आकर्षक प्रि-बूकिंग अफरको साथ नेपालमा सार्वजनिक सामसङ्ग जेड फोल्ड फाइभ

Samsung galaxy z Fold 5 price in nepal availability where to buy

सामसङ्गले आफ्नो ग्यालेक्सी अनप्याक्ड २०२३ कार्यक्रममा नयाँ फोल्डेबल फोन जेड फोल्ड फाइभ लन्च गरेको थियो। सामसङ्गले उक्त फोल्डेबल फोन संगै आफ्नो फ्लिप फोन पनि नेपाली बजारमा प्रि-बूकिंगको लागि उपलब्ध गराईसकेको छ। आज हामी यहाँ सामसङ को ग्यालेक्सी जेड फोल्ड फाइभ को विशेषता, डिस्प्ले डिजाइन, पर्फमेन्स, लगायत नेपालमा पर्ने मुल्यको (Samsung Galaxy Z Fold 5 Price in Nepal) बारेमा चर्चा गर्ने छौ।

डिस्प्ले र डिजाइन (Display & Design)

यो फोन हेर्दा पछिल्लो फोल्डेबल फोनहरूसँग मिल्दोजुल्दो देखिन्छ तर पनि यसलाई छुट्याउने धेरै भिन्नताहरु भेटिन्छन। यस फोनमा नया “Flex Hinge” प्रयोग गरिएको छ, जसले गर्दा फोनलाई पूर्ण रुपमा, कुनै ग्याप नदेखिने गरी बन्द गर्न मिल्छ। रि-डिजाइन गरिएको नया हिंजले फोन भित्र धुलो पस्ने समस्याहरु बाट जोगाउन्छ जसले फोनेलाई अझै थप टिकाउ र फोल्ड गर्न पनि सजिलो बनाउने छ। 

यस फोनको तौल र मोटाईको बारेमा कुरा गर्दा यसको तौल 253g र मोटाई 13.4mm रहेको छ। यसले फोनलाई अझ हल्का र प्रयोग गर्न पनि सहज बनाउँछ। यस फोनमा 7.6 इन्चको फोल्डेबल डायनामिक एमोलेड 2x मेन डिस्प्ले र 6.2-इन्चको डायेनामिक कभर एमोलेड डिस्प्ले दिएको छ। यी दुबै डिस्प्लेमा 120Hz रिफ्रेस रेट र 1750 निट्सको ब्राइटनेस पाउन सकिन्छ। गत वर्षको 1,300 nits को तुलनामा 1,750 nits को साथ, स्क्रिन अझ उज्यालो हुनेछ। 

यस फोनको डिजाइनको मुख्य फाइदा भनेको मल्टी-विन्डो रहेको छ, जसमा २ ओटा भिन्न काम संगै फरक-फरक स्क्रीनमा गर्न मिल्छ। उक्त फोनको एउटै स्क्रिनमा तीनवटा विन्डोहरू राख्न सकिन्छ, जसले मल्टी-टास्किंग गर्न थप सजिलो हुन्छ। त्यस्तै, Samsung Z Fold 5 मा पहिलाको फोल्डएबल फोन जस्तै IPX8 रेटिंग प्रयोग गरी रहेको छ। यसको अर्थ स्मार्टफोन पानिको  ड्यामेजबाट सुरक्षित छ तर तपाइले त्यसलाई धुलो बाट भने जोगाउन पर्ने हुन्छ।  

यो पनि पढ्नुहोस्ः

पर्फमेन्स र मेमोरी (Performance and Memory)

यस फोनमा “Qualcomm Snapdragon 8 Gen 2 for Galaxy” चिपसेट समावेश गरिएको छ, जसमा Standard Snapdragon 8 जेन 2 भन्दा लगभग ५% छिटो CPU र GPU छ। फोनमा 12 GB को र्याम पनि पाउन सकिन्छ, जुन मल्टिटास्किङ र डिमान्डिङ्ग एपहरू चलाउनको लागि पर्याप्त हुने छ।

त्यसैगरी स्टोरेजको कुरा गर्ने हो भने यहाँ 256GB, 512GB र  1TB गरी तिन ओटा विकल्प पाउन सकिन्छ। उक्त फोनको सफ्टवेरको कुरा गर्ने हो भने यहाँ Android 13 मा आधारित One UI 5.1.1 समावेश गरिएको छ। फोनमा तपाइले चार बर्षको ओएस र पांच बर्षको सक्युरेटी अपडेट्स पाउनु हुन्छ । 

