१५ हजार मुनिका १० उत्कृष्ट मोबाइल फोनहरु (२०२३)

phone 15000 under

नेपालमा धेरै महँगा सेग्मेन्टका फोनहरु भन्दा पनि सस्ता र ठिक्क दामका फोन प्रयोग गर्ने युजरहरु धेरै छन्। स्मार्टफोनहरुमा अहिले धेरै प्रतिस्पर्धा हुने हुँदा अहिले कम मूल्यमा पनि राम्रा फिचरहरु भएका स्मार्टफोनहरु बन्ने हुनाले १५ हजार भन्दा कम मूल्यमा पनि राम्रा स्मार्टफोनहरु बजारमा भेट्न सकिन्छन्।

पैसाको खाँचोले या कसैलाई गिफ्ट दिने हिसाबले १५ हजार भन्दा कम मूल्य पर्ने मोबाइल फोनहरु खोज्दैहुनुहुन्छ तपाईँहरु सहि ठाउँमा आउनुभएको छ। यस आर्टिकलमा १५ हजार भन्दा मुनिका १० उत्कृष्ट मोबाइल फोनहरुको जानकारी दिइएको छ।

१५ हजार मुनिका १० उत्कृष्ट मोबाइल फोनहरु (सारांश)

मोबाइल मुल्य 
Vivo Y02रु. १२,४९९ (२/३२)
Redmi A1+रु. १२,४९९ (२/३२)
रु. १३,९९९ (३/३२)
Redmi 10Aरु. १३,९९९ (२/३२)
रु. १५,४९९ (३/६४)*
रु. १७,९९९ (४/१२८)*
Poco C31रु. १४,९९९ (३/३२)
Realme C30रु. १३,४९९ (२/३२)
रु. १४,४९९ (३/३२)
Realme Narzo 50i Primeरु. १४,४९९ (३/३२)
रु. १५,९९९ (४/६४)*
Samsung Galaxy A04eरु. १३,४९९ (३/३२)
Benco V90रु. १३,९९९ (४/६४)
रु. १४,७९९ (४/१२८)
Tecno Spark 8Cरु. ११,८९० (२/३२)
रु. १४,९९० (३/६४)
Redmi 12Cरु. १३,४९९ (३/३२)
रु. १४,४९९ (४/६४)
रु. १६,९९९ (६/१२८)*

Vivo Y02

vivo y02

यस लिस्टलाई सुरुवात गर्दै छ Vivo Y02 ले। यस मोबाइलमा तपाईँहरुले Mediatek Helio P22 प्रोसेसर भेट्नुहुनेछ जुन त्यति राम्रो प्रोसेसर हैन। तर यस मुल्य सेग्मेन्टको लागि राम्रो फिचरहरु पाउन गार्है पर्ने हुँदा यसले त्यति ठुलो प्रभाव पार्ने छैन।

डिजाइन हेर्ने हो भने यो मोबाइल आकर्षक छ र यहाँ डिस्प्लेको लागि ६.५१ इन्चको HD+ IPS LCD प्यानल समावेश गरिएको छ। क्यामेराको लागि तपाईँहरुले यहाँ ८ मेगापिक्सलको एउटा ब्याक क्यामेरा र वाटरड्रप नच (waterdrop notch) सहितको ५ मेगापिक्सलको एउटा सेल्फि क्यामेरा पाउनुहुनेछ। 

यसको एउटा राम्रो पक्ष भनेको यस मोबाइलमा Android 12 अपरेटिङ सिस्टम समावेश गरिएको छ। यहाँ 5000 mAh ब्याट्रि रहेकोले छिटै ब्याट्रि सकिएला भनेर सोच्नु पर्ने छैन। यो मोबाइल तपाईँहरुले २/३ जिबि RAM र ३२ जिबि इन्टर्नल मेमोरी सहित पाउन सक्नुहुनेछ।  

