्टफोन रहेको छ Samsung A14 4G । यस मोबाइलमा तपाईँहरुले मिडिया टेक हेलिओ (MediaTek Helio G80) प्रोसेसर पाउनुहुनेछ जुन यस मुल्य रेन्जको लागि राम्रै प्रोसेसर मान्न सकिन्छ । 

यहाँ ६.६ इन्चको स्क्रिन रहेको छ भने डिस्प्लेको लागि यहाँ ६० हर्ट्ज स्क्रिन रिफ्रेस रेट सहितको FHD+IPS LCD प्यानल समावेश गरिएको छ। क्यामेराको लागि तपाईँहरुले यहाँ ५० मेगापिक्सलको मुख्य क्यामेरा सहित ट्रिपल ब्याक क्यामेरा सेटप र इन्फिनिटि-भि नच (Infinity-V notch) सहितको १३ मेगापिक्सलको एउटा सेल्फि क्यामेरा पाउनु हुन्छ। 

अपरेटिङ सिस्टमको लागि यहाँ Android 13 समावेश गरिएको छ र यसलाई One UI 5 युजर इन्टर्फेसले सपोर्ट गरेको छ। ब्याट्रिको लागि यहाँ तपाईँहरुले 5000 mAh को ब्याट्रि पाउन सक्नुहुनेछ। 

तपाईँहरुले यहाँ साइड फिङ्गरप्रिन्ट स्क्यानर भेट्नुहुनेछ। भेरियन्टको कुरा गर्दा यो मोबाइल तपाईँहरुले ४/६ जिबि RAM र ६४/१२८ जिबि इन्टर्नल मेमोरी सहित पाउन सक्नुहुनेछ भने स्टोरेज बढाउन यहाँ छुट्टै मेमोरी कार्ड स्लट पनि उपलब्ध छ। यस मोबाइलको सबै विशेषताहरु राम्रै भए पनि सामसङ्गले नेपालमा Samsung Galaxy A14 4G को मूल्य अली धेरै राखेको छ।  

Samsung Galaxy A14 4G काे विशेषताहरु

स्क्रिन डिस्प्ले (Screen Display)६.६ इन्च स्क्रिन, PLS LCD प्यानल, FHD+(2408x1080p), इन्फिनिटि-भि नच (Infinity-V notch) डिस्प्ले, ६० हर्ट्ज स्क्रिन रिफ्रेस रेट 
चिपसेट (Chipset)MediaTek Helio G80 (12nm)
ओएस/ युआइ (OS/UI)Android 13/ One UI 5
ब्याक क्यामेरा (Back Camera)ट्रिपल क्यामेरा (50 MP f/1.8 प्राइमेरी लेन्स, 5 MP f/2.0 अल्ट्रा वाइड लेन्स, 2 MP f/2.0 म्याक्रो लेन्स )
फ्रन्ट क्यामेरा (Front Camera)13 MP f/2.0 सेल्फि क्यामेरा
मेमोरी र स्टोरेज (Memory & Storage)४/६ जिबि LPDDR4X RAM र ६४/१२८ जिबि इन्टर्नल मेमोरीछुट्टै मेमोरी कार्ड स्लट उपलब्ध (१ टिबिसम्म बढाउन सकिने)
कनेक्टिभिटि (Connectivity)Wi-Fi 802.11 a/b/g/n/ac, डुवल ब्यान्ड, Wi-Fi Direct, Bluetooth 5.1, USB Type C 2.0, OTG, 4G 
ब्याट्रि र चार्जिङ (Battery & Charging)5000 mAh ब्याट्रि, १० वाट चार्जिङ सपोर्ट 
अन्य फिचर (Other Features)डुवल सिम (न्यानो सिम), साइड फिङ्गरप्रिन्ट रिडर, ३.५ मिलिमिटर हेडफोन ज्याक
मुल्य (Price)रु. २०,९९९ (४/६४)*

Realme Narzo N53

यस लिस्टको अर्को स्मार्टफोन रहेको छ Realme Narzo N53, यस मोबाइलको मुख्य आकर्षण भनेको यसको डिजाइन रहेको छ। Realme ले फोनलाई अझै प्रिमियम देखाउन Apple को Iphone जस्तो Camera Cutout दिएको छ। तस्तै 7.49mm Thickness का साथ Narzo N53  realme को अहिले सम्मकै पातलो फोन पनि हो। यो फोनलाई तपाइले Feather Black, Feather Gold गरि २ वोटा color भेरियन्टमा किन्न सक्नु हुन्छ।  