क्यामेरा (Camera)

तस्तै क्यामेराको कुरा गर्दा Galaxy Z Fold 5 मा वाइड (Wide ), अल्ट्रा-वाइड (Ultra Wide ), टेलिफोटो (Telephoto ) र दुई ओटा सेल्फी क्यामेरा (selfie cameras) गरी जम्मा पाँच ओटा क्यामेराहरू दिएको छ। यस फोनमा ट्रिपल-लेन्स रियर क्यामेरा सिस्टम ( triple-lens -rear camera system) दिएको छ, अर्थात् यसको पछाडी 12MP को अल्ट्रा वाइड क्यामेरा, 50MP को Wide-angle Camera र 10MP को टेलिफोटो क्यामेरा गरी तिन ओटा क्यामेरा छ। 

त्यस्तै फोनको कभर डिस्प्लेमा 10MP को फ्रन्ट-फेसिङ क्यामेरा पनि छ। यो क्यामेरा बेजेलको माथि वीचको भागमा अवस्थित छ। Z F Fold  5 मा मुख्य डिस्प्लेमा 4MPको अन्डर-डिस्प्ले क्यामेरा पनि छ। यो क्यामेरा मुख्य डिस्प्लेको तल पट्टि रहन्छ। 

ब्याट्रि र चार्जिङ (Battery and Charging)

फोनको अन्य बिशेषताको बारेमा कुरा गर्दा यहाँ 4400mAh को ब्याट्रि समावेश गरिएको छ। यो क्षमता भने पुरानो संस्करण भन्दा धेरै नभए पनि कम्पनीको अनुसार अडियो, भिडियो प्लेब्याक टाइम Galaxy Z Fold 4 को तुलनामा एक घण्टा धेरै भएको बताईएको छ। यस फोनमा तपाइले 25W सम्मको wired charging र 10W सम्मको wireless charging पाउन हुन्छ। तर कम्पनेले बक्स भित्र charger नदिएको हुन्नाले तपाइले छुटै adapter किन्नु पर्छ।   

सामसङ्ग ग्यालक्सि Z फोल्ड 5 को बिशेषता(Specifications):

डिस्प्ले (Display)कभर : ६.२ इन्च डायनामिक एमोलेड 2x, 120Hz रिफ्रेस रेट (48 – 120Hz)
मुख्य : 7.6 इन्च डायनामिक एमोलेड 2x, 120Hz रिफ्रेस रेट (LTPO)
रिजोलुशन (Resolution):कभर : HD+ (2316 x 904 pixels), 23.1:9 aspect ratio
मुख्य : QXGA+ (2176 x 1812 pixels), 21.6:18 aspect ratio
प्रोसेसर (Processor)Qualcomm Snapdragon 8 Gen 2 for Galaxy (4nm Mobile Platform)
ओएस र युआई (OS and UI)Android 13 मा आधारित One UI 5.1.1
ब्याक क्यामेरा (Back Camera)Primary: 50MP f/1.8 sensor, DPAF, OIS
Ultrawide: 12MP f/2.2 sensor, 123º FOV
Telephoto: 10MP f/2.4 sensor, 3x optical zoom, OIS
फ्रन्ट क्यामेरा (Front Camera)Outer: 10MP f/2.2 sensor Inner: 4MP f/1.8, second-gen Under-Display Camera (UDC)
मेमोरी र स्टोरेज (Memory and Storage)12GB LPDDR5 RAM, 256/512GB/1TB UFS 3.1 storage (non-expandable)
ब्याट्रि र चार्जिङ (Battery and Charging)4400mAh ब्याट्रि, 25W चर्जिङ्ग 
कलर अपशन (Color Options)Icy Blue, Phantom Black, Cream

नेपालमा मूल्य र उपलब्धता (Samsung Galaxy Z Fold 5 Price in Nepal and Availability)

ग्यालेक्सी जेड फ्लिप फाइभ जस्तै यो फोन पनि नेपालमा प्रि-बुकिंगको लागि उपलब्ध भैसकेको छ। उक्त फोन को १२ जिबि RAM र २५६ जिबि इन्टर्नल मेमोरी भेरियन्टको मूल्य २,२६,९९९ बाट सुरु हुन्छ।

Samsung Galaxy Z Fold 5
आधिकारिक नेपाली मूल्य

(Official Price in Nepal)
12/256GBरु. 226,999
12/512GBरु. 239,999

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.