२५ हजार भन्दा मुनिका १० उत्कृष्ट मोबाइल फोनहरु (२०२३)

सस्ता देखि महँगा हरेक मूल्य रेन्जका लागि दिनानुदिन नयाँ फोनहरु थपिने क्रम जारी छ र प्रतिस्पर्धा उत्तिकै बढेको छ। नेपाली फोन मार्केटमा पनि सोही कुरा लागु हुन्छ। नेपालमा महँगा फोनहरु भन्दा पनि सस्रो र ठिक्क मूल्य पर्ने फोनहरु धेरै बिक्ने सम्भाव्यता छ।

मानिसहरुको कम आर्थिक स्रोतले यहाँ चाहेर पनि अधिकतम मानिसहरु ठिक्क दाम पर्ने या सस्तो दाम पर्ने फोनहरु खरिद गर्दछन्। यस अन्तर्गत २५ हजार भन्दा कम दाम पर्ने फोनहरु मानिसहरु धेरे रुचाउने र खरिद गर्ने गर्छन्। 

यस बाहेक अहिलेको मोबाइल मार्केट निकै प्रतिस्पर्धात्मक बनेको हुँदा पहिलाको तुलनामा २५ हजार भन्दा मुनि निकै उत्कृष्ट फोनहरु तयार भएका हुन्छन्। तर पनि राम्रा फोनहरुको बारेमा थाहा पाउन फोनहरुको फिचरबारेमा राम्रो ज्ञान हुनु पर्दछ।

यसै सिलसिलामा यस आर्टिकलमा नेपालमा २५ हजार भन्दा कम दाममा भेटिन सक्ने उत्कृष्ट १० मोबाइल फोनहरुको बारेमा जानकारी दिइएको छ। ती फोनहरु यस प्रकार छन्।       

२५ हजार मुनिका १० उत्कृष्ट मोबाइल फोनहरु (सारांश)

मोबाइल मुल्य
Samsung Galaxy A13रु. २१,४९९ (४/६४)
रु. २५,४९९ (६/१२८)*
Honor X7रु. २४,९९० (४/१२८)
Realme 9iरु. २४,९९९ (४/६४)
रु. २७,९९९ (६/१२८)*
Motorola Moto G31रु. २३,९९९ (४/१२८)
Tecno Pova 3रु. २३,९९० (६/१२८)
Realme Narzo 50रु. २३,९९९ (४/६४)
रु. २७,४९९ (६/१२८)*
Xiaomi Redmi Note 11रु. २३,९९९ (४/६४)
रु. २४,९९९ (४/१२८)
रु. २७,९९९ (६/१२८)*
Poco M5रु. २०,४९९ (४/६४)*
रु. २३,९९९ (६/१२८)*
Realme C55रु. २१,९९९ (६/१२८)
रु. २५,९९९ (८/१२८)*
Redmi Note 12 4Gरु. २२,९९९ (४/१२८)
रु. २४,९९९ (६/१२८)

Samsung Galaxy A13

samsung galaxy a13

यस लिस्टलाई सुरुवात गर्दै छ Samsung Galaxy A13। यस मोबाइलमा Exynos 850 प्रोसेसर प्रयोग गरिएको छ जुन यस मुल्यको लागि राम्रो प्रोसेसर हैन र अन्य प्रोसेसरको तुलनामा ओभरल प्रोसेसिङमा निकै पछि पर्छ।

यहाँ ६.६ इन्चको स्क्रिन रहेको छ भने डिस्प्लेको लागि यहाँ ६० हर्ट्ज स्क्रिन रिफ्रेस रेट सहितको FHD+ PLS TFT LCD प्यानल समावेश गरिएको छ। फ्रन्ट प्रोटेक्सनको लागि यहाँ गोरिला ग्लास ५ (Gorilla Glass 5) प्रदान गरिएको छ। क्यामेराको लागि यहाँ ५० मेगापिक्सलको मुख्य क्यामेरा सहित क्वाड ब्याक क्यामेरा सेटप र इन्फिनट-भि नच (Infinity-V notch) सहितको ८ मेगापिक्सलको एउटा सेल्फि क्यामेरा प्रदान गरिएको छ। 

यहाँ Android 12 अपरेटिङ सिस्टम समावेश गरिएको छ जुनलाई One UI Core 4.1 युजर इन्टर्फेसले सपोर्ट गरेको छ। ब्याट्रिको लागि यहाँ तपाईँहरुले 5000 mAh को ब्याट्रि पाउनुहुनेछ भने यहाँ साइड फिङ्गरप्रिन्ट स्क्यानर पनि समावेश गरिएको छ। 

भेरियन्टको कुरा गर्दा यो मोबाइल तपाईँहरुले ३/४/६ जिबि RAM र ३२/६४/१२८ जिबि इन्टर्नल मेमोरी सहित पाउन सक्नुहुनेछ भने स्टोरेज बढाउन यहाँ हाइब्रिड मेमोरी कार्ड स्लट पनि उपलब्ध छ।  