यस मोबाइलमा तपाईँहरुले Unisoc T612 प्रोसेसर भेट्नुहुनेछ जुन ओभरल पर्फमेन्सको लागि त्यति धेरै राम्रो प्रोसेसर नभए तापनि यो मुल्यको रेन्जको लागि नराम्रो प्रोसेसर भने हैन र यसमा दैनिक कार्यहरु गर्न कुनै अप्ठ्यारो पर्ने छैन।

यहाँ ६.७४ इन्चको स्क्रिन रहेको छ र डिस्प्लेको लागि यहाँ ९० हर्ट्ज स्क्रिन रिफ्रेस रेट सहितको FHD+ IPS LCD प्यानल समावेश गरिएको छ। यसमा जम्मा 450 nits सम्मको अधिकत्तम ब्राईटनेस दिएको छ, जसले स्क्रिन स्पष्ट नदेखिने र घाममा मोबाईल प्रयोग गर्न गाह्रो हुने समस्या आउन सक्छ।

Realme Narzo N53 काे विशेषताहरु

स्क्रिन डिस्प्ले (Screen Display)६.७ इन्च स्क्रिन, PLS LCD प्यानल, FHD+(2408x1080p), ९० हर्ट्ज स्क्रिन रिफ्रेस रेट, ४५० निट्स अधिकतम ब्राइटनेस 
चिपसेट (Chipset)Unisoc Tiger T612 4G (12nm mobile platform)
ओएस/ युआइ (OS/UI)Android 13/Realme UI T 
ब्याक क्यामेरा (Back Camera)डुवल क्यामेरा (50 MP प्राइमेरी लेन्स, AI Lens)
फ्रन्ट क्यामेरा (Front Camera)8MP (teardrop notch) सेल्फि क्यामेरा
मेमोरी र स्टोरेज (Memory & Storage)४/६ जिबि LPDDR4X RAM र ६४/१२८ जिबि इन्टर्नल मेमोरी(२ टिबिसम्म बढाउन सकिने)
कनेक्टिभिटि (Connectivity)Dual-band, Bluetooth 5.0
ब्याट्रि र चार्जिङ (Battery & Charging)5000 mAh ब्याट्रि, ३३ वाट चार्जिङ सपोर्ट 
मुल्य (Price)रु. १५९९९ (४/६४)*रु. १८९९९  (६/१२८)

Poco M5

यस लिस्टको तेस्रो स्थानमा रहेको छ Poco M5 । यस मोबाईलमा Mediatek Helio G99 प्रोसेसर प्रयोग गरिएको छ जुन यस मुल्यको लागि निकै नै उत्कृष्ट प्रोसेसर हो र यस मुल्यमा पाउन निकै दुर्लभ छ। तपाईंले अन्य महँगो मोबाईलमा जस्तै यस मोबाइलमा पनि प्रिमियम गेमिङ अनुभव पाउन सक्नुहुन्छ।

यहाँ ६.५८ इन्चको स्क्रिन रहेको छ र डिस्प्लेको लागि यहाँ ९० हर्ट्ज स्क्रिन रिफ्रेस रेट सहितको FHD+ IPS LCD प्यानल समावेश गरिएको छ। फ्रन्ट प्रोटेक्सनको लागि यहाँ गोरिला ग्लास ३ (Gorilla Glass 3) प्रदान गरिएको छ। फोनको पछाडी हेर्ने हो भने यहाँ leather textured design दिएको छ। जसले फोनेलाई अझै प्रेमियम लूक्स दिन्छ। क्यामेराको लागि यहाँ ५० मेगापिक्सलको मुख्य क्यामेरा सहित ट्रिपल ब्याक क्यामेरा सेटप र वाटरड्रप नच (watedrop notch) सहितको ५ मेघापिक्सलको एउटा सेल्फि क्यामेरा प्रदान गरिएको छ। 

