सन् २०२० मा गुगलले जति पनि निश्क्रिय खाताहरू छन्, तिनमा भएका सामाग्रीहरू डिलिट गरिदिने तर स्टोरेज स्पेश (storage space) बचाउन खाता नै चाहिँ नगर्ने जनाएको थियो । अहिले आएर गुगलले यो वर्षको अन्त्यतिरबाट निश्क्रिय खाताहरू डिलिट नै गरिदिने भन्दै आफ्नो पुरानो नीतिमा केही फेरबदल गरेको छ ।
“यदि कम्तीमा २ वर्षसम्म गुगल अकाउण्ट प्रयोग गरिएको छैन वा साइन इन नै गरिएको छैन भने” गुगलले त्यस्ता खाता र त्यसमा रहेका सामाग्रीहरू पनि डिलिट गरिदिने छ ।
ईमेल अ्याड्रेस मै पहुँच नपाउने त भैहाल्यो, योसँग सम्बन्धित जिमेल मेसेजहरू, क्यालेन्डर ईभेन्टहरू, ड्राइभ, डक्स, वर्कस्पेश फाइलहरू, गुगल फोटो ब्याकअप लगायत गुगल खातामा भएका सबै कुराहरू हटाइनेछन् ।
गुगलका प्रवक्ताका अनुसार अहिले नै युट्युब भिडियोहरू भएका गुगल खाताहरू चाहिँ हटाइने योजना छैन किनकि तिनको ऐतिहासिक सान्दर्भिकता हुनसक्छ ।
गुगलले यो वर्षको डिसेम्बरबाट निश्क्रिय अकाउण्टहरू डिलिट गर्न थाल्छ र “क्रिएट गरेर कहिल्यै पनि फेरि प्रयोग नगरेका खाताहरू” बन्द गर्न थालेर “चरणबद्द तरिका” अपनाउनेछ । कम्पनीका अनुसार यसले यो काम विस्तारै र सावधानीपूर्ण तरिकाले गर्नेछ ।
खाता डिलिट गर्नुभन्दा अगाडि गुगलले महिनौँसम्म डिलिट नहुन्जेल ईमेल अ्याड्रेस र रिकभरी ईमेल अ्याड्रेस (यदी राखेको छ भने) मा अनेकौँ नोटिफिकेशनहरू पठाउँछ ।
यसबीचमा यो निशुल्क गुगल खाताहरूको लागि मात्रै लागु हुन्छ, कुनै व्यवसाय वा विद्यालयले प्रबन्ध गरेको खाताको लागि हुँदैन ।
खाता केले सक्रिय पार्छ ?
बेलाबेला साइन इन (sign in) गर्नुको अलावा लग इन (log in) गरिरहने र केही आधारभूत गतिविधिहरूले यसलाई सक्रिय पार्ने काम गर्छ ।
- ईमेल हेर्ने र पठाउने
- गुगल ड्राइभ चलाउने
- युट्युब भिडियो हेर्ने
- गुगल प्ले स्टोरमा अ्यापहरू डाउनलोड गर्ने
- गुगलमा सर्च गर्ने
- कुनै तेस्रो-पक्ष सेवा वा अ्याप (third-party service or app) को लागि गुगलको खाता प्रयोग गरेर साइन इन गर्ने
साथै यदि तपाईंले एन्ड्रोइडमा साइन इन गर्नुभएको छ भने त्यसलाई सक्रिय नै मानिनेछ ।
गुगल फोटोजको पहिल्यै छुट्टै दुईवर्षे साइन इन र प्रयोग नीति छ जसलाई सक्रिय भएको मानिन्छ । यसबीचमा गुगल वान वा अन्य तेस्रो-पक्ष अ्यापहरू जस्ता सक्रिय प्ले स्टोर सब्सक्रिप्शनहरूलाई पनि सक्रिय मानिन्छ ।
गुगलले आफ्ना प्रयोगकर्ताहरूलाई रिकभरि ईमेल हाल्न भनेको छ र १८ महिनासम्म निश्क्रिय रहेका खाता र डेटालाई के गर्ने भन्ने निर्णय गर्नको लागि निर्णय गर्न Inactive Account Manager मा पठाउँछ । यसका विकल्पहरूमा विश्वसनीय सम्पर्कहरूमा फाइल पठाउने, खाता हटाउने वा जिमेल अटोरेस्पोन्डर सेट गर्ने पर्छन् ।
गुगलले किन अकाउण्ट डिलिट गर्दैछ ?
यो नीति परिवर्तनको कारण गुगलले निश्क्रिय खाताहरू पुराना व पुनर्प्रयोग गरिएका पासवर्डहरूका कारण खतरामा पर्न सक्ने भएकाले तिनको सुरक्षालाई मानेको छ ।
गुगलले भनेको छ, “हाम्रो आन्तरिक विश्लेषणले सक्रिय खाताभन्दा त्यत्तिकै छाडिएका खाताहरू दशौँ गुणा ज्यादा दुई कदममा भेरिफाइ (2-step-verification) गर्नुपर्ने सम्भावना हुन्छ । त्यसको अर्थ यी खाताहरू कमजोर छन् र एकचोटी खतरामा पर्नासाथ पहिचानको चोरी हुनेदेखि लिएर हानिकारक सामाग्रीहरूसम्म आउन सक्छ ।”
सुरक्षा र गोपनीयताका असरसँग सम्बन्धित अन्य सेवाहरूजस्तो गुगलले डिलिट भएपछि फेरि ती अ्याड्रेसहरूमा दाबी गर्ने विकल्प चाहिँ दिँदैन ।