Vivo Y02 काे विशेषताहरु

स्क्रिन डिस्प्ले (Screen Display)६.५१ इन्च स्क्रिन, IPS LCD प्यानल, HD+ (1600x720p) डिस्प्ले, ६० हर्ट्ज रिफ्रेस रेट, वाटरड्रप नच (waterdrop notch) डिस्प्ले
चिपसेट (Chipset)Mediatek Helio P22 (12nm)
सिपियु (CPU)/ जिपियु (GPU)Octa-core/ PowerVR GE8320 
ओएस/ युआइ (OS/UI)Android 12/ Funtouch OS 12
ब्याक क्यामेरा (Back Camera)सिङ्गल क्यामेरा सेटप (8 MP f/2.0 मेन क्यामेरा, LED फ्लास)  
फ्रन्ट क्यामेरा (Front Camera)5 MP f/2.2 सेल्फि क्यामेरा
मेमोरी र स्टोरेज (Memory & Storage)२/३ जिबि RAM र ३२ जिबि इन्टर्नल मेमोरी
छुट्टै मेमोरी कार्ड स्लट उपलब्ध (स्टोरेज बढाउन सकिने) 
eMMC 5.1 storage
कनेक्टिभिटि (Connectivity)Wi-Fi 802.11 b/g/n, dual band, Bluetooth 5.0, FM Radio, microUSB 2.0, OTG, 4G 
ब्याट्रि र चार्जिङ (Battery & Charging)5000 mAh ब्याट्रि, १० वाट वायर्ड चार्जिङ सपोर्ट, ५ वाट रिभर्स वायर्ड चार्जिङ सपोर्ट
अन्य फिचर (Other Features)डुवल सिम (न्यानो सिम), ३.५ मिलिमिटर हेडफोन ज्याक
मुल्य (Price)रु. १२,४९९ (२/३२)

Redmi A1+

redmi a1+

यस लिस्टमा अर्को नाम रहेको छ Redmi A1+। यस मोबाइलमा तपाईँहरुले Mediatek Helio A22 प्रोसेसर भेट्नुहुनेछ जुन Vivo Y02 मा रहेको Helio P22 भन्दा थोरै नराम्रो प्रोसेसर हो। तर यस मोबाइलको लागि थप फिचरमा तपाईँहरुले यहाँ ब्याक फिङ्गरप्रिन्ट रिडर पाउनुहुनेछ। 

यहाँ डिस्प्लेको लागि ६.५२ इन्चको HD+ IPS LCD प्यानल समावेश गरिएको छ। क्यामेराको लागि तपाईँहरुले यहाँ ८ मेगापिक्सलको मेन क्यामेरा सहित डुवल ब्याक क्यामेरा सेटप र डट ड्रप नच (dot drop notch) सहितको ५ मेगापिक्सलको एउटा सेल्फि क्यामेरा पाउनुहुनेछ। 

यस मोबाइलमा Android 12 (Go Edition) अपरेटिङ सिस्टम समावेश गरिएको छ। ब्याट्रिको लागि यहाँ 5000 mAh ब्याट्रि राखिएको छ। यो मोबाइल तपाईँहरुले २/३ जिबि RAM र ३२ जिबि इन्टर्नल मेमोरी सहित पाउन सक्नुहुनेछ।  

Realme A1+ काे विशेषताहरु

स्क्रिन डिस्प्ले (Screen Display)६.५२ इन्च डट ड्रप डिस्प्ले, IPS LCD प्यानल, HD+ (1600x720p) रेजोल्युसन
चिपसेट (Chipset)Mediatek Helio A22 (12nm)
सिपियु (CPU)/ जिपियु (GPU)Octa-core@2.0 GHz/ PowerVR GE8320
ओएस / युआइ (OS/UI)Android 12 (Go Edition) / MIUI 12
ब्याक क्यामेरा (Back Camera)डुवल क्यामेरा सेटप (8 MP f/2.0 मेन क्यामेरा, QVGA lens)  
फ्रन्ट क्यामेरा (Front Camera)5 MP f/2.2 सेल्फि क्यामेरा
मेमोरी र स्टोरेज (Memory & Storage)२/३ जिबि LPDDR4X RAM र ३२ जिबि इन्टर्नल मेमोरी
छुट्टै मेमोरी कार्ड स्लट उपलब्ध (१ टिबिसम्म स्टोरेज बढाउन सकिने) 
eMMC 5.1 storage
कनेक्टिभिटि (Connectivity)Wi-Fi 802.11 a/b/g/n, Bluetooth 5.0, FM Radio, microUSB 2.0, OTG, 4G 
ब्याट्रि र चार्जिङ (Battery & Charging)5000 mAh ब्याट्रि, १० वाट चार्जिङ सपोर्ट
अन्य फिचर (Other Features)डुवल सिम (न्यानो सिम), ब्याक फिङ्गरप्रिन्ट रिडर, ३.५ मिलिमिटर हेडफोन ज्याक
मुल्य (Price)रु. १२,४९९ (२/३२)
रु. १३,९९९ (३/३२)