Samsung Galaxy A13 काे विशेषताहरु

स्क्रिन डिस्प्ले (Screen Display)६.६ इन्च PLS TFT LCD, इन्फिनट-भि नच (Infinity-V notch) डिस्प्ले, FHD+ (2408x1080p) रेजोल्युसन, ६० हर्ट्ज रिफ्रेस रेट 
चिपसेट (Chipset)Exynos 850 (8 nm)
सिपियु (CPU)/ जिपियु (GPU)Octa-core@2.0 GHz Cortex-A55/ Mali-G52 MC2
ओएस/ युआइ (OS/UI)Android 12/ One UI Core 4.1
ब्याक क्यामेरा (Back Camera)क्वाड क्यामेरा सेटप (50 MP f/1.8 प्राइमेरी क्यामेरा, 5 MP f/2.2 अल्ट्रावाइड क्यामेरा, 2 MP f/2.4 म्याक्रो क्यामेरा, 2 MP f/2.4 डेप्थ क्यामेरा)  
फ्रन्ट क्यामेरा (Front Camera)8 MP f/2.2 सेल्फि क्यामेरा
मेमोरी र स्टोरेज (Memory & Storage)३/४/६ जिबि र्याम भेरियन्ट र ३२/६४/१२८ जिबि इन्टर्नल मेमोरी
छुट्टै मेमोरी कार्ड स्लट उपलब्ध (१ टिबिसम्म स्टोरेज बढाउन सकिने)
eMMC 5.1 स्टोरेज
कनेक्टिभिटि (Connectivity)Wi-Fi 802.11a/b/g/n/ac, डुवल ब्यान्ड, Wi-Fi Direct, Bluetooth 5.1, USB Type C 2.0, OTG, 4G
ब्याट्रि र चार्जिङ (Battery and Charging)5000 mAh ब्याट्रि, १५ वाट चार्जिङ सपोर्ट (१५ वाट चार्जिङ अड्याप्टर)
अन्य फिचर (Other Features)डुवल सिम (न्यानो सिम), Gorilla Glass 5 प्रोटेक्सन, साइड फिङ्गरप्रिन्ट रिडर, ३.५ मिलिमिटर हेडफोन ज्याक, सिङ्गल स्पिकर, Dolby Atmos अडियो
मुल्य (Price)रु. २१,४९९ (४/६४)
रु. २५,४९९ (६/१२८)*

Honor X7

honor x7

यस लिस्टमा नवौँ स्थानमा रहेको छ Honor X7। यस मोबाइललाई Qualcomm Snapdragon 680 प्रोसेसरले पावर गरेको छ। यो निकै राम्रो प्रोसेसर हो जुन निकै एफिसियन्ट (efficient) रहेको छ। केहि हदसम्म पावरफुल नै भएतापनि यसको राम्रो पक्ष भनेको यसको एफिसियन्सि (efficiency) हो। 

यहाँ ६.७४ इन्चको ठुलो स्क्रिन साइज रहेको छ र डिस्प्लेको लागि यहाँ ९० हर्ट्ज स्क्रिन रिफ्रेस रेट सहितको HD+ IPS LCD प्यानल समावेश गरिएको छ। क्यामेराको लागि यहाँ ४८ मेगापिक्सलको मुख्य क्यामेरा सहित क्वाड ब्याक क्यामेरा सेटप र पन्च होल (punch hole) सहितको ८ मेगापिक्सलको एउटा सेल्फि क्यामेरा प्रदान गरिएको छ। 

यहाँ Android 11 अपरेटिङ सिस्टम रहेको छ जुनलाई Magic UI 4.2 युजर इन्टर्फेसले सपोर्ट गरेको छ। ब्याट्रिको लागि यहाँ तपाईँहरुले 5000 mAh को ब्याट्रि पाउनुहुनेछ भने यहाँ साइड फिङ्गरप्रिन्ट स्क्यानर पनि समावेश गरिएको छ। 

भेरियन्टको कुरा गर्दा यो मोबाइल तपाईँहरुले ४/६ जिबि RAM र १२८ जिबि इन्टर्नल मेमोरी सहित पाउन सक्नुहुनेछ भने स्टोरेज बढाउन यहाँ हाइब्रिड मेमोरी कार्ड स्लट पनि उपलब्ध छ।  

Honor X7 काे विशेषताहरु

स्क्रिन डिस्प्ले (Screen Display)६.७४ इन्च IPS LCD डिस्प्ले प्यानल, HD+ (1600x720p) यु-नच (U-notch) डिस्प्ले, ९० हर्ट्ज रिफ्रेस रेट, १८० हर्ट्ज टच स्याम्प्लिङ रेट
सिम (SIM)हाइब्रिड डुवल सिम (न्यानो सिम)
चिपसेट (Chipset)Qualcomm Snapdragon 680 (6 nm)
सिपियु (CPU)/ जिपियु (GPU)Octa-Core@ 2.4 GHz Cortex A73/ Adreno 610
ओएस/ युआइ (OS/UI)Android 11/ Magic UI 4.2
ब्याक क्यामेरा (Back Camera)क्वाड क्यामेरा सेटप (48 MP f/1.8 प्राइमेरी क्यामेरा, 5 MP f/2.2 अल्ट्रा वाइड क्यामेरा, 2 MP f/2.4 म्याक्रो क्यामेरा, 2 MP f/2.4 डेप्थ क्यामेरा)
फ्रन्ट क्यामेरा (Front Camera)8 MP f/2.0 सिङ्गल क्यामेरा
मेमोरी र स्टोरेज (Memory & Storage)४/६ जिबि र्याम र १२८ जिबि इन्टर्नल मेमोरी
हाइब्रिड मेमोरी  कार्ड स्लट (५१२ जिबि सम्म बढाउन सकिने)
eMMC 5.1 स्टोरेज
कनेक्टिभिटि (Connectivity)Wi-Fi 802.11 a/b/g/n/ac, डुवल ब्यान्ड, Wi-Fi Direct, Bluetooth 5.1, USB Type C 2.0, OTG, 4G
ब्याट्रि र चार्जिङ (Battery and Charging)5000 mAh ब्याट्रि, २२.५ वाट फास्ट चार्जिङ सपोर्ट 
अन्य फिचर (Other Features)हाइब्रिड डुवल सिम (न्यानो सिम), साइड फिङ्गरप्रिन्ट रिडर, ३.५ मिलिमिटर हेडफोन ज्याक, सिङ्गल स्पिकर 
मुल्य (Price)रु. २४,९९० (४/१२८)

