“आइफोन १५” बारे हामीलाई थाहा भएको सबै कुरा

iPhone 15 Rumors in Nepal

आइफोन १५ को रिलीज मिति नजिकिदै गर्दा उक्त फोनको नया विशेषताहरु को बारेमा पनि धेरै अफवाहहरू फैलदै गहिरहेको छ। हुनत कुनै पनि ठुलो कम्पनीको फोन रिलिज हुनु अगावै विभिन्न अफवाहहरू फैलिने संस्कृति जस्तै बनेको छ। यी मध्ये पनि कतिपय अफवाहहरू सत्य हुन्छन् र कतिपय हुँदैनन्। आज यस लेखमा हामीले आइफोन १५ मा देख्न सक्ने बिशेषताहरुको बारेमा कुरा गर्दै छौँ। 

डिजाइन र डिस्प्ले

आइफोन १५ को डिजाइनको कुरा गर्ने हो भने, आइफोन १४ को जस्तै हुने छ । हेर्दा उस्तै-उस्तै देखीने र डिजाइनमा धेरै कहिँ भिन्नता नभए पनि, एप्पलले यस फोनको बटनमा भने केहि परिवर्तन गर्न सक्ने भनिएको छ। आइफोन एसईमा प्रयोग भएको होम बटन जस्तै एप्प्लले नया आइफोन १५ मा पनि फिजिकल बटनको ठाउमा ह्याप्टिक फिड्ब्याक भएको सोलिड-स्टेट बटन प्रयोग गर्ने जनाइएको छ ।

त्यस्तै एप्पलको सबै आइफोन १५ मोडेलहरुमा २८ एनएम  प्रक्रियामा निर्मित पावर-इफ़िसियेन्स ओलिड डिसप्ले ड्राइभर चिप समावेश हुन सक्छ। यसले फोनको पावर कन्जप्सन कम गर्ने र ब्याट्रि लाईफ पनि सुधारने अपेक्षा गरिएको छ।

६.१- इन्च आइफोन १५ , ६.१ इन्च आइफोन १५ प्रो, ६.७- इन्च आइफोन १५ म्याक्स, ६.७- इन्च आइफोन १५ प्रो म्याक्स गरि एप्पलले पहिले जस्तै आइफोन १५ पनि चारओटा डिस्प्ले मोडलहरुमा सर्बाजनिक गर्ने छ। 

यो पनि पढ्नुहोस्ः

प्रोसेसर र मेमोरी

एप्पलले सधैं आफ्नो फोनको पर्फमेन्समा ध्यान केन्द्रित गर्छ र यसलाई राम्रो बनाउन प्रोसेसरमा सुधार गर्ने प्रयास गरिरहन्छ। यस पाली पनि एप्पलले आफ्नो फोनको स्पीड र पर्फमेन्स सुधार्न आफ्नो नया ए१६ बायोनिक चिप्सेट यो फोनमा समाबेस गर्न सक्छ। ए१६ बायोनिक चिप्सेट ३ एनएम प्रक्रियामा निर्मित एप्पलको आफ्नै शक्तिशाली प्रोसेसर हो। 

एप्पलले आफ्नो आइफोन १४ मा ए १५ चिप्सेट प्रयोग गरेको थियो भने आफ्नो १४ प्रो मोडलहरुमा ए१६ प्रयोग गरेको थियो। त्यस्तै यसपाली पनि एप्प्लले आफ्नो आइफोन १५ मा ए१६ र प्रो मोडेलहरुमा ए१७ प्रयोग गर्न सक्ने छ। 

क्यामेरा

प्रयोगकर्ताहरुले एप्पलको फोनहरु धेरै रुचाउनुको एक कारण यसको क्यामेरा पनि हो। एप्पलले आफ्नो हेरक फोनको क्यामेरा क्वालिटीलाई खरिदकर्ताहरू अगाडि मुख्य फोकस बनाएर प्रस्तुत गर्छ। तर यहाँ भने एप्पलले आफ्नो आइफोन १४ प्रो मा प्रयोग गरेको ४८ मेगापिक्सेल लेन्स प्रयोग गर्न सक्ने छ। यसैसंगै यहाँ क्यामेरामा f/१.७ एपर्चर सहितको ग्लास-प्लास्टिक हाइब्रिड लेन्स पनि हुन्न सक्ने छ। 