यो फोन खास गरी गेमिङ्गको लागि डिजाईन गरीएको हुँदा यसको अन्य विशेषताहरुमा भने समझौता गरिएको पाउन सकिन्छ। यो फोन गेम खेल्न रुचाउने र महँगो फोन किन्न नसक्नेहरुको लागि उत्तम विकल्प हुने छ। 

Poco M5 काे विशेषताहरु

स्क्रिन डिस्प्ले (Screen Display)६.५८ इन्च स्क्रिन, IPS LCD प्यानल, FHD+(2408x1080p), वाटरड्रप नच (watedrop notch) डिस्प्ले, ९० हर्ट्ज एड्याप्टिभ स्क्रिन रिफ्रेस रेट, २४० हर्ट्ज टच स्याम्प्लिङ रेट, ५०० निट्स अधिकतम ब्राइटनेस 
चिपसेट (Chipset)Mediatek Helio G99 (6 nm)
ओएस/ युआइ (OS/UI)Android 12/ MIUI 13
ब्याक क्यामेरा (Back Camera)ट्रिपल क्यामेरा (50 MP, f/1.8 प्राइमेरी क्यामेरा र 2 MP f/2.4 म्याक्रो क्यामेरा, 2 MP f/2.4 डेप्थ सेन्सर)
फ्रन्ट क्यामेरा (Front Camera)5 MP f/2.2  सेल्फि क्यामेरा
मेमोरी र स्टोरेज (Memory & Storage)४/६ जिबि LPDDR4X RAM र ६४/१२८ जिबि इन्टर्नल मेमोरीछुट्टै मेमोरी कार्ड स्लट उपलब्ध (१ टिबिसम्म बढाउन सकिने)UFS 2.2 स्टोरेज
कनेक्टिभिटि (Connectivity)Wi-Fi 802.11 a/b/g/n/ac, डुवल ब्यान्ड, Wi-Fi Direct, Bluetooth 5.3, USB Type C 2.0, OTG, 4G 
ब्याट्रि र चार्जिङ (Battery & Charging)5000 mAh ब्याट्रि, १८ वाट चार्जिङ सपोर्ट 
अन्य फिचर (Other Features)डुवल सिम (न्यानो सिम), Gorilla Glass 3 प्रोटेक्सन, साइड फिङ्गरप्रिन्ट रिडर, ३.५ मिलिमिटर हेडफोन ज्याक
मुल्य (Price)रु. २०,४९९ (४/६४)*रु. २३,९९९ (६/१२८)*

Benco S1 Pro

यस लिस्टको दोस्रो स्थानमा आउन सफल बनेको छ Benco S1 Pro । यस मोबाइललाई Unisoc T616 4G (12nm) प्रोसेसरले पावर गरेको छ जुन यस रेन्जको लागि राम्रो प्रोसेसर मध्यमा गनिन्छ। Poco M5 मा भएको Mediatek Helio G99 भन्दा ओभरल पर्फमेन्समा यो प्रोसेसर पछि परे पनि यसलाई नराम्रो प्रोसेसर भन्न मिल्दैन।

यहाँ ६.८ इन्चको स्क्रिन रहेको छ र डिस्प्लेको लागि यहाँ ६० हर्ट्ज स्क्रिन रिफ्रेस रेट सहितको FHD+ IPS LCD प्यानल समावेश गरिएको छ। यो फोनको पछाडिको प्यानलमा ओलियोफोबिक कोटिंगको (Oleophobic coating) साथ एजी ग्लास दिएको छ। जसले फोनमा औलाको दागहरु र scratch बस्न दिंदैन, यसले फोनको आयु लामो र टिकाउ बनाउँछ। क्यामेराको लागि तपाईँहरुले यहाँ ६४ मेगापिक्सलको मुख्य क्यामेरा सहित ट्रिपल ब्याक क्यामेरा सेटप र पन्च होल (punch hole) सहितको १६ मेगापिक्सलको सेल्फि क्यामेरा पाउनुहुनेछ। 