Realme 9i

realme 9i

यस लिस्टमा आठौँ स्थानमा रहेको छ Realme 9i। यस मोबाइलमा पनि Honor X7 झैँ Qualcomm Snapdragon 680 प्रोसेसरको प्रयोग गरिएको छ जुन यस लिस्टमा समावेश गरिएका प्रोसेसरहरु मध्येमा राम्रो प्रोसेसर मध्येमा पर्दछ। 

यहाँ ६.६ इन्चको स्क्रिन साइज रहेको छ र डिस्प्लेको लागि यहाँ ९० हर्ट्ज स्क्रिन रिफ्रेस रेट सहितको HD+ IPS LCD प्यानल समावेश गरिएको छ। क्यामेराको लागि यहाँ ५० मेगापिक्सलको मुख्य क्यामेरा सहित ट्रिपल ब्याक क्यामेरा सेटप र पन्च होल (punch hole) सहितको १६ मेगापिक्सलको एउटा सेल्फि क्यामेरा प्रदान गरिएको छ। 

यहाँ Android 11 अपरेटिङ सिस्टम समावेश गरिएको छ जुनलाई realme UI 2.0 युजर इन्टर्फेसले सपोर्ट गरेको छ। ब्याट्रिको लागि यहाँ तपाईँहरुले 5000 mAh को ब्याट्रि पाउनुहुनेछ भने यहाँ साइड फिङ्गरप्रिन्ट स्क्यानर पनि समावेश गरिएको छ। 

भेरियन्टको कुरा गर्दा यो मोबाइल तपाईँहरुले ४/६ जिबि RAM र ६४/१२८ जिबि इन्टर्नल मेमोरी सहित पाउन सक्नुहुनेछ भने स्टोरेज बढाउन यहाँ हाइब्रिड मेमोरी कार्ड स्लट पनि उपलब्ध छ।  

Realme 9i काे विशेषताहरु

स्क्रिन डिस्प्ले (Screen Display)६.६ इन्च IPS LCD डिस्प्ले प्यानल, FHD+ (2400x1080p) पन्च होल (punch hole) डिस्प्ले, ९० हर्ट्ज रिफ्रेस रेट, ४८० निट्स टिपिकल ब्राइटनेस, १८० हर्ट्ज टच स्याम्प्लिङ रेट
चिपसेट (Chipset)Qualcomm Snapdragon 680 (6 nm)
सिपियु (CPU)/ जिपियु (GPU)Octa-Core@2.4 GHz Cortex A73/ Adreno 610
ओएस/ युआइ (OS/UI)Android 11/ realme UI 2.0
ब्याक क्यामेरा (Back Camera)ट्रिपल क्यामेरा सेटप (50 MP f/1.8 प्राइमेरी क्यामेरा, 2 MP f/2.4 म्याक्रो लेन्स, 2 MP f/2.4 B&W लेन्स)
फ्रन्ट क्यामेरा (Front Camera)16 MP f/2.1 सेल्फि क्यामेरा
मेमोरी र स्टोरेज (Memory & Storage)४/६ LPDDR4X जिबि र्याम र ६४/१२८ जिबि इन्टर्नल मेमोरी
छुट्टै मेमोरी  कार्ड स्लट उपलब्ध (१ टिबिसम्म स्टोरेज बढाउन सकिने)
UFS 2.1
कनेक्टिभिटि (Connectivity)Wi-Fi 802.11 a/b/g/n/ac, डुवल ब्यान्ड, Bluetooth 5.0, USB Type C 2.0, OTG, 4G
ब्याट्रि र चार्जिङ (Battery and Charging)5000 mAh ब्याट्रि, ३३ वाट Dart चार्जिङ 
अन्य फिचर (Other Features)डुवल सिम (न्यानो सिम), साइड फिङ्गरप्रिन्ट रिडर, ३.५ मिलिमिटर हेडफोन ज्याक, स्टेरियो स्पिकर 
मुल्य (Price)रु. २४,९९९ (४/६४)
रु. २७,९९९ (६/१२८)*

Motorola Moto G31

motorola moto g31

यस लिस्टमा सातौँ स्थान ओगटेको छ Motorola Moto G31 ले। यस मोबाइलमा Mediatek Helio G85 प्रोसेसरले प्रयोग गरिएको छ जुन त्यति नराम्रो प्रोसेसर हैन तर यसको मुल्यको लागि यो प्रोसेसर त्यति उत्कृष्ट पनि हैन।

यहाँ ६.४ इन्चको स्क्रिन रहेको छ भने डिस्प्लेको लागि यहाँ ६० हर्ट्ज स्क्रिन रिफ्रेस रेट सहितको FHD+ AMOLED प्यानल समावेश गरिएको छ। क्यामेराको लागि यहाँ ५० मेगापिक्सलको मुख्य क्यामेरा सहित ट्रिपल ब्याक क्यामेरा सेटप र वाटरड्रप नच (watedrop notch) सहितको १३ मेगापिक्सलको एउटा सेल्फि क्यामेरा प्रदान गरिएको छ। 