Redmi 10A

redmi 10a

यस लिस्टमा अर्को नाम रहेको छ Redmi 10A। यस मोबाइलमा तपाईँहरुले Mediatek Helio G25 प्रोसेसर भेट्नुहुनेछ जुन त्यति आकर्षक प्रोसेसर हैन। यस मोबाइलको लागि पनि तपाईँहरुले ब्याक फिङ्गरप्रिन्ट रिडर पाउनुहुनेछ। 

यस मोबाइल डिजाइन आकर्षक रहेको छ र यहाँ डिस्प्लेको लागि ६.५३ इन्चको HD+ IPS LCD प्यानल समावेश गरिएको छ। क्यामेराको लागि तपाईँहरुले यहाँ १३ मेगापिक्सलको मेन क्यामेरा सहित डुवल ब्याक क्यामेरा सेटप र डट ड्रप नच (dot drop notch) सहितको ५ मेगापिक्सलको एउटा सेल्फि क्यामेरा पाउनुहुनेछ। 

यस मोबाइलमा Android 11 अपरेटिङ सिस्टम समावेश गरिएको छ। ब्याट्रिको लागि यहाँ तपाईँहरुले 5000 mAh ब्याट्रि पाउनुहुनेछ। यो मोबाइल तपाईँहरुले २/३/४ जिबि RAM र ३२/६४/१२८ जिबि इन्टर्नल मेमोरी सहित पाउन सक्नुहुनेछ।  

Redmi 10A काे विशेषताहरु

स्क्रिन डिस्प्ले (Screen Display)६.५३ इन्च स्क्रिन, IPS LCD प्यानल, डट ड्रप डिस्प्ले, HD+ (1600x720p) रेजोल्युसन, ४०० निट्स ब्राइटनेस
चिपसेट (Chipset)Mediatek Helio G25 (12nm)
सिपियु (CPU)/ जिपियु (GPU)Octa-core@2.0 GHz/ PowerVR GE8320
ओएस/ युआइ (OS/UI)Android 11/ MIUI 12.5
ब्याक क्यामेरा (Back Camera)डुवल क्यामेरा सेटप (13 MP f/2.2 मेन क्यामेरा, 2 MP f/2.4 देप्थ क्यामेरा)  
फ्रन्ट क्यामेरा (Front Camera)5 MP f/2.2 सेल्फि क्यामेरा
मेमोरी र स्टोरेज (Memory & Storage)२/३/४ जिबि LPDDR4X RAM र ३२/६४/१२८ जिबि इन्टर्नल मेमोरी
छुट्टै मेमोरी कार्ड स्लट उपलब्ध (१ टिबिसम्म स्टोरेज बढाउन सकिने) 
eMMC 5.1 storage
कनेक्टिभिटि (Connectivity)Wi-Fi 802.11a/b/g/n, 2.4 GHz Wi-Fi, Bluetooth 5.0, FM Radio, microUSB 2.0, OTG, 4G
ब्याट्रि र चार्जिङ (Battery & Charging)5000 mAh ब्याट्रि, १० वाट चार्जिङ सपोर्ट
अन्य फिचर (Other Features)डुवल सिम (न्यानो सिम), ब्याक फिङ्गरप्रिन्ट रिडर, ३.५ मिलिमिटर हेडफोन ज्याक
मुल्य (Price)रु. १३,९९९ (२/३२)
रु. १५,४९९ (३/६४)*
रु. १७,९९९ (४/१२८)*

Poco C31

poco c31

यस मुल्य सेग्मेन्टमा अर्को मोबाइल फोन रहेको छ Poco C31। यस मोबाइलमा तपाईँहरुले Mediatek Helio G35 प्रोसेसर भेट्नुहुनेछ जुन ओभरल पर्फमेन्सको आधारमा Redmi 10A को Helio G25 भन्दा थोरै राम्रो प्रोसेसर हो। यस मोबाइलको लागि पनि तपाईँहरुले ब्याक फिङ्गरप्रिन्ट रिडर पाउनुहुनेछ। 

यहाँ डिस्प्लेको लागि ६.५३ इन्चको स्क्रिन सहित HD+ IPS LCD डिस्प्ले प्यानल समावेश गरिएको छ। क्यामेराको लागि तपाईँहरुले यहाँ १३ मेगापिक्सलको मेन क्यामेरा सहित ट्रिपल ब्याक क्यामेरा सेटप र टियरड्रप नच (teardrop notch) सहितको ५ मेगापिक्सलको एउटा सेल्फि क्यामेरा पाउनुहुनेछ। 