त्यस्तै क्यामेरामा त्यस्तो ठुलो परिवर्तन हालै एप्पलबाट आउने अपेक्षा नरहे पनि उक्त फोनमा सोनीको नया इमेज सेन्सर प्रयोग गर्न सक्ने अनुमान गरएको छ, जसले अन्डरएक्सपोजर र ओभरएक्सपोजर जस्तो समस्या हुन दिने छैन । सोनीले प्रयोग गरिएको सेमीकन्डक्टर आर्किटेक्चरमा फोटोडियोडहरू र ट्रान्जिस्टरहरू विभिन्न तहहरूमा राखिन्छन्, जसले थप फोटोडियोडहरू प्रयोग गर्न अनुमति दिन्छ। तर यो नयाँ सेन्सर टेक्नोलोजी सबै आईफोन १५ मोडेलहरूले प्रयोग हुन्छ वा एप्पलले यसलाई महँगो “प्रो” मोडेलहरूमा मात्र गर्छ भने कुरा स्पष्ट छैन।

ब्याट्रि र चार्जिङ

चार्जिङको कुरा गर्ने हो भने यहाँ एप्पलले अहिले सम्मकै ठूलो परिवर्तन गर्न सक्ने छ। यस फोनमा एप्पलले आफ्नो लाइटनिङ पोर्टको सट्टा टाइप-सी पोर्ट प्रयोग गर्न सक्ने सम्भानावा धेरै छ । युरोपले पनि २०२४ देखि बन्ने सबै इलेक्ट्रोनिक उपकरणहरूमा यूएसबी-सी  चार्जिङ अनिवार्य हुन पर्ने नयाँ नियम लागू गरेको थियो। त्यसैले अब एप्पलले आफ्नो लाइटनिङ केबल भएको फोन युरोपमा बेच्न नपाउने हुँदा यूएसबी-सी पोर्ट प्रयोग गर्न एप्पललाई भने बाध्य पारेको छ।

त्यस बाहेक एप्पलले यहाँ ३५ वाट सम्मको फस्ट चार्जिङ सपोर्ट दिन सक्ने कुरा बाहिरिएको छ। हुन त एन्ड्रोइड फोन को तुलनामा यो थोरै हो तर यस अघिका आइफोनहरु संग ठुलाना गर्दा यो निकै धेरै हो। यस आघि आइफोन १४ र १४ प्लसमा जम्मा २० वाट सम्मको र प्रो मोडलहरुमा २७ वाट सम्मको चार्जिङ सपोर्ट दिएको थियो। फस्ट चार्जिङसंगै यहाँ थन्डरबोल्ट सपोर्ट पनि हुन सक्ने अफवा फैलिएको  छ। यो परिवर्तनले डाटा ट्रान्सफर स्पीड लाइटनिङ पोर्टको तुलनामा ४० गुणा छिटो हुन सक्छ।

नेपालमा मूल्य र उपलब्धता (iPhone 15 Rumors Price in Nepal and Availability)

हरेक वर्ष जस्तै यस वर्ष पनि सेप्टेम्बर २०२३ मा एप्पलले एप्पल इभेन्ट्समा आइफोन लन्च गर्न सक्ने अनुमान गरिएको छ। यो इभेन्ट्समा आइफोन को अन्य मोडेल संगै एप्पलको अरु प्रोडक्ट जस्तै एअरपोड, एपल वाचहरु लन्च गर्ने छ। 

सामान्यतया आईफोनको मूल्य अन्य ब्रान्डका फोनहरू भन्दा बढी हुन्छ। तर अफवाह अनुसार आइफोन १५ को मूल्य भने एप्पलको अहिले सम्मकै सबै आइफोन लाइन अप को मूल्य भन्दा बढी सेट गर्न सक्छ। 

स्मार्टफोन USA मा अपेक्षित मुल्य नेपालमा अपेक्षित मुल्य (iPhone 15 Rumors Price in Nepal)
आइफोन १५USD 799 रु. 1,50,000 
  • गूगल क्रोम कसरि बढाउने भनेर हेर्न:

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.