अपरेटिङ सिस्टमको लागि तपाईँहरुले यहाँ पनि Android 11 भेट्नुहुनेछ। यहाँ 5000 mAh को ब्याट्रि रहेको छ भने यसमा साइड फिङ्गरप्रिन्ट स्क्यानर पनि समावेश गरिएको छ। 

भेरियन्टको कुरा गर्दा यो मोबाइल तपाईँहरुले ४ जिबि RAM र ६४/१२८ जिबि इन्टर्नल मेमोरी सहित पाउन सक्नुहुनेछ भने स्टोरेज बढाउन यहाँ हाइब्रिड मेमोरी कार्ड स्लट पनि उपलब्ध छ।  

Motorola Moto G31 काे विशेषताहरु

स्क्रिन डिस्प्ले (Screen Display)६.४ इन्च AMOLED डिस्प्ले प्यानल, FHD+ (2400x1080p) पन्च होल (punch hole) डिस्प्ले, ६० हर्ट्ज रिफ्रेस रेट
सिम (SIM)हाइब्रिड डुवल सिम (न्यानो सिम)
चिपसेट (Chipset)Mediatek Helio G85 (12 nm)
सिपियु (CPU)/ जिपियु (GPU)Octa-core@ 2.0 GHz Cortex-A75/ Mali-G52 MC2
ओएस/ युआइ (OS/UI)Android 11
ब्याक क्यामेरा (Back Camera)ट्रिपल क्यामेरा सेटप (50 MP f/1.8 प्राइमेरी क्यामेरा, 8 MP f/2.2 FOV 1180 अल्ट्रा वाइड र देप्थ क्यामेरा, 2 MP f/2.4 म्याक्रो क्यामेरा)
फ्रन्ट क्यामेरा (Front Camera)13 MP f/2.2 सिङ्गल क्यामेरा, पन्च होल 
मेमोरी र स्टोरेज (Memory & Storage)४ जिबि र्याम र ६४/१२८ जिबि इन्टर्नल मेमोरी
हाइब्रिड मेमोरी  कार्ड स्लट उपलब्ध (१ टिबिसम्म स्टोरेज बढाउन सकिने)
कनेक्टिभिटि (Connectivity)Wi-Fi 802.11 a/b/g/n/ac, डुवल ब्यान्ड, Bluetooth 5.0, USB Type C 2.0, NFC, 4G
ब्याट्रि र चार्जिङ (Battery and Charging)5000 mAh ब्याट्रि,१० वाट चार्जिङ सपोर्ट (१० वाट चार्जर) 
अन्य फिचर (Other Features)हाइब्रिड डुवल सिम (न्यानो सिम), साइड फिङ्गरप्रिन्ट रिडर, ३.५ मिलिमिटर हेडफोन ज्याक, सिङ्गल स्पिकर, Dolby Atmos अडियो 
मुल्य (Price)रु. २३,९९९ (४/१२८)

Tecno Pova 3

tecno pova 3

यस लिस्टमा छैटौँ स्थानमा रहेको छ Tecno Pova 3। यस मोबाइललाई Mediatek Helio G88 प्रोसेसरले पावर गरेको छ जुन Helio G85 प्रोसेसर भन्दा पावरफुल प्रोसेसर हो। 

यहाँ ६.९ इन्चको ठुलो स्क्रिन रहेको छ भने डिस्प्लेको लागि यहाँ ९० हर्ट्ज स्क्रिन रिफ्रेस रेट सहितको FHD+ IPS LCD प्यानल समावेश गरिएको छ। क्यामेराको लागि यहाँ ५० मेगापिक्सलको मुख्य क्यामेरा सहित ट्रिपल ब्याक क्यामेरा सेटप र पन्च होल (punch hole) सहितको ८ मेगापिक्सलको एउटा सेल्फि क्यामेरा प्रदान गरिएको छ। 

यहाँ तपाईँहरुले Android 11 अपरेटिङ सिस्टमको भेट्नुहुनेछ जुनलाई HiOS युजर इन्टर्फेसले सपोर्ट गरेको छ । ब्याट्रिको लागि यहाँ तपाईँहरुले 7000 mAh को ठुलो ब्याट्रि पाउनुहुनेछ भने यहाँ साइड फिङ्गरप्रिन्ट स्क्यानर पनि समावेश गरिएको छ। 

भेरियन्टको कुरा गर्दा यो मोबाइल तपाईँहरुले ४/६ जिबि RAM र ६४/१२८ जिबि इन्टर्नल मेमोरी सहित पाउन सक्नुहुनेछ भने स्टोरेज बढाउन यहाँ छुट्टै मेमोरी कार्ड स्लट पनि उपलब्ध छ।  