Benco S1 Pro काे विशेषताहरु

स्क्रिन डिस्प्ले (Screen Display)६.८ इन्च स्क्रिन, IPS LCD प्यानल, FHD+(2408x1080p), ६० हर्ट्ज स्क्रिन रिफ्रेस रेट
चिपसेट (Chipset)Unisoc T616 4G (12nm)
ओएस/ युआइ (OS/UI)Android 13
ब्याक क्यामेरा (Back Camera)ट्रिपल क्यामेरा (64 MP प्राइमेरी क्यामेरा र 2 MP म्याक्रो क्यामेरा, AI Lens)
फ्रन्ट क्यामेरा (Front Camera)16 MP  sensor (hole-punch)  सेल्फि क्यामेरा
मेमोरी र स्टोरेज (Memory & Storage)४/६ जिबि LPDDR4X RAM र ६४/१२८ जिबि इन्टर्नल मेमोरी(बढाउन सकिने)
कनेक्टिभिटि (Connectivity)4G, WiFi, Bluetooth, GPS, 3.5mm headphone jack, USB Type-C port
ब्याट्रि र चार्जिङ (Battery & Charging)5000 mAh ब्याट्रि, ३३ वाट चार्जिङ सपोर्ट 
मुल्य (Price)रु. १९,९९९ (८/१२८)*

Redmi 12

यस लिस्टमा पहिलो स्थानमा रहेको छ Redmi 12 । यस मोबाइललाई Mediatek Helio G88 प्रोसेसरले पावर गरेको छ जुन यस रेन्जको लागि राम्रो प्रोसेसर मध्यमा गनिन्छ। 

यहाँ ६.७९  इन्चको स्क्रिन रहेको छ र डिस्प्लेको लागि यहाँ ९० हर्ट्ज स्क्रिन रिफ्रेस रेट सहितको FHD+ IPS LCD प्यानल समावेश गरिएको छ। त्यो बाहेक, यो फोनमा SGS लो ब्लू लाइट प्रमाणित डिस्प्ले दिएको छ। क्यामेराको लागि तपाईँहरुले यहाँ ५० मेगापिक्सलको मुख्य क्यामेरा सहित ट्रिपल ब्याक क्यामेरा सेटप र पन्च होल cutout (hole-punch cutout) सहितको ८ मेगापिक्सलको एउटा सेल्फि क्यामेरा पाउनुहुनेछ। 

यहाँ Android 13 अपरेटिङ्ग सिस्टम रहेको छ जुनलाई MIUI 14 युजर इन्टर्फेसले सपोर्ट गरेको छ। ब्याट्रिको लागि यहाँ तपाईँहरुले 5000 mAh को ब्याट्रि पाउन सक्नुहुनेछ भने यहाँ साइड फिङ्गरप्रिन्ट स्क्यानर पनि समावेश गरिएको छ। 

भेरियन्टको कुरा गर्दा यो मोबाइल तपाईँहरुले ४/८ जिबि RAM र १२८/२५६ जिबि इन्टर्नल मेमोरी सहित पाउन सक्नुहुनेछ भने स्टोरेज बढाउने सुविधा पनि उपलब्ध छ।  

Redmi 12 Pro काे विशेषताहरु

स्क्रिन डिस्प्ले (Screen Display)६.७९ इन्च स्क्रिन, IPS LCD प्यानल, FHD+(2400x1080p), ९० हर्ट्ज स्क्रिन रिफ्रेस रेट
चिपसेट (Chipset)MediaTek Helio G88 4G (12nm)
ओएस/ युआइ (OS/UI)Android 13/MIUI 14 
ब्याक क्यामेरा (Back Camera)ट्रिपल क्यामेरा (५० MP प्राइमेरी क्यामेरा, ८ MP अल्ट्रा वाइड क्यामेरा र २ MP म्याक्रो क्यामेरा)
फ्रन्ट क्यामेरा (Front Camera)8 MP (hole-punch cutout)  सेल्फि क्यामेरा 
मेमोरी र स्टोरेज (Memory & Storage)४/८ जिबि RAM र १२८/२५६ जिबि इन्टर्नल मेमोरी(बढाउन सकिने)
कनेक्टिभिटि (Connectivity)4G, WiFi 5, Bluetooth 5.3, GPS, a USB-C Port, 3.5mm headphone jack
ब्याट्रि र चार्जिङ (Battery & Charging)5000 mAh ब्याट्रि, १८ वाट चार्जिङ सपोर्ट 
मुल्य (Price)रु. १७,९९९ (६/१२८)*रु. २०,९९९ (८/२५६)

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.