ओपन एआईले नयाँ मोडेल र प्रोडक्टका साथ एआई विकासलाई परिवर्तन गर्दै

OpenAI Revolutionizes AI Development with New Models and Products

ओपन एआइले यही सोमबार सान फ्रान्सिस्कोमा आयोजित आफ्नो पहिलो डेभलपर कन्फ्रेंसमा च्याट जिपिटि-४ को सुधारिएको संस्करण, फ्ल्यागशिप टेक्स्ट-जेनरेटिङ एआइ मोडल जिपिटि-४ टर्बो सँगै कस्टम च्याटबट जिपिटि एस, जिपिटि स्टोर र थप अन्य रोमाञ्चक अपग्रेडहरू अनावरण गरेको छ। आज यस लेखमा हामी जिपिटि-४ टर्बो, जिपिटि एस, जिपिटि स्टोर र ओपन एआइको नयाँ अपग्रेडको बारेमा थप छलफल गर्नेछौ।

जिपिटि-४ टर्बो

ओपन एआइले मार्चमा जिपिटि-४ को पहिलो संस्करण जारी गरेको थियो र अहिले यस मोडेलको अर्को पुस्ता जिपिटि-४ टर्बो जारी गर्ने योजनामा रहेको छ। जिपिटि-४ टर्बो ओपन एआइको नवीनतम एआइ मोडेल हो जसमा अप्रिल २०२३ सम्मका विश्व घटनाहरूको ज्ञान छ जबकि अघिल्लो संस्करण सेप्टेम्बर २०२१ सम्म मात्र सीमित थियो।

यस्तै नयाँ मोडेलले अघिल्लो संस्करणहरू भन्दा धेरै लामो इनपुटहरू पनि स्वीकार गर्दछ। यसमा १२८k कन्टेक्स्ट विन्डो रहेको छ, त्यसैले यसले सिंगल प्रम्प्टमा ३०० पेजहरु भन्दा धेरै इनपुटहरू स्वीकार गर्न सक्छ, जहाँ पहिलेका संस्करणहरू लगभग ३,००० शब्दहरूमा मात्र सीमित थिए।

यस्तैगरि जिपिटि-४ टर्बोमा प्रयोगकर्ताहरूले सीधा च्याट बाकसमा प्रम्प्टको रूपमा फोटो राखेर प्रश्नहरू सोध्न वा क्याप्सनहरू उत्पन्न गर्न पनि सक्ने छन्। यस्तै यसले टेक्स्ट-टू-स्पीच अनुरोधहरू पनि ह्यान्डल गर्न सक्छ भने प्रयोगकर्ताहरूले डकुमेन्टहरू सिधै अपलोड गरेर तिनीहरूको विश्लेषण गर्न र कुराहरू सोध्न पनि सक्नेछन्।  

कस्टम जिपिटि एस

ओपन एआइले आफ्नो डेभलपर कन्फ्रेंसमा जिपिटि एस पनि लन्च गरेको छ। यो कस्टम जिपिटि एस प्रयोगकर्ताहरूको तरलताका लागि डिजाइन गरिएको हो, जहाँ जो कोहीले कोडको एक लाइन नलेखी आफ्नो आवश्यकता र इच्छा अनुसार एआई मोडेलहरू विकास गर्न सक्ने छन्।

यो इनोभेसनले सबै क्षेत्र र पृष्ठभूमिका व्यक्तिहरूलाई उनीहरूको आवश्यकताहरू अनुरूप विशेष एआई उपकरणहरू सिर्जना गर्न प्रोत्साहन गर्दछ। जस्तै शैक्षिक क्षेत्रमा उदाहरणका लागि शिक्षकले विद्यार्थीहरूलाई अभ्यासहरू गराउन जिपिटि एस बाट कस्टम च्याटबटहरू डिजाइन र प्रयोग गर्न सक्छन्।

त्यस्तै व्यावसायिक काममा पनि कस्टम जिपिटि एस ले मद्दत गर्दछ, जस्तै सामान्य ग्राहकहरूको सोधपुछहरूमा प्रतिक्रियाहरू स्वचालित गर्न वा डेटाको विशाल मात्रा मार्फत उपयोगी जानकारी प्राप्त गर्न। यसबाहेक व्यक्तिगत परियोजनाहरूमा पनि जिपिटि एस बाट फाइदा लिन सकिन्छ। 

जिपिटि स्टोर

कम्पनीले महिनाको अन्त्य सम्ममा जिपिटि स्टोर सुरु गर्ने कुरा बताएको छ। यसमा क्रीयेटरहरुले कस्टम जिपिटि एस मार्फत आफू अनुकूलन सिर्जना गरेका एआई मोडेलहरू प्रकाशित गर्न सकिन्छ। यस्तै ओपन एआईले उत्कृष्ट कस्टम जिपिटि एस सँग राजस्व साझेदारी गर्ने र स्टोरमा विशेष रूपमा उपलब्ध गराउने कुराको घोषणा पनि गरेको छ। 

यो पनि पढ्नुहोस्ः

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.