Tecno Pova 3 काे विशेषताहरु

स्क्रिन डिस्प्ले (Screen Display)६.९ इन्च IPS LCD प्यानल, FHD+ (2460x1080p) पन्च होल (punch hole) डिस्प्ले, ९० हर्ट्ज रिफ्रेस रेट
चिपसेट (Chipset)Mediatek Helio G88 (12 nm)
सिपियु (CPU)/ जिपियु (GPU)Octa-Core@ 2.0 GHz Cortex A75/ Mali-G52 MC2
ओएस/ युआइ (OS/UI)Android 11/ HiOS
ब्याक क्यामेरा (Back Camera)ट्रिपल क्यामेरा सेटप (50 MP f/2.0 प्राइमेरी क्यामेरा, अन्य दुईवटा स्पेसिफाइ नभएका क्यामेरा, क्वाड फ्लास)
फ्रन्ट क्यामेरा (Front Camera)8 MP सिङ्गल क्यामेरा, डुवल फ्लास
मेमोरी र स्टोरेज (Memory & Storage)४/६ जिबि र्याम र ६४/१२८ जिबि इन्टर्नल मेमोरी
छुट्टै मेमोरी  कार्ड स्लट उपलब्ध ( स्टोरेज बढाउन सकिने)
कनेक्टिभिटि (Connectivity)Wi-Fi, Bluetooth 5.0, USB Type C 2.0, OTG, 4G
ब्याट्रि र चार्जिङ (Battery and Charging)7000 mAh ब्याट्रि, २५ वाट फास्ट चार्जिङ रेट सपोर्ट
अन्य फिचर (Other Features)डुवल सिम (न्यानो सिम), साइड फिङ्गरप्रिन्ट रिडर, ३.५ मिलिमिटर हेडफोन ज्याक, स्टेरियो स्पिकर 
मुल्य (Price)रु. २३,९९० (६/१२८)

Realme Narzo 50

realme narzo 50

यस लिस्टमा पाँचौ स्थानमा रहेको छ Realme Narzo 50। यस मोबाइलमा Mediatek Helio G96 प्रोसेसर समावेश गरिएको छ जुन यस रेन्जको लागि एउटा पावरफुल प्रोसेसर हो। 

यहाँ ६.६ इन्चको स्क्रिन रहेको छ भने डिस्प्लेको लागि यहाँ १२० हर्ट्ज स्क्रिन रिफ्रेस रेट सहितको FHD+ IPS LCD प्यानल समावेश गरिएको छ। क्यामेराको लागि यहाँ ५० मेगापिक्सलको मुख्य क्यामेरा सहित ट्रिपल ब्याक क्यामेरा सेटप र पन्च होल (punch hole) सहितको १६ मेगापिक्सलको एउटा सेल्फि क्यामेरा प्रदान गरिएको छ। 

अपरेटिङ सिस्टम यहाँ Android 11 नै रहेको छ जुनलाई Realme UI 2.0 युजर इन्टर्फेसले सपोर्ट गरेको छ। ब्याट्रिको लागि यहाँ तपाईँहरुले 5000 mAh को ठुलो ब्याट्रि पाउनुहुनेछ भने यहाँ साइड फिङ्गरप्रिन्ट स्क्यानर पनि समावेश गरिएको छ। 

भेरियन्टको कुरा गर्दा यो मोबाइल तपाईँहरुले ४/६ जिबि RAM र ६४/१२८ जिबि इन्टर्नल मेमोरी सहित पाउन सक्नुहुनेछ भने स्टोरेज बढाउन यहाँ छुट्टै मेमोरी कार्ड स्लट पनि उपलब्ध छ।  

Realme Narzo 50 काे विशेषताहरु

स्क्रिन डिस्प्ले (Screen Display)६.६ इन्च IPS LCD प्यानल, FHD+ (2412x1080p) पन्च होल (punch hole) डिस्प्ले, १२० हर्ट्ज रिफ्रेस रेट, १८० हर्ट्ज टच स्याम्प्लिङ रेट, ६०० निट्सको अधिकतम ब्राइटनेस
चिपसेट (Chipset)Mediatek Helio G96 (12 nm)
सिपियु (CPU)/ जिपियु (GPU)Octa-Core@ 2×2.05 GHz Cortex A76/ Mali-G57 MC2
ओएस/ युआइ (OS/UI)Android 11/ Realme UI 2.0
ब्याक क्यामेरा (Back Camera)ट्रिपल क्यामेरा सेटप (50 MP f/1.8 प्राइमेरी क्यामेरा, 2 MP f/2.4 म्याक्रो क्यामेरा, 2 MP f/2.4 B&W लेन्स)
फ्रन्ट क्यामेरा (Front Camera)16 MP f/2.05 सिङ्गल क्यामेरा
मेमोरी र स्टोरेज (Memory & Storage)४/६ जिबि र्याम र ६४/१२८ जिबि इन्टर्नल मेमोरी
छुट्टै मेमोरी  कार्ड स्लट उपलब्ध (१ टिबिसम्म बढाउन सकिने)
UFS 2.1 स्टोरेज
कनेक्टिभिटि (Connectivity)Wi-Fi 802.11a/b/g/n/ac, डुवल ब्यान्ड, Bluetooth 5.1, USB Type C 2.0, OTG, 4G
ब्याट्रि र चार्जिङ (Battery and Charging)5000 mAh ब्याट्रि, ३३ वाट डार्ट चार्जिङ सपोर्ट
अन्य फिचर (Other Features)डुवल सिम (न्यानो सिम), साइड फिङ्गरप्रिन्ट रिडर, ३.५ मिलिमिटर हेडफोन ज्याक, सिङ्गल स्पिकर
मुल्य (Price)रु. २३,९९९ (४/६४)
रु. २७,४९९ (६/१२८)*

Xiaomi Redmi Note 11

xiaomi redmi note 11

यस लिस्टमा चौँथो स्थानमा रहेको छ Xiaomi Redmi Note 11। यस मोबाइलमा Snapdragon 680 प्रोसेसरले प्रयोग गरिएको छ जुन ओभरल पर्फमेन्समा Helio G96 भन्दा पछि पर्दछ। यसो भन्दैमा यो नराम्रो प्रोसेसर हैन।