केहि अगाडि रिलिज भएको हुँदा यस मोबाइलमा Android 10 अपरेटिङ सिस्टम समावेश गरिएको छ। ब्याट्रिको लागि यहाँ तपाईँहरुले 5000 mAh ब्याट्रि पाउनुहुनेछ। यो मोबाइल तपाईँहरुले ३/४ जिबि RAM र ३२/६४ जिबि इन्टर्नल मेमोरी सहित पाउन सक्नुहुनेछ।  

Poco C31 काे विशेषताहरु

स्क्रिन डिस्प्ले (Screen Display)६.५३ इन्च स्क्रिन साइज, IPS LCD प्यानल, टियरड्रप नच (teardrop notch), HD+ (1600x720p) डिस्प्ले, ६० हर्ट्ज रिफ्रेस रेट
चिपसेट (Chipset)Mediatek Helio G35 (12nm)
सिपियु (CPU)/ जिपियु (GPU)Octa-core@ 2.3 GHz/ PowerVR GE8320 
ओएस/ युआई (OS/UI)Android 10/ MIUI 12 
ब्याक क्यामेरा (Back Camera)ट्रिपल क्यामेरा सेटप (13 MP f/2.2 मेन क्यामेरा, 2 MP f/2.4 म्याक्रो क्यामेरा, 2 MP f/2/4 देप्थ सेन्सर) 
फ्रन्ट क्यामेरा (Front Camera)5 MP f/2.2 सेल्फि क्यामेरा
मेमोरी र स्टोरेज (Memory & Storage)३/४ जिबि RAM र ३२/६४ जिबि इन्टर्नल मेमोरी
छुुट्टै मेमोरी कार्ड स्लट उपलब्ध (स्टोरेज बढाउन सकिने)
eMMC 5.1 स्टोरेज
कनेक्टिभिटि (Connectivity)Wi-Fi 802.11 a/b/g/n, Wi-Fi Direct, Bluetooth 5.0, FM Radio, microUSB 2.0, OTG, 4G
ब्याट्रि र चार्जिङ (Battery & Charging)5000 mAh ब्याट्रि, १० वाट वायर्ड चार्जिङ सपोर्ट
अन्य फिचर (Other Features)डुवल सिम (न्यानो सिम), ब्याक फिङ्गरप्रिन्ट रिडर, ३.५ मिलिमिटर हेडफोन ज्याक, पान्डा ग्लास प्रोटेक्सन
मुल्य (Price)रु. १४,९९९ (३/३२)

Realme C30

realme c30

यस लिस्टमा अर्को नाम रहेको छ Realme C30। यस मोबाइलमा तपाईँहरुले Unisoc T612 प्रोसेसर भेट्नुहुनेछ जुन ओभरल पर्फमेन्सको यो भन्दा अगाडिका प्रोसेसरहरु भन्दा धेरै राम्रो छ। यस लिस्टमा यो यति माथि रहनुको एक मात्र कारण यहि नै हो। यहाँ तपाईँहरुले ब्याक फिङ्गरप्रिन्ट रिडर भने पाउनुहुनेछैन।

यहाँ डिस्प्लेको लागि ६.५ इन्चको स्क्रिन सहित HD+ IPS LCD डिस्प्ले प्यानल समावेश गरिएको छ। क्यामेराको लागि तपाईँहरुले यहाँ ८ मेगापिक्सलको मेन क्यामेरा र ५ मेगापिक्सलको एउटा सेल्फि क्यामेरा पाउनुहुनेछ। 

यस मोबाइलमा Android 11 अपरेटिङ सिस्टम समावेश गरिएको छ। ब्याट्रिको लागि यहाँ तपाईँहरुले 5000 mAh ब्याट्रि पाउनुहुनेछ। यो मोबाइल तपाईँहरुले २/३ जिबि RAM र ३२ जिबि इन्टर्नल मेमोरी सहित पाउन सक्नुहुनेछ।  

