भोलि देखि उपलब्ध हुने Apple SERIES 9 स्मार्टवाच यस्तो छ !

Apple watch series 9

परिचय

बिशेष गरि एनड्रोइडका  लागि बनेका तर Apple आइफोनमा पनि सपोर्ट गर्ने Google को WearOS भएका Pixel वाच, Galaxy वाच, Mobvoi को TicWatch जस्ता स्मार्टवाचहरु प्रयोग र देखाई को हिसाब ले राम्रै भएपनि एप्पल को वाच जत्तिको सुबिधा Android प्रयोगकर्ताहरुले भने पाउन सकेका छैनन। जस्तै एप्पल वाचको Heart Rate Monitor को परिशुद्धता धेरै अरु स्मार्टवाच भन्दा बडी छ । यो अध्ययनले देखाए अनुसार एप्पल वाचको  ERROR RATE जम्मा १ प्रतिशत भन्दा पनि तल छ। 

त्यस्तै Crash Detection अर्को एउटा मौलिक सुबिधा हुन सक्छ जुन सुविधाले  एप्पल वाच वा आइफोन लिएको मानिस कहीं कतै  सवारी दुर्घटना मा पर्यो भने स्वत: इमर्जेन्सी फोन लागाउछ ।Apple ले यस्ता सुविधालाई लिएर  बारम्बार धेरै मानिस को ज्यान बचाएको कथा पनि बाहिर ल्याई राखेको हुन्छ।

वन्डरलस्ट इभेन्ट

एप्पलले गत भदौ २६ (सेप्टेम्बर १२) वन्डरलस्ट इभेन्टमा आइफोन १५ र वाच ९ लन्च गरेको थियो।हुन त एप्पल प्रयोगकर्ताबाट अहिले रिलिज गरिएको प्रोडक्ट बाट धेरै अपेक्षा भए पनि धेरैको आश पुरा हुन नसकेको हाम्रो बुझाई रहेको छ । यधपी एप्पलले भने केहि न केहि नयाँ कुरा ल्याएर आफु पहिले भन्दा अझै अगाडी रहेको र एप्पलले  सधै भने झैँ “Incredible”, “All  New” “Never Seen Before”, “Our Most Advance”  “Even Better” जस्ता पावरफुल शब्दहरु प्रयोग गर्न छोडेन । के एप्पलले भने जस्तै छ त अहिलेको सिरिज ९ वाच ?

एप्पल वाच सिरिज ९ :बिशेषता 

इभेन्टमा एप्पलले सिरिज ९ र अल्ट्रा २ वाच रिलिज गरेको थियो । अल्ट्रा मा केहि बडी ब्याट्री क्षमता, फरक डिजाइन र केहि बलियो बनाईएको हुनाले हाइकिङ् मा जानेका लागि उपयुक्त हुन्छ भने अरु धेरै कुरा हरु सिरिज ९ मा जस्तै छ। 

अहिले सिरिज ९ मा राखिएको चिप पहिले को सिरिज ७ र ८ वा अरु पूर्व सिरिजहरुमा भन्दा धेरै क्षमता भएको पाइन्छ । एप्पलले S9 चिप मा S8 भन्दा  ६० प्रतिशत बडी ट्रान्जिसटर अटाएको र ग्राफिक्स प्रोशेसर गति ३० प्रतिसत बडी भएको जनाएको छ। साथै AI को लागि जडान गरिएको न्युरल इन्जिन पनि S8 सेरिज भन्दा दुइ गुणा छिटो छ।   

तर अहिले एनड्रोइड वाचहरुको ब्याट्री करिब १ हप्ता वा सो भन्दा बडी  टिक्ने भैसकेकोमा एप्पलले भने सिरिज ९ मा उही १८ घण्टा र अल्ट्रा २ मा ३६ घण्टा टिक्ने जनाएको छ जुन धेरै लाइ चित्त नबुज्ने कुरा हो।  नयाँ S9 चिप संगै पावर र ब्याट्री क्षमता बढ्नु पर्ने मा एप्पलले नयाँ चिपको क्षमता अरु सुबिधा (जुन हामीले तल सुविधामा कुरा गर्ने छौ ) मा प्रयोग गरेर सिरिज ९ वाचको  ब्याट्री चल्ने समय उही हुन आएको हामीले बुझेका छौँ।