यहाँ ६.४३ इन्चको स्क्रिन रहेको छ भने डिस्प्लेको लागि यहाँ ९० हर्ट्ज स्क्रिन रिफ्रेस रेट सहितको FHD+ AMOLED प्यानल समावेश गरिएको छ। क्यामेराको लागि यहाँ ५० मेगापिक्सलको मुख्य क्यामेरा सहित क्वाड ब्याक क्यामेरा सेटप र पन्च होल (punch hole) सहितको १३ मेगापिक्सलको एउटा सेल्फि क्यामेरा प्रदान गरिएको छ। 

अपरेटिङ सिस्टम यहाँ Android 11 नै रहेको छ जुनलाई MIUI 13 युजर इन्टर्फेसले सपोर्ट गरेको छ। ब्याट्रिको लागि यहाँ तपाईँहरुले 5000 mAh को ठुलो ब्याट्रि पाउनुहुनेछ भने यहाँ साइड फिङ्गरप्रिन्ट स्क्यानर पनि रहेको छ। 

भेरियन्टको कुरा गर्दा यो मोबाइल तपाईँहरुले ४/६ जिबि RAM र ६४/१२८ जिबि इन्टर्नल मेमोरी सहित पाउन सक्नुहुनेछ भने स्टोरेज बढाउन यहाँ छुट्टै मेमोरी कार्ड स्लट पनि उपलब्ध छ।  

Xiaomi Redmi Note 11 काे विशेषताहरु

स्क्रिन डिस्प्ले (Screen Display)६.४३ इन्च AMOLED डिस्प्ले प्यानल, FHD+ (2400x1080p) पन्च होल (punch hole) डिस्प्ले, ९० हर्ट्ज रिफ्रेस रेट, १००० निट्स सम्मको  पिक ब्राइटनेस
चिपसेट (Chipset)Snapdragon 680 (6 nm)
सिपियु (CPU)/ जिपियु (GPU)Octa-Core@2.4 GHz Kyro 265 Gold/ Adreno 610
ओएस/ युआइ (OS/UI)Android 11/ MIUI 13
ब्याक क्यामेरा (Back Camera)क्वाड क्यामेरा सेटप (50 MP f/1.8 प्राइमेरी क्यामेरा, 8 MP f/2.2 FOV 1180 अल्ट्रा वाइड क्यामेरा, 2 MP f/2.4 म्याक्रो क्यामेरा, 2 MP f/2.4 डेप्थ क्यामेरा)
फ्रन्ट क्यामेरा (Front Camera)13 MP f/2.4 सिङ्गल क्यामेरा 
मेमोरी र स्टोरेज (Memory & Storage)४/६ जिबि र्याम र ६४/१२८ जिबि इन्टर्नल मेमोरी
छुट्टै मेमोरी  कार्ड स्लट उपलब्ध (१ टिबिसम्म स्टोरेज बढाउन सकिने)
UFS 2.2 स्टोरेज
कनेक्टिभिटि (Connectivity)Wi-Fi 802.11 a/b/g/n/ac, डुवल ब्यान्ड, Bluetooth 5.0, USB Type C 2.0, OTG, 4G
ब्याट्रि र चार्जिङ (Battery and Charging)5000 mAh ब्याट्रि, ३३ वाट फास्ट चार्जिङ सपोर्ट (३३ वाट अड्याप्टर)
अन्य फिचर (Other Features)डुवल सिम (न्यानो सिम), साइड फिङ्गरप्रिन्ट रिडर, ३.५ मिलिमिटर हेडफोन ज्याक, स्टेरियो स्पिकर 
मुल्य (Price)रु. २३,९९९ (४/६४)
रु. २४,९९९ (४/१२८)
रु. २७,९९९ (६/१२८)*

Poco M5

poco m5

यस लिस्टमा तेस्रो स्थानमा रहेको छ Poco M5 । यस मोबाइलमा Mediatek Helio G99 प्रोसेसर प्रयोग गरिएको छ जुन यस लिस्टको सबैभन्दा राम्रो प्रोसेसर हो।

यहाँ ६.५८ इन्चको स्क्रिन रहेको छ र डिस्प्लेको लागि यहाँ ९० हर्ट्ज स्क्रिन रिफ्रेस रेट सहितको FHD+ IPS LCD प्यानल समावेश गरिएको छ। फ्रन्ट प्रोटेक्सनको लागि यहाँ गोरिला ग्लास ३ (Gorilla Glass 3) प्रदान गरिएको छ। क्यामेराको लागि यहाँ ५० मेगापिक्सलको मुख्य क्यामेरा सहित ट्रिपल ब्याक क्यामेरा सेटप र वाटरड्रप नच (watedrop notch) सहितको ५ मेगापिक्सलको एउटा सेल्फि क्यामेरा प्रदान गरिएको छ। 

यहाँ Android 12 अपरेटिङ सिस्टम रहेको छ जुनलाई MIUI 13 युजर इन्टर्फेसले सपोर्ट गरेको छ। ब्याट्रिको लागि यहाँ  5000 mAh ब्याट्रि रहेको छ भने साइड फिङ्गरप्रिन्ट स्क्यानर पनि समावेश गरिएको छ। 