Realme C30 काे विशेषताहरु

स्क्रिन डिस्प्ले (Screen Display)६.५ इन्च स्क्रिन साइज, IPS LCD प्यानल, HD+ (1600x720p) डिस्प्ले, १२० हर्ट्ज टच स्याम्प्लिङ रेट
चिपसेट (Chipset)Unisoc T612 (12nm)
सिपियु (CPU)/ जिपियु (GPU)Octa-core@1.82 GHz/ Mali G57
ओएस/ युआई (OS/UI)Android 11/ Realme UI Go
ब्याक क्यामेरा (Back Camera)सिङ्गल क्यामेरा सेटप (8 MP f/2.0 मेन क्यामेरा) 
फ्रन्ट क्यामेरा (Front Camera)5 MP f/2.2 सेल्फि क्यामेरा
मेमोरी र स्टोरेज (Memory & Storage)२/३ जिबि LPDDR4X RAM र ३२ जिबि इन्टर्नल मेमोरी
छुट्टै मेमोरी कार्ड स्लट उपलब्ध (१ टिबिसम्म स्टोरेज बढाउन सकिने) 
UFS 2.2 स्टोरेज
कनेक्टिभिटि (Connectivity)Wi-Fi 802.11 b/g/n, Bluetooth 5.0, FM Radio, microUSB 2.0, OTG, 4G
ब्याट्रि र चार्जिङ (Battery & Charging)5000 mAh ब्याट्रि, १० वाट चार्जिङ सपोर्ट
अन्य फिचर (Other Features)डुवल सिम (न्यानो सिम), ३.५ मिलिमिटर हेडफोन ज्याक
मुल्य (Price)रु. १३,४९९ (२/३२)
रु. १४,४९९ (३/३२)

Realme Narzo 50i Prime

realme narzo 50i prime

यस लिस्टमा अर्को नाम रहेको छ RealmeNarzo 50i Prime। Realme C30 झैँ तपाईँहरुले यहाँ Unisoc T612 प्रोसेसर भेट्नुहुनेछ जुन अहिलेसम्मका प्रोसेसरहरु मध्येमा सबैभन्दा राम्रो प्रोसेसर हो। यहाँ तपाईँहरुले ब्याक फिङ्गरप्रिन्ट रिडर भने पाउनुहुने छैन।

यहाँ डिस्प्लेको लागि ६.५ इन्चको स्क्रिन सहित HD+ IPS LCD डिस्प्ले प्यानल समावेश गरिएको छ। क्यामेराको लागि तपाईँहरुले यहाँ ८ मेगापिक्सलको मेन क्यामेरा र ५ मेगापिक्सलको एउटा सेल्फि क्यामेरा पाउनुहुनेछ। 

यस मोबाइलमा Android 11 अपरेटिङ सिस्टम समावेश गरिएको छ। ब्याट्रिको लागि यहाँ तपाईँहरुले 5000 mAh ब्याट्रि पाउनुहुनेछ। यो मोबाइल तपाईँहरुले २/३ जिबि RAM र ३२ जिबि इन्टर्नल मेमोरी सहित पाउन सक्नुहुनेछ।  

Realme Narzo 50i Prime काे विशेषताहरु

स्क्रिन डिस्प्ले (Screen Display)६.५ इन्च IPS LCD डिस्प्ले, HD+ (1600x720p) रेजोल्युसन, ४०० निट्स ब्राइटनेस, ६० हर्ट्ज रिफ्रेस रेट 
चिपसेट (Chipset)Unisoc Tiger T612 (12nm)
सिपियु (CPU)/ जिपियु (GPU)Octa-core@ 1.8 GHz/ Mali-G57 
ओएस/ युआइ (OS/UI)Android 11 / realme UI R edition
ब्याक क्यामेरा (Back Camera)सिङ्गल क्यामेरा सेटप (8 MP f/2.0 मेन क्यामेरा)  
फ्रन्ट क्यामेरा (Front Camera)5 MP f/2.2 सेल्फि क्यामेरा
मेमोरी र स्टोरेज (Memory & Storage)३/४ जिबि LPDDR4X RAM र ३२/६४ जिबि इन्टर्नल मेमोरी
छुट्टै मेमोरी कार्ड स्लट उपलब्ध (१ टिबिसम्म स्टोरेज बढाउन सकिने)
UFS 2.2 स्टोरेज
कनेक्टिभिटि (Connectivity)Wi-Fi 802.11b/g/n, Bluetooth 5.0, FM Radio, microUSB 2.0, OTG, 4G
ब्याट्रि र चार्जिङ (Battery and Charging)5000 mAh ब्याट्रि, १० वाट चार्जिङ सपोर्ट
अन्य फिचर (Other Features)डुवल सिम (न्यानो सिम), ३.५ मिलिमिटर हेडफोन ज्याक
मुल्य (Price)रु. १४,४९९ (३/३२)
रु. १५,९९९ (४/६४)*

