प्रि-बूकिंगको लागि उपलब्ध सामसङ्ग जेड फ्लिप फाइभ: मूल्य एक लाख चालीस हजार

Samsung galaxy z Flip 5 Price in nepal

हालै सियोल, दक्षिण कोरियामा भएको सामसङ्गको अनप्याक्ड इभेन्ट सम्पन्न भएको थियो। उक्त इभेन्टमा सामसङ्गले आफ्नो दुई ओटा फोल्डेबल फोन सार्वजनिक गरेको थियो। जस मध्ये ग्यालेक्सी जेड फ्लिप फाइभ नेपाली बजारमा प्रि-बूकिंगको लागि उपलब्ध भएको छ। यस लेखमा हामी सामसङ्ग ग्यालेक्सी जेड फ्लिप फाइभको नेपालमा पर्न सक्ने मुल्य ( Samsung Galaxy Z Flip 5 Price in Nepal), विशेषता, डिस्प्ले डिजाइन, पर्फमेन्सको बारेमा चर्चा गर्ने छौ।

डिस्प्ले र डिजाइन (Display & Design)

यो फोन को डिस्प्लेको कुरा गर्ने हो भने यहाँ 6.7 इन्चको फोल्डेबल डायनामिक एमोलेड 2X Infinity Flex FHD+, Flat Screen मेन डिस्प्ले र 3.4 इन्चको सुपर एमोलेड HD, Flat Screen डिस्प्ले दिएको छ। यस फोनको एक्सट्रनल स्क्रिन भने 3.4 इन्च दिएको छ।  जुन अहिले सम्मकै सामसङ्गको फ्लिप सिरिजहरुमा दिएको एक्सट्रनल स्क्रिन भन्दा ठुलो हो। यस अघिको Z फ्लिप 4 मा भने 1.9 इन्चको एक्सट्रनल स्क्रिन समाबेश गरिएको थियो । सामसङ्गले Z Flip 5 को  एक्सट्रनल स्क्रिनलाई फ्लेक्स् विन्ड़ो(Flex Window) नाम दिएको छ। यहाँ तपाइले आफ्नो ईक्षा अनुसार वालपेपरहरु फेर्ने देखि लिएर नोतिफिकेशन हेर्ने लगायत मेसेजको जबाफ दिन्न पनि सक्नु हुन्छ।  

यो फोनको डिजाइन भने पछिल्लो Z फ्लिप संग मिल्दो जुल्दो भएपनि, सामसङ्गले रि-डिजाइन गरेको नयाँ हिंजले यसलाई आफ्नो पछिल्लो संस्करणबाट फरक बनाउछ। नया डिजाइन गरिएको हिंजले फोनलाई कुनै पनि ग्याप नदेखिने गरी पूर्ण रुपमा बन्द गर्न मिल्छ। यो नयाँ हिंज सामसङ्गले Z फ्लिप 5 संगै Z फोल्ड 5 मा पनि समाबेश गरेको छ। यो फोनमा गोरील्ला ग्लास भिक्टस 2 को प्रोटेक्शन दिएको छ, जसले फोनलाइ अझै टिकाउ र दरिलो बनाउछ। कम्पनीको अनुसार उक्त फोनले २ लाख भन्दा बढी पटक फोल्ड उन्फोल्ड सहन गर्न सक्ने क्षमता छ । 

पर्फमेन्स र मेमोरी (Performance and Memory)

यो फोनमा पनि Z फोल्ड 5 मा जस्तै “Snapdragon 8 Gen 2 Mobile Platform for Galaxy” चिप्सेटको प्रयोग गरिएको छ। यो चिप्सेट क्वाल्कमले सामसङ्ग ग्यालक्सी मोबाइल फोनहरुको लागि भनेर खास बनाइएको हो। यस अघिका फ्लिप फोनमा भने सामसङ्गले स्टान्डर स्न्यापड्रयागन चिप्सेटहरु प्रयोग गर्दै आएको थियो। मेमोरीको लागि यहाँ तपाईँहरुले ८ जिबि RAM र 256GB/512GB जिबिको UFS storage (fixed) इन्टर्नल मेमोरी भेट्न सक्नुहुनेछ। 

यो पनि पढ्नुहोस्ः

क्यामेरा (Camera)

क्यामेरामा यहाँ खासै कहिँ परिवर्तन गरिएको छैन।अघिल्लो संस्करणमा जस्तै यहाँ पनि Wide, Ultra-Wide र Front Camera गरी ३ ओटा क्यामेरा पाउन सक्नु हुन्छ। यस फोनमा 12MP को मेनवाइड र 12MP को अल्ट्रा वाइड क्यामेरा गरी डुअल क्यामेरा सेटअप प्रयोग गरिएको छ। त्यस्तै, आगाडी 10 MP को सेल्फी क्यामेरा दिएको छ।

ब्याट्रि र चार्जिङ (Battery and Charging)

फोनको अन्य बिशेषताको बारेमा कुरा गर्दा यहाँ 3700mAh को ब्याट्रि समावेश गरिएको छ। यहाँ पनि सामसङ्गले खासै कहिँ परिवर्तन गरेको छैन। चार्जिंगको लागि भने यहाँ 25W को चार्जर पाउन सक्नुहुन्छ । तर कम्पनीले बक्स भित्र चार्जर नदिएको हुन्नाले तपाइले छुटै एडपटर किन्नु पर्ने हुन्छ।   

सामसङ्ग ग्यालक्सि Z फ्लिप 5 को बिशेषता(Specifications):

डिस्प्ले (Display)मुख्य : ६.२ इन्च डायनामिक एमोलेड 2x प्यानल, 120Hz रिफ्रेस रेट 1,750 पिक ब्राइटनेस 
कभर : ३.४ इन्च डायनामिक एमोलेड “Flex Window”, 60Hz रिफ्रेस रेट, 1,650 पिक ब्राइटनेस 
रिजोलुशन (Resolution):कभर :  FHD+ (2,640 x 1,080 pixels)मुख्य : 720 x 748px
प्रोसेसर (Processor)Qualcomm Snapdragon 8 Gen 2 for Galaxy (4nm)
ओएस र युआई (OS and UI)Android 13 with One UI 5.1.1 on top
ब्याक क्यामेरा (Back Camera)12MP, f/1.8 primary sensor12MP, f/2.2 ultra-wide lens
फ्रन्ट क्यामेरा (Front Camera)10MP, f/2.4 aperture
मेमोरी र स्टोरेज (Memory and Storage)8GB RAM, 256/512GB UFS storage (fixed)
ब्याट्रि र चार्जिङ (Battery and Charging)3,700 mAh ब्याट्रि, 25W चार्जिङ्ग 
कलर अपशन (Color Options)Mint, Graphite, Cream, Lavender, Gray, Blue, Green, Yellow

नेपालमा मूल्य र उपलब्धता (Samsung Galaxy Z Flip 5 Price in Nepal and Availability)

ग्यालेक्सी जेड फ्लिप फाइभ नेपालमा प्रि-बुकिंगको लागि उपलब्ध भैसकेको छ । मूल्य को कुरा गर्ने हो भने यसको ८ जिबी RAM र २५६ जिबि इन्टर्नल मेमोरी भएको भेरियन्ट नेपालमा जम्मा १,३९,९९९ रुपैया पर्छ।

Samsung Galaxy Z Flip 5आधिकारिक नेपाली मूल्य
(Official Price in Nepal)
8/256GBरु. 139,999

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.