भेरियन्टको कुरा गर्दा यो मोबाइल तपाईँहरुले ४/६ जिबि RAM र ६४/१२८ जिबि इन्टर्नल मेमोरी सहित पाउन सक्नुहुनेछ भने स्टोरेज बढाउन यहाँ हाइब्रिड मेमोरी कार्ड स्लट पनि उपलब्ध छ।  

Poco M5 काे विशेषताहरु

स्क्रिन डिस्प्ले (Screen Display)६.५८ इन्च स्क्रिन, IPS LCD प्यानल, FHD+(2408x1080p), वाटरड्रप नच (watedrop notch) डिस्प्ले, ९० हर्ट्ज एड्याप्टिभ स्क्रिन रिफ्रेस रेट, २४० हर्ट्ज टच स्याम्प्लिङ रेट, ५०० निट्स अधिकतम ब्राइटनेस 
चिपसेट (Chipset)Mediatek Helio G99 (6 nm)
सिपियु (CPU)/ जिपियु (GPU)Octa-core@ 2.2 GHz Cortex-A76/ Mali-G57 MC2
ओएस/ युआइ (OS/UI)Android 12/ MIUI 13
ब्याक क्यामेरा (Back Camera)ट्रिपल क्यामेरा (50 MP, f/1.8 प्राइमेरी क्यामेरा र 2 MP f/2.4 म्याक्रो क्यामेरा, 2 MP f/2.4 डेप्थ सेन्सर)
फ्रन्ट क्यामेरा (Front Camera)5 MP f/2.2 सिङ्गल क्यामेरा
मेमोरी र स्टोरेज (Memory & Storage)४/६ जिबि LPDDR4X RAM र ६४/१२८ जिबि इन्टर्नल मेमोरी
छुट्टै मेमोरी कार्ड स्लट उपलब्ध (१ टिबिसम्म बढाउन सकिने)
UFS 2.2 स्टोरेज
कनेक्टिभिटि (Connectivity)Wi-Fi 802.11 a/b/g/n/ac, डुवल ब्यान्ड, Wi-Fi Direct, Bluetooth 5.3, USB Type C 2.0, OTG, 4G 
ब्याट्रि र चार्जिङ (Battery & Charging)5000 mAh ब्याट्रि, १८ वाट चार्जिङ सपोर्ट 
अन्य फिचर (Other Features)डुवल सिम (न्यानो सिम), Gorilla Glass 3 प्रोटेक्सन, साइड फिङ्गरप्रिन्ट रिडर, ३.५ मिलिमिटर हेडफोन ज्याक
मुल्य (Price)रु. २०,४९९ (४/६४)*
रु. २३,९९९ (६/१२८)*

Realme C55

realme c55

यस लिस्टमा दोस्रो स्थान ओगट्न सफल बनेको छ Realme C55। यस फोनलाई पहिलो स्थानमा राख्दा पनि केहि फरक पर्दैन किनकी मुल्य अनुसारको विशेषताको आधारमा यो फोन यस लिस्टको सबैभन्दा राम्रो फोन हुन जान्छ।

यस मोबाइलमा Mediatek Helio G88 प्रोसेसर समावेश गरिएको छ जुन Snapdragon 680 प्रोसेसर भन्दा ओभरल पर्फमेन्समा थोरै पछि पर्न गएतापनि एउटा राम्रो प्रोसेसर हो।

यहाँ ६.६७ इन्चको स्क्रिन रहेको छ र डिस्प्लेको लागि यहाँ १२० हर्ट्ज स्क्रिन रिफ्रेस रेट सहितको FHD+ AMOLED प्यानल समावेश गरिएको छ। क्यामेराको लागि यहाँ ६४ मेगापिक्सलको मुख्य क्यामेरा सहित डुवल ब्याक क्यामेरा सेटप र पन्च होल (punch hole) सहितको ८ मेगापिक्सलको एउटा सेल्फि क्यामेरा प्रदान गरिएको छ। 

यहाँ तपाईँहरुले Android 13 अपरेटिङ सिस्टम पाउनुहुनेछ जुनलाई Realme UI 4.0 युजर इन्टर्फेसले सपोर्ट गरेको छ। ब्याट्रिको लागि यहाँ  5000 mAh ब्याट्रि रहेको छ भने साइड फिङ्गरप्रिन्ट स्क्यानर पनि समावेश गरिएको छ। 

भेरियन्टको कुरा गर्दा यो मोबाइल तपाईँहरुले ६/८ जिबि RAM र ६४/१२८ जिबि इन्टर्नल मेमोरी सहित पाउन सक्नुहुनेछ भने स्टोरेज बढाउन यहाँ छुट्टै मेमोरी कार्ड स्लट पनि उपलब्ध छ।