Samsung Galaxy A04e

samsung galaxy a04e

यस लिस्टमा अर्को मोबाइल फोन रहेको छ Samsung Galaxy A04e। यस मोबाइलमा तपाईँहरुले Helio P35 प्रोसेसर भेट्नुहुनेछ जुन ओभरल पर्फमेन्सको आधारमा त्यति उत्कृष्ट भने हैन। यस मोबाइलको लागि पनि तपाईँहरुले ब्याक फिङ्गरप्रिन्ट रिडर पाउनुहुने छैन। 

यहाँ डिस्प्लेको लागि ६.५ इन्चको ठुलो स्क्रिन सहित HD+ IPS LCD डिस्प्ले प्यानल समावेश गरिएको छ। क्यामेराको लागि तपाईँहरुले यहाँ १३ मेगापिक्सलको मेन क्यामेरा सहित डुवल ब्याक क्यामेरा सेटप र ५ मेगापिक्सलको एउटा सेल्फि क्यामेरा पाउनुहुनेछ। 

यस मोबाइलमा Android 12 अपरेटिङ सिस्टम समावेश गरिएको छ। ब्याट्रिको लागि यहाँ तपाईँहरुले 5000 mAh ब्याट्रि पाउनुहुनेछ। यो मोबाइल तपाईँहरुले ३/४ जिबि RAM र ३२/६४/१२८ जिबि इन्टर्नल मेमोरी सहित पाउन सक्नुहुनेछ।  

Samsung Galaxy A04e काे विशेषताहरु

स्क्रिन डिस्प्ले (Screen Display)६.५ इन्च PLS LCD डिस्प्ले, HD+ (1600x720p) रेजोल्युसन
चिपसेट (Chipset)Mediatek Helio P35 (12nm)
सिपियु (CPU)/ जिपियु (GPU)Octa-core@ 2.3 GHz/ PowerVR GE8320 
ओएस/ युआइ (OS/UI)Android 12/ One UI Core 4.1
ब्याक क्यामेरा (Back Camera)डुवल क्यामेरा सेटप (13 MP f/2.2 मेन क्यामेरा, 2 MP f/2.2  देप्थ सेन्सर)  10x डिजिटल जुम
फ्रन्ट क्यामेरा (Front Camera)5 MP f/2.2 सेल्फि क्यामेरा
मेमोरी र स्टोरेज (Memory & Storage)३/४ जिबि LPDDR4X RAM र ३२/६४/१२८ जिबि इन्टर्नल मेमोरी
छुट्टै मेमोरी कार्ड स्लट उपलब्ध (१ टिबिसम्म स्टोरेज बढाउन सकिने)
कनेक्टिभिटि (Connectivity)Wi-Fi 802.11b/g/n, Wifi Direct, Bluetooth 5.0, FM Radio, USB Type C 2.0, OTG, 4G
ब्याट्रि (Battery)5000 mAh ब्याट्रि
अन्य फिचर (Other Features)डुवल सिम (न्यानो सिम), ३.५ मिलिमिटर हेडफोन ज्याक
मुल्य (Price)रु. १३,४९९ (३/३२)

Benco V90

यस लिस्टमा अर्को नाम रहेको छ Benco V90। यस मोबाइलमा तपाईँहरुले Unisoc SC9863A प्रोसेसर भेट्नुहुनेछ जुन ओभरल पर्फमेन्सको आधारमा Redmi 10A को Helio G25 भन्दा थोरै राम्रो प्रोसेसर हो। यस मोबाइलको लागि पनि तपाईँहरुले ब्याक फिङ्गरप्रिन्ट रिडर पाउनुहुनेछ। 

यहाँ डिस्प्लेको लागि ६.८२ इन्चको ठुलो स्क्रिन सहित HD+ IPS LCD डिस्प्ले प्यानल समावेश गरिएको छ। क्यामेराको लागि तपाईँहरुले यहाँ १६ मेगापिक्सलको मेन क्यामेरा सहित ट्रिपल ब्याक क्यामेरा सेटप र टियरड्रप नच (teardrop notch) सहितको ८ मेगापिक्सलको एउटा सेल्फि क्यामेरा पाउनुहुनेछ। 

यस मोबाइलमा Android 12 अपरेटिङ सिस्टम समावेश गरिएको छ। ब्याट्रिको लागि यहाँ तपाईँहरुले 5000 mAh ब्याट्रि पाउनुहुनेछ। यो मोबाइल तपाईँहरुले ४ जिबि RAM र ६४/१२८ जिबि इन्टर्नल मेमोरी सहित पाउन सक्नुहुनेछ।  

