दराज ११.११ २०२३ वर्षको सबैभन्दा ठूलो सेल

Daraz 11.11 The Biggest Sale of the Year

नेपालको प्रमुख अनलाइन सपिङ प्लेटफर्म दराजले आफ्नो वर्षकै सबैभन्दा ठूलो सेल दराज ११.११ अभियान सुरु गरेको छ। यस वर्षको दराज ११.११ (Daraz 11.11) सेल २०२३ कार्तिक २५ (नोभेम्बर ११) गते हुन गै रहेको छ। यहाँ  ग्राहकहरुले विभिन्न उत्पादनहरूमा छुटहरूका साथै भाउचरहरू, फ्ल्यास सेल र अन्य अफरहरु पाउनु हुने छ। 

कम्पनीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार उत्पादनहरूको बिक्रीमा ग्राहकका लागि निःशुल्क डेलिभरी, ८० प्रतिशत सम्मको मेगा डिल र १० हजार रुपैयाँ सम्मको मेगा भाउचर जस्ता अन्य थुप्रै डिल पनि तयार पारिएको छ। साथै कम्तिमा ९९९ रुपैयाँ मूल्यको उत्पादनहरू खरिद गर्दा र प्लेटफर्ममा डिजिटल प्रीपेमेन्ट मार्फत आफ्नो अर्डरको भुक्तानी गर्दा ११ जना भाग्यशाली विजेताहरूले मेगा गिभवेमा सीजी ब्रान्डको वाशिङ मेसिन जित्ने मौका पाउनु हुनेछ।

यस्तै दराजले नेपालका १५ प्रमुख बैंकहरूसँग पनि साझेदारी गरेको छ। जहाँ बैंकको डेबिट कार्ड प्रयोग गरी प्रिपेमेन्ट गर्दा ग्राहकले अधिकतम रु २,००० सम्मको (१५ प्रतिशत) छुट पाउनेछन् भने क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले अधिकतम रु २,५०० सम्मको (२० प्रतिशत) छुट पाउनेछन्।

दराज ११.११ अभियानमा साझेदारी भएका बैंकहरू:

  • नबिल बैंक
  • सानिमा बैंक
  • हिमालयन बैंक
  • ग्लोबल आईएमई बैंक
  • एनआईसी एशिया बैंक
  • एभरेष्ट बैंक
  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंक
  • एनएमबी बैंक
  • माछापुच्छ्रे बैंक
  • सिटिजन्स बैंक
  • नेपाल एसबीआई बैंक
  • नेपाल बैंक
  • कृषि विकास बैंक
  • ज्योति विकास बैंक
  • सांग्रिला विकास बैंक

त्यसैगरी, आफ्नो आइएमइ पे वालेट मार्फत प्रिपेमेन्ट गर्दा नोभेम्बर ११ मा विभिन्न समयमा छुटहरु पाउन सक्नु हुनेछ। यहाँ तपाइले बिहान १२ बजेदेखि १२:३० बजेसम्म रु ५०० सम्मको (१५ प्रतिशत) र बिहान ८ देखि ८:३० सम्म अनि साझा ६ बेज देखि ५:३० सम्मको बीचमा रु २५० सम्मको (१५ प्रतिशत) छुट प्राप्त गर्न सक्नु हुन्छ। 

यससंगै यो वर्ष दराजले आफ्ना ग्राहकहरूलाई थप रोमाञ्चक डिलहरू र छुटहरू उपलब्ध गराउन आठ डायमण्ड ब्रान्ड,  जसमा अल्टिमा लाइफस्टाइल, मसल ब्लेज, हाडा लेबो, भेसेलिन, सेटाफिल, गोल्डस्टार, वाओ स्किन साइन्स, र जुवारा छन्। साथै हाइफ्युचर, फिलिप्स, फ्यान्सेरा, एडिडास, मामाअर्थ, प्लम र फ्यान्टेक लगायत सातवटा गोल्ड ब्रान्डहरुसँग दराजले सहकार्य गरिरहेको छ। 

अल्टिमा लाइफस्टाइलको डिल र डिस्काउंट

दराजले ११.११ अभियानमा लोकप्रिय नेपाली ब्रान्ड अल्टिमा लाइफस्टाइलसँग पनि सहकार्य गरिरहेको छ। अल्टिमा लाइफस्टाइल आफ्नो वायरलेस इयरबड, स्मार्टवाच, ब्लुटुथ स्पिकर जस्ता उच्च गुणस्तर र किफायती मूल्यहरूको उत्पादनहरूको लागि परिचित छ। 

दराज ११.११ अभियानको समय अवधिमा, अल्टिमाको उत्पादनहरूमा ग्राहकहरुले ५०% सम्मको छुट पाउनु हुनेछ साथै अन्य धेरै रोमाञ्चक अफरहरू पनि रहेको छ, जस्तै: नेपालभर नि:शुल्क ढुवानी, रश आवर डिल, रु. ५०० सम्मको दराज डिस्काउंट भाउचर, रु. २५०० सम्मको प्रीपेमेन्ट डिस्काउंट। यस्तैगरि बिहान ९ बजेदेखि ११ बजेसम्म ग्राहकहरूले विशेष रश आवर डिलमा आइएमइ पे डिस्काउंट भाउचर संगै दराज डिस्काउंट भाउचर प्रयोग गरि अल्टिमाको प्रोडक्टहरु थप कम मूल्यमा किन्न सक्नु हुन्छ। 

अल्टिमा लाइफस्टाइलको प्रोडक्टहरुको दराज ११.११ अभियान मूल्य: 

प्रोडक्टमोडेलको नाममूल्य११.११ अभियान मूल्यडिस्काउंट
वायरलेस इयरबडएटम १९२ रु. २६९९ रु. १९९९ रु. ७०० 
एटम ५२०रु. २३९९ रु. १९९९ रु. ४०० 
एटम ३२०रु. २२९९ रु. १८९९रु. ४०० 
बुम १४१ एएनसीरु. ३४९९ रु. १९९९ रु. १५०० 
स्मार्टवाचम्याजिक प्रोरु. ३५९९ रु. २९९९रु. ६०० 
नोभारु. ४६९९ रु. ३९९९ रु. ७०० 
नोभा प्रोरु. ५९९९ रु. ३९९९ रु. २००० 
वाच सर्कलरु. ५९९९ रु. ४८९९ रु. ११०० 
ब्लुटुथ स्पिकरअल्टिमा डाइनामाइटरु. २५९९ रु. २१९९ रु. ४०० 
पावरबैंक१००००mAhरु. २१९९ रु. १७९९ रु. ४०० 
२००००mAhरु. २८९९ रु. २५९९ रु. ३०० 

यो पनि पढ्नुहोस्ः

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.