Realme C55 काे विशेषताहरु

स्क्रिन डिस्प्ले (Screen Display)६.६७ इन्च AMOLED डिस्प्ले प्यानल, FHD+ (2400x1080p) पन्च होल (punch hole) डिस्प्ले, १२० हर्ट्ज रिफ्रेस रेट, ६८० निट्स अधिकतम ब्राइटनेस, १८० हर्ट्ज टच स्याम्प्लिङ रेट
सिम (SIM)डुवल सिम (न्यानो सिम)
चिपसेट (Chipset)Mediatek Helio G88 (12 nm)
सिपियु (CPU)/ जिपियु (GPU)Octa-Core@2.0 GHz Cortex A75/ Mali-G52 MC2
ओएस/ युआइ (OS/UI)Android 13/ realme UI 4.0
ब्याक क्यामेरा (Back Camera)डुवल क्यामेरा सेटप (64 MP प्राइमेरी क्यामेरा, 2 MP देप्थ क्यामेरा)
फ्रन्ट क्यामेरा (Front Camera)8 MP एआई सेल्फि क्यामेरा
मेमोरी र स्टोरेज (Memory & Storage)६/८ LPDDR4X जिबि र्याम र ६४/१२८ जिबि इन्टर्नल मेमोरीछुट्टै मेमोरी  कार्ड स्लट उपलब्ध (१ टिबिसम्म स्टोरेज बढाउन सकिने)
कनेक्टिभिटि (Connectivity)Wi-Fi 802.11 a/b/g/n/ac, डुवल ब्यान्ड, Bluetooth 5.2, USB Type C 2.0, OTG, 4G
ब्याट्रि र चार्जिङ (Battery and Charging)5000 mAh ब्याट्रि, ३३ वाट SUPERVOOC चार्जिङ 
अन्य फिचर (Other Features)डुवल सिम (न्यानो सिम), साइड फिङ्गरप्रिन्ट रिडर, ३.५ मिलिमिटर हेडफोन ज्याक, सिङ्गल स्पिकर 
मुल्य (Price)रु. २१,९९९ (६/१२८)
रु. २५,९९९ (८/१२८)*

Redmi Note 12 4G

redmi note 12 4g

यस लिस्टमा पहिलो स्थान ओगट्न सफल बनेको छ Redmi Note 12 4G। केहि धेरै फिचर भएकोले मात्र यो फोन यस लिस्टमा पहिलो स्थानमा रहेको छ। तर मुल्य अनुसारको विशेषताको आधारमा यो फोन Realme C35 को तुलनामा पछि पर्न जान्छ।

यस मोबाइलाई Snapdragon 685 प्रोसेसरले पावर गरेको छ जुन पर्फमेन्सको आधारमा सबैभन्दा पावरफुल प्रोसेसर नभएतापनि एउटा राम्रो प्रोसेसर हो।

यहाँ ६.६७ इन्चको स्क्रिन रहेको छ र डिस्प्लेको लागि यहाँ १२० हर्ट्ज स्क्रिन रिफ्रेस रेट सहितको FHD+ AMOLED प्यानल समावेश गरिएको छ। क्यामेराको लागि यहाँ तपाईँहरुले ५० मेगापिक्सलको मुख्य क्यामेरा सहित ट्रिपल ब्याक क्यामेरा सेटप र डट ड्रप नच (dot drop notch) सहितको १३ मेगापिक्सलको एउटा सेल्फि क्यामेरा पाउनुहुनेछ। 

यहाँ तपाईँहरुले Android 13 अपरेटिङ सिस्टम पाउनुहुनेछ जुनलाई MIUI 14 युजर इन्टर्फेसले सपोर्ट गरेको छ। ब्याट्रिको लागि यहाँ  5000 mAh ब्याट्रि रहेको छ भने साइड फिङ्गरप्रिन्ट स्क्यानर पनि समावेश गरिएको छ। 

भेरियन्टको कुरा गर्दा यो मोबाइल तपाईँहरुले ४/६/८ जिबि RAM र १२८ जिबि इन्टर्नल मेमोरी सहित पाउन सक्नुहुनेछ भने स्टोरेज बढाउन यहाँ छुट्टै मेमोरी कार्ड स्लट पनि उपलब्ध छ।  

Redmi Note 12 4G काे विशेषताहरु

स्क्रिन डिस्प्ले (Screen Display)६.६७ इन्च AMOLED डिस्प्ले प्यानल, FHD+ (2400x1080p) डट ड्रप नच (dot drop notch) डिस्प्ले, १२० हर्ट्ज रिफ्रेस रेट, १२०० निट्स अधिकतम ब्राइटनेस
चिपसेट (Chipset)Snapdragon 685 (6 nm)
सिपियु (CPU)/ जिपियु (GPU)Octa-Core@2.8 GHz Cortex A73/ Adreno 610
ओएस / युआइ (OS/UI)Android 13 / MIUI 14
ब्याक क्यामेरा (Back Camera)ट्रिपल क्यामेरा सेटप (50 MP f/1.8 प्राइमेरी क्यामेरा, 8 MP f/2.2 FOV 1200 अल्ट्रा वाइड, 2 MP f/2.4 म्याक्रो क्यामेरा)
फ्रन्ट क्यामेरा (Front Camera)13 MP f/2.45 सिङ्गल क्यामेरा
मेमोरी र स्टोरेज (Memory & Storage)४/६/८ LPDDR4X जिबि र्याम र १२८ जिबि इन्टर्नल मेमोरीछुट्टै मेमोरी  कार्ड स्लट उपलब्ध (१ टिबिसम्म बढाउन सकिने)UFS 2.2 स्टोरेज
कनेक्टिभिटि (Connectivity)Wi-Fi 802.11 a/b/g/n/ac, डुवल ब्यान्ड, Bluetooth 5.0, USB Type C 2.0, OTG, 4G
ब्याट्रि र चार्जिङ (Battery and Charging)5000 mAh ब्याट्रि, ३३ वाट फास्ट चार्जिङ सपोर्ट (३३ वाट चार्जिङ अड्याप्टर) 
अन्य फिचर (Other Features)डुवल सिम (न्यानो सिम), साइड फिङ्गरप्रिन्ट रिडर, ३.५ मिलिमिटर हेडफोन ज्याक
मुल्य (Price)रु. २२,९९९ (४/१२८)
रु. २४,९९९ (६/१२८)

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.