प्रोसेसरमा केहि पछि परे पनि यस मोबाइलका अन्य फिचरहरु र सस्तो मुल्यमा उपलब्धताको कारणले यो मोबाइल यस लिस्टमा उच्च स्थानमा रहेको छ।

Benco V90 काे विशेषताहरु

स्क्रिन डिस्प्ले (Screen Display)६.८२ इन्च स्क्रिन, IPS LCD प्यानल, टियरड्रप नच (teardrop notch), HD+ (1640x720p) डिस्प्ले, ६० हर्ट्ज रिफ्रेस रेट
चिपसेट (Chipset)Unisoc SC9863A (28nm)
सिपियु (CPU)/ जिपियु (GPU)Octa-core@ 1.6 GHz/ IMG8322 GPU
ओएस (OS)Android 12 
ब्याक क्यामेरा (Back Camera)ट्रिपल क्यामेरा सेटप (16 MP मेन क्यामेरा, दुईवटा अक्जिलेरि सेन्सर, LED फ्लास)  
फ्रन्ट क्यामेरा (Front Camera)8 MP सेल्फि क्यामेरा
मेमोरी र स्टोरेज (Memory & Storage)४ जिबि RAM र ६४/१२८ जिबि इन्टर्नल मेमोरी
छुट्टै मेमोरी कार्ड स्लट उपलब्ध (स्टोरेज बढाउन सकिने) 
कनेक्टिभिटि (Connectivity)Wi-Fi 802.11 b/g/n, dual band, Bluetooth 5.0, FM Radio, USB Type C 2.0, OTG, 4G
ब्याट्रि र चार्जिङ (Battery & Charging)5000 mAh ब्याट्रि, टाइप सि चार्जिङ सपोर्ट
अन्य फिचर (Other Features)डुवल सिम (न्यानो सिम), ब्याक फिङ्गरप्रिन्ट रिडर, ३.५ मिलिमिटर हेडफोन ज्याक
मुल्य (Price)रु. १३,९९९ (४/६४)
रु. १४,७९९ (४/१२८)

Tecno Spark 8C

Tecno Spark 8C मोबाइल फोनले यस लिस्टमा दोस्रो स्थान ओगट्न सफल बनेको छ। यस मोबाइलमा तपाईँहरुले Unisoc T606 प्रोसेसर भेट्नुहुनेछ जुन ओभरल पर्फमेन्सको ठिकै छ। यस मोबाइलको लागि पनि तपाईँहरुले ब्याक फिङ्गरप्रिन्ट रिडर पाउनुहुनेछ। 

यहाँ डिस्प्लेको लागि ६.६ इन्चको ठुलो स्क्रिन सहित HD+ IPS LCD डिस्प्ले प्यानल समावेश गरिएको छ। यसको अर्को राम्रो फिचरमा ९० हर्ट्जको स्क्रिन रिफ्रेस रेट पनि पर्दछ। क्यामेराको लागि तपाईँहरुले यहाँ १३ मेगापिक्सलको मेन क्यामेरा सहित डुवल ब्याक क्यामेरा सेटप र ८ मेगापिक्सलको एउटा सेल्फि क्यामेरा पाउनुहुनेछ। 

यस मोबाइलमा Android 11 अपरेटिङ सिस्टम समावेश गरिएको छ। ब्याट्रिको लागि यहाँ तपाईँहरुले 5000 mAh ब्याट्रि पाउनुहुनेछ। यस मोबाइलको अर्को राम्रो फिचर अन्तर्गत यहाँ स्टेरियो स्पिकर समावेश गरिएको छ। यो मोबाइल तपाईँहरुले २/३ जिबि RAM र ३२/६४ जिबि इन्टर्नल मेमोरी सहित पाउन सक्नुहुनेछ भने यसको मुल्य पनि सस्तो रहेको छ।  