स्क्रिन को कुरा गर्दा अहिलेको वाच कुना  कुना सम्म डिस्प्ले फैलिएको छ भने सिरिज ९ को ब्राईटनेस २००० निट्स सम्म पुग्छ जसले गर्दा जस्तो सुकै घाम मा सिधै हेर्दा पनि सजिलै वाचमा देखाईएका डेटा हेर्न र पढ्न सकिन्छ। यसैगरी अध्यारों वा सुत्ने बेलामा आखाँलाइ सजिलो बनाउन यसको डिस्प्ले १ प्रतिशत सम्म मधुरो गर्न मिल्छ।   

अर्को बिशेषता भनेको सजिलै आफ्नो आइफोन भेट्टाउन सक्नु हो जुन यसमा र आइफोनमा भएको U2 चिपले गर्दा हराएको आइफोनको दिशा र दुरी पहिले भन्दा राम्रो संग थाहा पाउन सकिन्छ।  

एप्पल वाच सिरिज ९: सुबिधा

वाच लगाईरहेको समयमा सधै हाम्रो हात खाली नहुन सक्छ , एउटा हातले काम गर्दा वा हातमा केहि लिएको अवस्थामा डिस्प्ले लाइ टच गर्न सम्भव नहुन सक्छ यहि कुरालाई ध्यानमा राखी सिरिज ९ मा डबल ट्याप (Double Tap ) भन्ने सुबिधा राखिएको छ। यो सुबिधा प्रयोग गर्न जुन हात मा वाच लगाएको त्यो हातको बुडी औलाले चोर औलालै ट्याप गर्दा अलरम रोक्न , फोन उठाउन वा फोन राख्न सकिन्छ। यस्तो खाल को वाच नै नछोई गर्ने Gesture कमाण्ड एप्पलले पहिलो पटक ल्याएको हो। यो सुबिधा भने प्रयोगकर्ताले सिधै सिरिज ९ को बक्स बाट पाउदैन र यसलाई अक्टुबर मा सफ्टवेयर अपडेटद्वारा काम गर्ने बनाईनेछ। 

पहिले एप्पलको भोइस एसीसटेन्ट SIRI को लागि वाच इन्टरनेट संग जोडिनु पर्थ्यो भने अब भने SIRI का कमाण्डहरु वाचले आफै बुज्ने छ। यती मात्र नभई स्वास्थ्य सम्बन्धि जानकारी र कमाण्डपनि अब SIRI को माध्यम बाट नै लिन र दिन सकिनेछ। अब SIRI लाइ बयाम सुरु गर्न , आफ्नो धड्कन कति छ भनेर सोध्न वा आफुले खाने दबाई को रेकर्ड राख्न पनि प्रयोग गर्न मिल्ने भएको छ।  यो सुबिधा पनि येप्प्ल्ले यही अंग्रेजी वर्ष २०२३ को अन्तिममा अपडेट द्वारा नै प्रधान गर्दै छ। 

एप्पल वाच सिरिज ९: बनावट र सफ्टवेयर 

सिरिज ९ मा एप्पलले डिजाइन मा सिरिज ८ भन्दा केहि भिन्नता ल्याएको छैन र यो वाच अल्मुनियम र स्टिल मा उपलब्ध हुदै छ।  अल्मुनियममा चार कलर ( मिडनाइट, पिङ्क, सिल्भर र रेड ) र स्टिलमा ३ कलर ( गोल्ड, ग्रफाइट, सिल्भर ) मा पाउन लागिएको यो वाचमा WatchOS 10 अपेरटीङ सिस्टम छ भने यो नयाँ WacthOS 10 सिरिज ४ देखि माथि को मा अपडेट गर्न मिल्ने छ। 

मूल्य र उपलब्धता 

series 9 design

सिरिज ९ विभिन्न रंग र ब्याण्ड मा उपलब्ध हुन्छ र यसको मूल्य पनि तपाइँले रोज्नु भएको साइज, सेलुलर-जी.पी.एस अप्सन आदि कुरा मा निर्भर हुन्छ  र एप्पलले सार्वजनिक गरे अनुसार यो वाच $३९९ वा नेपाली मा सिधै परिणत गर्त रु ५४०००/- देखि सुरु हुन्छ । नेपालमा कहिले आउछ भन्ने हामीलाई थाहा नभए पनि यो नयाँ वाच एप्पल को वेबसाइट बाट बुकीङ् को लागि खुल्ला भैसकेको छ र भोलि देखि यानिकी सेप्टेम्बर २२ देखि ग्राहकहरुले हातमा पाउने छन्।  

यो पनि पढ्नुहोस्ः

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.