Tecno Spark 8C काे विशेषताहरु

स्क्रिन डिस्प्ले (Screen Display)६.६ इन्च IPS LCD, डट नच डिस्प्ले, HD+ (1612x720p) रेजोल्युसन,  ९० हर्ट्ज रिफ्रेस रेट 
चिपसेट (Chipset)Unisoc T606 
ओएस/ युआइ (OS/UI)Android 11/ HiOS 7.6
ब्याक क्यामेरा (Back Camera)डुवल क्यामेरा सेटप (13 MP f/1.8 मेन क्यामेरा), डुवल फ्लास, QVGA sensor  
फ्रन्ट क्यामेरा (Front Camera)8 MP सेल्फि क्यामेरा, LED फ्लास
मेमोरी र स्टोरेज (Memory & Storage)२/३ जिबि LPDDR4X RAM र ३२/६४ जिबि इन्टर्नल मेमोरी
छुट्टै मेमोरी कार्ड स्लट उपलब्ध (स्टोरेज बढाउन सकिने)
eMMC 5.1 स्टोरेज
कनेक्टिभिटि (Connectivity)Wi-Fi, Bluetooth, FM Radio, microUSB 2.0, OTG, NFC, 4G
ब्याट्रि र चार्जिङ (Battery and Charging)5000 mAh ब्याट्रि
अन्य फिचर (Other Features)डुवल सिम (न्यानो सिम), ब्याक फिङ्गरप्रिन्ट रिडर, ३.५ मिलिमिटर हेडफोन ज्याक, स्टेरियो स्पिकर
मुल्य (Price)रु. ११,८९० (२/३२)
रु. १४,९९० (३/६४)

Redmi 12C

redmi 12c

यस लिस्टमा प्रथम स्थानमा रहेको छ Redmi 12C। यस मोबाइलमा तपाईँहरुले Helio G85 प्रोसेसर भेट्नुहुनेछ जुन ओभरल पर्फमेन्सको आधारमा यहाँ अंकित भएका सबै प्रोसेसरहरु भन्दा राम्रो छ। यस मोबाइलको लागि पनि तपाईँहरुले ब्याक फिङ्गरप्रिन्ट रिडर पाउनुहुनेछ। 

यहाँ डिस्प्लेको लागि ६.७१ इन्चको ठुलो स्क्रिन सहित HD+ IPS LCD डिस्प्ले प्यानल समावेश गरिएको छ। क्यामेराको लागि तपाईँहरुले यहाँ ५० मेगापिक्सलको मेन क्यामेरा सहित डुवल ब्याक क्यामेरा सेटप र ५ मेगापिक्सलको एउटा सेल्फि क्यामेरा पाउनुहुनेछ। 

यस मोबाइलमा Android 12 अपरेटिङ सिस्टम समावेश गरिएको छ। ब्याट्रिको लागि यहाँ तपाईँहरुले 5000 mAh ब्याट्रि पाउनुहुनेछ। यो मोबाइल तपाईँहरुले ३/४/६ जिबि RAM र ३२/६४/१२८ जिबि इन्टर्नल मेमोरी सहित पाउन सक्नुहुनेछ।

Redmi 12C काे विशेषताहरु

स्क्रिन डिस्प्ले (Screen Display)६.७१ इन्च IPS LCD, डट ड्रप डिस्प्ले, HD+ (1650x720p) रेजोल्युसन, ५०० निट्स ब्राइटनेस, ६० हर्ट्ज रिफ्रेस रेट 
चिपसेट (Chipset)Mediatek Helio G85 (12nm)
सिपियु (CPU)/ जिपियु (GPU)Octa-core@ 2.0 GHz/ Mali-G52 MC2
ओएस/ युआइ (OS/UI)Android 12/ MIUI 13
ब्याक क्यामेरा (Back Camera)डुवल क्यामेरा सेटप (50 MP f/1.8 मेन क्यामेरा)  
फ्रन्ट क्यामेरा (Front Camera)5 MP f/2.2 सेल्फि क्यामेरा
मेमोरी र स्टोरेज (Memory & Storage)३/४/६ जिबि LPDDR4X RAM र ३२/६४/१२८ जिबि इन्टर्नल मेमोरी
छुट्टै मेमोरी कार्ड स्लट उपलब्ध (१ टिबिसम्म स्टोरेज बढाउन सकिने)
eMMC 5.1 स्टोरेज
कनेक्टिभिटि (Connectivity)Wi-Fi 802.11a/b/g/n/ac, Bluetooth 5.1, FM Radio, microUSB 2.0, NFC, 4G
ब्याट्रि र चार्जिङ (Battery and Charging)5000 mAh ब्याट्रि, १० वाट इन-बक्स चार्जिङ सपोर्ट
अन्य फिचर (Other Features)डुवल सिम (न्यानो सिम), ब्याक फिङ्गरप्रिन्ट रिडर, ३.५ मिलिमिटर हेडफोन ज्याक
मुल्य (Price)रु. १३,४९९ (३/३२)
रु. १४,४९९ (४/६४)
रु. १६,९९९ (६/१२८)*

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.